Jó 31

Nepali Bible (GL_NEPALI) vs NVI

Sair da comparação
NVI Nova Versão Internacional
1 मैले आफ्नो आँखासित सम्झौता गरेको छु कि वासना उब्जाउने तरिकाले म कुनै तुरूणीलाई हेर्दिनँ।
1 "Fiz acordo com os meus olhos de não olhar com cobiça para as moças.
2 परमेश्वरले स्वर्गबाट ठहराउनु भएको भाग कुन चाहिं हो? उँभोबाट सर्वशक्तिमानले दिनुभएको इनाम!
2 Pois qual é a porção que o homem recebe de Deus, lá de cima? Qual a sua herança do Todo-poderoso, que habita nas alturas?
3 परमेश्वरले दुष्टको निम्ति नाश पठाउनु हुन्छ, खराब गर्नेहरूको लागि विपत्ति पठाउनु हुन्छ।
3 Não é ruína para os ímpios, desgraça para os que fazem o mal?
4 मेरो चाल परमेश्वरले जान्नु हुन्छ मेरो हरेक पाइला उहाँले देख्नुहुन्छ।
4 Não vê ele os meus caminhos, e não considera cada um de meus passos?
5 यदि झूटो कुरोसित मेरो केही सरोकार भएको भए र छली चालमा म फँसेको भए,
5 "Se me conduzi com falsidade, ou se meus pés se apressaram a enganar,
6 न्यायको तराजुमा परमेश्वरले मलाई तौलून् र परमेश्वरले जान्नुहुनेछ कि म निर्दोष छु।
6 Deus me pese em balança justa, e saberá que não tenho culpa;
7 यदि मेरो पाइला कुमार्ग तिर लम्कीएको भए, यदि मेरो मनले आँखाको इच्छा अनुसार गल्ती गरेको छ भने अथवा मेरो हातमा मैला टाँसिएको छ भने,
7 se meus passos desviaram-se do caminho, se o meu coração foi conduzido por meus olhos, ou se minhas mãos foram contaminadas,
8 मैले रोपेको अन्न अर्कोले खावोस, र मेरा बाली जरै समेत उखेलिओस्!
8 que outros comam o que semeei, e que as minhas plantações sejam arrancadas pelas raízes.
9 यदि मेरो मन कुनै स्त्रीले मोहित पारेको रहेछ भने अथवा मेरा छिमेकीहरूको ढोकामा म ढुकिबसेको छु भने,
9 "Se o meu coração foi seduzido por mulher, ou se fiquei à espreita junto à porta do meu próximo,
10 मेरी पत्नीले अर्को मानिसको लागि खाना तयार पारोस्, र अरू मानिसहरू उसित सुतोस्।
10 que a minha esposa moa cereal de outro homem, e que outros durmam com ela.
11 किन? किनभने सम्भोग लाजलाग्ने कुरा हो, न्यायको साम्ने एउटा अपराध हो।
11 Pois fazê-lo seria vergonhoso, crime merecedor de julgamento.
12 त्यो त नाश गर्ने आगो हुनेछ, मेरो सम्पूर्ण कुरा यसले उखेल्छ।
12 Isso é um fogo que consome até a Destruição; teria extirpado a minha colheita.
13 मैले मेरो दास वा दासीको बिन्ती इन्कार गरेको भए, तिनीहरूले मकहाँ आफ्नो उजुर ल्याउँदा मैले त्यो इन्कार गरेको छु भने,
13 "Se neguei justiça aos meus servos e servas, quando reclamaram contra mim,
14 परमेश्वरको अघाडी जाँदा म के गर्ने? उहाँले सबै कुरा सोध्दा मैले के जवाफ दिने?
14 que farei quando Deus me confrontar? Que responderei quando chamado a prestar contas?
15 परमेश्वरले मलाई मेरी आमाको गर्भमा रच्नुभयो र तिनीहरूलाई पनि तिनीहरूकी आमाको गर्भमा रच्नुभयो, परमेश्वरले हामीहरूलाई गर्भमा रूप दिनुभएको हो।
15 Aquele que me fez no ventre materno não fez também a eles? Não foi ele quem formou a mim e a eles No interior de nossas mães?
