Jeremias 51
Nepali Bible (GL_NEPALI) vs ARC
1 परमप्रभु भन्नुहुन्छ, “म एक शक्तिशाली हावा बाबेल र ‘लेब कामीका’बासिन्दाहरू माथि बहाउनेछु।
1 Assim diz o Senhor : Eis que levantarei um vento destruidor contra a Babilônia e contra os que habitam no coração dos que se levantam contra mim.
2 म बाबेलमा विदेशीहरू पठाउनेछु अनि तिनीहरूले नबेललाई हावामा तितर-बितर पार्नेछ र उसको जमीन ध्वंस पार्नेछ। तिनीहरू सर्वनाशको दिन प्रत्येक दिशाबाट आउनेछन्।
2 E enviarei padejadores contra a Babilônia, que a padejarão e despojarão a sua terra, porque virão contra ela em redor no dia da calamidade.
3 बाबेलका सिपाहीहरूले धनु काँडहरू चलाउने छैनन् ती सिपाहीहरूले कवच सम्म लगाउने छैन। बाबेलका तन्हेदेहरूमाथि दया नराख। उसको सेनाहरूलाई पूर्ण रूपमा ध्वंस पार।
3 O flecheiro arme o seu arco contra aquele que arma o seu arco e contra o que presume da sua couraça; e não perdoeis a seus jovens; destruí a todo o seu exército.
4 बाबेलका सिपाहीहरू कल्दीका भूमिमा मारिनेछन् तिनीहरू बाबेलका गल्लीहरूमा नराम्रो घतले घाइते हुनेछन्।”
4 E mortos cairão na terra dos caldeus e atravessados pelas ruas.
5 इस्राएलका एकमात्र पवित्रको अघि तिनीहरूको भूमि दोषले भरिएको भए पनि सेनाहरूका परमप्रभुले इस्राएल र यहूदालाई एक्लै छोडनु हुन्न।
5 Porque Israel e Judá não foram abandonados pelo seu Deus, pelo Senhor dos Exércitos, ainda que a sua terra esteja cheia de culpas perante o Santo de Israel.
6 बाबेलदेखि भाग। प्राण बचाऊ। बाबेलको पापको कारणले ध्वंस नहोऊ। यो समय परमप्रभुले बद्ला लिने समय हो। उसले गरेको कर्म अनुसार उहाँले बद्ला लिनुहुनेछ।
6 Fugi do meio da Babilônia, e livre cada um a sua alma; não vos destruais a vós na sua maldade, porque este é o tempo da vingança do Senhor ; ele lhe dará a sua recompensa.
7 बाबेल परमेश्वरको हातमा एक सुनको कचौरा थियो। बाबेलले सारा पृथ्वीलाई मतायो। सारा जाति-जातिहरूले बाबेलको मद्धपान गरे। यसकारण तिनीहरू पागल भए।
7 A Babilônia era um copo de ouro na mão do Senhor , o qual embriagava a toda a terra; do seu vinho beberam as nações; por isso, as nações enlouqueceram.
8 तर बाबेल एक्कासि पतन हुनेछ अनि टुक्रिनेछ। उसको लागि विलाप गर अनि उसको घाउमा मलहम लगाऊ। हुन सक्छ ऊ निको हुन्छे।
8 Num momento, caiu a Babilônia e ficou arruinada; gemei sobre ela, tomai bálsamo para a sua dor; porventura, sarará.
9 हामीले बाबेललाई निको पार्ने कोशिश गर्यौ, तर त्यो निको हुन सकेन यसकारण हामीले त्यसलाई छोडौ अनि हामी आफ्नै देशमा जाऊ। किनभने उहाँको न्याय स्वर्ग पुग्नेछ अनि बादलसम्म पुग्नेछ।
9 Queríamos sarar a Babilônia, mas ela não sarou; deixai-a, e vá cada um para a sua terra, porque o seu juízo chegou até ao céu e se elevou até às mais altas nuvens.
