Jeremias 31

Nepali Bible (GL_NEPALI) vs NAA

Sair da comparação
NAA Nova Almeida Atualizada 2017
1 परमेश्वरले यी कुराहरू भन्नुभयो, “त्यस बेला म इस्राएलका घरनामा परमप्रभु हुनेछु। अनि तिनीहरू मेरो प्रजा हुनेछन्।”
1 — Naquele tempo, diz o Senhor , serei o Deus de todas as tribos de Israel, e elas serão o meu povo.
2 परमप्रभु भन्नुहुन्छ “मानिसहरू जो शत्रुको तरवारबाट जोगिएका छन् तिनीहरूले मरूभूमिमा पनि विश्राम पाउँनेछन् अनि इस्राएल त्यहाँ शान्तिको खोजीमा जानेछ।”
2 Assim diz o Senhor : “O povo que se livrou da espada obteve favor no deserto. Eu irei e darei descanso a Israel.”
3 टाढाबाट परमप्रभु आफ्ना मानिसहरू अघि देखा पर्नु हुन्छ। परमप्रभु भन्नुहुन्छ, “मैले तिमीहरूलाई त्यस्तो प्रेमले प्रेम गरें जुन सर्वदा रहीरहन्छ। यसर्थ मैले तिमीहरूलाई मेरो विश्वासयोग्यता कायम राखेको छु।
3 De longe o Senhor lhe apareceu, dizendo: “Com amor eterno eu a amei; por isso, com bondade a atraí.
4 हे कुमारी इस्राएल! म तिमीलाई पुर्ननिर्माण गर्नेछु। तिमी पुन एक राजधानी हुनेछौ। तिमीहरूले फेरि आफ्नो खैजडी उठाउने छौ अनि तिमीहरू अन्य मानिसहरूसँग नाच्नेछौ।”
4 Eu a edificarei de novo, e você será edificada, ó virgem de Israel! Mais uma vez você se enfeitará com os seus tamborins e sairá com o coro dos que dançam.
5 तिमीहरूले दाखरसको खेती फेरि सामरियाको पहाड वरिपरि लाउनेछौ। जसले खेती लाउनेछन् तिनीहरूले दाखको फल खानेछन्।
5 Mais uma vez você plantará vinhas nos montes de Samaria; aqueles que as plantarem comerão os frutos.
6 त्यहाँ त्यस्तो समय हुने छ जब चौकीदारले यो सन्देश जोडले भन्ने छ ‘आऊ, सियोन माथितिर जाँऊ परमप्रभु हाम्रो परमेश्वरलाई पूज्नको लागि।’ एप्रैमको पहाडी देश सम्मका चौकीदाहरूले त्यो सन्देश जोडले भन्नेछन्।”
6 Porque virá o dia em que os atalaias gritarão na região montanhosa de Efraim: ‘Levantem-se, e subamos a Sião, ao
7 परमप्रभु भन्नुहुन्छ “आनन्दित हौ अनि याकूबका निम्ति गाऊ। इस्राएलको राज्यहरूमा महानताका निम्ति हल्ला गर। प्रशंसाको गीत गाऊ अनि यसो भन्दै चिच्याऊ ‘हे परमप्रभु! तपाईंका मानिसहरू जो इस्राएलबाट जीवित छोडिएका छन् तिनीहरूलाई सुरक्षा गर्नु होस्।’
7 Porque assim diz o Senhor : “Cantem de alegria por causa de Jacó, exultem por causa da cabeça das nações. Proclamem, cantem louvores e digam: ‘Salva, o remanescente de Israel.’
8 हेर, म तिनीहरूलाई उत्तरबाट र टाढो-टोढो देशहरूबाट ल्याउनेछु अनि भेला पार्नेछु। तिनीहरू मध्ये कतिपय मानिसहरू अन्धा र लङ्गडाहरू छन्। कतिपय स्त्रीहरू गर्भवती छन् अनि तिनीहरू मध्ये कति जना प्रसव पीडामा छन्। तर धेरै धेरै मानिसहरू फर्की आउनेछन्।
8 Eis que eu os trarei da terra do Norte e os congregarei das extremidades da terra. Entre eles estarão também os cegos e aleijados, as mulheres grávidas e as que estão para dar à luz; em grande congregação, voltarão para aqui.
