Jeremias 38
Nepali Bible (GL_NEPALI) vs NTLH
1 कतिपय शाही अधिकारीहरूले जस्तै मत्तानको छोरो शपत्याह, पशहूरको छोरो गदल्याह, शेलेम्याहको छोरो यूकल अनि मल्कियाहको छोरो पशहूरले यर्मियाले सबै मानिसहरूलाई यसो भन्दैगरेको सुने,
1 Certa vez, Sefatias, filho de Matã, e Gedalias, filho de Pasur, e Jucal, filho de Selemias, e Pasur, filho de Malquias, ouviram o que eu estava dizendo ao povo. Eu dizia que
2 “कि परमप्रभु भन्नुहुन्छ ‘जो यरूशलेममा बसे तिनीहरू तरवारहरूले अथवा अनिकालले अथवा डरलाग्दो रूढीले मर्नेछन् तर ज-जसले सैन्य समक्ष आत्मसमर्पण गर्नेछ तिनीहरू जीवित रहनेछन् उसले जीवन युद्ध परितोषक रूपमा पाउनेछ र मर्नेछैन।’
2 o Senhor Deus tinha dito o seguinte: — Quem ficar na cidade morrerá em combate, ou de fome, ou de doença. Mas aquele que sair e se entregar aos babilônios não será morto; pelo menos, escapará com vida e continuará a viver.
3 अनि यही हो जो परमप्रभु भन्नुहुन्छ ‘यरूशलेमको शहरलाई निसन्देह बाबेलको राजाकहाँ सुम्पिइनेछ। तिनीहरूले यसलाई कब्जा गर्नेछन्।”
3 Eu estava dizendo que o Senhor também tinha dito isto: — Certamente entregarei esta cidade ao exército do rei da Babilônia, e ele a conquistará.
4 तब यर्मियाले भनेका कुराहरू सुनेपछि शाही अधिकारीहरू राजा सिदकियाहकहाँ गए। तिनीहरूले राजालाई भने, “यर्मियालाई मार्नै पर्छ किनभने उसले यस्ता कुराहरू गरेर शहरमा भएका सिपाहीहरूलाई हतोत्साही बनाइरहेको छ। यर्मियाहले यस्तो कुरा गरेर प्रत्येक मानिसलाई हतोत्साही बनाइरहेको छ। यर्मियाहले हामीलाई राम्रो होस् भन्ने चाँहदैन। उसले यरूशलेमका मानिसहरू नष्ट भएको हेर्न चाहन्छ।”
4 Então as autoridades disseram ao rei: — Este homem tem de morrer. Falando desse jeito, ele está tirando a coragem dos soldados que estão na cidade e desanimando todo o povo. Este homem não está procurando ajudar; o que ele quer é a desgraça de todos.
5 यसकारण राजा सिदकियाहले ती अधिकारीहरूलाई भने, “यर्मिया तिमीहरूको नियन्त्रणमा छ। म तिनीहरूलाई रोक्न केही गर्नु सक्तिन।”
5 O rei Zedequias disse: — Muito bem! Façam o que quiserem com Jeremias. Eu não posso segurar vocês.
6 त्यसपछि ती अधिकारीहरूले यर्मियालाई लगे अनि राजाको छोरो मल्कियाहको पानीको इनारमा फ्याँकिदिए। त्यो इनार प्रहारी चोकामा थियो। ती अधिकारीहरूले डोरी लगाएर यर्मियालाई इनारको मुनी झारे। इनारमा पानी थिएनँ, तर हिलो थियो अनि त्यो हिलोमा यर्मिया भासिए।
6 Então eles me pegaram e me puseram dentro do poço que havia no pátio da guarda e que era do príncipe Malquias. Eles me desceram com cordas. Não havia água no poço; só lama; e eu me atolei na lama.
7 तर एबेदमेलेक नाउँका एकजना कूशी मानिस जो राजमहलमा नपुंसक थिए तिनले सुने कि अधिकारीहरूले यर्मियालाई पानीको इनारमा हालिदिए।
7 — ausente —
8 राजा सिदकियाह त्यस समय बिन्यामीनको प्रवेशद्वारमा बसिरहेका थिए। तिनी राजदरवारबाट गए। तिनले राजालाई भने,
8 — ausente —
9 मेरो प्रभु महाराज! ती अधिकारीहरूले यर्मियासित दुष्टकर्म गरिरहेका छन्। तिनीहरूले यर्मियालाई भोकै मरोस भनी पानीको इनारमा फ्याँकिदिए किनभने शहरमा रोटी छैन।”
9 — Ó rei, meu senhor, o que aqueles homens fizeram está errado. Jogaram Jeremias no poço, e ele na certa vai morrer de fome, pois não há mais comida na cidade.
