Jeremias 14
Nepali Bible (GL_NEPALI) vs BKJ
1 खडेरीको बारेमा यर्मियाकहाँ आएको परमप्रभुको वचन यही हो
1 Palavra do SENHOR, que veio a Jeremias, a respeito da escassez.
2 “यहूदा शोक गर्छ, उसको प्रवेशद्वारहरू कमजोर भएको छन्। मानिसहरू भूइँमा लडेर शोक मनाउँछन अनि यरूशलेमको चित्कार आकासिन्छ।
2 Judá chora e os seus portões definham. Eles sentam-se de luto no chão, e o clamor de Jerusalém está subindo.
3 मानिसहरूका नायकहरूले आफ्ना नोकरहरूलाई पानी लिनुलाई पठाए। नोकरहरू इनारमा गए तर तिनीहरूले पानी पाएनन्। नोकरहरू रित्तो जगहरू लिएर फर्की आए। यसकरण तिनीहरू लज्जित अनि अपमानित भए। तिनीहरूले लाजले आफ्नो अनुहार लुकाए।
3 E os seus nobres enviaram seus pequeninos às águas. Eles vieram às covas, e não encontraram água; eles retornaram com seus vasos vazios; eles ficaram envergonhados e perplexos, e cobriram suas cabeças.
4 अनावृष्टि भएको कारण किसानहरूले खेतमा हलो जोतेनन्। यसर्थ तिनीहरूले लाजले आफ्नो मुख छोपे।
4 Porque o chão está rachado, pois não houve chuva na terra, os lavradores ficaram envergonhados, e cobriram suas cabeças.
5 माऊ मृगले सम्म आफूले भखर जन्माएको पाठा-पाठीहरू छोडछे। त्यहाँ घाँस नभएकोले त्यसले त्यसो गरकी हो।
5 Sim, a corça também pariu no campo e o abandonou, porque não havia grama.
6 जंगली गधाहरूले स्यालहरूले झैं पहाडमा उभिएर हावा लिदैंछन्। चर्ने र्खकमा हरियो नभएको कारण तिनीहरूको आँखा तिर्मिराउँछन्।”
6 E os jumentos selvagens permaneceram nos lugares elevados, eles aspiraram o vento como dragões. Os seus olhos desfaleceram, porquanto não havia grama.
7 “हे परमप्रभु! हाम्रो अर्ध मेले हामीलाई देखे तापनि आफ्नो नाउँको गौरवका निम्ति केही गर्नु होस्। हामी भन्छौ कि हामीले धेरै पल्ट तपाईंलाई त्यागेका हौं अनि तपाईंको विरूद्ध पापहरू गरेका छौं।
7 Ó SENHOR, embora nossas iniquidades testifiquem contra nós, faze tu isto por causa do teu nome, pois nossas apostasias são muitas. Nós pecamos contra ti.
8 हे परमेश्वर! तपाईं इस्राएलको आशा हुनुहुन्छ। संकटको समयमा धेरै चोटी तपाईंले इस्राएललाई बचाउनु भएको छ। तर अहिले यस ठाउँमा तपाईं विदेशी झैं देखिनु हुन्छ। तपाईंलाई रात बिताउने यात्री झैं लाग्छ।
8 Ó esperança de Israel, e salvador seu no tempo de aflição, por que serias tu como um estrangeiro na terra, e como um estrangeiro que desvia para passar a noite?
9 किन तपाईं भ्रममा परेको मानिस झैं देखिनु हुन्छ? तपाईंले कसैलाई पनि बचाउँनु हातमा नरहेका सेना झैं हुनुहुन्छ। तर हे परमप्रभु। तपाईं हाम्रो साथमा हुनुहुन्छ। हामी तपाईंको नाउँले बोलाइन्छौं। हामीलाई असहाय नछोडनु होस्।”
9 Por que serias como um homem cansado, como um homem poderoso que não pode salvar? Contudo tu, ó SENHOR, estás no meio de nós, e nós somos chamados pelo teu nome; não nos abandones.