16 गरीबहरूलाई तिनीहरूको चाहिएका कुरा दिनलाई मैले इन्कार गरेको छैन, विधवाहरूलाई सहायता बिना राखेको छैन।
16 "Se não atendi aos desejos do pobre, ou se fatiguei os olhos da viúva,
17 म स्वार्थी भएको छैन, मैले टुहुराहरूलाई भोकै राखेको छैन।
17 se comi meu pão sozinho, sem compartilhá-lo com o órfão,
18 तर मेरो युवा अवस्थादेखि, टुहुराहरूलाई बाबु जस्तै भएर हुर्काएँ, मेरो बाल्य अवस्थादेखि मैले विधवाहरूलाई अगुवाई दिएँ।
18 sendo que desde a minha juventude o criei como se fosse seu pai, e desde o nascimento guiei a viúva;
19 जब म मानिसहरू पीडित भएको देख्छु किनभने तिनीहरूसँग लगाउने लुगा छैन। अथवा पोशाक हीन एक गरीब मानिस,
19 se vi alguém morrendo por falta de roupa, ou um necessitado sem cobertor,
20 मैले सधैं तिनीहरूलाई लगाउने लुगाहरू दिएँ। मैले आफ्नै भेडाको ऊन ओडाई दिएर तिनीहरूलाई न्यानो पारें अनि तिनीहरूले हृदयबाट नै मलाई आशीर्वाद दिए।
20 e o seu coração não me abençoou porque o aqueci com a lã de minhas ovelhas,
21 फाटकमा न्यायकर्ताहरूले टुहुराहरूको विरूद्धमा मेरो पक्ष लिनेछन् भनी जान्दा जान्दै पनि मैले कहिल्यै तिनीहरूमाथि डर देखाउन हात उठाइनँ।
21 se levantei a mão contra o órfão, ciente da minha influência no tribunal,
22 यदि मैले त्यस्तो कहिल्यै गरे भने तब मेरो पाखुरा त्यसको जोर्नीबाट फुस्किनेछ र कुमबाट तल झर्नेछ।
22 que o meu braço descaia do ombro, e se quebre nas juntas.
23 तर मैले त्यस्तो नराम्रो काम गरिनँ। म परमेश्वरको दण्डदेखि त्रासित छु। उहाँको महिमाले मलाई भयभीत पार्छ।
23 Pois eu tinha medo que Deus me destruísse, e, temendo o seu esplendor, não podia fazer tais coisas.
24 मैले कहिले पनि आफ्नो धनमा भरोसा गरिन। मैले सधैं परमेश्वरमाथि सहायताको लागि भरोसा गरें। मैले धनलाई कहिल्यै पनि भनिन कि तिमी मेरो आशा हौ।”
24 "Se pus no ouro a minha confiança e disse ao ouro puro: Você é a minha garantia,
25 म धनी थिएँ तर धनले मेरो घमण्ड बढाएन। मैले प्रशस्त धन कमाएँ तर त्यसले मलाई सुखी बनाएन।
25 se me regozijei por ter grande riqueza, pela fortuna que as minhas mãos obtiveram,
26 मैले कहिल्यै पनि उज्वल घाम र सुन्दर जूनलाई पूजिनँ।
26 se contemplei o sol em seu fulgor e a lua a mover-se esplêndida,
27 मेरो हृदय गुप्तरूपमा वहकाइएको थिएन अनि मेरो हात घाम र जून पूज्न कहिल्यै चुमिनँ।
27 e em segredo o meu coração foi seduzido e a minha mão lhes ofereceu beijos de veneração,
28 त्यो पनि पाप हो त्यसले दण्ड दिनै पर्छ। यदि मैले तिनीहरूलाई पूजेको भए, म सर्वशक्तिमान परमेश्वर प्रति विश्वासी हुने थिइन।
28 esses também seriam pecados merecedores de condenação, pois eu teria sido infiel a Deus, que está nas alturas.