10 परमप्रभुले हामीलाई विजय हासिल गराउनु भयो। आऊ, हामी सियोन जाऊ र परमप्रभु हाम्रा परमेश्वरको कार्यहरूका विषयमा मानिसहरूलाई भनौं।
10 O Senhor trouxe a nossa justiça à luz; vinde e contemos em Sião a obra do Senhor , nosso Deus.
11 काँडहरू तीखो पार। ढालहरू लगाऊ। परमप्रभुले मादीहरूका राजाहरूलाई उस्काउनु भएको छ। उहाँले तिनीहरूलाई उस्काउनु भयो किनभने उहाँले बाबेललाई ध्वंस गर्न चाहनु हुन्छ। परमप्रभुले बाबेलका मानिसहरूलाई त्यो दण्ड दिनु हुनेछ जसको लागि तिनीहरू योग्यका छन्। बाबेलका सेनाले यरूशलेममा परमप्रभुको मन्दिर भत्काएका थिए। यसकारण परमप्रभुले तिनीहरूलाई दण्ड दिनुभयो जुन तिनीहरूले पाउनु नै पर्ने थियो।
11 Alimpai as flechas, preparai perfeitamente os escudos; o Senhor despertou o espírito dos reis da Média, porque o seu intento contra a Babilônia é para a destruir; pois esta é a vingança do Senhor , a vingança do seu templo.
12 बाबेलको पर्खालहरूका विरूद्ध झण्डा माथि उठाऊ। अझ प्रहरीहरू ल्याऊ। तिनीहरूका ठीक ठीक ठाउँमा चौकीदार राख। धरापहरू थाप किनभने परमप्रभुले त्यही गर्नुहुन्छ जुन उहाँले योजना बनाउनु भएकोछ।
12 Arvorai um estandarte sobre os muros de Babilônia, reforçai a guarda, colocai sentinelas e preparai as ciladas; porque o Senhor intentou e fez o que tinha dito acerca dos moradores da Babilônia.
13 बाबेल, तिमी धेरै पानी भएको छेवमा छौ तिमी सम्पत्तिले सम्पन्न छौ। तर तिम्रो अन्त आएको छ। यो तिम्रो ध्वंस हुने बेला हो।
13 Ó tu que habitas sobre muitas águas, rica de tesouros! Chegou o teu fim, a medida da tua avareza.
14 सेनाहरूका परमप्रभुले यो प्रतिज्ञा आफ्नो नाउँ लिएर गर्नुभयो “बाबेल म तिमीलाई धेरै शत्रुहरूले परिपूर्ण पारिदिनेछु। तिनीहरू सलहहरू जतिकै हुनेछन्। तिनीहरूले तिम्रो विरूद्ध युद्ध जित्नेछन् र तिनीहरू तिमीमाथि उभिएर विजय गान गाउने छन्।”
14 Jurou o Senhor dos Exércitos por si mesmo, dizendo: Certamente, te encherei de homens, como de pulgão, e eles cantarão com júbilo sobre ti.
15 परमप्रभुले आफ्नो महान शक्ति प्रयोग गर्नुभयो अनि पृथ्वी सृष्टि गर्नु भयो। उहाँले आफ्नो ज्ञानले पृथ्वीलाई स्थापित गर्नु भयो र उहाँले आफ्नो सुझ बुद्धिले आकाशलाई फैलाउनु भयो।
15 Ele fez a terra com o seu poder, e ordenou o mundo com a sua sabedoria, e estendeu os céus com o seu entendimento.
16 जब उहाँ गर्जनुहुन्छ आकाश पनि गर्जन्छ उहाँले पृथ्वीको अन्तबाट कुइरो निस्केर माथि आउने पार्नुहुन्छ। उहाँले वर्षासँग बिजुली चम्काउनुहुन्छ। उहाँले आफ्नो भण्डारबाट बतास निकाल्नुहुन्छ।
16 Fazendo ele ouvir a sua voz, grande estrondo de águas há nos céus, e sobem os vapores desde o fim da terra; faz os relâmpagos com a chuva e tira o vento dos seus tesouros.
17 तर हरेक मानिसहरू मूर्ख र बुद्धिहीन, हरेक मानिस जसले मूर्ति बनाउछ उसलाई लज्जित पारिन्छ किनभने उसको मूर्तिहरू मूल्यहीन हुन्। तिनीहरूमा जीवन छैन।
17 Embruteceu-se todo homem e não tem ciência; envergonhou-se todo ourives de imagem de escultura, porque a sua imagem de fundição é mentira, e não há espírito em nenhuma delas.