10 यसर्थ परमप्रभुले मानिसहरूलाई भन्नुहुन्छ। “तिनीहरूले मलाई त्याग्नु र टाढा जान मन पराउँछन्। मलाई त्याग्नु तिनीहरू आफैलाई रोक्दैनन्। यही कारणले परमप्रभुले तिनीहरूलाई स्वीकार गर्नु भएन। होइन, परमप्रभुले तिनीहरूको दुष्टकर्म स्मरण गर्नुहुन्छ र तिनीहरूको पापले गर्दा सजाय दिनु हुनेछ।”
10 Assim diz o SENHOR para este povo: Pois que tanto amaram perambular, eles não contiveram seus pés; logo o SENHOR não os aceita. Ele se lembrará agora da iniquidade do povo e visitará os seus pecados.
11 तब परमप्रभुले मलाई भन्नुभयो, “यर्मिया, यी मानिसहरूको लागि मलाई प्रार्थना नगर।
11 Então disse-me o SENHOR: Não ores pelo bem deste povo.
12 यहूदाका मानिसहरूले उपवास गर्न सक्लान अनि मलाई प्रार्थना गर्लान, तर म तिनीहरूका प्रार्थनाहरू सुन्ने छैन्। यदि तिनीहरूले होमबली र अन्नबलि चढाए तापनि म ती मानिसहरूलाई स्वीकार गर्ने छैन। म यहूदाका मानिसहरूलाई युद्धले ध्वंस गर्ने छु। म तिनीहरूका भोजन लगिदिने छु, अनि यहूदाका मानिसहरू भोको हुनेछन। अनि म तिनीहरूलाई डरलाग्दो रोगहरूले विनाश गरी दिनेछु।”
12 Quando jejuarem, eu não ouvirei o seu clamor e quando oferecerem oferta queimada e uma oblação, eu não os aceitarei. Porém eu os consumirei pela espada, e pela fome, e pela peste.
13 तर मैले परमप्रभुलाई भनें, “हे परमप्रभु मेरो मालिक! अगमवक्ताहरूले तिनीहरूलाई भन्छन्, ‘तिमीहरूलाई शत्रुहरूको तरवारले चोट लाग्ने छैन। तिमीहरू अनिकाल ग्रस्त हुनेछैनौ। परमप्रभुले तिमीहरूलाई यस भूमिमा शान्ति प्रदान गर्नु हुनेछ।”‘
13 Então eu disse: Ah, Senhor DEUS! Eis que os profetas lhes dizem: Vós não vereis a espada, nem tereis fome, porém eu vos garantirei a paz neste lugar.
14 तब परमप्रभुले मलाई भन्नुभयो, “यर्मिया! अगमवक्ताहरूले मेरो नाउँमा झूटो प्रचार गरिरहेका छन्। मैले ती अगमवक्ताहरूलाई पठाइन। मैले तिनीहरूलाई न आदेश दिएँ न त तिनीहरूसित बात नै मारें। ती अगमवक्ताहरूले झूटो दर्शन, महत्वहीन मन्त्र-तन्त्र कुराको र तिनीहरूका आफ्नै भूल विचारहरू तिमीहरूलाई दिइरहेका छन्।
14 Então disse-me o SENHOR: Os profetas profetizam mentiras em meu nome, eu não os enviei, nem lhes dei ordem, nem lhes falei. Eles vos profetizam falsas visões, adivinhações, e coisas que não existem, e o engano dos seus corações.
15 यसकारण यस्तै अगमवक्ताहरूको बारेमा भन्छु कि तिनीहरूले मेरो नाउँमा प्रचार गरिरहेका छन्। मैले ती अगमवक्ताहरूलाई पठाएको होइन। ती अगमवक्ताहरूले भने, ‘कुनै शत्रुले पनि आफ्ना तरवारहरूसित यस राज्यमा कहिले आक्रमण गर्ने छैन। यस देशमा कोही पनि कहिल्यै भोको रहने छैन्।’ ती अगमवक्ताहरू भोकले मर्नेछन् अनि शत्रुको तरवारद्वारा मारिने छन।
15 Portanto assim diz o SENHOR a respeito dos profetas que profetizam em meu nome, sem que eu os tenha enviado, contudo dizem: Espada e fome não haverá nesta terra. Pela espada e fome serão esses profetas consumidos.
