Jeremias 48

Nepali Bible (GL_NEPALI) vs VC

Sair da comparação
VC Versão Católica
1 यो सन्देश मोआब देशसित सर्म्पकित छ। सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ“पर्वत नबोको दुर्भाग्य सामुन्ने छ। यो ध्वंस हुनेछ। किर्यातैमको शहर लज्जित हुनेछ अनि कब्जामा पर्नेछ। ती बलिया किल्लाहरू लज्जित तथा हतोत्साही हुनेछन्।
1 Contra Moab. - Eis o que diz o Senhor dos exércitos, Deus de Israel: Ai de Nebo, porque chegou a sua ruína! Cariataim, tomada de assalto, cobriu-se de vergonha; a praça forte ficou em tumulto e desvairada.
2 मोआबलाई फेरि प्रशंसा गरिने छैन। हेशबोनमा मानिसहरूले मोआबको पराजयको युक्ति रचे। तिनीहरूले भने, ‘आऊ, हामी मिलेर त्यस ठाउँलाई नष्टपारौं ताकि अब उसो एउटा जाति नरहोस्।’ हे मदमेन, तिमीलाई पनि चूपचाप पारिन्छ। तरवारले तिम्रो खेदो गर्नेछ।
2 Findou-se a glória de Moab! Em Hesebon conspira-se contra ela: Vamos riscar esse povo do número das nações! E tu também, Madmen, serás reduzida ao silêncio, porque a espada te persegue.
3 होरोनैमबाट आएको चिच्याहट सुन। तिनीहरू लुटपाट र विध्वंसले गर्दा चिच्याई रहेकाछन्।
3 Gritos elevam-se de Oronaim: Devastação! Catástrofe!
4 मोआब नष्ट हुने नै छ। उसका स-साना बालकहरू गुहार माग्दै रूने छन्।
4 Moab foi abatido; gritam seus filhinhos.
5 मोआबका मानिसहरू रूँदै लूहीतको उकालो बाटो जान्छन्। होरोनैम तिर जाने ओह्रालो बाटोमा ध्वंसको परितापमा क्रन्दन सुनिन्छ।
5 Pela encosta de Luit chora-se; sobe-se em prantos, e pela descida de Oronaim ouvem-se clamores de angústia.
6 भाग जाऊ! भाग आफ्नो प्राण बचाऊ, मरूभूमिको जंगलमा हुने पोथ्रा झैं बन।
6 Fugi! Salvai-vos! Sede qual zimbro no deserto!
7 तिमीहरूले आफ्नो काम र धनमा भरोसा गर्यौ। यसकारण तिमीहरू कैदमा पर्यौ। उसका अधिकारीहरू र पूजाहारीहरूसितै कमोशलाई देश निष्कासन गरियो।
7 Porque puseste a confiança nos teus ídolos e nos teus tesouros, tu também serás tomada. E será levado para o exílio Camos com seus sacerdotes e chefes!
8 प्रत्येक शहर ध्वंस पारिनेछ अनि कुनै एउटा शहर पनि बाँकी राखिनेछैन। परमप्रभुले भन्नु भएको बेंसी नष्ट हुनेछ। अनि समतल देश ध्वंस पारिनेछ।
8 Em todas as cidades penetrará o devastador; nenhuma será poupada. Será destruído o vale, e o planalto devastado, como disse o Senhor.