18 तिनीहरू मूल्याहीन छन्, छलको काम मात्र। जब तिनीहरूलाई सजाय दिइन्छ तिनीहरू सड्नेछन्।
18 Vaidade são e obra de enganos; no tempo em que eu as visitar, perecerão.
19 याकूबका परमेश्वर यी मूर्तिहरू जस्ता मूल्यहीन हुनुहुन्न। मानिसहरूले परमेश्वर बनाएनन्। परमेश्वरले आफ्ना मानिसहरू बनाउनुभयो। उहाँले आफ्नो उत्तराधिकारी जाति सहित प्रत्येक चीज बनाउनु भयो। उहाँको नाउँ सेनाहरूका परमप्रभु हो।
19 Não é semelhante a estes a porção de Jacó, porque ele é o Criador de todas as coisas, e Israel é a tribo da sua herança; o Senhor dos Exércitos é o seu nome.
20 परमप्रभु भन्नुहुन्छ, “बाबेल! तिमी मेरो डण्डा हौं, मेरो युद्धको हतियार। मैले त्यस जाति जातिहरूलाई टुक्राउनु र ध्वंश पार्नुलाई चलाएँ।
20 Tu és meu martelo e minhas armas de guerra; e contigo despedaçarei nações e contigo destruirei os reis;
21 मैले तिमीलाई घोडा र सवारीमा प्रहार गर्न चलाएँ। मैले तिमीलाई रथ र सारथीहरू धूलो पार्न प्रहार गरें।
21 e contigo despedaçarei o cavalo e o seu cavaleiro; e contigo despedaçarei o carro e o que vai nele;
22 मैले तिमीलाई पुरूष र स्त्री माथि प्रहार गर्न चलाएँ। मैले तिमीलाई, जवान र वृद्ध मानिसहरूमाथि प्रहार गर्न चलाएँ। मैले तिमीलाई युवा-युवती माथि प्रहार गर्न चलाएँ।
22 e contigo despedaçarei o homem e a mulher; e contigo despedaçarei o velho e o moço; e contigo despedaçarei o jovem e a virgem;
23 मैले तिमीलाई गोठालो र भेडावथान माथि प्रहार गर्न चलाएँ। मैले तिमीलाई किसानहरू र गाईहरूमाथि प्रहार गर्न चलाएँ। मैले तिमीलाई राज्यपालहरू र मुख्य हाकिमहरूमाथि प्रहार गर्न चलाएँ।
23 e contigo despedaçarei o pastor e o seu rebanho; e contigo despedaçarei o lavrador e a sua junta de bois; e contigo despedaçarei os capitães e os magistrados.
24 तर म बाबेल र सबै कल्दीहरूलाई तिनीहरूले सियोन विरूद्ध गरेका जम्मै अनिष्ट कार्यहरू फर्काइदिनेछु।” परमप्रभु ती कुराहरू भन्नुहुन्छ।
24 E pagarei à Babilônia e a todos os moradores da Caldeia toda a maldade que fizeram em Sião, à vossa vista, diz o Senhor .
25 परमप्रभु भन्नुहुन्छ, “बाबेल! हे पर्वत ध्वंस छ जसले सारा भूमि नै ध्वंस पार्छ म तिम्रो विरोधमा छु। म तिम्रो विरोधमा मेरो हात उठाउँछु। म तिमीलाई भिरालो चट्टानबाट तल झारी दिनेछु म तिमीलाई डढेको पर्वत बनाईदिनेछु।
25 Diz o Senhor : Eis-me aqui contra ti, ó monte destruidor, que destróis toda a terra; e estenderei a mão contra ti, e te revolverei das rochas, e farei de ti um monte de incêndio.
26 आफ्नो मन्दिरको लागि कुने ढुङ्गा अथवा घडेरी बनाउनको लागि मानिसहरूले तिमीहरूबाट ढुङ्गाहरू लिनेछैनन्। किनभने तिमी सधैंका निम्ति काममा नआउने भूमि हुनेछौ।” परमप्रभुले घोषणा गर्नु भयो।
26 E não tomarão de ti pedra para esquina, nem pedra para fundamentos, porque te tornarás numa assolação perpétua, diz o Senhor .
27 “भूमिमा युद्धको झण्डा उठाऊ। सबै जाति-जातिहरूमा युद्धको तुरही फुक। जातिहरूलाई बाबेलको विरूद्ध लडाइँ गर्नलाई तैयार पार। अरारत, मिन्नी र अशकनज राज्यहरूलाई बाबेलको विरूद्ध लडाइँ गर्न डाक। उसको विरोधमा सेना संचालन गर्न एकजना कप्तान नियुक्त गर। संख्यामा सलहसरह घोडाहरू त्यहाँ पठाऊ।
27 Arvorai um estandarte na terra, tocai a buzina entre as nações, santificai as nações contra ela e convocai contra ela os reinos de Ararate, Mini e Asquenaz; ordenai contra ela um capitão, fazei subir cavalos, como pulgão agitado.