16 जुन मानिसहरूसित अगमवक्ताहरू बोले तिनीहरूलाई यरूशलेमको गल्लीमा फ्याकिनेछ। ती मानिसहरू भोक र तरवारद्वारा शेष हुनेछन। त्यहाँ तिनीहरूलाई दफन गर्नेहरू केही पनि हुने छैन, तिनीहरूका पत्नीहरू अथवा तिनीहरूका छोरा-छोरीहरू पनि हुनेछैनन्। म तिनीहरूलाई तिनीहरूका दुष्ट कर्महरूका निम्ति दण्ड दिनेछु।
16 E o povo a quem eles profetizam será expelido nas ruas de Jerusalém, por causa da fome e da espada, e não terão ninguém para os enterrar: eles, suas esposas, nem seus filhos, nem suas filhas, pois eu irei derramar sobre eles a sua perversidade.
17 “तिनीहरूमा यी वचनहरू घोषणा गर, ‘मेरा आँखाहरू आँसुले भरिएका छन्। म मेरा मानिसहरूको महाध्वंस र तिनीहरूको गहिरो चोटहरूको लागि लगातार रात-दिन रोइरहेको छु।
17 Portanto tu dirás esta palavra: Meus olhos desfaleceram em lágrimas noite e dia, e não cessarão, porque a virgem filha do meu povo está ferida com uma grande brecha, por um golpe muito doloroso.
18 यदि म देशभित्र गएँ भने म तरवारद्वारा मारिएका मानिसहरू देख्छु। यदि म शहरभित्र पसें भने म बिरामीहरू जसको खाने कुराहरू छैन तिनीहरूलाई देख्छु। पूजाहारीहरू र अगमवक्ताहरू त्यही भूमिबाट जान्छन तर तिनीहरूले बुझ्दैनन्।”‘
18 Se eu saio para o campo, então observo os mortos pela espada! E se adentro a cidade, então vejo aqueles debilitados pela fome! Sim, tanto o profeta quanto o sacerdote vão rodeando a terra que eles não conhecem.
19 “हे परमप्रभु, के तपाईंले यहूदा राज्यलाई सम्पूर्णरूपले त्याग्नु भयो? हे परमेश्वर, के तपाईंले सियोनलाई घृणा गर्नुहुन्छ? तपाईंले यस्तो प्रकारले हामीलाई घात गर्नुभयो कि फेरि हामी ठीक हुन सक्तैनौं। हामी शान्तिको प्रतीक्षा गरिरहेका छौं, तर कुनै लाभ भएको छैन। हामी निको हुने समय पर्खिरहेका छौ, तर त्रास मात्र पो आउँछ।
19 Rejeitaste tu a Judá completamente? Ou tua alma despreza a Sião? Por que nos afligiste, e não há cura para nós? Nós procuramos a paz, e não há bem, e para o tempo de cura, eis o problema!
20 हे परमप्रभु, हामी जान्दछौ कि हामी दुष्ट मानिसहरू हौं। हामी जान्दछौ कि हाम्रा पिता-पुर्खाहरूले अधर्म कामहरू गरे। हो, हामीले तपाईंको विरूद्ध पाप गर्यौं।
20 Nós reconhecemos, ó SENHOR, nossa perversidade, e a iniquidade dos nossos pais, pois nós pecamos contra ti.
21 हे परमप्रभु, तपाईंको नाउँको लागि हामीलाई तिरस्कार नगर्नुहोस्। महिमामय सिंहासनमाथि अपमान नल्याउनु होस्। हामीसित रहेको तपाईंको करार भंग नपार्नुहोस्।
21 Não nos detestes, por causa do teu nome. Não tragas vergonha sobre o trono de tua glória. Lembra-te, não quebres o teu pacto conosco.
22 विदेशी मूर्तिहरूसँग पानी पार्ने शक्ति छैन। आकाशले पानी वर्षाउने शक्ति पाँउदैन। हे परमप्रभु, हाम्रा परमेश्वर! तपाईं नै हाम्रो आशा हुनुहुन्छ। तपाईं मात्र एकजना हुनुहुन्छ जसले यी सब कर्महरू गर्नुसक्छ।”
22 Haverá, porventura, dentre as vaidades dos gentios, alguém que possa fazer chover? Ou podem os céus produzir chuva? Não és tu, ó SENHOR nosso Deus? Portanto nós esperaremos por ti, pois tu fazes todas estas coisas.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Jeremias 14, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.