9 तिनीहरू रूँदै आउनेछन्। तर म तिनीहरूलाई सान्त्वना दिनेछु र पानीको झरनातिर डोर्याई लानेछु। म तिनीहरूलाई सोझो बाटो डोर्याउनेछु ताकि तिनीहरू लड्ने छैनन्। म तिनीहरूलाई यस्तो पथ डोर्याउने छु किनभने इस्राएलको निम्ति म पिता हुँ, अनि एप्रैम मेरो जेठो छोरो हो।
9 Virão com choro, e com súplicas os levarei; eu os guiarei aos ribeiros de águas, por um caminho reto em que não tropeçarão; porque sou pai para Israel, e Efraim é o meu primogênito.”
10 हे जातिहरू हो, परमप्रभुबाट आएको वचनलाई ध्यान लगाएर सुन यो सन्देश समुद्र उता सुदूर भूमिहरूमा फिजाऊ, ‘परमप्रभुले इस्राएलका मानिसहरूलाई जताततै तितर-बितर पार्नु भएकोछ तर उहाँले उनीहरूलाई फेरि भेला गरेर ल्याउनु हुनेछ र भेडा गोठालाले आफ्नो भेडा बथानहरू सुरक्षा गरे झैं सुरक्षी गर्नुहुनेछ।’
10 “Escutem a palavra do Senhor , ó nações, e anunciem isto nas terras distantes do mar. Digam: ‘Aquele que espalhou Israel o congregará e o guardará, como um pastor faz com o seu rebanho.’
11 परमप्रभुले याकूबलाई मोल तिरेर उकास्नु हुन्छ र याकूब भन्दा बलियाहरूबाट उद्धार पार्नु हुन्छ।
11 Porque o Senhor redimiu Jacó e o livrou das mãos do que era mais forte do que ele.
12 इस्राएलका मानिसहरू सियोनको टाकुरामा आउने छन् र खुशीले चिच्याउने छन्। तिनीहरूका अनुहारहरू परमप्रभुको उदारताले चम्किनेछ। असल कुराहरूका बारे जुन परमेश्वरले तिनीहरूलाई दिनुहुन्छ। परमेश्वरले तिनीहरूलाई अन्न, नयाँ दाखरस, भद्राक्षेको तेल, थुमाहरू र गाई-गोरूहरू दिनु हुनेछ। तिनीहरूको हृदय पानीले भिजेको बारी जस्तो हुनेछ। इस्राएलका मानिसहरूलाई सकष्टहरूले अब पिरोलिने छैनन्।
12 Hão de vir e exultar no monte Sião, radiantes de alegria por causa dos bens que o o cereal, o vinho, o azeite, os cordeiros e os bezerros. Serão como um jardim regado, e nunca mais desfalecerão.”
13 तब इस्राएलका तरूणीहरू आनन्दले मग्न हुँदै नाच्नेछन्। अनि जवान र बूढा मानिसहरू त्यो नाचगानमा सम्मिलित हुने छन्। म तिनीहरूका उदासीपनलाई र्हष र अनन्दामा परिवर्त्तन गरिदिन्छु। म इस्राएलका मानिसहरूलाई शोकको सट्टामा आनन्द र सान्त्वना दिनेछु।
13 “Então a virgem se alegrará na dança, juntamente com os jovens e os velhos. Transformarei o seu pranto em júbilo e os consolarei; eu lhes darei alegria em vez de tristeza.
14 म पूजाहारीहरूलाई असल असल कुराहरूले परिपूर्ण पार्नेछु। मेरा मानिसहरू मैले दिएका उपहारहरूले सन्तुष्ट हुनेछन्।” परमप्रभु भन्नुहुन्छ।
14 Saciarei a fome dos sacerdotes com saborosa comida, e o meu povo se fartará com a minha bondade”, diz o
15 परमप्रभु भन्नुहुन्छ “रामामा एउटा चर्को रूवाई शोकको आवाज सुनियो। राहेल आफ्ना नानीहरूका लागि रूनेछिन राहेललाई सान्त्वना दिनु सकिदैन किनभने उनका नानीहरू मरेका छन्।”
15 Assim diz o Senhor : “Ouviu-se um clamor em Ramá, pranto e grande lamento; era Raquel chorando por seus filhos e inconsolável por causa deles, porque já não existem.”