28 उसको विरूद्ध लडाइँ गर्न जाति-जातिहरू तयार पार। मादीका राजाहरूलाई, राज्यपालहरू, सारा मुख्य हाकिमहरू र तिनीहरू जसले बाबेल विरूद्ध शासन गरे ती जम्मै देशहरूलाई तैयार पार।
28 Santificai contra ela as nações, os reis da Média, os seus capitães, todos os seus magistrados e toda a terra do seu domínio.
29 जब बाबेललाई जुन शून्य उजाड भूमि बनाउन परमप्रभुको काम धर्ती थर-थराउनेछ अनि बेदनामा परे झैं माडिनेछ।
29 Então, tremerá a terra e doer-se-á, porque cada um dos desígnios do Senhor está firme contra Babilônia, para fazer da terra de Babilônia uma assolação, sem habitantes.
30 बाबेलका सिपाहीहरूले लडाइँ गर्न बन्द गरे। तिनीहरू आफ्नै दृढ किल्लाहरूमा पसे। तिनीहरू थकित भए। तिनीहरू स्त्री जस्तै भए। बाबेलका घरहरू जलिरहेका छन्। अनि प्रवेशद्वारहरू भत्काइएका छन्।
30 Os valentes de Babilônia cessaram de pelejar, ficaram nas fortalezas, desfaleceu a sua força, tornaram-se como mulheres; incendiaram as suas moradas, quebrados foram os seus ferrolhos.
31 एक सन्देशवाहकको पछि अर्को सन्देशवाहक जान्छ अनि सम्पूर्ण शहर कब्जामा पर्यो भन्ने खबर बाबेलका राजाकहाँ पुर्याइन्छ।
31 Um correio correrá ao encontro de outro correio, e um mensageiro, ao encontro de outro mensageiro, para anunciar ao rei da Babilônia que a sua cidade foi tomada de todos os lados.
32 चाँचरहरू घेरामा परे; सिमसारहरू आगो लगाइए; सिपाहीहरू भयग्रस्त भए।”
32 E os vaus estão ocupados, e os canaviais, queimados; e os homens de guerra ficaram assombrados.
33 सेनाहरूका परमप्रभु, इस्राएलहरूका परमेश्वर यसो भन्नुहुन्छ “बाबेल धान कुट्ने ढिकी जस्तै भएकी छ। बालीको समय मानिसहरूले धान कुटेर असल र भुस छुट्याउँछन्। अनि बाबेलमा धान कुट्ने समय चाँडै आइरहेछ।”
33 Porque assim diz o Senhor dos Exércitos, o Deus de Israel: A filha de Babilônia é como uma eira no tempo da debulha; ainda um pouco, e o tempo da sega lhe virá.
34 सियोनका मानिसहरूले भन्नेछन्, “बाबेलका राजा नबूकदनेस्सरले हामीलाई खायो। हामीलाई चोट पुर्यायो। उसले हामीलाई खाली भाँडाजस्तै बनायो। राक्षसलेझैं उसले हामीलाई निल्यो। हाम्रो राम्रो भोजनले उसले आफ्ने पेट भर्यो। तब उसले हामीलाई बाहिर थुक्यो।
34 Nabucodonosor, rei da Babilônia, me devorou, pisou-me, fez de mim um vaso vazio, como dragão me tragou, encheu o seu ventre das minhas delicadezas e lançou-me fora.
35 बाबेलले हामीमाथि डरलाग्दो र निन्दनीय कामहरू गर्यो। अब हामी बाबेलमाथि त्यही अनिष्टहरू भएको हेर्न चाहन्छौ।” यरूशलेमका मानिसहरू भन्छन्, “हाम्रो रगत बाबेलका मानिसहरूमाथि परोस्।”
35 A violência que se me fez a mim e à minha carne venha sobre a Babilônia, diga a moradora de Sião; e o meu sangue caia sobre os moradores da Caldeia, diga Jerusalém.
