Jó 22

Nepali Bible (GL_NEPALI) vs VC

Sair da comparação
VC Versão Católica
1 तेमानीबाट आएका एलीपजले जवाफ दिए;
1 Elifaz de Temã tomou a palavra nestes termos:
2 “के परमेश्वरलाई हाम्रो सहायता चाहिन्छ? अहँ। ज्ञानी पुरूष पनि परमेश्वरलाई साँच्चि नै कामलाग्ने होइन।
2 Pode o homem ser útil a Deus? O sábio só é útil a si mesmo.
3 यदि तिमी धर्मी छौ भने के यसले परमेश्वरलाई मद्दत पुर्याउँछ? अहँ! यदि तिम्रो मार्गहरू सही छन् भने के सर्वशक्तिमान परमेश्वरलाई केही लाभ हुन्छ? अहँ।
3 De que serve ao Todo-poderoso que tu sejas justo? Tem ele interesse que teu proceder seja íntegro?
4 अय्यूब, किन परमेश्वरले तिमीलाई दण्ड र दोष दिनुभयो? के यो तिमी उहाँको डर बोक्छौ भनेर हो?”
4 É por causa de tua piedade que ele te pune, e entra contigo em juízo?
5 होइन, यो तिम्रो धैरे दुष्टकर्महरूको कारणले हो। अय्यूब, तिमीले कहिल्यै तिम्रो दुष्टकर्म रोकेनौ।
5 Não é enorme a tua malícia, e não são inumeráveis as tuas iniqüidades?
6 हुन सक्छ तिमीले दाज्यू-भाइ देखि रूपियाँ पैसा ऋण लिएका छौ, अनि तिमीलाई उसले केही देओस् भनेर वाध्य गर्यौ जसले त्यो फर्काइने प्रमाण गर्यो। हुन सक्छ तिमीले गरीब मानिसबाट बन्धक राखे जस्तै लुगा लिएको थियो। हुन सक्छ कुनै कारणै बिना तिमीले त्यो गर्यौ।
6 Sem causa tomaste penhores a teus irmãos, despojaste de suas vestes os miseráveis;
7 हुन सक्छ तिमीले ती थकित र भोकोहरूलाई पानी र भोजन दिएनौ।
7 não davas água ao sedento, recusavas o pão ao esfomeado.
8 अय्यूब, तिमीसंग खेती गर्ने थुप्रै जमीनहरू छन्। अनि मानिसहरूले तिमीलाई आदर गर्छन्।
8 A terra era do mais forte, e o protegido é que nela se estabelecia.
9 हुन सक्छ तिमीले केही पनि नदिइकन विधवाहरूलाई टाढा पठा्यौ। अय्यूब, हुन सक्छ तिमीले टुहुरा-टुहुरीहरूलाई धोका दियौ।
9 Despedias as viúvas com as mãos vazias, quebravas os braços dos órfãos.
10 यसकारण तिम्रो वरिपरि पासै-पासो छन् अनि नसोचेको दुःखले तिमीलाई भयभीत पार्दछ।
10 Eis por que estás cercado de laços, e os terrores súbitos te amedrontam.
11 यसैले गर्दा यो अत्यन्त अन्धकार छ तिमी देख्न सक्तैनौ, अनि बाढीले तिमीलाई बगाउँछ।
11 A luz obscureceu-se; já não vês nada; e o dilúvio águas te engole.
12 परमेश्वर स्वर्गको उच्च तहमा बस्नुहुन्छ। हेर ताराहरू कतिमाथि छन्। परमेश्वरले उच्च ताराहरूबाट तल हेर्नु हुन्छ।
12 Não está Deus nas alturas dos céus? Vê a cabeça das estrelas como está alta!
13 तर अय्यूब तिमीले भन्न सक्छौ, ‘परमेश्वरले के जान्नु हुन्छ? के परमेश्वरले कालो बादलहरूबाट देख्न सक्नुहुन्छ अनि हामीलाई न्याय गर्नुहुन्छ?
13 E dizes: Que sabe Deus? Pode ele julgar através da nuvem opaca?
14 बाक्लो बादलले उहाँलाई हामीदेखि लुकाउँछ, यसैले जब उहाँ आकाशको उच्चतम भागमा हिडनु हुन्छ माथि आकाशबाट उहाँले हामीलाई देख्नु हँदैन।’
14 As nuvens formam um véu que o impede de ver; ele passeia pela abóbada do céu.
15 अय्यूब जुन बाटोमा दुष्ट मानिसहरू हिडिसकेका थिए, तिमी त्यही पुरानो बाटोमा हिंडिरहेछौ।
15 Segues, pois, rotas antigas por onde andavam os homens iníquos
16 ती दुष्टहरू नष्ट भए तिनीहरू मृत्युको मुखमा पुग्नु अघि नै तिनीहरूलाई बाढीले बगाएर लग्यो।
16 que foram arrebatados antes do tempo, e cujos fundamentos foram arrastados com as águas,
17 ती मानिसहरूले परमेश्वरलाई भने, ‘हामीलाई एक्लै छाडी दिनुहोस्, सर्वशक्तिमान परमेश्वरले हामीलाई केही पनि गर्न सक्नु हुन्न।’
17 e que diziam a Deus: Retira-te de nós, que poderia fazer-nos o Todo-poderoso?