9 मोआबमा खेत बारि भरि नून छरिदेऊ किनभने यो निश्चय नष्ट हुनेछ अनि बासिन्दा कोही नभएर मोआब शून्य मरूभूमि हुनेछ।
9 Dai asas a Moab para que tome vôo, porque suas cidades transformar-se-ão em deserto.
10 श्रापित होस् त्यो मानिस जसले परमप्रभुको काम गर्न विलम्ब गरिरहेछ। धिक्कार छ त्यस मानिसलाई जसले ती मानिसहरू मार्न आफ्नो तरवार चलाँउदैन।
10 Maldito aquele que faz com negligência a obra do Senhor! Maldito o que recusa o sangue à sua espada!
11 मोआबले अनिष्ट कहिल्यै देखेको छैन। मोआब ढुग्रोमा रहेको र एउटा भाँडादेखि अर्को भाँडामा नसारिएको दाखरस जस्तै छ। उ कैदी भएर कहिले पनि बसेको छैन यसकारण उ पहिल्यै जस्तै ताजा नै छ अनि उसको स्वादमा बद्ली आएको छैन।”
11 Desde a juventude, Moab vivia em paz, repousando sobre a borra, sem ser transvasada, nem exilada. Assim o sabor lhe ficou, e intato o aroma.
12 तब परमप्रभु भन्नुहुन्छ, “हेर, समय आइरहेछ जब म उसलाई तिम्रो भाँडाबाट खन्याउन अनि खाली भाँडाहरू टुक्रा-टुक्रामा परिणत गराउन मानिसहरू पठाउनेछु।”
12 Dias, porém, virão - oráculo do Senhor -, em que lhe enviarei transvasadores que o trasfegarão, esvaziando os tonéis e quebrando os odres.
13 तब, मोआबका मानिसहरू कमोशले गर्दा लज्जित हुनेछन्। जसरी इस्राएलका मानिसहरूले झूटा देवता बेतेललाई विश्वास गरेका थिए। त्यही झूटा देवताले मद्दत नगर्दा तिनीहरू लज्जित भए।
13 E Moab envergonhar-se-á de Camos, como Israel envergonhou-se de Betel que constituía sua esperança.
14 “तिमीहरू कसरी भन्न सक्छौ, ‘हामी बलिया सिपाहीहरू हौं अथवा हामी वीर योद्धाहरू हौं।’
14 Como podeis dizer: Somos bravos, valentes guerreiros?
15 शत्रुहरूले मोआबमाथि आक्रमण गर्नेछन् र शहरभित्र पसेर तिनीहरूलाई ध्वंस पार्नेछन्। उसका खास जवान मानिसहरू हत्या गरेर मारिनेछन्।” यो सन्देश महाराजाको हो, उहाँको नाउँ सेनाहरूका परमप्रभु हो।
15 Moab está devastado; escalaram suas cidades. A flor de sua mocidade desce para a matança - oráculo do rei, cujo nome é Senhor dos exércitos.
16 “मोआबको अन्त नजिकै छ। मोआबलाई चाँडै ध्वंस पारिनेछ।
16 A ruína de Moab é iminente, aproxima-se-lhe a largos passos a desgraça.
17 मोआबका वरिपरि बस्ने मानिसहरू तिमीहरू सबैले त्यो देशको लागि विलाप गर्नुपर्नेछ। तिमीहरू जान्दछौ मोआब कति प्रसिद्ध छ। यसर्थ त्यसको लागि रूनु ‘मोआबको शक्तिशाली अनि महिमामय राजदण्ड पूर्णरूपले टुक्रियो।’
17 Chorai-a vós, seus vizinhos, e dizei vós, que lhe conheceis o nome: Como se partiu esse cetro poderoso, esse cetro cheio de glórias?
18 तिमीहरू दीबोनमा बसिरहेका छौ। आफ्नो सम्मानपूर्ण ठाउँबाट झरेर आऊ सुखा जमीनमा बस किनभने विनाश आइरहेछ अनि उसले तिमीहरूको दरिलो शहरहरू भत्काइदिनेछ।
18 Desce de tua glória, assenta-te no solo ressecado, filha de Dibon, que moras {neste lugar}, porque o devastador de Moab sobe contra ti, para destruir tuas muralhas.
