Jó 30

Nepali Bible (GL_NEPALI) vs ACF

Sair da comparação
ACF Almeida Corrigida Fiel
1 तर अहिले ती मानिसहरू जो म भन्दा जवान छन् मेरो खिल्ली उडाई रहेछन्। अनि तिनीहरूका पिताहरू यति व्यर्थका थिए कि म तिनीहरूलाई कुकुरहरू सँग मेरो भेडाको रक्षा गर्नलाई राख्थें।
1 Agora, porém, se riem de mim os de menos idade do que eu, cujos pais eu teria desdenhado de pôr com os cães do meu rebanho.
2 ती जवान मानिसहरूका पिताहरू यति कमजोर थिए कि तिनीहरूले मलाई सघाउन सक्थेनन। तिनीहरू बृद्ध र थकित थिए, तिनीहरूका मांसपेशीहरू कडा अनि एकदमै बलियो थिएनन्।
2 De que também me serviria a força das mãos daqueles, cujo vigor se tinha esgotado?
3 तिनीहरू मृत मानिसहरू जस्ता थिए। तिनीहरू खान नपाएर भोकै थिए। यसैले तिनीहरू मरूद्यानका (मरुभूमिको खाल्डाहरुमा जमेको पानी) सूख्खा धुलोहरू खान्थें।
3 De míngua e fome se debilitaram; e recolhiam-se para os lugares secos, tenebrosos, assolados e desertos.
4 तिनीहरूले जङ्गलमा नूनिलो झारका पालुवाहरू तान्छन् तिनीहरूले झ्याउका जराहरू खान्थ्ये।
4 Apanhavam malvas junto aos arbustos, e o seu mantimento eram as raízes dos zimbros.
5 तिनीहरू अन्य मानिसहरूबाट खेदिन्छन्। मानिसहरू तिनीहरूलाई चोर ठानेर चिच्याउछन्।
5 Do meio dos homens eram expulsos, e gritavam contra eles, como contra o ladrão;
6 तिनीहरू सूख्खा नदीका किनारहरूमा, पहाडका गुफाहरू र जमीनका प्वालहरूमा बाच्नुँ पर्छ।
6 Para habitarem nos barrancos dos vales, e nas cavernas da terra e das rochas.
7 झाडीहरूमा तिनीहरू चिच्याउँछन्, अनि काँढे झाडीहरूमा सँग-सँगै अल्झेकाछन्।
7 Bramavam entre os arbustos, e ajuntavam-se debaixo das urtigas.
8 तिनीहरू नाउँ नभएका महत्वहीन मानिसहरूका झुण्डहरू हुन जो आफ्नो देशबाट जबरजस्ती निकालिए।
8 Eram filhos de doidos, e filhos de gente sem nome, e da terra foram expulsos.
9 अहिले ती मानिसहरूका छोराहरूले मेरो हाँसो उडाउनु मेरो बारेमा गीत गाउँछन्। मेरो नाउँ तिनीहरूका लागि ठट्टाको शब्द भएको छ।
9 Agora, porém, sou a sua canção, e lhes sirvo de provérbio.
10 ती जवान मानिसहरूले मलाई घृणा गर्दछन्, तिनीहरू मदेखि टाढा रहन्छन। तिनीहरू सोच्दछन कि तिनीहरू म भन्दा राम्रा छन। तिनीहरूले मेरो मुखमा पनि थुक्छन्।
10 Abominam-me, e fogem para longe de mim, e no meu rosto não se privam de cuspir.
11 परमेश्वरले मेरो धनुबाट ताँदो लानु भयो र मलाई कमजोर बनाउनु भयो। ती मानिसहरूले आफै थामिंदैनन् बरू क्रोधित भएर मेरो विरोधमा जान्छन्।
11 Porque Deus desatou a sua corda, e me oprimiu, por isso sacudiram de si o freio perante o meu rosto.
12 ती युवकहरूले दाहिनेपट्टि आक्रमण गर्छन्। तिनीहरूले मेरो खुट्टामा हिर्काएर मबाट अलग पार्न खोज्छन्। म एक आक्रमण भईरहेको शहर जस्तो अनुभव गर्छु तिनीहरूले मेरो भित्ताहरूमा मैलो फ्याँकेर मलाई आक्रमण गरी नष्ट बनाउँछन्।
12 À direita se levantam os moços; empurram os meus pés, e preparam contra mim os seus caminhos de destruição.
