Jó 29
Nepali Bible (GL_NEPALI) vs VC
1 अय्यूबले क्रमशः आफ्नो कथा भनिरहेछ। अय्यूबले भन्योः
1 Jó continuou seu discurso nestes termos:
2 “केही महीना अघि वितेको जीवन म चाहन्छु। त्यस समयमा परमेश्वरले ममाथि नजर राख्नु भयो अनि मेरो हेरचाह गर्नुभयो।
2 Quem me tornará tal como antes, nos dias em que Deus me protegia,
3 त्यसबेला, परमेश्वरको प्रकाश ममाथि छायो ताकि म अन्धकारमा हिंड्न सक्थें। परमेश्वरले मलाई ठीक बाँच्ने बाटो देखाई दिनु भयो।
3 quando a sua lâmpada luzia sobre a minha cabeça, e a sua luz me guiava nas trevas?
4 म ती दिनहरूको कामना गर्दछु जब म सफल थिएँ, अनि परमेश्वर मेरो हितैषी मित्र हुनुहुन्थ्यो। ती दिनहरूमा परमेश्वरले मेरो घरलाई आशिष दिनुभयो।
4 Tal como eu era nos dias de meu outono, quando Deus velava como um amigo sobre minha tenda,
5 म ती दिनहरूको कामना गर्छु जब सर्वशक्तिमान परमेश्वर मसँग हुनुहुन्थ्यो अनि मेरा बाल-बच्चाहरू मेरै वरिपरि थिए।
5 quando o Todo-poderoso estava ainda comigo, e meus filhos em volta de mim;
6 जीवन त्यतिबेला अत्यन्तै राम्रो थियो। म मेरो खुट्टाहरू नौनीले धुन्थें, अनि मसँग प्रशस्त दामी तेलहरू थिए।
6 quando os meus pés se banhavam no creme, e o rochedo em mim derramava ondas de óleo;
7 त्यस्ता दिनहरू थिए जब म शहरको द्वारमा जान्थें अनि शहरका मुखियाहरूसँग सभा-गृहमा बस्दथें।
7 quando eu saía para ir à porta da cidade, e me assentava na praça pública?
8 सारा मानिसहरूले मलाई त्यहाँ आदर गर्दथे युवाहरूले म आउँदै गरेको देख्दा पाइला सारेर मलाई बाटो छोडिदिन्थे। आफ्नो श्रद्धा म प्रति प्रर्दशन गर्नलाई वृद्ध मानिसहरू बसेको ठाउँबाट उठ्दथे।
8 Viam-me os jovens e se escondiam, os velhos levantavam-se e ficavam de pé;
9 जनसमूहका नेताहरू बोल्न बन्द गर्दथे अनि हातहरू मुखमा राखेर अन्य मानिसहरूलाई चुपचाप बस्न लगाउँथे।
9 os chefes interrompiam suas conversas, e punham a mão sobre a boca;
10 प्रमुख नेताहरू पनि बोल्दा आफ्ना आवाजहरू सानो पार्दथे। हो, मानौ तिनीहरूका जिब्रोहरू मुखको तालुमा टाँसिएको झैं भान हुन्थ्यो।
10 calava-se a voz dos príncipes, a língua colava-se-lhes no céu da boca.
11 मैले के भन्दैछु ती कुराहरू मानिसहरूले ध्यान दिएर सुन्थे, अनि मेरो बारेमा असल कुराहरू गर्थे। मैले गरेका कुराहरूलाई तिनीहरू विचार्थे अनि तिनीहरूले मेरो प्रशंसा गर्थे।
11 Quem me ouvia felicitava-me, quem me via dava testemunho de mim.
12 किन? किनभने जब गरीब मानिसले गुहारथ्यो, म सघाउथें। अनि माता-पिता नभएका नानीहरू र रक्षाहीनहरूको म हेरचाह गर्थें।
12 Livrava o pobre que pedia socorro, e o órfão que não tinha apoio.
13 मर्दै गरेका मानिसले मलाई आशीर्वाद दिन्थे दुःख पाएका विधवाहरूलाई म सहयोग गर्थें।
