Jeremias 15

Nepali Bible (GL_NEPALI) vs NAA

Sair da comparação
NAA Nova Almeida Atualizada 2017
1 परमप्रभुले मलाई भन्नुभयो “यर्मिया, यदि यहाँ मोशा र शमूएलले मलाई प्रार्थना गरेको भए पनि म ती मानिसहरूको लागि दुखी हुने थिइन। यहूदाका मानिसहरूलाई मदेखि टाढा पठाऊ। तिनीहरूलाई जाऊ भन।
1 Então o Senhor me disse: — Mesmo que Moisés e Samuel se pusessem diante de mim, meu coração não se inclinaria para este povo. Mande-os embora! Que saiam da minha presença!
2 ती मानिसहरूले तिमीलाई सोध्न सक्छन्, ‘हामी कहाँ जाने?’ तब तिनीहरूलाई भन यसकारण परमप्रभु भन्नुहुन्छ,‘ती मर्नु पर्नेहरू मरून, तरवारले मारिनु पर्नेहरू तरवारले नै मारिउन, अनिकालमा परिनु पर्नेहरू अनिकालमा नै परून अनि कैदी हुनु पर्नेहरूलाई कैद नै गरिनेछ।
2 Se lhe perguntarem: “Para onde iremos?”, responda: Assim diz o “Quem é para a morte vai para a morte; quem é para a espada vai para a espada; quem é para a fome vai para a fome; e quem é para o cativeiro vai para o cativeiro.”
3 म चार प्रकारको ध्वंसकहरू तिनीहरूका विरूद्ध पठाउने छु।’ यो परमेश्वरबाट आएको सन्देश हो। ‘म तिनीहरूलाई मार्नु तरवारहरू लिएका शत्रुहरू पठाउनेछु। तिनीहरूलाई घिस्याउन कुकुरहरू पठाउनेछु। म तिनीहरूका शरीरहरू खाओस् र नाश गरोस भनेर आकाशका चराहरू र जानवरहरू पठाउनेछु।
3 — Porque os punirei com quatro tipos de castigo, diz o Senhor : com espada para matar, com cães para os arrastar e com as aves dos céus e os animais selvagens para os devorar e destruir.
4 यहूदाका राजा हिजकियाहका छोरो मनश्शेले यरूशलेममा जे गरेको छ। त्यसको लागि पृथ्वीका मानिसहरूका निम्ति यहूदाका मानिसहरूलाई म एक डरलाग्दो उदाहरण बनाई प्रस्तुत गर्नेछु।’
4 Farei deles um objeto de espanto para todos os reinos da terra, por causa de tudo o que Manassés, filho de Ezequias, rei de Judá, fez em Jerusalém.
5 यरूशलेमको शहरमा कुनै मानिस पनि तिम्रो लागि दुखी हुने छैन। कुनै मानिस पनि तिम्रो निम्ति दुखी साथै रूने छैन कुनै मानिसले पनि तिमीलाई कस्तो छौ भनेर सम्म सोध्ने छैन्।
5 “Pois quem se compadecerá de você, ó Jerusalém? Ou quem ficará triste por você? Ou quem se desviará do caminho para perguntar pelo seu bem-estar?
6 यरूशलेम, तिमीले मलाई त्याग्यौ।” यो सन्देश परमप्रभुबाट आएको छ। “तिमी जाऊ। यसकारण म तिमीलाई नष्ट पार्छु। तिमीलाई दया देखाउँदा देखाउँदा म थाकिसकें।
6 Você me rejeitou”, diz o “você voltou para trás. Por isso, levantei a mão contra você e a destruí; cansei de ter compaixão.
7 म तिनीहरूलाई अलकत्रा सोर्ने काँटाले यस ठाउँको शहरका फाटकहरूमा तितर-बितर पारिदिनेछु। मेरा मानिसहरू परिवर्तन भएनन यसर्थ म तिनीहरूलाई ध्वंस पार्नेछु। म तिनीहरूका नानीहरू लैजानेछु।
7 Eu os espalhei com a pá nos portões das cidades. Deixei-os sem filhos, destruí o meu povo, mas eles não deixaram os seus maus caminhos.
