Jó 25

Nepali Bible (GL_NEPALI)

1 तब शुहबाट आएका बिल्ददले जवाफ दिएः

2 “परमेश्वर शासक हुनु हुन्छ। उहाँले मानिसहरूलाई त्रसित पार्नुहुन्छ अनि उहाँलाई आदर गर। उहाँले माथि आफ्नो स्वर्गमा शान्ति कायम राख्नु हुन्छ।

3 परमेश्वरबाट सबै मानिसहरूमा घाम उदय हुँदछ। कसैले पनि उहाँका ताराहरूलाई गन्न सक्दैनन्।

4 परमेश्वरको तुलनामा कोही मानिस पनि धर्मी मानिन सकिदैन। कुनै पनि मानिस कहिल्यै निर्दोष हुन सक्तैन।

5 परमेश्वरको दृष्टिमा, जुनसम्म शुद्ध र प्रज्वलित छैन ताराहरू पनि शुद्ध छैन।

6 मानिसहरू कम्ती नै शुद्ध हुन्छन्, मानिसहरू कीराहरू जस्ता हुन, मानिसहरू महत्वहीन कीराहरू जस्ता छन।”

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Jó 25, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.