Jó 5

Nepali Bible (GL_NEPALI) vs ACF

Sair da comparação
ACF Almeida Corrigida Fiel
1 “अय्यूब, यदि तिमी चाहन्छौ भने डाकी पठाऊ तर कसैले पनि तिमीलाई जवाफ दिनेछैन। कुन पवित्र पुरूषले तिमीलाई फर्काउनेछ?
1 Chama agora; há alguém que te responda? E para qual dos santos te virarás?
2 मूर्ख मानिसको क्रोधले उसलाई नै मार्नेछ। सरल मानिसको उग्र आवेशले उसलाई नै मार्नेछ।
2 Porque a ira destrói o louco; e o zelo mata o tolo.
3 मैले एकजना मूर्ख मानिसलाई देखें। उसले आफू सबै सुरक्षित मान्थ्यो तर अचानक उसको घर श्रापित भयो।
3 Bem vi eu o louco lançar raízes; porém logo amaldiçoei a sua habitação.
4 उसको नानीहरूलाई सहयोग गर्ने त्यहाँ कोही थिएन। अदालतमा उनीहरूका पक्षमा बोलिदिने कोही थिएन।
4 Seus filhos estão longe da salvação; e são despedaçados às portas, e não há quem os livre.
5 भोका मानिसहरूले उसको सबै अन्नहरू खाइदिए, ती भोका मानिसहरूले काँढाहरू माझ उम्रेका सबै अन्नहरूसम्म उसको लगिदिए तिनीहरूमा जे जति थिए लोभी मानिसहरूले सबै लगिदिए।
5 A sua messe, o faminto a devora, e até dentre os espinhos a tira; e o salteador traga a sua fazenda.
6 दुःख फोहरबाट आउँदैन। संकटहरू भुमिबाट उम्रिन्दैन।
6 Porque do pó não procede a aflição, nem da terra brota o trabalho.
7 तर आगोबाट उडेको फिलंगो जतिकै मानिस संकट लिनलाई नै जन्मन्छ।
7 Mas o homem nasce para a tribulação, como as faíscas se levantam para voar.
8 तर अय्यूब, यदि म तिमी भएको भए, म परमेश्वरपट्टि फर्किने थिएँ अनि आफ्ना समस्याहरूका बारेमा उहाँलाई भन्ने थिए।
8 Porém eu buscaria a Deus; e a ele entregaria a minha causa.
9 हाम्रो बुझ्ने शक्ति बाहिर परमेश्वरले अलौकिक कर्महरू गर्नुहुन्छ। चमत्कारी कर्महरू गर्न उहाँले कहिल्यै रोकिनु हुन्न।
9 Ele faz coisas grandes e inescrutáveis, e maravilhas sem número.
10 परमेश्वरले पृथ्वीमा वर्षाहरू पठाउनु हुन्छ। उहाँले खेतहरूमा पानी पठाउनु हुन्छ।
10 Ele dá a chuva sobre a terra, e envia águas sobre os campos.
11 परमेश्वरले नम्र मानिसलाई माथि उठाउनु हुन्छ, अनि उहाँले दुःखी मानिसलाई सुरक्षित राख्नु हुन्छ।
11 Para pôr aos abatidos num lugar alto; e para que os enlutados se exaltem na salvação.
12 परमेश्वरले धूर्त र दुष्टहरूका युक्तिलाई विफल पारिदिनु हुन्छ, यसकाण तिनीहरूले सफलता पाउँदैनन्।
12 Ele aniquila as imaginações dos astutos, para que as suas mãos não possam levar coisa alguma a efeito.
13 परमेश्वरले ज्ञानी मानिससम्मलाई तिनीहरूको आफ्नै पासोमा समात्नुहुन्छ। यसैले ती धूर्तपूर्ण योजनाहरू सफल हुँदैनन्।
13 Ele apanha os sábios na sua própria astúcia; e o conselho dos perversos se precipita.
14 ती चतुर मानिसहरू दिउँसै पनि जताततै ठोक्कर खान्छन् मध्य दिनको बेलामा पनि तिनीहरू अन्धकारमा बाटो खोज्दै हिंड्ने मानिस जस्तो हुनेछ।