16 तर परमप्रभु भन्नुहुन्छ “रून बन्द गर र आफ्ना आँखाहरू आँसुले नभर। किनभने तिम्रो काम फलवन्त हुनेछ। तिनीहरू आफ्ना शत्रुको देशबाट फर्किनेछन्।
16 Assim diz o Senhor : “Reprima a sua voz de choro e enxugue as lágrimas de seus olhos, porque o seu trabalho será recompensado”, diz o “pois os seus filhos voltarão da terra do inimigo.
17 तिमीहरूको आशा छ।” यो परमप्रभुबाट आएको सन्देश हो। “तिमीहरूका नानीहरू आफ्नै देशमा फर्कनेछन्।
17 Há esperança para o seu futuro”, diz o “porque os seus filhos voltarão para a sua própria terra.”
18 मैले एप्रैमले यसो भन्दै रोएको सुनेकोछु। ‘हे परमप्रभु तपाईंले साँच्चि नै मलाई दण्ड दिनुभयो अनि मेरो शिक्षा पाएँ। म बाछा जस्तै थिए जसलाई सिकाउनु सकिदैन। मलाई फर्काई ल्याउनु होस् अनि म तपाईंकहाँ फर्की आउनेछु। तपाईं मेरो लागि साँच्चि कै परमप्रभु परमेश्वर हुनुहुन्छ।
18 “Ouvi muito bem que Efraim se queixava, dizendo: ‘Tu me castigaste, e fui castigado como novilho ainda não domado. Converte-me, e serei convertido, porque tu és o
19 परमप्रभु, “म तपाईं देखि भडकिएर टाढा भएँ। तर आफूले गरेका अनिष्ट कुराहरूबाट मैले शिक्षा पाएँ। यसकारण मैले मेरो हृदय र जीवन बद्लिएँ आफू युवावस्थामा हुँदा आज्ञानतावश गरेको कामहरूले गर्दा म लज्जित र व्याकुल भएँ।”‘
19 Na verdade, depois que eu me afastei, eu me arrependi; depois que fui instruído, bati no peito; fiquei envergonhado, confuso, porque suportei a afronta da minha mocidade.’”
20 परमप्रभु भन्नुहुन्छ, “तिमीहरू जान्दछौ कि एप्रैम मेरो प्यारो छोरो हो, म त्यो बालकलाई विशेष प्रेम गर्छु हो, मैले प्राय एप्रैमलाई निन्दा गरें, तर म अझ उसैको बारेमा सोच्दछु म उसलाई साँच्चै माया गर्छु। अनि म साँच्चि नै उसलाई सान्त्वना दिन चाहनन्छु।”
20 “Não é Efraim o meu filho querido, o filho das minhas delícias? Pois sempre que falo contra ele, lembro dele com ternura. Por isso, o meu coração se comove por ele, e dele certamente me compadecerei”, diz o
21 “बाटो देखाउने चिन्हहरू र दिशा निर्देशकहरू ठीक गर। घरतिर डोर्याउने बाटोमा चिन्ह लगाऊ। बाटो नियाल। आफूले छाडेका बाटे याद गर। हे कन्ये इस्राएल, घर फर्क। आफ्ना शहरहरू तिर फर्केर आऊ।
21 “Coloque sinais e marcos na estrada; preste atenção na vereda, no caminho por onde você passou. Volte, ó virgem de Israel! Volte para as suas cidades.
22 हे अविश्वासी छोरी, कहिलेसम्म तिमी मबाट यता उता गरिरहन्छौ?” “परमेश्वरले पृथ्वीमा एउटा नयाँ कुरो सृजना गर्नुहुन्छ एक स्त्रीले लोग्ने मानिसलाई सुरक्षा दिनेछ।”
22 Até quando você andará errante, ó filha rebelde? Porque o coisa nova na terra: uma mulher cortejando um homem!”
23 सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वरले भन्नुहुन्छ “म ती मानिसहरूलाई फर्काई ल्याउनेछु जसलाई कैदी बनाएर टाढा लगिएका थिए। त्यस बेला, यहूदाको देशमा भएका मानिसहरू अनि यसका शहरहरूले पुन एकपल्ट यी शब्दहरू प्रयोग गर्नेछन्। ‘हे धार्मिकताको वासस्थान, हे पवित्र पर्वत, परमेश्वरको आशिष तिमीहरूमा रहोस्।’
23 Assim diz o Senhor dos Exércitos, o Deus de Israel: — Quando eu os trouxer de volta do cativeiro, na terra de Judá e nas suas cidades se dirá outra vez: “O ó morada da justiça! O ó monte santo!”