19 हे अरोएरमा बस्ने मानिसहरू हो। बाटोको सहायतामा उभ र। हेर पुरूष मानिसहरू भागिरहेका हेर स्त्री मानिसहरू भागिरहे तिनीहरूलाई के भयो सोध।
19 Detém-te no caminho e espreita, habitante de Aroer; interroga o que foge e o que escapa, perguntando-lhes: O que aconteceu?
20 मोआब धराशायी भएको छ लाजले पूर्ण भएको छ। विलौना गर अनि रोऊ। अर्नोन नदीमा गएर घोषणा गर कि मोआब ध्वंस भयो।
20 Moab em ruínas cobre-se de vergonha: gritai, gemei! Anuncia ao norte de Arnon que Moab foi destruído.
21 समतल देशमाथि न्याय हुने समय आएको छ। होलोन, यहसा र मेपात शहरहरूमा न्याय गरिने समय आएकोछ।
21 Foi o julgamento executado sobre a terra da planície, sobre Helon, Jasa, Mefaat,
22 दीबोन, नबो बेत-दिबलातैम शहरहरूमा न्याय गरिने समय आएकोछ।
22 Dibon, Nebo e Bet-Deblataim;
23 किर्यातैम, बेतगामूल, बेत-मोन शहरहरूमा न्याय गरिने समय आएकोछ।
23 sobre Cariataim, Bet-Gamul, Bet-Maon,
24 करियोत र बोज्रा र छेउ, टाढाका अनि नजिकका मोआब सबै शहरहरूमा न्याय गरिने समय आएकोछ।
24 Cariot e Bosra, e sobre todas as cidades, próximas ou distantes da terra de Moab.
25 मोआबको सिंग काटियो अनि मोआबको पाखुरा भाँचिएको छ।” परमप्रभुले यो कुरा भन्नुभयो।
25 Foi abatido o poderio de Moab, partiu-se-lhe o braço - oráculo do Senhor.
26 “मोआबले सम्झाएको थियो कि ऊ परमप्रभु भन्दा महान हो। अत मोआबलाई पागल हुञ्जेलसम्म सजाय देऊ। मोआब लडेर आफ्नै वान्तामा लटपटिने छ। मोआब मानिसहरूको हाँसोको पात्र हुनेछ।
26 Embriagai Moab, porque desafiou o Senhor. Debater-se-á no próprio vômito. E por sua vez tornar-se-á objeto de zombaria.
27 मोआब तिमीले इस्राएलको हाँसो उढायौ इस्राएललाई एउटा चोरका समूहले पकडे। प्रत्येक पल्ट तिमीहरूले इस्राएलको बारेमा बोल्दा आफ्नो टाउको हल्लायौ अनि इस्राएलभन्दा असल छु भनी बहाना गर्यौ।
27 Não era Israel alvo de teu escárnio? Foi ele surpreendido entre ladrões, para que, ao falar dele, sempre abanasses a cabeça?
28 मोआबका मानिसहरू हो आफ्नो शहरहरू छोड। जाऊ ढुङ्गाहरूमा बस, ढुकुर जस्तो हौ जसले ओढारको मुखमा आफ्नो गुँड बनाउँछ।”
28 Abandonai as cidades para habitar os rochedos, habitantes de Moab, assim como faz a pomba que coloca o ninho na borda dos precipícios.
29 “हामीले मोआबको गर्व सुनेकाछौं, उ अत्यन्तै शेखीवाल र रीसाह थियो र उसले आफै ठूलो हुँ भन्ने ठान्थ्यो।”
29 Conhecemos o orgulho do soberbo Moab, sua altivez, sua jactância, seu orgulho e arrogância de coração.
30 परमप्रभु भन्नुहुन्छ, “मोआब कति रीसाह छ म जान्दछु, उसले आफ्नै प्रशंसाको गीत गाउँछ। तर उ झूटो अंहकार गर्छ ऊ आफूले भनेको कुराहरू गर्न सक्तैन।