36 यसकारण परमप्रभु भन्नुहुन्छ “यहूदा! म तिमीहरूको मामला लिनेछु र प्रतिशोध गर्नेछु। म बाबेलको समुद्र सुकाइदिनेछु अनि झरनाहरू सुकाइदिनेछु।
36 Pelo que assim diz o Senhor : Eis que pleitearei a tua causa e te vingarei da vingança que se tomou contra ti; secarei o seu mar e farei que se esgote o seu manancial.
37 बाबेल मन्दिरहरूका धराशायीको थुप्रो मात्र भएको छ अनि त्यो जङ्गली कुकुरहरू बस्ने ठाउँ हुनेछ। मानिसहरू ढुङ्गाहरूको राश हेर्न डराउनेछन्। बाबेलको विषयमा सोचेर मानिसहरू टाउँको हल्लाउने छन्। यो कोही नबस्ने सुनसान ठाँउ बनिनेछ।
37 E Babilônia se tornará em montões, morada de dragões, espanto e assobio, sem um só habitante.
38 बाबेलका मानिसहरू गर्जने जवान सिंह जस्तै छन्। तिनीहरू डमरूहरूझै र्गजिन्छन्।
38 Juntamente, rugirão como filhos dos leões, bramarão como filhotes de leões.
39 जब तिनीहरू उत्तेजित हुन्छन् म तिनीहरूलाई एक प्रीति भोज दिनेछु। म तिनीहरूलाई मताउनेछु। तिनीहरू हाँस्ने छन् खुशी मनाउनेछन्। तिनीहरू कहिल्यै नउठ्नलाई निदाउँनेछन्।” परमप्रभुले यी कुराहरू भन्नुभयो।
39 Estando eles excitados, lhes darei a sua bebida e os embriagarei, para que andem saltando; mas dormirão um perpétuo sono e não acordarão, diz o Senhor .
40 “बाबेल भेडा-भेडी र बाख्राहरू झैं काटिनलाई पर्खिरहको हुनेछन्। तिनीहरूलाई म कसाइखानमा डोर्याउनेछु।
40 Fá-los-ei descer como cordeiros ao matadouro, como carneiros com os bodes.
41 ‘शीशक’ परास्त हुनेछ। सारा पृथ्वीको गौरवको र प्रशंसाको पात्र बाबेल कैद गरिनेछ। अन्य जातिहरूका मानिसहरूले बाबेलमा हेर्नेछन् अनि त्यस देशको सर्वनाश देखेर तिनीहरू भयग्रस्त हुनेछन्।
41 Como foi tomada Sesaque, e apanhada de surpresa a glória de toda a terra! Como se tornou Babilônia um espanto entre as nações!
42 समुद्र उर्लेर बाबेलमाथि उठ्नेछ ढाकिने छ। यसको गर्जने छालहरूले उसलाई ढाकी दिन्छ।
42 O mar subiu sobre Babilônia, com a multidão das suas ondas se cobriu.
43 बाबेलका शहरहरू ध्वंश पारिनेछन। बासिन्दाहरू बिना ती शहरहरू सुख्खा मरूभूमि र उदास हुनेछन, बाबेल देशबाट मानिसहरू यात्रा गर्नेछैन्।
43 Tornaram-se as suas cidades em assolação, terra seca e deserta, terra em que ninguém habita, nem passa por ela filho de homem.
44 म बाबेलको बाललाई दण्ड दिनेछु। उसले जे-जे निलेको छ त्यसलाई उल्टी गराउँछु। बाबेलमा जाति-जातिहरूका मानिसहरू अब उसो आउने छैनन्। बाबेलको पर्खाल ढल्नेछ।
44 E visitarei a Bel na Babilônia e tirarei da sua boca o que ele tragou, e nunca mais concorrerão a ele as nações; também o muro de Babilônia caiu.
45 हे मेरो मानिसहरू हो। बाबेलका शहरबाट बाहिर निस्क, आफ्नो प्राण बचाउन भाग। परमप्रभुको भयानक रीसदेखि भाग।
45 Saí do meio dela, ó povo meu, e livre cada um a sua alma, por causa do ardor da ira do Senhor .
46 हे मेरा मानिसहरू हो, नडराऊ। उडान्त कुराहरू फैलिनेछ तर नडराऊ। यो वर्षमा एउटा उडान्त कुरा आउनेछ; अनि अर्को वर्षमा अर्को आउनेछ, यस भूमिमा हिंसाको उडन्त खबरहरू र शासकहरूको विरूद्ध शासकहरू लड्ने उडन्त कुरा हुनेछ।
46 E não se enterneça o vosso coração, nem temais pelo rumor que se ouvir na terra; porque virá, num ano, um rumor, e depois, noutro ano, outro rumor; e haverá violência na terra, dominador contra dominador.
