Jeremias 34
Nepali Bible (GL_NEPALI) vs ARA
1 परमप्रभुबाट यर्मियाकहाँ सन्देश आयो। सन्देश त्यतिबेला आयो जब बाबेलका राजा नबूकदनेस्सर, यरूशलेम र त्यसका वरिपरिका शहरहरूका विरूद्ध लडाइँ गरिरहेका थिए। नबूकदनेस्सरसँग उसका सारा सेना अनि आफूले शासन गरेका राज्यहरूका सेना र मानिसहरू थिए।
1 Palavra que do Senhor veio a Jeremias, quando Nabucodonosor, rei da Babilônia, e todo o seu exército, e todos os reinos da terra que estavam debaixo do seu poder, e todos os povos pelejavam contra Jerusalém e contra todas as suas cidades, dizendo:
2 “परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ यर्मिया यहूदाका राजाकहाँ जाऊ अनि तिनलाई भन ‘सिदकियाह, परमप्रभु यसो भन्नुहुन्छ म यरूशलेमको यो शहर बाबेलका राजालाई दिइरहेको छु जसले यसलाई जलाएर खरानी पार्नेछ।
2 Assim diz o Senhor , Deus de Israel: Vai, fala a Zedequias, rei de Judá, e dize-lhe: Assim diz o Senhor : Eis que eu entrego esta cidade nas mãos do rei da Babilônia, o qual a queimará.
3 सिदकियाह बाबेलका राजा देखि तिमी उम्कने छैनौ। तिमीलाई निसन्देह पक्रिने छ र उसलाई सुम्पने छ। तिमीले आफ्नै आँखाहरूले बाबेलका राजालाई देख्नेछौ आमने सामने कुरा गर्नेछौ। तब तिमीलाई बाबेलमा लैजानेछन्।
3 Tu não lhe escaparás das mãos; pelo contrário, serás preso e entregue nas suas mãos; tu verás o rei da Babilônia face a face, e ele te falará boca a boca, e entrarás na Babilônia.
4 यहूदाका राजा सिदकियाह परमप्रभुको वचन सुन। परमप्रभुले तिमीहरूलाई भन्नुहुन्छ, तिमी युद्धमा मारिने छैनौ।
4 Todavia, ouve a palavra do Senhor , ó Zedequias, rei de Judá: Assim diz o Senhor a teu respeito: Não morrerás à espada.
5 तिमी शान्तिसित मर्नेछौ। मानिसहरूले तिम्रो पिता-पुर्खाहरूलाई जस्तै ती राजाहरू जो तिमी भन्दा अघि आए तिम्रो लागि धूप जलाउनेछन्। तिनीहरूले तिम्रा निम्ति शोक मनाउनेछन् र दुखीत भएर भन्नेछन्। “हे! प्रभु।” मैले म कुरा तपाईंसँग भनेकोछु।”‘ यो सन्देश परमप्रभुबाट आएको हो।
5 Em paz morrerás, e te queimarão perfumes a ti, como se queimaram a teus pais, que, como reis, te precederam, e te prantearão, dizendo: Ah! Senhor! Pois eu é que disse a palavra, diz o Senhor .
6 तब यर्मिया अगमवक्ताले परमेश्वरको यी सबै वचन यरूशलेममा सिदकियाहलाई भने।
6 Falou Jeremias, o profeta, a Zedequias, rei de Judá, todas estas palavras, em Jerusalém,
7 बाबेलका राजाले यरूशलेम अनि यहूदाको बाँकी रहेका गढीमा भएका शहरहरू लाकीश र अजेकाको विरूद्ध लडे। यी मात्र यहूदाको देशमा पर्खालले बारेका थियो।
7 quando o exército do rei da Babilônia pelejava contra Jerusalém e contra todas as cidades que restavam de Judá, contra Laquis e contra Azeca; porque só estas ficaram das cidades fortificadas de Judá.
