Jeremias 30
Nepali Bible (GL_NEPALI) vs NVT
1 परमेश्वरबाट यो वचन यर्मियाकहाँ आएको हो।
1 O S enhor deu outra mensagem a Jeremias:
2 परमप्रभु इस्राएलका परमेश्वरले भन्नुभयो “यर्मिया, मैले भनेका सबै कुराहरू एउटा पुस्तकमा लेख।
2 “Assim diz o S enhor , o Deus de Israel: Jeremias, registre por escrito tudo que eu lhe disse.
3 यसो गर किनभने समय आउनेछ जब म यहूदा र इस्राएलका मेरा मानिसहरूलाई कैदबाट छुटाउनेछु अनि तिनीहरूलाई त्यस देशमा ल्याउनेछु जुन मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको थिएँ। तब मेरो मानिसहरू यो देशमा मालिक बनिनेछन्।”
3 Porque está chegando o dia em que restaurarei meu povo de Israel e de Judá. Eu os trarei para casa, para esta terra que dei a seus antepassados, e eles voltarão a possuí-la. Eu, o S enhor , falei!”.
4 परमेश्वरले यो सन्देश इस्राएल अनि यहूदाका मानिसहरूका बारेमा भन्नु भएको हो।
4 Esta é a mensagem do S enhor acerca de Israel e de Judá.
5 उहाँले भन्नुभयो “मानिसहरू डरले रोएका हामीले सुनिरहेका छौ। मानिसहरू तर्सेका छन्। त्यहाँ शान्ति छैन।
5 Assim diz o S enhor : “Ouço gritos de medo; há terror, e não paz.
6 यो प्रश्न सोध, र यसलाई हेर के एकजना पुरूषले नानी जन्माउनु सक्छ? निश्चय सक्तैन। तब म किन प्रत्येक म बसिरहेको लोग्ने मानिसलाई भूँडीमाथि हात राखी निहुरिएर प्रसव पीडामा परेकी स्त्रीलाई झैं देख्छु। किन हरेक मानिसको अनुहार पहेलो भएको छ?
6 Parem e pensem: Acaso homens dão à luz? Então por que estão aí, com o rosto pálido e as mãos na barriga, como a mulher em trabalho de parto?
7 हाय! त्यो आउने समय कति डरलाग्दो हुनेछ! कुनै समय पनि त्यस्तो डरलाग्दो हुने छैन। याकूबको निम्ति यो अनि दुखको दिन हुनेछ, तर याकूबलाई बचाइनेछ।
7 Em toda a história, nunca houve uma ocasião de tanto terror; será um tempo de angústia para Israel. No final, porém, ele será resgatado!
8 “त्यस बेला,” सेनाहरूका परमप्रभुबाट आएको यो सन्देश हो “म तिमीहरूको काँधबाट जुवाहरू निकालिदिन्छु अनि भाँचिदिनेछु। तिमीहरूलाई बाँधेको बन्धन फुकाइदिनेछु। विदेशीहरूले अब कहिल्यै तिनीहरूलाई दास बनाउनेछैन।
8 Pois naquele dia”, diz o S “quebrarei o jugo que está sobre seu pescoço e arrebentarei suas correntes; não serão mais escravizados por estrangeiros.
9 तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई अनि तिनीहरूका राजा दाऊदलाई सेवा गर्नेछन्। म त्यो तिनीहरूको राजा पठाइदिनेछु।
9 Pois meu povo servirá ao S enhor , seu Deus, e ao descendente de Davi, o rei que estabelecerei para eles.
10 “यसकारण हे याकूब मेरो दास! नडराऊ।” यो परमप्रभुबाट आएको सन्देश हो। “हे इस्राएल! नडराऊ! म तिमीलाई ती सुदूरका देशहरूबाट जोगाएर ल्याउँछु अनि तिमीहरूका सन्तानहरूलाई कैदी बनाउने देशहरूबाट जोगाउनेछु। याकूब फर्कनेछ अनि फेरि शान्ति पाउनेछ र मेरा मानिसहरूलाई भय देखाउनु शत्रु रहेनछैन।
10 “Portanto, não tenha medo, meu servo Jacó; não desanime, ó Israel”, diz o S “Pois o trarei de volta de terras distantes, e seus descendentes retornarão do exílio. Israel voltará a ter uma vida de paz e sossego, e ninguém o assustará.
11 हे इस्राएल र यहूदका मानिसहरू, म तिमीहरूसँग छु।” यो परमेश्वरबाट आएको सन्देश हो। “म तिमीहरूको रक्षा गर्नेछु। मैले तिमीहरूलाई जुन देशहरूमा तितर-बितर पारें ती सब नष्ट पार्नेछु तर तिमीहरूलाई नष्ट पार्दिन। यद्यपि तिमीहरूले तिमीहरूको अनिष्ट कर्मको लागि सजाय भोग्ने पर्नेछ तर म तिमीहरूलाई ठीकसित अनुशासित पार्ने छु।”
11 Porque estou com você e o resgatarei”, diz o S “Destruirei completamente todas as nações entre as quais o espalhei, mas você não será completamente destruído. Eu o disciplinarei, mas com justiça; não posso permitir que fique impune.”
