Jó 9

Nepali Bible (GL_NEPALI) vs ARC

Sair da comparação
ARC Almeida Revista e Corrigida 2009
1 तब अय्यूबले जवाफ दिए,
1 Então, Jó respondeu e disse:
2 “हो, म जान्दछु तिमीले जे कुरा भन्छौ त्यो सत्य हो। तर कसरी मानिसले परमेश्वरलाई तर्कमा पराजित गराउनु सक्छ?
2 Na verdade sei que assim é; porque como se justificaria o homem para com Deus?
3 एक मानिसले परमेश्वरसंग तर्क गर्न सक्तैन। परमेश्वरले 1,000 प्रश्नहरू सोध्न सक्नु हुनेछ तर त्यो मानिसले एउटा मात्रको पनि जवाफ दिन सक्ने छैन।
3 Se quiser contender com ele, nem a uma de mil coisas lhe poderá responder.
4 परमेश्वर महाज्ञानी हुनुहुन्छ, अनि उहाँको शक्ति महान छ। परमेश्वरसंग लडाई गर्ने कसैले पनि चोट पाउन सक्छ।
4 Ele é sábio de coração, poderoso em forças; quem se endureceu contra ele e teve paz?
5 परमेश्वरको क्रोधले पर्वतहरू नै हल्लाइदिन सक्छ अनि तिनीहरूले थाहासम्म पाउँदैनन्।
5 Ele é o que transporta as montanhas, sem que o sintam, e o que, no seu furor, as transtorna;
6 परमेश्वरले पृथ्वी थर्काउनलाई भुईंचालो पठाउनु हुन्छ। परमेश्वरले पृथ्वीको मूलाधार हल्लाई दिनुहुन्छ।
6 o que remove a terra do seu lugar, e as suas colunas estremecem;
7 परमेश्वर घामसँग बोल्न सक्नु हुन्छ अनि यसलाई उदाउन दिनुहुन्न। उहाँले ताराहरूलाई बन्द गर्न सक्नु हुन्छ। यसकारण तिनीहरू चम्कन सक्तैनन्।
7 o que fala ao sol, e ele não sai, e sela as estrelas;
8 परमेश्वर एक्लैले आकाशहरू बनाउँनुभयो। उहाँ समुद्री छालहरूमा हिंडनुहुन्छ।
8 o que sozinho estende os céus e anda sobre os altos do mar;
9 परमेश्वरले सप्त-ऋषि, मृगशिरा अनि किर्किटि ताराहरू बनाउँनुभयो। उहाँले दक्षिणी तारागण बनाउनु भयो।
9 o que faz a Ursa, e o Órion, e o Sete-estrelo, e as recâmaras do sul.
10 परमेश्वरले महान कर्महरू गर्नुहुन्छ जुन मानिसहरूले बुझ्न सक्तैनन्। परमेश्वरका चमत्कारहरूको कुनै अन्त हुँदैन।
10 O que faz coisas grandes, que se não podem esquadrinhar, e maravilhas tais que se não podem contar.
11 जब परमेश्वर मदेखि जानुहुन्छ, म उहाँलाई देख्न सक्तिन। जब परमेश्वर मेरै छेउबाट जानु हुन्छ म उहाँलाई देख्दिन।
11 Eis que passa por diante de mim, e não o vejo; e torna a passar perante mim, e não o sinto.
12 यदि परमेश्वरले केही थोक लगेर जानु भयो भने कसैले उहाँलाई रोक्न सक्दैन। कसैले पनि उहाँलाई केही भन्न ‘सक्तैनन् तपाईं के गरिरहनु भएको छ?’
12 Eis que arrebata a presa; quem lha fará restituir? Quem lhe dirá: Que fazes?
13 परमेश्वरले आफ्नो क्रोध फर्काउँनुहुन्न। रहाबको सहयोगीहरूले परमेश्वरको डर माने।
13 Deus não revogará a sua ira; debaixo dele se encurvam os auxiliadores soberbos.
14 यसैले म परमेश्वरसंग तर्क गर्न सक्तिनँ। उहाँलाई मैले के भन्नुपर्छ म जान्दिनँ।
14 Quanto menos lhe poderei eu responder ou escolher diante dele as minhas palavras!
15 म निर्दोष छु तर म उहाँलाई जवाफ दिन सक्तिनँ। म उहाँको दयाका निम्ति मात्र याचना गर्न सक्छु।
15 A ele, ainda que eu fosse justo, lhe não responderia; antes, ao meu juiz pediria misericórdia.
16 मैले बोलाउँदा उहाँले जवाफ दिनुभयो, म अझ विश्वास गर्ने छैन कि उहाँले साँचि नै मलाई सुन्नु भएकोछ।
16 Ainda que chamasse, e ele me respondesse, nem por isso creria que desse ouvidos à minha voz.
17 परमेश्वरले मात्र मलाई मिच्न आँधी पठाउनु भयो। उहाँले कुनै कारणै बिना मलाई ज्यादा घाउ र चोटहरू दिनुभयो।
17 Porque me quebranta com uma tempestade, e multiplica as minhas chagas sem causa.
18 परमेश्वरले फेरि मलाई सास फेर्न दिनुहुने छैन। उहाँले खाली मलाई ज्यादा दुःखहरू मात्र दिनुहुन्छ।