29 जब मेरो शत्रुहरू नष्ट भए म कहिले खुशी भइनँ। शत्रुहरूमाथि नराम्रो आई लाग्दा मैले तिनीहरूलाई खिसी गरिनँ।
29 "Se a desgraça do meu inimigo me alegrou, ou se os problemas que teve me deram prazer;
30 शत्रुलाई सरापेर मेरो मुखलाई पाप कार्य गर्ने दिइनँ। अनि तिनीहरूको मृत्युको लागि इच्छा गरिन।
30 eu, que nunca deixei minha boca pecar, lançando maldição sobre ele;
31 मेरा घरका सबै मानिसहरू जान्दछन कि मैले परदेशीहरूलाई सधें भोजन खुवाएँ।
31 se os que moram em minha casa nunca tivessem dito: ‘Quem não recebeu de Jó um pedaço de carne? ’,
32 परदेशीहरू गल्लीमा सुत्न नपरोस भनी मैले तिनीहरूलाई आफ्नो घरमा बोलाएँ।
32 sendo que nenhum estrangeiro teve que passar a noite na rua, pois a minha porta sempre esteve aberta para o viajante;
33 अन्य मानिसहरूले आफ्नो अपराधहरू लुकाउने कोशिश गर्छन तर मैले मेरो दोष कहिल्यै लुकाइन।
33 se escondi o meu pecado, como outros fazem, acobertando no coração a minha culpa,
34 मानिसहरूले के भन्लान भन्ने कुरामा म डराएँ। त्यस्तो भयले मलाई कहिल्यै नराम्रो कार्य गर्न दिएन। मैले कहिल्यै बाहिर जान अस्वीकार गरिनँ। मानिसहरूको ममाथिको घृणादेखि म कहिल्यै डराइनँ।
34 com tanto medo da multidão e do desprezo dos familiares que me calei e não saí de casa...
35 अहो! कसैले मेरो कुरामा ध्यान दिओस् भन्ने म कामना गर्छु। मलाई मेरो कुरा व्याख्या गर्न दिइओस्। म इच्छा राख्छु कि सर्वशक्तिमान परमेश्वरले मलाई जवाफ दिउन्। म इच्छा गर्छु कि मैले जे कुकर्म गरें त्यस विषयमा उहाँले के सोच्नु हुन्छ लेखुन्।
35 ( "Ah, se alguém me ouvisse! Agora assino a minha defesa. Que o Todo-poderoso me responda; que o meu acusador faça a acusação por escrito.
36 तब म त्यो चिन्ह स्वरूप मेरो घाँटी वरिपरि बाँध्नेछु म त्यसलाई मुकुट झैं आफ्नो शिरमा लगाउनेछु।
36 Eu bem que a levaria nos ombros e a usaria como coroa.
37 यदि परमेश्वरले त्यसो गर्नुभयो भने, तब मैले गरेका सारा कुराहरू म व्याख्या गर्न सकूँला। म परमेश्वर नजिक मुखिया सरह आफ्नो शिर उच्च गरेर आउँन सकौं।
37 Eu lhe falaria sobre todos os meus passos; como um príncipe eu me aproximaria dele. )
38 मैले कसैबाट जमीन चोरिनँ कसैले पनि मलाई त्यसले चोर्यो भनेर दोष लगाउन सक्तैन।
38 "Se a minha terra se queixar de mim e todos os seus sulcos chorarem,
39 मले सधैं किसानहरूलाई खाद्यन्नको निम्ति पैसा दिएँ, जो मैले भूमिबाट प्राप्त गरें अनि कहिल्यै पनि अर्काको दखलमा भएको जमीन खोस्ने प्रयास गरिनँ।
39 se consumi os seus produtos sem nada pagar, ou se causei desânimo aos seus ocupantes,
40 यदि मैले सर्वदा त्यस्तो दुष्ट कामहरू गरेको भए गहूँ र जौं उम्रिनुको सट्टामा काँडा र झारहरू मेरो खेतमा उम्रियोस्।”अय्यूबका प्रवचन समाप्त भयो।
40 que me venham espinhos em lugar de trigo e ervas daninhas em lugar de cevada". Aqui terminam as palavras de Jó.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Jó 31, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.