Jeremias 3
Nepali Bible (GL_NEPALI) vs BKJ
1 “यदि एकजना मानिसले आफ्नी पत्नीसित छुटानाम गर्छ र त्यस पत्नीले अर्को मानिससित विवाह गरी भने के त्यो पहिलो मानिस त्यही स्त्रीसित फेरि सम्बन्ध राख्न आँउछ? अँह, यदि त्यस स्त्रीकहाँ त्यो पहिलो पुरूष फर्की आए, जमीन नै एकदमै दूषित हुनेछ। तिमी धेरै प्रेमीहरूसित वेश्या झैं व्यवहार गरिरहेका छौ। अनि अब तिमी मकहाँ फर्की आउनु चाहन्छौ।” यो सन्देश परमप्रभुबाट आएको हो।
1 Eles dizem: Se um homem repudiar sua esposa, e ela o deixar e tornar-se de outro homem, retornará ele para ela novamente? Não será aquela terra grandemente contaminada? Porém tu agiste como uma prostituta com muitos amantes, contudo, retorna novamente para mim, diz o SENHOR.
2 “माथि पहाडको चुचुराहरू हेर, के त्यहाँ कुनै ठाउँ छ जहाँ तिम्रा प्रेमिकाहरूसँग तिमीले प्रेम रचेका छैनौ? अरबी मरूभूमिमा फिरन्ते झैं आफ्नो प्रेमीहरूको प्रतीक्षा तिमी बाटोको किनारमा पर्खेका थियौ। तिमीले भूमि “दूषित” पार्यौ। किनभने तिमीले थुप्रै नराम्रा कामहरू गर्यौ। साथै तिमी मप्रति अभक्त भयौ।
2 Ergue teus olhos para os lugares altos, e vê onde te deitaste. Nos caminhos sentaste para eles, como o árabe no deserto. Assim contaminaste a terra com tuas prostituições, e com tua perversidade.
3 तिमीले पाप गर्यौ, यसकारण पानी परेन। त्यहाँ पानी पर्ने समयमा कुनै पानी परेन तर अझ तिमी लज्जित हुन अस्वीकर गर्छौ। तिम्रो अनुहार हेर्दा एउटा वेश्याको अनुहारमा हेरे जस्तो हुन्छ जो निलज्ज हुन्छे। तिमी पनि आफूले जे गर्यौ त्यसको लागि निर्लज्ज छौ।
3 Portanto as chuvas foram retiradas, e não houve chuva serôdia, e tu tens a testa de uma prostituta, e te recusaste a ser envergonhada.
4 तर अहिले तिमीले मलाई पुकारिरहेछौ, ‘पिता’ तिमीले भन्यौ, ‘तपाईं मेरो युवावस्था देखिको मित्र हुनुहुन्छ।’
4 Não irás desde este momento clamar a mim: Meu pai, tu és o guia da minha juventude?
5 तिमीले पनि भन्यौ, ‘परमेश्वर मसित सधैं क्रोधित रहनु हुँदैन। परमेश्वरको रीस धेरै बेर रहने छैन।’ “यहूदा, तिमीले यी त कुराहरू भन्यौ, तर तिमीले सके जति दुष्ट कामहरू गर्यौ।”
5 Irá ele reter sua ira para sempre? Irá ele conservá-la até o fim? Sim. Tu falaste e fizeste coisas más, enquanto pudeste.
6 योशियाह राजाले यहूदामा राज गरेको समयमा परमप्रभुले मलाई भन्नुभयो, “यर्मिया, इस्राएलले गरेको पाप तिमीले देख्यौ? तिमीले देख्यौ कि उ मप्रति अविश्वासी छ। तिनले प्रत्येक पहाडमाथि अनि हरियो रूख मनि व्यभिचार गरिरहेकी थिई।
6 O SENHOR também me disse nos dias do rei Josias: Tu tens visto aquilo que fez a apóstata Israel? Ela subiu sobre todo alto monte, e sob toda a árvore verde, e ali andou se prostituindo.
7 मैले आफैलाई भनें, ‘उसले यी सब पाप कर्म गरिसके पछि, मकहाँ फर्किन्छ होला।’ तर मकहाँ आएन। अनि इस्राएलले गरेको उसको अविश्वासी बाहिनी यहूदाले देखी।
7 E eu disse, após ela ter feito todas estas coisas: Volta para mim. Porém ela não retornou. E a sua irmã traiçoeira, Judá, viu isto.