10 तब राजा सिदकियाहले कूशवासी एबेदमेलेकलाई आदेश दिए “एबेदमेलेक यहाँबाट तीनजना मानिसहरू लैजाऊ अनि मर्न अघि नै यर्मियालाई इनारबाट निकाल।”
10 Aí o rei deu ordem para Ebede-Meleque levar trinta homens dali e me tirar do poço antes que eu morresse.
11 यसकारण एबेदमेलेकले आफूसँग तीनजना मानिसहरू लगेर गए। तर सर्व प्रथम उनी राजदरबारको भण्डार तर्फ गए अनि तिनले त्यहाँबाट पुराना र च्यातिएका लुगाहरू लगे। त्यसपछि डोरीमा ती थोत्रे लुगाहरू बाँधेर इनारमाभित्र यर्मियातिर झारिदिए।
11 Então Ebede-Meleque levou os homens ao depósito do palácio. Pegou alguns trapos e roupas usadas e os desceu por meio de cordas para dentro do poço onde eu estava.
12 कूशवासी एबेदमेलेकले यर्मियालाई भने, “यी पुराना लुगाहरू आफ्नो काखीमा चेप। जब डोरीद्वारा तिमीलाई माथि तानिने छ तिम्रो काखीमा यसले पैडको काम गर्नेछ। अनि तानिन्दा डोरीहरूले तिम्रो काखीमा चोट पार्नेछैन।” यसकारण यर्मियाले एबेदमेलेकले भने जस्तै गरे
12 E disse: — Jeremias, ponha esses trapos debaixo dos braços para que as cordas não machuquem você. Eu fiz o que ele mandou.
13 ती मानिसहरूले डोरीहरूद्वारा यर्मियालाई तानेर पानीको इनारबाट बाहिर निकाले। अनि यर्मिया प्रहारीहरूको चोकमा बसे।
13 Então me puxaram com as cordas e me tiraram do poço. Depois disso, fiquei no pátio da guarda.
14 तब राजा सिदकियाहले यर्मियालाई ल्याउनु कसैलाई पठाए। त्यो मानिसले परमप्रभुको मन्दिरको तेस्रो द्वारमा यर्मियालाई ल्यायो। तब राजाले भने, “यर्मिया, म तिमीलाई केही प्रश्नहरू सोध्नेछु। मबाट केही पनि नलुकाऊ।”
14 O rei Zedequias mandou que me levassem até a terceira entrada do Templo, onde ele estava. Então disse: — Jeremias, vou lhe fazer uma pergunta e não quero que você esconda nada de mim.
15 यर्मियाले सिदकियाहलाई भने, “यदि मैले उत्तर दिए भने तपाईंले मलाई मार्नु हुन्छ होला। अनि यदि मैले तपाईंलाई परामर्श दिएँ भने पनि सुन्नु हुने छैन।”
15 Eu respondi: — Se eu disser a verdade, o senhor me matará; e, se eu lhe der conselhos, o senhor não ouvirá.
16 तर राजा सिदकियाहले गुप्त रूपमा यर्मियासित कसम खाए र भने, “म परमप्रभु जसले हामीलाई सृष्टि गर्नु भयो अनि हामीलाई जीवन दिनुभयो, जस्तो जीवित हुनुहुन्छ त्यस्तै कसम खान्छु, म तिमीलाई न त मार्नेछु न तिमीलाई ज-जसले मार्न खोजिरहेका छन् तिनीहरूलाई नै सुम्पिन्छु।”
16 Aí o rei Zedequias me prometeu, em segredo, o seguinte: — Pelo
17 तब यर्मियाले राजा सिदकियाहलाई भने, “सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘यदि तिमीले बाबेलका राजाको अधिकारीहरू अघि आत्मा समर्पण गर्यौ भने, तिमी र तिम्रो परिवार सुरक्षित रहनेछन् अनि यरूशलेम जलेर भस्म हुनेछैन।
17 Então eu disse a Zedequias que o Senhor Todo-Poderoso, o Deus de Israel, tinha dito o seguinte: — Rei Zedequias, se você se entregar aos oficiais do rei da Babilônia, você não será morto, e esta cidade não será queimada. Tanto você como a sua família ficarão vivos.
18 तर यदि तिमीले आत्मा समर्पण गर्न अस्वीकार गर्यौ भने यरूशलेम बेबीलियोनका सेनालाई सुम्पिइने छ। तिनीहरूले यरूशलेमलाई जलाएर भस्म पार्ने छन्, अनि तिमी पनि तिनीहरूबाट जोगिने छैनौ।”‘
18 Porém, se você não se entregar, então esta cidade será entregue aos babilônios, e eles a queimarão. E você não escapará deles.
19 तर राजा सिदकियाहले यर्मियालाई भने, “तर म यहूदाका मानिसहरूसँग डराउँछु जसले अघिबाटै बाबेलका सेनाको पक्ष लिइसकेकाछन्। म डराउँछु कारण तिनीहरूले मलाई यहूदाका मानिसहरूलाई सुम्पनेछन् अनि तिनीहरूलाई मसित अति निम्न प्रकारले व्यवहार गर्ने अनुमति दिन्छन्।”
19 O rei Zedequias respondeu: — Mas eu tenho medo dos judeus que passaram para o lado dos babilônios. Pode acontecer que os babilônios me entreguem a esses judeus, e eles me torturem.