8 धेरै स्त्रीहरूले तिनीहरूका लोग्नेहरू हराउने छन्। त्यहाँ बेशी विधवाहरू हुनेछन् म समुद्रका बालुवाहरू भन्दा मध्यदिनको विनाश ल्याउने छु, त्यो विनाशकले यहूदाका जवान मानिसहरूका आमाहरूलाई आक्रमण गर्नेछ। म यहूदाका मानिसहरूमाथि पीडा र त्रास ल्याइदिने छु, म यस्तो घटना अतिशीघ्र नै घटाउनेछु।
8 As suas viúvas se multiplicaram mais do que a areia do mar. Eu trouxe ao meio-dia um destruidor sobre a mãe de jovens; fiz cair de repente sobre ela angústia e pavor.
9 शत्रुले तरवारहरू सहित आक्रमण गर्ने छ, अनि मानिसहरूलाई मार्ने छ। तिनीहरूले यहूदाका बाँकी रहेकाहरूलाई मार्नेछ। सातजना छोराहरूकी आमा थकित हुन्छे अनि मर्छे। उसका निम्ति मध्यदिनमा सूर्य अस्ताउँछ। उसलाई अपमानित र लज्जित पारिनेछ। बाँकी रहेका मानिसहरू शत्रुहरूको अघि युद्धमा मारिनेछन्,” परमप्रभु भन्नुहुन्छ।
9 Aquela que tinha sete filhos desmaiou e respira com dificuldade. Para ela, o sol se pôs quando ainda era dia; ela ficou envergonhada e confusa. Os sobreviventes, eu os entregarei à espada, diante dos seus inimigos”, diz o
10 हे मेरी आमा, मलाई तपाईंले जन्म दिनु भएको निम्ति म दुखी छु। यस देशमा म त्यो मानिस हुँ जो दोष र घृणाको पात्र बनिएको छ, मैले कतैबाट ऋण लिएको अथवा दिएको छैन। तर प्रत्येक मानिसले मलाई सराप्छन्।
10 Ai de mim, minha mãe! Porque você me pôs no mundo para ser homem de rixa e homem de discórdias para toda a terra! Nunca lhes emprestei, nem pedi dinheiro emprestado, mas todos me amaldiçoam.
11 परमप्रभुले भन्नुभयो, “मैले संकष्टको समयमा निश्चय, तिमीलाई बल दिएको छु। मैले तिम्रा निम्ति संकटको समयमा शत्रुहरूसित मध्यस्थ गरेकोछु।”
11 O Senhor disse: — Na verdade, eu o fortalecerei para o bem e farei com que o inimigo lhe dirija súplicas no tempo da calamidade e no tempo da aflição.
12 “यर्मिया! उत्तरबाट कसैले पनि फलाम भाँच्नु सक्तैन न त कसैले काँसा नै टुक्रा-टुक्रा पार्नु सक्छ।
12 Pode alguém quebrar o ferro, o ferro do Norte, ou o bronze?
13 तिम्रो देशमा तिमीले गरेको पापले गर्दा तिम्रो भण्डारको सम्पत्ति लूटको समान झैं गरी अरूलाई दिनेछु।
13 Por todos os seus pecados, em todos os seus territórios, entregarei de graça os seus bens e os seus tesouros, para que sejam saqueados.
14 हे यहूदाका मानिसहरू! म तिमीहरूलाई तिमीहरूकै शत्रुहरूको दास बनाउनेछु। तिमीहरू त्यस्तो भूमिमा दासहरू हुनेछौ जुन तिमीहरू कहिल्यै जानेका छैनौ। मेरो क्रोध तातो आगो जस्तो छ र तिमीहरू त्यसमा जल्ने छौ।”
14 Farei com que sejam escravos dos seus inimigos, numa terra que não conhecem, porque um fogo se acendeu em minha ira e queimará sobre vocês.