8 इस्राएल अविश्वासी थिए अनि तिनले चाल पाई कि मैले उसलाई टाढो पठाएँ। इस्राएलले चाल पाइ कि उसले व्यभिचार पाप गरेकीले मैले उसित छुटानाम गरें। तर यसले उसको अविश्वासी बहिनीलाई कुनै डर भएन। यहूदा पनि बाहिर गई अनि वेश्या झैं कर्म गर्नु लागि।
8 E eu vi, quando por todas as razões pelas quais a apóstata Israel cometeu adultério, eu a rejeitei, dando-lhe uma certidão de divórcio. Contudo a sua irmã traiçoeira, Judá, não temeu, mas também foi e agiu como uma prostituta.
9 यहूदाले आफू वेश्या झैं कर्म गरिरहेको कुनै ध्यान नै दिएन। यसकारण उसले आफ्नो देश ‘अशुद्ध’ बनाई। उसले चट्टान र काठले बनिएका मूर्तिहरू पूजा गरेर व्यभिचारी पाप गरी।
9 E aconteceu que pela fama da sua prostituição contaminou a terra, e cometeu adultério com as pedras e com os troncos.
10 इस्राएलकी अविश्वासी बहिनी यहूदा मकहाँ मन खोलेर आएन। उसले खुल्ला हृदयले आए की झैं निहुँ गरी।” यो सन्देश परमप्रभुबाट आएको हो।
10 E ainda por tudo isto a sua irmã traiçoeira, Judá, não voltou para mim com todo o seu coração, mas fingidamente, diz o SENHOR.
11 परमप्रभुले मलाई भन्नुभयो, “विश्वासहीन इस्राएल अविश्वासी यहूदा जस्ता खराब छैन।
11 E disse-me o SENHOR: A apóstata Israel justificou-se a si mais do que a traiçoeira Judá.
12 यर्मिया, उत्तर दिशा तिर अघि बढ अनि यो सन्देश घोषणा गर‘हे इस्राएलका विश्वासहीन मानिसहरू हो, फर्की आऊ।’ यो सन्देश परमप्रभुबाट आएको थियो। ‘तिनीमाथि आँखा तर्न बन्द गर्छु। म कृपालु छु।’ यो सन्देश परमप्रभुबाट आएका हो। म अब उसो तिमीसित रीस गर्ने छैन।
12 Vai e proclama estas palavras para o lado do norte, e dize: Retorna, tu apóstata Israel, diz o SENHOR, e eu não farei minha ira cair sobre vós, pois eu sou misericordioso, diz o SENHOR, e eu não manterei minha ira para sempre.
13 तिमीले आफ्नो खराब कर्म स्वीकार्नु पर्छ। तिमीले परमप्रभु आफ्ना परमेश्वरको विरूध अपराध गरेका छौ। प्रत्येक हरियो रूखमनि तिमीले पराई देवताहरू पज्यौ। तिमीले मेरो कुरा सुनेका छैनौं।” यो सन्देश परमप्रभुबाट आएको हो।
13 Somente reconhece tua iniquidade, que tu transgrediste contra o SENHOR teu Deus, e estendeste os teus favores para os estranhos sob toda árvore verde, vós não obedecestes a minha voz, diz o SENHOR.
14 “हे विश्वासहीन सन्तान हो, मकहाँ फर्की आऊ।” यो सन्देश परमप्रभुबाट आएको हो।“म तिमीहरूका मालिक हुँ। हरेक शहरबाट तिमीहरू मध्ये एकजना र हरेक परिवारबाट दुइजना छान्नेछु अनि तिनीहरूलाई म सियोनमा लैजानेछु।
14 Voltai, ó filhos apóstatas, diz o SENHOR, pois eu estou casado convosco, e vos tomarei um de uma cidade, e dois de uma família, e vos trarei para Sião.
15 तिमीहरूका निम्ति मेरै जस्तो मन भएको शासकहरू दिनेछु। तिनीहरूले तिमीहरूलाई ज्ञान र समझशक्ति सिकाउनेछन्।
15 E vos darei pastores conforme o meu coração, os quais irão vos alimentar com conhecimento e entendimento.
16 त्यस समयमा देशमा तिमीहरूको संख्या बढनेछ।” यो सन्देश परमेश्वरबाट आएको हो।” “त्यस समयमा, परमेश्वरसित भएको करारको सन्दूक विषयमा चर्चा हुने छैन, तिनीहरूले यस विषयमा सोच्ने छैनन्। अथवा सम्झने छैनन् अथवा उम्काउने छैनन्। अनि तिनीहरूले अर्को सन्दूक बनाउने छैनन्।
16 E isto acontecerá, quando vós fordes multiplicados e aumentados na terra, naqueles dias, diz o SENHOR, eles não dirão mais: A arca do pacto do SENHOR! Nem isto virá à mente, nem se lembrarão disto, nem a visitarão; isto não acontecerá nunca mais.