30 Conheço-lhe a presunção - oráculo do Senhor -, a jactância e a vaidade.
31 यसर्थ म मोआबका मानिसहरूको लागि विलाप गर्दछु, म सम्पूर्म मोआबको लागि रून्छु। म कीरहेरेसका मानिसहरूका लागि शोक गर्छु।
31 Eis por que gemerei sobre Moab inteiro, e sobre ele lançarei gritos; choro o povo de Quir-Heres.
32 म याजेरको मानिसहरूसित याजेरकै लागि शोक गर्छु। हे सिब्नाका दाखका बोट, बिगतमा तिम्रा दाखका बोटहरू चारैतिर फैलिदै समुद्र पारी याजेर शहरसम्म फैलिएको थियो। तर विनाशले तिनीहरूका फल र दाखहरू लग्यो।
32 Mais que sobre Jazer, choro sobre ti, vinha de Sabama; tuas vides se alongavam até o mar, atingindo o mar de Jazer; sobre tuas searas de vindimas lançou-se o devastador.
33 मोआबको विस्तृत दाखबारीहरूबाट खुशी र आनन्द लगिएकोछ। मैले अङ्गुर निचोर्दा रस निक्लन बन्द गरिदिएँ। यसर्थ आनन्दको स्वरले तिनीहरूले अङ्गुर निचोर्दैनन्। स्वर छ तर आनन्दको स्वर होइन।
33 Afastaram-se a alegria e o regozijo dos vergéis da terra de Moab; fiz com que secasse o vinho nos lagares; já não se amassam as uvas entre gritos de alegria, nem a canção é a mesma canção.
34 मानिसहरू हेशबोनदेखि एलाले अनि जहाजसम्म कराउँदैछन्। मानिसहरू विलाप गरी रहेका छन्। तिनीहरूको विलाप सोअर, होरोनैम, एग्लथ-शेलीशिया शहरहरूबाट सुनिन्छ। निम्रीमको पानी सुक्यो।
34 O clamor de Hesebom sobe até Eleale, e a voz se estende até Jasa, e de Segor até Oronaim e Eglat-Selesia, porque as próprias águas de Ninrim secaram.
35 म मोआबलाई उच्च स्थानहरूमा तिनीहरूको देवताहरूलाई सुगन्धित धूप बाल्न र बलि चढाउनु रोक्छु।” परमप्रभुले यो कुरा भन्नुभयो।
35 Farei desaparecer de Moab - oráculo do Senhor -, aqueles que sobem aos lugares altos para incensar seus deuses.
36 “म मोआब र किरहरेसतका मानिसहरूको लागि उदास छु। मेरो हृदय बासुरीको शोक धुन जस्तै रून्छ किनभने तिनीहरूको जोगाड गरेको धन-सम्पति सबै नष्ट भयो।
36 Por isso, meu coração por Moab geme, como geme a flauta; meu coração pelo povo de Quir-Heres geme, como geme a flauta. Eis a razão pela qual todo o proveito obtido se perdeu.
37 प्रत्येक मानिसको केश खौरेको छ। प्रत्येकले दाह्री काटेको छ।प्रत्येकको हातहरू काटिएको छ। प्रत्येकले आफ्ना कम्मरमा उदासीनताको धोती बेरेको छ।
37 Todas as cabeças foram rapadas, e cortadas as barbas. Foram golpeadas as mãos, e os rins cobertos de sacos.
38 घरका धुरीहरूमा तथा मोआब गल्लीहरूमा मरेर गएकाहरूको लागि मानिसहरू जता-ततै विलाप गरिरहेका छन्। समस्त भूमि नै उदासीनताले छाएको छ किनभने मोआबलाई मैले कसैलाई नचाहिने माटोको भाँडालाई झैं चकानाचूर पारेको छु।” परमप्रभुले यो कुरा भन्नुभयो।
38 Sobre os tetos de Moab e em suas praças, só lamentos se ouvirão, porque despedacei Moab, qual vaso inútil - oráculo do Senhor.