13 भाग्न नसकोस् भनी मेरो बाटो छेक्छन। तिनीहरूले मलाई ध्वंश गर्नमा सफल भए। तिनीहरू कसैलाई सहयोग गर्न चाँहदैनन्।
13 Desbaratam-me o caminho; promovem a minha miséria; contra eles não há ajudador.
14 तिनीहरूले भित्तामा प्वाल बनाउँछन तिनीहरू त्यस प्वालबाट खचाखच आउँछन अनि ढुङ्गाहरू फोर्दै ममाथि पर्छन्।
14 Vêm contra mim como por uma grande brecha, e revolvem-se entre a assolação.
15 म डरले कामिरहेछु हावाले केही चीज उडाई लगे जस्तो गरी ती युवकहरू मेरो खेदो लाउँछन्। मेरो सुरक्षा बादल जस्तो विलिन हुँदछ।
15 Sobrevieram-me pavores; como vento perseguem a minha honra, e como nuvem passou a minha felicidade.
16 “अहिले मेरो जीवन प्रायः बितिसक्यो, अनि म चाँडै मर्नेछु। पीडित दिनहरूले मलाई पक्रेकोछ।
16 E agora derrama-se em mim a minha alma; os dias da aflição se apoderaram de mim.
17 मेरो हड्डीहरू पीडाले राती दुख्छ। मलाई कष्टले चपाउन कहिल्यै छाडदैन।
17 De noite se me traspassam os meus ossos, e os meus nervos não descansam.
18 परमेश्वरले मेरो कोटको कलरमा समात्नु हुन्छ अनि बटारेर रूप बिगारिदिनु हुन्छ।
18 Pela grandeza do meu mal está desfigurada a minha veste, que, como a gola da minha túnica, me cinge.
19 परमेश्वरले मलाई हिलोमा जाकि दिनु भयो र म धूलो र खरानी जस्तै भएकोछु।
19 Lançou-me na lama, e fiquei semelhante ao pó e à cinza.
20 हे परमेश्वर, सहायताको लागि मैले पुकारें, म उठें र प्रार्थना गरें, तर तपाईंले मलाई ध्यान दिनु भएन।
20 Clamo a ti, porém, tu não me respondes; estou em pé, porém, para mim não atentas.
21 हे परमेश्वर, तपाईंले मसित निष्ठूरताले व्यवहार गर्नु हुन्छ। मलाई सताउन तपाईं शक्ति प्रयोग गर्नुहुन्छ।
21 Tornaste-te cruel contra mim; com a força da tua mão resistes violentamente.
22 हे परमेश्वर, तपाईं मेरो लागि निष्ठुर हुनु भयो। मलाई नष्ट पार्न तपाईं आफ्नो शक्ति प्रयोग गर्नु हुन्छ।
22 Levantas-me sobre o vento, fazes-me cavalgar sobre ele, e derretes-me o ser.
23 मलाई थाहा छ कि तपाईंले मलाई मृत्यु तिर लैजानु हुन्छ, त्यस ठाँउमा, जहाँ अन्तमा सबै प्राणि जानै पर्छ।
23 Porque eu sei que me levarás à morte e à casa do ajuntamento determinada a todos os viventes.
24 तर, निश्चय जो मानिस सर्वनाश भएकोछ अनि सहायता माग्दैछ, त्यसलाई कसैले पनि नोक्सान पुर्याउँदैन।
24 Porém não estenderá a mão para o túmulo, ainda que eles clamem na sua destruição.
25 तपाईं जान्नु हुन्छ मानिसहरूको कष्टमा म रूएँ। तपाईं जान्नु हुन्छ गरीब मानिसहरूको लागि मेरो हृदय साहै दुःखीत थियो।
25 Porventura não chorei sobre aquele que estava aflito, ou não se angustiou a minha alma pelo necessitado?
26 जब मैले राम्रो चीज खोजें बद्लामा नराम्रो पाएँ। जब मैले उज्यालो खोजें, अंध्यारो आयो।
26 Todavia aguardando eu o bem, então me veio o mal, esperando eu a luz, veio a escuridão.
27 म भित्र कष्ट कहिल्यै रोकिंदैन अनि दुःख भर्खरै शुरू भएको छु।
27 As minhas entranhas fervem e não estão quietas; os dias da aflição me surpreendem.
28 म संधै दुःखी र उदासीन छु कुनै चैन छैन। म सहायताको लागि सभामा उभिन्छु।
28 Denegrido ando, porém não do sol; levantando-me na congregação, clamo por socorro.
29 म जङ्गली कुकुर र मरूभूमिमा शुतुरमुर्ग जस्तै एक्लो छु।
29 Irmão me fiz dos chacais, e companheiro dos avestruzes.
30 मेरो छाला जलेकोछ र उप्किंदैछ। ज्वरोले मेरो शरीर तातो छ।
30 Enegreceu-se a minha pele sobre mim, e os meus ossos estão queimados do calor.
31 मेरो वीणाले करूणाको लय निकाल्छ मेरो बाँसुरीले दुःखको आवाज निकाल्छ।
31 A minha harpa se tornou em luto, e o meu órgão em voz dos que choram.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Jó 30, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.