47 निसन्देह समय आउने छ जब म बाबेलका झूटा देवताहरूलाई सजाय दिनेछु अनि बाबेलका सारा देश लाजले पानी हुनेछ। बाबेलका गल्लीहरूमा धैरे लाशहरू लडिरहेका हुनेछन्।
47 Portanto, eis que vêm dias em que visitarei as imagens de escultura da Babilônia, e toda a sua terra será envergonhada, e todos os seus traspassados cairão no meio dela.
48 तब स्वर्ग र पृथ्वी अनि त्यहाँ भएका सबै बाबेलका बारेमा आनन्दले काराउने छन् किनभने ध्वंसकहरू बाबेलसित लड्न उत्तर दिशाबाट आउनेछन्।” परमप्रभुले यो कुरा भन्नुभयो।
48 E os céus e a terra, com tudo quanto neles há, jubilarão sobre a Babilônia, porque do Norte lhe virão os destruidores, diz o Senhor .
49 “बाबेलले इस्राएलबाट आएका मानिसहरू मारे। बाबेलले पृथ्वीमा भएका प्रत्येक ठाउँबाट आएका मानिसहरू मारे। यसकारण बाबेलको पतन हुनै पर्छ।
49 Como Babilônia fez cair os traspassados de Israel, assim em Babilônia cairão os traspassados de toda a terra.
50 तिमीहरूलाई तरवारहरूबाट बचाइएकोछ। एकदम चाँडो बाबेल छोड नपर्ख। तिमीहरू घेरै टाढा ठाउँमा छौ परमप्रभु र यरूशलेमलाई सम्झ।
50 Vós que escapastes da espada, ide-vos, não pareis; de longe, lembrai-vos do Senhor , e suba Jerusalém ao vosso coração.
51 हामी यहूदाका मानिसहरू लज्जित गराइएका छौं। हामी अपमानित भएकाछौं र तिरस्कारले हाम्रा अनुहारहरू ढाकिन्छ किनभने विदेशीहरू परमप्रभुको मन्दिरको पवित्र ठाउँहरूमा पसे।”
51 Direis: Envergonhados estamos, porque ouvimos opróbrio; vergonha cobriu o nosso rosto, porque vieram estrangeiros sobre os santuários da Casa do Senhor .
52 परमप्रभु भन्नुहुन्छ, “समय आइरहेछ, जब म बाबेलका मूर्तिहरूलाई न्याय-दण्ड दिनेछु। त्यो देशका चारैतिर चोटहरूमा रूनेछन्।
52 Portanto, eis que vêm dias, diz o Senhor , em que visitarei as suas imagens de escultura; e gemerá o traspassado em toda a sua terra.
53 स्वर्गसम्म बाबेल बढ्न सक्छ। उसले उसका किल्लाहरू बलियो बनाइदिनेछ। तर उसको विरूद्ध ध्वंसक पठाउनेछु।” परमप्रभुले यो कुरा भन्नुभयो।
53 Ainda que a Babilônia subisse aos céus, e ainda que fortificasse a altura da sua fortaleza, de mim viriam destruidores sobre ela, diz o Senhor .
54 “हामी बाबेलमा मानिसहरूले विलाप गरिरहेका सुन्न सक्छौ। बाबेलको देशमा मानिसहरूले ध्वंश पारिरहेको आवाज हामी सुन्छौ।
54 O som de um clamor se ouve da Babilônia e de grande destruição, da terra dos caldeus;
55 परमप्रभुले बाबेललाई ध्वंस गरिदिनु हुन्छ उहाँले त्यो शहरको कोलाहललाई बन्द गरिदिनु हुनेछ, शत्रुहरू समुद्रका छालहरू जस्तै गर्जेर आउनेछन्। पृथ्वीभरि मानिसहरूले त्यो गर्जन सुन्नेछन्।
55 porque o Senhor destrói Babilônia e fará perecer nela a sua grande voz; e as suas ondas bramirão como muitas águas; ouvir-se-á o arruído da sua voz.