12 परमेश्वर भन्नुहुन्छ “तिमीहरूको घाउ गहिरो र जाति हुनलाई निकै चर्को पर्छ।
12 Assim diz o S enhor : “Seu ferimento é incurável; é uma ferida grave.
13 तिमीहरूका निम्ति बोलिदिने कोही छैन। तिमीहरूको घाउ निको पार्न कुनै औषधी पाँउदैनौ।
13 Não há ninguém para socorrê-la, não há remédio que cure sua ferida.
14 तिमीहरूका प्रेमीहरूलेतिमीहरूलाई भूलेका छन् अनि अहिले तिमीहरूको चिन्ता गर्दैनन्। म तिमीहरूलाई शत्रु सरह घात पुर्याउनेछु। तिमीहरूका धेरै दुष्टकर्महरू र अनगन्ती पापहरूको कारणले म तिमीहरूलाई कडा दण्ड दिनेछु।
14 Todos os seus amantes a abandonaram; não se importam com você. Eu a feri cruelmente, como se fosse meu inimigo. Pois seus pecados são muitos, e sua culpa é grande.
15 इस्राएल र यहूदा तिमीहरूका कष्टदायक घाउका निम्ति किन रोइरहेका छौ? त्यसको कुनै उपचार नै छैन। मैले तिमीहरूको धेरै दुष्ट कार्यहरू र अनगन्ती पापहरूको कारणले तिमीहरूलाई यस्तो पारेको छु।
15 Por que se queixa de seu castigo, dessa ferida que não tem cura? Tive de castigá-la, pois seus pecados são muitos, e sua culpa é grande.
16 यसकारण ती सबै ज-जसले तिमीहरूलाई नष्ट पार्छन तिनीहरूलाई पनि नष्ट परिनेछ। तिम्रा शत्रुहरू सबैलाई कैद गराइन्छ। ती जाति-जातिहरू ज-जसले तिमीहरूलाई नष्ट बनाएका छन। तिनीहरू आफै नष्ट हुनेछन। ती सबै ज-जसले तिमीहरूलाई लुटेका छन् अरूले तिनीहरूलाई लुटनेछन्।
16 “Mas todos que a devorarem serão devorados, todos os seus inimigos serão enviados para o exílio. Todos que a saquearem serão saqueados, todos que a despojarem serão despojados.
17 अनि म तिमीहरूका स्वास्थ्य निको पारिदिनेछु। अनि म तिमीहरूका घाउ निको पार्ने छु।” यो परमप्रभुको सन्देश हो, “किनभने अन्य मानिसहरूले तिमीहरूलाई कसैले पनि सियोनको वास्ता गर्दैन भन्दै बहिष्कार गरिएको भनेका छन्।”
17 Restaurarei sua saúde e curarei suas feridas”, diz o S “Pois a chamam de rejeitada, ‘Sião, cidade com que ninguém se importa’.”
18 परमप्रभु भन्नुहुन्छ “हेर, याकूबका मानिसहरूको भाग्य पुर्नहाल गर्न म जाँदैछु। डेराहरूप्रति दयाममा दया नगर मेरो याकूबको पालहरूमाथि दया रहने छ। ध्वंश भएको ठाउँमा शहर फेरि बनिनेछ अनि राजाको महल ठीक ठाउँमा नै बनिनेछ।
18 Assim diz o S enhor : “Quando eu trouxer Israel de volta do exílio e restaurar sua situação, Jerusalém será reconstruída sobre suas ruínas, e o palácio voltará a ser habitado.
19 तिनीहरूबाट धन्यवादको स्तुतिगान र आनन्दको स्वर गुञ्जिनेछ। म तिमीहरूलाई धेरै छोरा-छोरीहरूका निम्ति आशीर्वाद दिनेछु। तिमीहरू कम्ती हुनेछैनन्। म तिनीहरूमा गौरव ल्याउनेछु र तिनीहरूलाई कैसेले तिरस्कार गर्नु पाउने छैनन्।
19 Haverá alegria e cânticos de gratidão, e eu farei meu povo se multiplicar, e não diminuir; eu os honrarei, e não os humilharei.
20 तिनीहरूका बाल-बच्चाहरूले उहिलेका जस्तो समय पाउनेछन्। तिनीहरूको समुदाय मेरो अघि स्थापित हुनेछ। जसले तिनीहरूमाथि अत्याचार गर्छ म तिमीहरूलाई दण्ड भोगाउनेछु।
20 Seus filhos prosperarão, como no passado; eu os estabelecerei como nação diante de mim e castigarei quem lhes fizer mal.
21 तिनीहरू मध्येकै एक मानिस तिनीहरूका शासक हुनेछ। त्यो मानिस उसका मानिसहरूबाट हुनेछ। म उसलाई मेरो नजिक ल्याउनेछु र उ मेरो नजिक आउनेछ। यदि मैले उसलाई नबोलाए कसले मेरो अघि आउने सहास गर्छ, परमप्रभु भन्नुहुन्छ।
21 Voltarão a ter o próprio governante, e ele virá do meio deles. Eu o aproximarei de mim”, diz o S “pois quem ousaria se aproximar por conta própria?
22 तिमीहरू मेरो प्रजा हुनेछौ। अनि म तिमीहरूका परमेश्वर हुनेछु।”
22 Vocês serão o meu povo, e eu serei o seu Deus.”
23 “हेर! परमप्रभुको आँधी! उहाँको क्रोध बाहिर जान्छ! यो र्गजिरहेको आँधी हो! त्यो दुष्ट मानिसको शिरमा बज्रिनेछ।
23 Vejam, a ira do S enhor irrompe como uma tempestade, um vendaval sobre a cabeça dos perversos!
24 परमप्रभुको क्रोध तबसम्म शेष हुदैन जबसम्म उहाँले गर्नु भएको योजना सम्पन्न गर्नु हुन्न। पछिका दिनहरूमा तिमीहरूले यो सब बुझ्नेछौ।”
24 A ira ardente do S enhor não passará até que ele cumpra tudo que planejou. Em dias futuros, vocês entenderão tudo isso.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Jeremias 30, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.