20 तर यर्मियाले जवाफ दिए, “सिपाहीहरूले तिमीलाई ती यहूदाका मानिसहरूलाई दिने छैनन्। राजा सिदकियाह, “परमप्रभुको आज्ञा पालन गर, मैले भनेको कुराहरू मान। तब सबै कुराहरू तिम्रा निम्ति राम्रै हुनेछ, अनि तिम्रो जीवन सुरक्षित रहनेछ।
20 Aí eu disse ao rei: — O senhor não será entregue a esses judeus. Por favor, obedeça à mensagem do
21 तर यदि तिमीले बाबेलका सेना समक्ष आत्मासमर्पण गर्न अस्वीकार गर्यौ भने, यो जो परमप्रभुले मलाई देखाउनु भएको त्यो हुनेछ।
21 Mas Deus me mostrou o que acontecerá se o senhor não quiser se entregar.
22 सारा स्त्रीहरू जो यहूदाको राजाको दरबारमा छोडिएका थिए तिनीहरूलाई बाबेलको राजाका मुख्य अधिकारीहरूकहाँ ल्याइने छ। ती स्त्रीहरूले भन्ने छन्,“तिम्रा मित्र जातिहरूले तिमीलाई धोका दिए अनि तिमीलाई जितेकाछन्। तिम्रो खुट्टा हिलोमा भास्सियो अनि तिमीलाई तिनीहरूले एक्लै छोडेर गए।”
22 Todas as mulheres que ficarem no palácio real de Judá serão levadas para os oficiais do rei da Babilônia. E elas irão dizendo assim: “O rei foi enganado e dominado pelos seus melhores amigos. E, agora que ele afundou os pés na lama, os seus amigos o abandonaram.”
23 “तिम्रा सबै पत्नी र छोरा-छोरीहरू बाहिर ल्याइए अनि बाबेलका सेनालाई सुम्पिइयो। तिमी स्वयं पनि बाबेल सेनाबाट उम्कन पाउने छैनौ। तिमी बाबेलका राजाद्वारा लगिनेछौ अनि यरूशलेम जलेर भस्म हुनेछ।”
23 Eu disse ainda: — Rei Zedequias, todas as suas mulheres e os seus filhos serão entregues aos babilônios, e o senhor também não escapará deles. O senhor será levado como prisioneiro pelo rei da Babilônia, e esta cidade será destruída pelo fogo.
24 तब सिदकियाहले यर्मियालाई भने, “हाम्रो बातचीच कसैले थाहा नपाउँन नत्र तिमी मर्नेछौ।
24 Aí Zedequias me recomendou: — Jeremias, não conte esta conversa a ninguém; se não, a sua vida correrá perigo.
25 ती अधिकारीहरूले मैले तिमी सँग गरेको कुरा थाहापाउने छन्। तब तिनीहरू तिमीकहाँ आएर सोध्नेछन्, ‘यर्मिया, हामीलाई बताऊ राजा सिदकियाहले तिमीलाई के भन्यो। अनि तिमीले राजालाई के भन्यौ सबै नै हामीलाई भन। ईमान्दारी साथ सारा कुरा हामीलाई भन नत्र तिमीलाई हामी मार्ने छौ।’
25 Se as autoridades souberem que eu estive falando com você, vão lhe perguntar o que foi que conversamos. E vão prometer que não o matarão se você lhes contar tudo.
26 यदि तिनीहरूले त्यसो भने, तिनीहरूलाई भन् ‘मैले राजालाई नम्र निवेदन गरेको छु कि मलाई जोनाथनको घरमा नफकाइयोस् यदि मलाई त्यहाँ पठाउनु भयो भने, म मर्नेछु।”‘
26 Se isso acontecer, diga que você veio me pedir que não o mandasse de volta à casa de Jônatas, pois ali você morreria.
27 तब यस्तो भयो कि ती शाही अधिकारीहरू आए अनि यर्मियालाई प्रश्न गरे। यसकारण यर्मियाले तिनीहरूलाई राजाले दिएको आज्ञा अनुसार सबै कुराहरू भने। तब ती अधिकारीहरूले यर्मियालाई एक्लै छाडेर गए किनभने कसैले पनि यर्मिया र राजा माझ भएको कुराहरू चाल पाएका थिएनन्।
27 Então todos os oficiais vieram e me fizeram perguntas. E eu respondi como o rei havia ordenado. Eles me deixaram em paz porque não tinham ouvido nada da conversa.
28 यसकारण यरूशलेमलाई अधीनमा लिनेदिन सम्मै यर्मिया प्रहारीहरूको चोकमानै बसे।
28 E eu fiquei ali no pátio da guarda até o dia em que Jerusalém foi tomada.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Jeremias 38, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.