56 सेना आउने छ अनि बाबेल ध्वंस पार्नेछ। बाबेलका सिपाहीहरू तितर-बितर हुनेछन् तिनीहरूका धनुहरू भाँचिने छन्। किनभने परमप्रभु परमेश्वर हुनुहुन्छ जसले परिशोधन माँग गर्नुहुन्छ। उहाँले निश्चय तिनीहरूलाई चुक्त पारिदिनु हुनेछ।
56 Porque o destruidor vem sobre ela, sobre Babilônia, e os seus valentes serão presos; já estão quebrados os seus arcos, porque o Senhor , Deus das recompensas, certamente, lhe retribuirá.
57 म बाबेलका ज्ञानी मानिसहरू र मुख्य हाकिमहरूलाई मताईदिनेछु म राज्यपालहरू, हाकिमहरू र सिपाहीहरूलाई पनि दाखरसमा डुबाइ दिनेछु। तब तिनीहरू सबै सदा-सर्वदाका निम्ति सुत्नेछन् तिनीहरू कहिल्यै बिउँझने छैनन्।” महाराजाले यी कुराहरू भन्नुभयो। उहाँको नाउँ सेनाहरूका परमप्रभु हो।
57 E embriagarei os seus príncipes, e os seus sábios, e os seus capitães, e os seus magistrados, e os seus valentes; e dormirão um sono perpétuo e não acordarão, diz o Rei cujo nome é o Senhor dos Exércitos.
58 सेनाहरूका परमप्रभु भन्नुहुन्छ “बाबेलको बाक्लो, बलियो पर्खाल तल झारिनेछ। उसको अग्लो प्रवेशद्वारहरू जलाइनेछ। बाबेलका मानिसहरू व्यर्थमा कठोर परिश्रम गर्दछन्। जाति-जातिहरूको परिश्रम खाली आगोको लागि हुनेछ।”
58 Assim diz o Senhor dos Exércitos: Os largos muros de Babilônia totalmente serão derribados, e as suas portas excelsas serão abrasadas pelo fogo; e trabalharão os povos em vão, e as nações serão para o fogo e cansar-se-ão.
59 यो सन्देश अगमवक्ता यर्मियाले नेरियाहको छोरो मासेयाहको नाति सरायाहलाई दिए। सरायाह यहूदाका राजा सिदकियाहसँग बाबेल तर्फ गए। यस बेला सिदकियाहको शासनकालको चौथो वर्ष थियो। अहिले सरायाह राजभवनका मुख्य प्रभारी थिए।
59 A palavra que mandou Jeremias, o profeta, a Seraías, filho de Nerias, filho de Maaseias, indo ele com Zedequias, rei de Judá, à Babilônia, no ano quarto do seu reinado; e Seraías era um príncipe pacífico.
60 यर्मियाले त्यो पुस्तकमा ती सम्पूर्ण भयानक कुराहरू जुन बाबेलमा घट्नेवाला थिए सबै लेखिदिएका थिए।
60 Escreveu, pois, Jeremias num livro todo o mal que havia de vir sobre a Babilônia; todas estas palavras que estavam escritas contra a Babilônia.
61 यर्मियाले सरायाहलाई भने, “जब तिमी बाबेलमा जान्छौ यी वचनहरू जोरले पढ्नु।
61 E disse Jeremias a Seraías: Em tu chegando a Babilônia, verás e lerás todas estas palavras.
62 तब भन, ‘हे परमप्रभु! तपाईंले यो बाबेल ध्वंस गरिदिन्छु भन्नु भएको छ अनि यहाँ मानिसहरू र पशुहरू कोही पनि यसमा बसो-बासो गर्ने छैनन्।’
62 E dirás: Senhor ! Tu falaste a respeito deste lugar, que o havias de desarraigar, até não ficar nele morador algum, desde o homem até ao animal, mas que se tornaria em perpétuas assolações.
63 यो पढिसके पछि, यसलाई ढुङ्गमा बाँधेर यूफ्रेटिस नदीमा फ्याँकिदेऊ।
63 E será que, acabando tu de ler este livro, o atarás a uma pedra e o lançarás no meio do Eufrates.
64 त्यसपछि भन, ‘यसको विरोधमा म जुन सर्वनाश ल्याउनेछु जसले गर्दा बाबेल त्यसरी भासिनेछ त्यो कदापि माथि उठ्न सक्नेछैन।”‘यर्मीयाका सन्देश यहाँ समाप्त हुन्छन्।
64 E dirás: Assim será afundada a Babilônia e não se levantará, por causa do mal que eu hei de trazer sobre ela; eles se cansarão. Até aqui as palavras de Jeremias.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Jeremias 51, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.