14 Eles de dia encontram as trevas; e ao meio-dia andam às apalpadelas como de noite.
15 परमेश्वरले दरिद्र मानिसहरूलाई मृत्युबाट पनि जोगाउनु हुन्छ। उहाँले गरीब निरीह मानिसहरूलाई शक्तिशालीहरूबाट जोगाउनु हुन्छ।
15 Porém ao necessitado livra da espada, e da boca deles, e da mão do forte.
16 यसकारण गरीब मानिसहरूले आशा गर्छन। उहाँले दुष्टकर्मीको मुख थुनिदिनु हुन्छ।
16 Assim há esperança para o pobre; e a iniqüidade tapa a sua boca.
17 त्यो मानिस धन्यको हो, जब परमेश्वरले उसलाई सुमार्ग बताउनुहुन्छ। यसैले गुनासो नगर जब सर्वशक्तिमान परमेश्वरले तिमीमाथि अनुशासन गर्नुहुन्छ।
17 Eis que bem-aventurado é o homem a quem Deus repreende; não desprezes, pois, a correção do Todo-Poderoso.
18 परमेश्वरले दिनुभएको घाउहरूमा मलमपट्टी गरिदिनुहुन्छ। उहाँले कसैलाई चोट पुर्याउँन सक्नुहुन्छ तर उहाँकै हातहरूले नै निको पार्नुहुन्छ।
18 Porque ele faz a chaga, e ele mesmo a liga; ele fere, e as suas mãos curam.
19 उहाँले तिमीलाई छःपल्ट संकटहरूबाट बचाउनु हुनेछ। हो, सातपल्ट दुर्घटनाहरू हुँदा पनि तिमीलाई छुने छैन।
19 Em seis angústias te livrará; e na sétima o mal não te tocará.
20 जब त्यहाँ अनिकाल आईपर्छ परमेश्वरले तिमीलाई मृत्युबाट जोगाउनु हुन्छ। अनि जब त्यहाँ युद्ध हुँदछ परमेश्वरले तिमीलाई मृत्युबाट जोगाउनु हुन्छ।
20 Na fome te livrará da morte; e na guerra, da violência da espada.
21 जब मानिसहरूले तिम्रो निन्दा गर्छन परमेश्वरले तिम्रो रक्षा गर्नु हुन्छ। अनि यस्तो हुदाँ तिम्रो विनाश हुन्छ भनी डराउनु पर्दैन।
21 Do açoite da língua estarás encoberto; e não temerás a assolação, quando vier.
22 तिमी विनाश र अनिकाल देखेर हाँस्ने छौ। तिमी जंङ्गली जनावरहरूदेखि भयभीत हुने छैनौ।
22 Da assolação e da fome te rirás, e os animais da terra não temerás.
23 खेतका ढुङ्गाहरूसित तिम्रो वाचा बाँधिएको छ। जंङ्गली जनावरहरू तिमीसंग शान्ति साथ रहनेछन्।
23 Porque até com as pedras do campo terás o teu acordo, e as feras do campo serão pacíficas contigo.
24 तिम्रो घरमा शान्ति रहेको तिमीले चाल पाउनेछौ। तिमीले आफ्नो सम्पत्ति गन्नेछौ अनि कुनै पनि चीज हराएको हुनेछैन्।
24 E saberás que a tua tenda está em paz; e visitarás a tua habitação, e não pecarás.
25 तिम्रा धेरै नानीहरू हुनेछन। तिनीहरू घाँसका पातहरू झैं प्रशस्त हुनेछन।
25 Também saberás que se multiplicará a tua descendência e a tua posteridade como a erva da terra,
26 तिमी त्यो गहूँ जस्तै हुनेछौ जुन बाली काटिने बेलासम्ममा उब्जनेछ। हो, तिमी बृद्धवस्थासम्म बाँच्नु पर्नेछ।
26 Na velhice irás à sepultura, como se recolhe o feixe de trigo a seu tempo.
27 अय्यूब, हामीले ती कुराहरूका अध्ययन गरेका छौ अनि हामी जान्दछौ। यसकारण अय्यूब, ध्यान दिएर सुन, अनि तिनीहरूबाट तिमी आफैं सिक।”
27 Eis que isto já o havemos inquirido, e assim é; ouve-o, e medita nisso para teu bem.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Jó 5, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.