39 “मोआब तितर-बितर भएका छन्। मानिसहरू विलाप गरिरहेका छन्। मोआब लाजले वरिपरि घुम्छ। मानिसहरूले मोआबको खिल्ली उडाइरहे छन् ऊ आफ्नो वरिपरि प्रत्येकका निम्ति डरको पात्र बनेको छ।”
39 Tudo é ruína! Gemei! Quão vergonhoso é para Moab baixar assim a cerviz! Tornou-se Moab objeto de escarmento, e de pavor para todos os vizinhos!
40 परमप्रभु भन्नुहुन्छ, “हेर! एउटा चील आकाशबाट बेगहानेर आइररहेको छ। यसले आफ्नो पखेटाहरू मोआब भरि फैलाई रहेछ।
40 Porquanto, assim diz o Senhor: o inimigo, como águia, toma vôo, estendendo as asas sobre Moab;
41 शहरहरू कब्जा गरिनेछ। बलिया किल्लाहरू घेरामा पर्नेछन्। त्यस समयमा मोआबका शक्तिशाली सिपाहीहरूको मुटु प्रसव वेदनामा परेकी स्त्रीको जस्तो हुनेछ।
41 tomam-se-lhe as cidades, arrebatam-se-lhe as fortificações, e o coração dos guerreiros de Moab será naquele dia semelhante ao coração da mulher em parto.
42 मोआब देश ध्वंस गराइनेछ। किनभने उसले सम्झन्थ्यो कि ऊ परमप्रभु भन्दा महान छ।”
42 Moab foi riscado do número dos povos, porque desafiou o Senhor.
43 परमप्रभुले यी कुराहरू भन्नु हुन्छ, “मोआबका मानिसहरू हो! तिमीहरूको लागि डर, गहिरो खाडलहरू र पासोहरू छन्।
43 O terror, o fosso e o laço acercam-se de ti, ó moabita - oráculo do Senhor.
44 मानिसहरू डराउने छन् र भाग्ने छन्, तर तिनीहरू गहिरो खाडलहरूमा पर्नेछन्। यदि तिनीहरू कसैले त्यहाँबाट उक्लिए भने पासोहरूमा फँस्नेछन् किनभने म मोआबमाथि दण्डको वर्ष ल्याउनेछु।” परमप्रभुले यी कुराहरू भन्नुभयो।
44 Quem fugir do terror cairá no fosso, e o que escapar do fosso será apanhado no laço! Porque trarei sobre ele, sobre Moab, o ano do seu castigo - oráculo do Senhor.
45 “हेशबोनको छाँयामा शरणार्थीहरू नरहेको देखिन्छ। तिनीहरू रहेनन् कारण हेशबोनबाट आगो र सिहोनबाट ज्वाला गएको छ। यसले मोआबको निधार र ती अहिले आनन्द मनाउँदै गर्नेहरूको शिरलाई काटेर नास पारिदिनेछ।
45 À sombra de Hesebon detiveram-se, extenuados, os fugitivos; de Hesebon, porém, jorrou um fogo, uma chama do meio do Seon, que devora os flancos de Moab e as cabeças dos filhos do tumulto.
46 ए मोआब! तिमीलाई शोक! कमोशका मानिसहरू नष्ट भएको छन्। तिम्रा छोरा-छोरीहरूलाई कैदी बनाएर लगिन्छ।
46 Desgraçado de ti, Moab! Chegou teu fim, povo de Camos! São arrastados teus filhos ao cativeiro, e tuas filhas, aprisionadas.
47 “तर समय आउनेछ, म मोआबबाट लागिएको फर्काउनेछु।” यो सन्देश परमप्रभुबाट थियो।यसकारण मोआबमाथि लादिएको सजाय पूर्ण भयो।
47 Com o andar do tempo, porém - oráculo do Senhor -, mudarei a sorte de Moab. {Fim do julgamento acerca de Moab.}

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Jeremias 48, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.