24 मानिसहरू यहूदामा र यसका शहरहरूमा एक साथ बस्नेछन्, खेतीवाल अनि जो आफ्नो भेडाका बथानहरूसित वरिपरि घुमिहिडछन्।
24 — Nela, habitarão Judá e todas as suas cidades, bem como os lavradores e os que pastoreiam os rebanhos.
25 थाकेकाहरूलाई म आराम र कमजोरहरूलाई बल दिनेछु।”
25 Porque satisfarei à alma cansada, e saciarei toda alma desfalecida.
26 यो सुन पछि म, उठेर चारैतिर हेरे। त्यो निद्रा आनन्दमय थियो।
26 Nisto, acordei e olhei ao redor; e o meu sono tinha sido doce.
27 “हो दिनहरू आईरहेछ,” यो परमेश्वरको सन्देश “जब म इस्राएल र यहूदाका परिवारलाई उन्नति साथ भनेर मद्दत गर्नेछु। म तिनीहरूका नानीहरू र पशु प्राणीहरू बढाउनेछु।
27 — Eis que vêm dias, diz o Senhor , em que semearei a casa de Israel e a casa de Judá com a semente de pessoas e de animais.
28 बितेका दिनमा, मैले तिमीहरूलाई उखाल्न, तल झार्न च्यात-च्युत पार्न ध्वंस पार्न र नोक्सान गर्न नियाले। तर अहिले तिनीहरूलाई निमार्ण गर्न र तिनीहरूको र जग बासाउन म तिनीहरूलाई नियाली रहेछु।” यो परमप्रभुबाट आएको सन्देश हो।
28 Como os vigiei para arrancar, para derrubar, para subverter, para destruir e para afligir, assim os vigiarei para edificar e para plantar, diz o Senhor .
29 “ती दिनहरूमा, ती दिनहरूमा मानिसहरूले भन्ने छैननपिता-पुर्खाहरूले अमीलो अङ्गुर खाए अनि नानीहरूले अमीलो स्वाद पाए।
29 Naqueles dias, já não dirão: “Os pais comeram uvas verdes, e os dentes dos filhos é que se embotaram.”
30 तर हरेक मानिस आफ्नो दुष्टताको कारणले मर्नेछ। त्यो मानिस जसले अमीलो अङ्गुरहरू खाँदछ र अमीलै स्वाद पाउँदछ।”
30 Pelo contrário, cada um morrerá por causa da sua própria iniquidade. Quem comer uvas verdes é que ficará com os dentes embotados.
31 परमप्रभुले ती कुराहरू भन्नुभयो, “त्यो समय आईरहेछ जब म यहूदा र इस्राएलका परिवारहरूसँग गरेर नयाँ करार स्थापित गर्नेछु।
31 — Eis aí vêm dias, diz o Senhor , em que firmarei nova aliança com a casa de Israel e com a casa de Judá.
32 यो उनीहरूका पिता-पुर्खाहरूसँग मैले गरेको करार जस्तो हुनेछैन। मैले त्यसबेला त्यो करार गरेको थिएँ जब मैले तिनीहरूलाई तिनीहरूको हात समातेर मिश्रबाट निकाली ल्याएको थिएँ। म तिनीहरूका मालिक थिएँ तापनि तिनीहरूले मेरो करार भंग गरेका थिए।” यो सन्देश परमप्रभुको थियो।
32 Não segundo a aliança que fiz com os seus pais, no dia em que os tomei pela mão, para os tirar da terra do Egito; pois eles quebraram a minha aliança, apesar de eu ter sido seu esposo, diz o Senhor .
33 “म भविष्यमा यही करार इस्राएलका मानिसहरूसित गर्नेछु। म मेरो शिक्षाहरू तिनीहरूका विवेकमा राख्नेछु अनि तिनीहरूका हृदयमा लेख्नेछु। म तिनीहरूका परमप्रभु हुनेछ अनि तिनीहरू मेरा मानिसहरू हुनेछन्।
33 Porque esta é a aliança que farei com a casa de Israel, depois daqueles dias, diz o Senhor : Na mente lhes imprimirei as minhas leis, também no seu coração as inscreverei; eu serei o Deus deles, e eles serão o meu povo.