18 उहाँ नै परमेश्वर, जसले आफ्ना घरहरू असल कुराहरूले भर्नु भयो। अहँ, म दुष्ट मानिसहरूका सल्लाहको पछि लाग्दिनँ।
18 Foi ele, entretanto, que lhes cumulou de bens as casas; - longe de mim os conselhos dos maus! -
19 धर्मी मानिसहरूले तिनीहरूलाई विनाश भएको देख्छन अनि ती धर्मी मानिसहरू खुशी हुनेछन। निर्दोष मानिसहरू ती दुष्ट मानिसहरूमाथि हाँस्दछन्।
19 Vendo-os, os justos se alegram, e o inocente zomba deles:
20 ‘साँच्चि नै हाम्रा शत्रुहरू नाश भए। आगोले तिनीहरूका सम्पत्ति खरानी बनाई दियोस्।’
20 Nossos inimigos estão aniquilados, e o fogo devorou-lhes as riquezas!
21 अब, अय्यूब, तिमी स्वयंलाई परमेश्वर कहाँ समर्पण गर अनि उहाँसँग शान्तिले बस। त्यसो गर, अनि तिमीले धेरै असल कुराहरू पाउँनेछौ।
21 Reconcilia-te, pois, com {Deus} e faz as pazes com ele, é assim que te será de novo dada a felicidade;
22 उहाँबाट शिक्षा ल्याऊ। उहाँले के भन्नुहुन्छ त्यसमा ध्यान देऊ।
22 aceita a instrução de sua boca, e põe suas palavras em teu coração.
23 अय्यूब, सर्वशक्तिमान परमेश्वर तर्फ फर्की आऊ, अनि तिमी पुनःनर्स्थापित हुनेछौ तर, अहिले तिमीले आफ्नो घरबाट दुष्ट आत्मालाई अहिले खेदी हाल।
23 Se te voltares humildemente para o Todo-poderoso, se afastares a iniqüidade de tua tenda,
24 सोच, तिम्रो जति सुनहरूछन तर ती धुलो हुन अति उत्तम सुन खोलाका ससाना ढुङ्गाहरू जस्ता।
24 se atirares as barras de ouro ao pó, e o ouro de Ofir entre os pedregulhos da torrente,
25 अनि सर्वशक्तिमान परमेश्वरलाई तिम्रो लागि मुल्यवान र तिम्रो सुन चाँदी झैं हुन देऊ।
25 o Todo-poderoso será teu ouro e um monte de prata para ti.
26 तब सर्वशक्तिमान परमेश्वरमा तिमी आनन्दित हुन सक्छौ। तब तिमी परमेश्वरलाई माथि हेर्नैछौ।
26 Então farás do Todo-poderoso as tuas delícias, e levantarás teu rosto a Deus.
27 तिमीले उहाँलाई प्रार्थना गर्नेछौ अनि उहाँले तिम्रो प्रार्थना सुन्नु हुनेछ। अनि तिमीले आफ्ना वचनहरू पूर्ण गर्नेछौ।
27 Tu lhe rogarás, e ele te ouvirá, e cumprirás os teus votos:
28 यदि तिमीले केही गर्छु भनेर निर्णय लिएका छौ भने त्यो सफलता पूर्वक हुनेछ अनि तिम्रो भविष्य निश्चय उज्जवल हुनेछ।
28 formarás os teus projetos, que terão feliz êxito, e a luz brilhará em tuas veredas.
29 परमेश्वरले घमण्डी मानिसहरूलाई लज्जित पार्नुहुन्छ। तर परमेश्वरले विनम्र मानिसहरूलाई सहयोग गर्नुहुन्छ।
29 Pois Deus abaixa o altivo e o orgulhoso, mas socorre aquele que abaixa os olhos.
30 तब तिमी ती मानिसहरूलाई सहयोग गर्न सक्छौ जसले गल्ती कामहरू गर्छन्। तिमीले परमेश्वरलाई प्रार्थना गर्नेछौ अनि उहाँले ती मानिसहरूलाई क्षमा गरिदिनु हुनेछ। किन? किनभने तिमी एकदमै पवित्र हुनेछौ।”
30 Salva o inocente, o qual é libertado pela pureza de suas mãos.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Jó 22, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.