8 राजा सिदकियाहले यरूशलेमका मानिसहरूसँग हिब्रू कमाराहरूलाई मुक्ति दिनलाई करार गरेका थिए। एउटा सिदकियाहले करार गरेपछि सन्देश परमप्रभुबाट यर्मियाकहाँ आयो।
8 Palavra que do Senhor veio a Jeremias, depois que o rei Zedequias fez aliança com todo o povo de Jerusalém, para lhes apregoar a liberdade:
9 प्रत्येक मानिसले आफ्ना हिब्रू-कमाराहरूलाई स्वतंन्त्र पार्नु पर्ने हो। प्रत्येक हिब्रू कमारा-कमारीहरू स्वतंत्र गराउनु पर्ने हो। कसैले पनि यहूदा समुदायबाट कमारो नबनावोस्।
9 que cada um despedisse forro o seu servo e cada um, a sua serva, hebreu ou hebreia, de maneira que ninguém retivesse como escravos hebreus, seus irmãos.
10 यसकारण यहूदाका शासकहरू र मानिसहरूले यो करार स्वीकार गरे। प्रत्येक मानिसले आफ्ना कमारा-कमारीहरू स्वतन्त्र बनाउनेछ। प्रत्येक मानिस राजी भए र सबै कमारा-कमारीहरू स्वतंत्र गरिदिए।
10 Todos os príncipes e todo o povo que haviam entrado na aliança obedeceram, despedindo forro cada um o seu servo e cada um a sua serva, de maneira que já não os retiveram como escravos; obedeceram e os despediram.
11 तर त्यसपछि, मानिसहरू ज-जसकहाँ आफ्ना कमारा-कमारीहरू थिए तिनीहरूले आफ्ना मन बद्ले। यसकारण फेरि तिनीहरू आफैले स्वतन्त्र पारेका मानिसहरू ल्याए अनि तिनीहरूलाई आफ्नो कमारा-कमारीलाई बनाए।
11 Mas depois se arrependeram, e fizeram voltar os servos e as servas que haviam despedido forros, e os sujeitaram por servos e por servas.
12 तब परमप्रभुबाट सन्देश यर्मियाकहाँ आयो
12 Veio, pois, a palavra do Senhor a Jeremias, da parte do Senhor , dizendo:
13 यही नै परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ “तिमीहरूका पिता-पुर्खाहरू मिश्रमा कमारा-कमारीहरू थिए मैले उनीहरूलाई मिश्रबाट निकालें अनि कमारापनबाट पनि निकालें र तिनीहरूलाई एउटा करार गरे।
13 Assim diz o Senhor , Deus de Israel: Eu fiz aliança com vossos pais, no dia em que os tirei da terra do Egito, da casa da servidão, dizendo:
14 यो करार अनुसार प्रत्येक मानिसले आफ्ना हिब्रू कमाराहरूलाई प्रत्येक सातौं वर्षको आरम्भमा स्वतंन्त्र दिनु पर्छ। प्रत्येक हिब्रू कमारा-कमारी छ वर्षको सेवा पछि स्वतन्त्र हुनु पर्छ। तर तिमीहरूका पिता-पुर्खाहरूले मेरो कुरामा ध्यान दिएनन्।
14 Ao fim de sete anos, libertareis cada um a seu irmão hebreu, que te for vendido a ti e te houver servido seis anos, e despedi-lo-ás forro; mas vossos pais não me obedeceram, nem inclinaram os seus ouvidos a mim.
15 भर्खरै तिमीहरू आफूले गरेको कामका निम्ति पश्चाताप गर्यौ अनि मेरो नजरमा के सही हो त्यो गर्यौ। जुन मन्दिर मेरो नाउँले प्रसिद्ध छ त्यसमा तिमीहरूले मेरो समक्ष एउटा करार गर्यौ अनि हिब्रू कमारा-कमारीहरूलाई स्वतन्त्र दिने घोषणा गर्यौ।
15 Não há muito, havíeis voltado a fazer o que é reto perante mim, apregoando liberdade cada um ao seu próximo; e tínheis feito perante mim aliança, na casa que se chama pelo meu nome;
16 तर फेरि, तिमीहरूले आफ्ना मन बद्लियौ। तिमीहरूले मेरो नाउँको बेइज्जत गर्यौ। तिमीहरूले मुक्ति दिएका कमारा-कमारीहरूलाई फर्काई ल्यायौ र बलपूर्वक तिनीहरूलाई कमारा-कमारी बनायौ।
16 mudastes, porém, e profanastes o meu nome, fazendo voltar cada um o seu servo e cada um, a sua serva, os quais, deixados à vontade, já tínheis despedido forros, e os sujeitastes, para que fossem vossos servos e servas.