34 तिनीहरूका शाखा-सन्तानहरू र छिमेकीहरूलाई परमेश्वरको बारेमा सिकाउनु पर्दैन् किनभने मानिस ठूलो होस् अथवा सानो, प्रत्येकले मलाई चिन्छ।” यो परमप्रभुबाट आएको सन्देश हो। “म तिनीहरूको कुकर्महरू क्षमा गरिदिनेछु, म तिनीहरूका पापहरूलाई याद गर्ने छैन।”
34 Não ensinará jamais cada um ao seu próximo, nem cada um ao seu irmão, dizendo: “Conheça o Senhor !” Porque todos me conhecerão, desde o menor até o maior deles, diz o Senhor . Pois perdoarei as suas iniquidades e dos seus pecados jamais me lembrarei.
35 परमप्रभु भन्नुहुन्छ “उहाँ एकजना जसले दिनमा सूर्य। अनि रातमा चन्द्र र ताराहरू उदाउने गराउनु हुन्छ। उहाँले समुद्रलाई उत्तेजित र छालहरूलाई गर्जने पार्नु हुन्छ। सेनाहरूका परमप्रभु उहाँको नाउँ हो।”
35 Assim diz o Senhor , que dá o sol para a luz do dia e as leis fixas à lua e às estrelas para a luz da noite, que agita o mar e faz bramir as suas ondas; é o seu nome.
36 परमप्रभुले यी कुराहरू भन्नुहुन्छ “यदि मैले मेरो आफ्नो नियन्त्रण सूर्य, चन्द्र, तारा र समुद्रमाथि हटाएँ भने मात्र इस्राएलका भावी सन्तानहरू एक जातिमा परिणत हुन रोकनेछन्।”
36 “Se estas leis fixas falharem diante de mim”, diz o “também a descendência de Israel deixará de ser uma nação diante de mim para sempre.”
37 परमप्रभु भन्नुहुन्छ “म इस्राएलका भावी सन्ताहनरूलाई कहिल्यै अस्वीकार गर्नेछैन। त्यो त्यसबेला मात्र घटन सक्ला यदि मानिसहरूले माथि आकाश नाप्न सक्यो अनि पृथ्वी मुनीका सारा रहस्यहरू जान्न सक्यो भने। त्यसबेला मात्र म इस्राएलका सन्तानहरूलाई तिनीहरूले गरेको कुकर्महरूका निम्ति अस्वीकार गर्नेछु।” यो सन्देश परमेश्वरबाट आएको थियो।
37 Assim diz o Senhor : “Se puderem ser medidos os céus lá em cima e sondados os fundamentos da terra cá embaixo, também eu rejeitarei toda a descendência de Israel, por tudo o que fizeram”, diz o
38 यो सन्देश परमप्रभुबाट आएको हो, “ती दिनहरू आईरहेछन् जब यरूशलेमको शहर परमप्रभुको लागि पुनःर्निर्माण गरिनेछ। हनानेलको धरहरादेखि कुनाको प्रवेशद्वारसम्म नै सम्पूर्ण शहर पुनःर्निर्माण गरिनेछ।
38 — Eis que vêm dias, diz o Senhor , em que esta cidade será reedificada para o Senhor , desde a Torre de Hananel até o Portão da Esquina.
39 जोखिने रेखा कुना त्यहाँदेखि सोझै गारेब डाँडासम्म जानेछ अनि त्यहाँबाट घुमेर गोआ नाउँका ठाउँसम्म जानेछ।
39 O cordel de medir se estenderá em linha reta até a colina de Garebe, e depois se virará na direção de Goa.
40 समस्त बेंसी जहाँ लाशहरू र खरानी फ्याँकिन्छन् परमप्रभुको लागि पवित्र हुनेछ। पूर्वका सबै मैदानहरू-किद्रोन खोल्चाबाट घोडे ढोकाको कुनासम्म नै परमप्रभुका निम्ति पवित्र हुनेछ। त्यो भूमि फेरि कहिल्यै उखालिने र भत्काइने छैन।”
40 Todo o vale dos cadáveres e da cinza e todos os campos até o ribeiro de Cedrom, até a esquina do Portão dos Cavalos para o leste, serão consagrados ao Senhor . Esta Jerusalém jamais será arrancada ou destruída.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Jeremias 31, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.