18 Nem me permite respirar; antes, me farta de amarguras.
19 म परमेश्वरलाई पराजित गर्न सक्तिनँ। परमेश्वर अत्यन्त शक्तिशाली हुनुहुन्छ। म परमेश्वरलाई न्यायलयमा लैजान सक्तिनँ! अनि ममाथि निष्पक्ष हुनुहोस् भनेर जिद्दी गर्न सक्तिनँ।
19 Quanto às forças, eis que ele é o forte; e, quanto ao juízo, quem me citará com ele?
20 म निर्दोष छु, तर मैले भनेका कुराहरूले मलाई दोषी बनाए जस्तो लाग्छ। म निर्दोष छु, तर यदि म बोलें भने मेरो मुखले मलाई नै दोषी प्रमाणगर्छ।
20 Se eu me justificar, a minha boca me condenará; se reto me disser, então, me declarará perverso.
21 म निर्दोष छु। तर म जान्दिन के सोच्ने। म आफ्नै जीवनलाई घृणा गर्छु।
21 Ainda que perfeito, não estimo a minha alma; desprezo a minha vida.
22 म आफैलाई भन्छु, ‘त्यस्तै कुराहरू सबैमाथि घटिरहन्छन्। निर्दोष मानिसहरू दोषी झैं मर्छन्। परमेश्वरले सबैको जीवनलाई समाप्त गर्नुहुन्छ।’
22 A coisa é esta; por isso, eu digo que ele consome ao reto e ao ímpio.
23 जब कँही डरलाग्दो घटनाहरू भयो भने अनि निर्दोष मानिसहरू मारिए भने के परमेश्वर तिनीहरूमाथि हाँस्नु हुन्छ?
23 Matando o açoite de repente, então, se ri da prova dos inocentes.
24 जब एकजना दुष्ट मानिस एउटा देशको शासक हुन्छ तब के परमेश्वरले आफ्नो नायकलाई त्यहाँ के भएको छ हेर्न पठाउनुहुन्छ? यदि त्यो सत्य हो भने परमेश्वर चाँहि को हुन् त?
24 A terra é entregue às mãos do ímpio; Deus cobre o rosto dos juízes; se não é ele, quem é, logo?
25 दगुर्ने भन्दा पनि मेरो दिनहरू चाँडो भाग्दछ मेरा दिनहरू उडी जाँदैछ अनि त्यहाँ तिनीहरूमा कुनै खुशीयाली नै छैन।
25 E os meus dias são mais velozes do que um corredor; fugiram e nunca viram o bem.
26 मेरा दिनहरू डुङ्गा जस्तै छिटो बग्छन्। मेरो दिनहरू चीलले आफ्नो शिकारमाथि बेगले झम्टे झैं चाँडो बित्छ।
26 Passam como navios veleiros, como águia que se lança à comida.
27 “यदि म भन्छु ‘म गुनासो गर्ने छैन म आफ्ना पीडाहरू भुल्छु, म मेरो अनुहारमा मुस्कानले भर्छु।
27 Se eu disser: Eu me esquecerei da minha queixa, mudarei o meu rosto e tomarei alento;
28 म मेरा पीडाले अझै भयभीत छु। म जान्दछु तिमीले मलाई निर्दोष मान्ने छैनौ।
28 receio todas as minhas dores, porque bem sei que me não terás por inocente.
29 यदि म दोषी ठहरी सकेको छु भने आफ्नो परीक्षा किन गरिरहने। म भन्छु, ‘यो भुलिदेऊ।’
29 E, sendo eu ímpio, por que trabalharei em vão?
30 यदि मैले स्वयंलाई हिऊँले धोएँ भने अनि साबूनले हातहरू सफा राखें भने,
30 Ainda que me lave com água de neve, e purifique as minhas mãos com sabão,
31 परमेश्वरले मलाई हिलो भएको खाडलमा धकेल्नु हुन्छ। तब मेरो लुगाहरूले पनि मलाई घृणा गर्नेछन्।
31 mesmo assim me submergirás no fosso, e as minhas próprias vestes me abominarão.
32 परमेश्वर म जस्तो मानिस हुनुहुन्न यसकारणले गर्दा म उहाँलाई जवाफ दिन सक्तिनँ। हामी न्यायलयमा एकार्काले भेट गर्न सक्तैनौ।
32 Porque ele não é homem, como eu, a quem eu responda, vindo juntamente a juízo.
33 म चाहन्छु कि त्यहाँ दुवै पक्षहरूलाई सुनिदिने कोही रहोस्। म चाहन्छु कि त्यहाँ दुवै पक्षलाई निष्पक्ष रूपमा न्याय गर्ने कोही होस्।
33 Não há entre nós árbitro que ponha a mão sobre nós ambos.
34 म चाहन्छु कि परमेश्वरले लिने डण्डा लगिदिने त्यहाँ कोही होस्।तब परमेश्वरले मलाई एकदमै भयभीत पार्नु हुने छैन।
34 Tire ele a sua vara de cima de mim, e não me amedronte o seu terror.
35 तब परमेश्वरको भयबाट स्वतन्त्र भएर मैले चाहेको कुरा म भन्न सक्थें।
35 Então, falarei e não o temerei; porque, assim, não estou em mim.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Jó 9, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.