15 हे परमप्रभु! मलाई सम्झना गर्नुहोस् र मेरो हेरचाह गर्नुहोस्। मेरा निम्ति ती मानिसहरू विरूद्ध बद्ला लिनुहोस् ज-जसले मेरो खेदो गर्छन्। तिनीहरूसित धर्य धारण नगर्नु होस्। जब तपाईं उनीहरूसित धर्य धारण गरिरहनु भएको छ भने मलाई नलानु होस्। हे परमप्रभु याद गर्नु होस् मैले तपाईंका निम्ति कति लाज बोक्नु पर्यो?
15 Ó Senhor , tu o sabes. Lembra-te de mim, ampara-me e vinga-me dos meus perseguidores. Não permitas que, por causa da tua longanimidade, eu seja arrebatado. Fica sabendo que por causa de ti tenho sofrido afrontas.
16 तपाईंको सन्देश मकहाँ आयो। हे सेनाहरूका परमप्रभु तपाईंको सन्देशले मलाई अत्यन्त आनन्द तुल्यायो। तपाईंको नाउँमा मलाई बोलाइँदा म खुशी भएँ।
16 Achadas as tuas palavras, logo as comi. As tuas palavras encheram o meu coração de júbilo e de alegria, pois sou chamado pelo teu nome, ó
17 जब तिनीहरू हाँसीरहेका अनि ठट्टा गरिरहेका थिए म कहिल्यै भीडमा बसिन। म एक्लै बसें कारण तपाईंको दैविक हात ममाथि थियो अनि तपाईंले म भित्र क्रोध भरिदिनु भएको थियो।
17 Nunca me assentei na roda dos que se divertem, nem me alegrei. Oprimido por tua mão, eu me assentei solitário, pois me encheste de indignação.
18 किन मलाई कष्ट भइरहन्छ? मेरो घाउ गहिरो छ जुन निको हुनलाई गाह्रो मानिरहेको छ? मेरा निम्ति तपाईं सुकेको खोल्सा हुनुहुन्छ, एउटा खोल्सा जसमाथि भरोसा नै छैन।”
18 Por que a minha dor não passa, e a minha ferida me dói e não admite cura? Serias tu para mim como ribeiro ilusório, como águas que enganam?
19 तब परमप्रभुले भन्नुभयो, “यर्मिया, यदि तिमी फर्कियौ भने म तिमीलाई लिनेछु र तिमीले मेरो सेवा गर्नेछौ। यदि तिमीले महत्वपूर्ण कुराहरू गर्यौ, अनि महत्वहीन शब्दहरू बोलेनौ भने तिमी मेरा प्रवक्ता हुन सक्छौ। यर्मिया! यहूदाका मानिसहरू बद्लिनु पर्छ अनि तिमीकहाँ आउँनु पर्छ तर तिमी तिनीहरूकहाँ जानु हुँदैन।
19 Portanto, assim diz o Senhor : “Se você se arrepender, eu o farei voltar e você estará diante de mim. Se separar o que é precioso daquilo que não presta, você será a minha boca. Eles se voltarão para você, mas você não passará para o lado deles.
20 म तिमीलाई बलियो बनाउनेछु र ती मानिसहरूले तिमीहरूलाई काँसाको पर्खाल जस्तै बलियो सम्झनेछन्। यहूदाका मानिसहरू तिमीसित लडनेछन्। तर तिनीहरूले तिमीलाई परास्त गर्नु सक्तैनन कारण म तिमीसित रहनेछु, म तिमीलाई सहायता गर्नेछु र बचाउँनेछु” परमप्रभु भन्नुहुन्छ।
20 Farei de você um forte muro de bronze diante deste povo. Eles lutarão contra você, mas não conseguirão derrotá-lo, porque eu estou com você para salvá-lo e livrá-lo deles”, diz o
21 “म तिमीलाई दुष्ट मानिसहरूबाट जोगाउने छु। ती मानिसहरूले तिमीलाई डर देखाउँछन्। तर म तिमीलाई ती मानिसहरूबाट मुक्त पारेर ल्याउनेछु।”
21 “Eu o libertarei das mãos dos iníquos e o livrarei das garras dos violentos.”

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Jeremias 15, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.