17 “यसकारण परमप्रभु भन्नुहुन्छ “तिमीहरूले मेरो कुराको पालन गरेनौ। तिमीहरूले आफ्ना मित्र अनि छिमेकीहरूलाई स्वतंत्र पारेनौ। यसकारण तरवार, अनिकाल र भयानक महामारीद्वारा मारिनको लागि म तिमीहरूलाई “मुक्ति” घोषणा गर्छु। म तिमीहरूको अवस्था यति दर्दनाक बनाउनेछु कि तिमीहरूको अवस्था देखी सम्पूर्ण पृथ्वी नै भयभीत हुनेछ।
17 Portanto, assim diz o Senhor : Vós não me obedecestes, para apregoardes a liberdade, cada um a seu irmão e cada um ao seu próximo; pois eis que eu vos apregoo a liberdade, diz o Senhor , para a espada, para a peste e para a fome; farei que sejais um espetáculo horrendo para todos os reinos da terra.
18 ज-जसले त्यो करार भंग गरेछन् अनि ज-जसले मेरो अघि गरेका प्रतिज्ञाहरू लत्याएका छन् तिनीहरूसित त्यही व्यवहार गर्नेछु जस्तो एउटी बाछीलाई दुइ फ्याक पार्छन् र ती दुइ टुक्राहरूको माझमा हिँडछन्।
18 Farei aos homens que transgrediram a minha aliança e não cumpriram as palavras da aliança que fizeram perante mim como eles fizeram com o bezerro que dividiram em duas partes, passando eles pelo meio das duas porções;
19 ती मानिसहरू जो त्यो बाछाको दुइफ्याक माझबाट हिँडे तिनीहरू यहूदा र यरूशलेमका शासकहरू, त्यो देशका मानिसहरू अनि नपुंसकहरू र पूजाहारीहरू थिए।
19 os príncipes de Judá, os príncipes de Jerusalém, os oficiais, os sacerdotes e todo o povo da terra, os quais passaram por meio das porções do bezerro,
20 यसकारण ती मानिसहरू तिनीहरूका शत्रुहरूलाई सुम्पनेछु जसले तिनीहरूलाई मार्न चाहन्छन्। ती मानिसका लाशहरू चरा-चुरूङ्गीहरूका लागि खाद्य अनि पशुहरूको शिकार हुनेछ।
20 entregá-los-ei nas mãos de seus inimigos e nas mãos dos que procuram a sua morte, e os cadáveres deles servirão de pasto às aves dos céus e aos animais da terra.
21 म यहूदाका राजा सिदकियाहलाई र उसका मानिसहरूलाई तिनीहरूका शत्रुहरूकहाँ सुम्पिनेछु जसले तिनीहरूलाई मार्न चाहन्छन्। ती सेनाहरू यरूशलेमबाट गइसकेका भएता पनि म तिनीहरूलाई बाबेलका राजाको सेनाहरूकहाँ सुम्पिनेछु।
21 A Zedequias, rei de Judá, e a seus príncipes, entregá-los-ei nas mãos de seus inimigos e nas mãos dos que procuram a sua morte, nas mãos do exército do rei da Babilônia, que já se retiraram de vós.
22 तर म आदेश दिनेछु अनि बाबेलका सेनाहरू फर्की आउनेछन्।’ यो परमप्रभुको सन्देश हो। ‘ती सेनाहरूले यरूशलेम विरूद्ध युद्ध गर्नेछ। बाबेलका सेनाहरूले यो शहर कब्जा गर्नेछन् र यसलाई जलाई खरानी बनाउनेछन्। म यहूदाका शहर ध्वंस पार्नेछु र यसलाई कोही नबस्ने निर्जन मरूभूमिमा परिणत गरिदिनेछु।”‘
22 Eis que eu darei ordem, diz o Senhor , e os farei tornar a esta cidade, e pelejarão contra ela, tomá-la-ão e a queimarão; e as cidades de Judá porei em assolação, de sorte que ninguém habite nelas.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Jeremias 34, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.