17 त्यस समयमा तिनीहरूले यरूशलेमलाई ‘परमप्रभुको सिंहासन’ भनी स्वीकार्ने छन्। परमप्रभुको सम्मान दिनलाई सबै राजाहरू यरूशलेममा आउनेछन्। तिनीहरूले आफ्नो अट्टेरी दुष्ट हृदयलाई अब उसो मान्ने छैनन्।
17 E naquele tempo eles chamarão Jerusalém o trono do SENHOR, nela serão reunidas todas as nações, em nome do SENHOR, a Jerusalém, e não mais andarão após a imaginação do seu coração perverso.
18 ती दिनहरूमा, यहूदाका परिवारहरू इस्राएलका परिवारमा सम्मिलित हुनेछ। तिनीहरू उत्तरमा भएको भूमिबाट सँगै आउनेछन। तिनीहरू मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको भूमिमा आउनेछन।
18 Naqueles dias a casa de Judá andará com a casa de Israel, e eles reunir-se-ão da terra do norte para a terra que eu tenho dado por herança para os vossos pais.
19 “म, परमप्रभुले भनें, ‘म तिमीहरूलाई आफ्नै नानीहरूलाई झैं व्यवहार गर्नु चाहन्छु। म तिमीहरूलाई अन्य जातिहरू भन्दा पनि अझ राम्रो भूमि दिनु चाहन्छु।’ तिमीहरूले मलाई ‘पिता’ भन्नेछौ अनि सधैं मेरो अनुसरण गर्नेछौ।
19 Mas eu disse: Como te colocarei entre os filhos, e te darei uma terra agradável, uma herança excelente dos exércitos das nações? E eu disse: Tu me chamarás meu pai, e não te desviarás de mim.
20 तर तिमीहरू आफ्नो लोग्नेहरूसित अविश्वासी रहेका पत्नी मानिसहरू जस्तै भयौ। हे इस्राएलका परिवार, तिमीहरू म प्रति अविश्वासनीय भएका छौ।” यो सन्देश परमेश्वरबाट आएको हो।
20 Certamente como uma esposa traiçoeiramente afasta-se do marido, desse modo vós tendes vos comportado traiçoeiramente para comigo, ó casa de Israel, diz o SENHOR.
21 नाङ्गो डाँडाहरूमा तिमीहरूले रोइरहेको सुन्न सक्छौ। इस्राएलका मानिसहरू दयाको निम्ति रोइरहेछन् र प्रार्थना गरिरहेछन्। तिनीहरू एकदमै दुष्ट भए। तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई बिर्सेका छन्।
21 Uma voz foi ouvida sobre os lugares altos, choro e súplicas dos filhos de Israel, pois eles perverteram o seu caminho, e esqueceram o SENHOR, seu Deus.
22 हे विशवसहीन छोराहरू हो, मकहाँ फर्की आऊ। तिमीहरूको विश्वासहीनता म हटाइदिनेछु। मानिसहरूले भन्नै पर्छ, “हामी तपाईं कहाँ आउँदैछौ तपाईं परमप्रभु हाम्रो परमेश्वर हुनुहुन्छ।
22 Retornai, vós filhos apóstatas, e eu curarei as vossas apostasias. Eis que nós vimos a ti, pois tu és o SENHOR nosso Deus.
23 “डाँडाहरूमाथि मूर्ति पूज्न एउटा मूर्खता थियो। पर्वतमा होहल्ला गर्ने दलहरू सबै गल्ती थिए। निसन्देह इस्राएलको उद्धार परमप्रभु परमेश्वरबाट आउँछ।
23 Verdadeiramente em vão se espera salvação desde as colinas, e desde a multidão dos montes. Verdadeiramente no SENHOR nosso Deus está a salvação de Israel.
24 हामीहरू युवास्था देखि नै झूटो देवताले हाम्रा पिता-पुर्खाहरूको सम्पत्ति नष्ट पारिदिए। तिनीहरूका भेडा, गाई-गोरूका बथानहरू अनि छोरा छोरीहरू पनि लगिदिए।
24 Pois a vergonha devorou o trabalho de nossos pais desde nossa juventude, os rebanhos, e os seus gados, os seus filhos e filhas.
25 आफ्नौ लाजले हामी डुबौ अनि हामीलाई अपमानले छोपोस्। किनभने हामीले परमप्रभु हाम्रो परमेश्वरको विरूद्ध पाप गर्यौ। हाम्रा पिता-पुर्खाहरूले पाप गरे अनि हाम्रो बाल्यकालबाट अहिले सम्म हामीले हाम्रा परमप्रभु परमेश्वरको आज्ञा पालन गरेका छैनौं।”
25 Nós nos deitamos em nossa vergonha e nossa confusão nos cobre, pois nós pecamos contra o SENHOR nosso Deus, nós e nossos pais, desde nossa juventude até este dia, e não obedecemos a voz do SENHOR nosso Deus.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Jeremias 3, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.