13 A bênção do que estava a perecer vinha sobre mim, e eu dava alegria ao coração da viúva.
14 धार्मिकता मेरो लागि पोषाक थियो, निष्पक्षता मेरो लुगा र फेटा थियो।
14 Revestia-me de justiça, e a eqüidade era para mim como uma roupa e um turbante.
15 म अन्धा मानिसहरूको लागि आँखा थिएँ, तिनीहरू जहाँ जान रूचाउथें म त्यतै डोराउँथें। म लङ्गडो मानिसहरूका लागि खुट्टा थिएँ, तिनीहरू जहाँ चाहन्छन् त्यतै बोकेर लान्थें।
15 Era os olhos do cego e os pés daquele que manca;
16 म गरीबहरूको लागि पिता समान थिएँ। यदि मैले नजानेको विषयका कुनै मामला मेरो सामु आए मैले त्यस मामलाको विषयमा विस्तृत रूपमा खोजी गर्ने गर्थें।
16 era um pai para os pobres, examinava a fundo a causa dos desconhecidos.
17 म दुष्ट मानिसहरूलाई आफ्नो शक्ति दुरउपयोग गर्न रोक्थें अनि म उसलाई गल्ती तरीकाले जे लिने चेष्टा गरेको हुन्थ्यो त्यो फर्काउन लगाउथें।
17 Quebrava o queixo do perverso, e arrancava-lhe a presa de entre os dentes.
18 मेरै परिवार भित्र बुढो हुँदै म धेरै लामो बाँचुला भनेर सधैं सोच्दथें,
18 Eu dizia: Morrerei em meu ninho, meus dias serão tão numerosos quanto os da fênix.
19 म सोच्थें म स्वास्थ्य र शक्तिशाली हौं स्वास्थ्य पालुवा जस्तै प्रशस्त पानी भएको जराहरू जस्तै अनि शीतले भिजेका हाँगाहरू जस्तो।
19 Minha raiz atinge as águas, o orvalho ficará durante a noite sobre meus ramos.
20 प्रत्येक नयाँ दिन उज्जवल नयाँ उत्तेजनापूर्ण सम्भावनाहरू हुने होलान भनी म सोच्थें।
20 Minha glória será sempre jovem, e meu arco sempre forte em minha mão.
21 बितेका दिनहरूमा मानिसहरूले मेरो कुरामा ध्यान दिन्थे। तिनीहरू मेरो सल्लाह सुन्दा चुपचाप रहन्थे। बोलिसके पछि मेरो कुरा सुन्नेहरूमा कसैको केही बोल्न रहँदैनथ्यो।
21 Escutavam-me, esperavam, recolhiam em silêncio meu conselho;
22 मैले बोल्दा मानिसहरूले मेरो कुरालाई ध्यान दिइरहेका हुन्थे, तिनीहरू अरू केही भन्ने थिएनन्। मेरो शब्दहरू तिनीहरूका कानहरूमा मन्द गतिमा पर्थे।
22 quando acabava de falar, não acrescentavam nada, minhas palavras eram recebidas como orvalho.
23 मेरो प्रवचनको निम्ति मानिसहरू मलाई पर्खन्थे, मानौ तिनीहरूले वर्षालाई पर्खिरहेछन्। तिनीहरूले मेरो शब्दहरू पिउँथे मानौ तिनीहरू बसन्तको बेलामा वर्षाको पानी थियो।
23 Esperavam-me como a chuva e abriam a boca como se fosse para as águas da primavera.
24 जब म ती मानसिहरूसित हाँसे तिनीहहरूले यो विश्वास गर्न सकेनन्। मेरो आनन्दित अनुहारले उनीहरूलाई हतोत्साही गरेन।
24 Sorria para aqueles que perdiam coragem; ante o meu ar benevolente, deixavam de estar abatidos.
25 म तिनीहरूकै मुखिया भए तापनि म ती मानिसहरूसँग रहन चाहन्थें। दुःखी मानिसहरूलाई सान्तवना दिंदै म तिनीहरूका छाउनीका समूहमा राजा झैं थिएँ।
25 Quando eu ia ter com eles, tinha o primeiro lugar, era importante como um rei no meio de suas tropas, como o consolador dos aflitos.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Jó 29, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.