Jó 21

Nepali Bible (GL_NEPALI) vs NTLH

Sair da comparação
NTLH Nova Tradução na Linguagem de Hoje 2000
1 तब अय्यूबले जवाफ दिएः
1 Então em resposta Jó disse:
2 “म के भन्छु सुन मलाई सान्तवना दिने तिम्रो त्यही तरिका रहोस्।
2 “O melhor consolo que vocês me podem dar é escutar com atenção as minhas palavras.
3 जब म बोल्दछु, धैर्य राख्नु मैले बोलिसके पछि तिमीहरूले मेरो खिल्ली उडाउन सक्छौ।
3 Tenham paciência enquanto falo; depois que eu terminar, vocês podem zombar de mim.
4 म मानिसहरूका विरूद्ध गुनासो गर्ने होइन, त्यहाँ राम्रो कारण छ किन म धैर्य रहिन।
4 Não é de nenhum ser humano que me queixo e é por isso que estou tão impaciente.
5 म प्रति हेर अनि शोकले आघात बन तिम्रो हात मेरो मुखमा राख, अनि शोकले आघात भएको आँखाले मलाई हेर।
5 Se vocês olharem para mim, porão a mão na boca, assustados.
6 जब मलाई के भएको थियो भनी सोच्छु मलाई डर लाग्छ अनि मेरो शरीर काम्छ।
6 Quando penso no que aconteceu, fico perturbado, e o meu corpo todo treme.
7 किन पापीहरू दीर्धायु हुन्छ? किन तिनीहरू बूढा हुन्छन र सफल हुन्छन?
7 “Por que será que os maus continuam vivos? Por que chegam ricos à velhice?
8 दुष्टहरूले आफ्ना छोरा-छोरीहरू आफूसितै हुर्केको देख्छन र आफ्ना नाति-नातिनीहरू हेर्न धेरै बाँच्छन्।
8 Eles têm filhos e netos e vivem para vê-los bem-crescidos ao seu redor.
9 तिनीहरूका घरहरू सुरक्षित छन् अनि तिनीहरू भयभीत छैनन्। परमेश्वरले ती दुष्टहरूलाई दण्ड दिनलाई लट्ठी प्रयोग गर्नुहुन्न।
9 Nada ameaça a segurança dos seus lares, e Deus não os castiga.
10 तिनीहरूका साँढे प्रजनन क्रियामा कहिले चुक्दैनन्। तिनीहरूका गाईहरूले बाछीहरू ब्याउँछन् अनि तुहिदैनन्।
10 O seu gado se reproduz sem problemas, dando crias sem nunca abortar.
11 दुष्टहरूले आफ्नो नानीहरूलाई भेडाका पाठाहरू जस्तै बाहिर खेल्न दिन्छन। तिनीहरूका नानीहरू वरिपरि नाच्छन्।
11 Os seus filhos correm como carneirinhos e pulam de alegria;
12 तिनीहरू वीणा र बासुरीको धुनमा गाउछन र नाच्छन्।
12 eles cantam e se divertem ao som de pandeiros, liras e flautas.
13 दुष्टहरूले आफ्नो जीवन कालमा सफलता भोग्दछन्। त्यसपछि तिनीहरू मर्छन् अनि कुनै पीडाबिना आफ्नो चिहानतिर जान्छन्।
13 Os maus têm sempre do bom e do melhor e morrem em paz, sem sofrimento.
14 तर दुष्टहरूले परमेश्वरलाई भन्छन्, ‘हामीलाई एक्लो छाडी दिनुहोस्। हामी तपाईंका मार्ग जान्ने इच्छा गर्दैनौं।”
14 “No entanto, a Deus eles dizem: ‘Deixa-nos em paz; não queremos saber das tuas
15 अनि दुष्टहरूले भन्छन्, ‘सर्वशक्तिमान परमेश्वर को हो? हामीलाई उसको सेवा गर्ने खाँचो छैन। उसलाई प्रार्थना गरेर हामीले के पाउँछौ?’
15 Quem é o Deus Todo-Poderoso para que o adoremos? Que adianta fazer orações a ele?’
16 यो सत्य हो, दुष्टहरूले आफ्ना सफलताहरू आफै बनाउँदैनन्, म तिनीहरूको परार्मशको पछि लाग्दिन।
16 Os maus dizem que progridem pelos seus próprios esforços, mas eu não aceito o seu modo de pensar.
17 तर, प्रायः कहिले काँहीं कसरी परमेश्वरले दुष्टहरूको ज्योति निभाइ दिनु हुन्छ? प्रायः कसरी दुःखकष्टहरू दुष्टहरूमाथि आई पर्दछ? कहिले परमेश्वरले तिनीहरूलाई क्रोधित भएर दण्ड दिनुहुनेछ?
17 “Quando foi que se apagou a luz dos perversos? Quantas vezes algum deles caiu na desgraça? Será que Deus alguma vez ficou
18 हावाले पराल उडाए जस्तै, तीब्र बतासले धानको भूसहरू उडाए जस्तै के परमेश्वरले दुष्टहरूलाई उडाई भगाउनु हुनेछ।
18 Quando foi que ele os espalhou como a palha ou como a poeira que é levada pela ventania?
19 तर तिमी भन्छौ, ‘उसको पिताले पापहरू गरेको निम्ति परमेश्वरले नाबालकलाई दण्ड दिनुहुन्छ।’ परमेश्वर स्वयले दुष्टहरूलाई नै दण्ड दिउन् तब तिनीहरूले कि तिनीहरूको आफ्नै पापले गर्दा तिनीहरू दण्डित भएरहेका छन्।
19 “Vocês dizem que Deus castiga o filho pelos pecados do pai. Mas é o pai que deveria ser castigado para que aprendesse a lição.
20 दुष्टहरूले आफ्नै सजाय देखुन्। सर्वशक्तिमान परमप्रभुको क्रोध तिनीहरू आफैले देखुन।
20 Que o pecador receba o seu próprio castigo, que ele sinta o peso da ira do Todo-Poderoso!
21 जब दुष्ट मानिसको जीवन शेष हुन्छ अनि ऊ मर्दछ, उसले आफ्ना नानीहरू ज-जसलाई छाड्छ, तिनीहरूको पर्वाह नै गर्दैन।
21 Mas, se ele já está morto, se já está no outro mundo, que lhe importa que a sua família sofra?
22 कसैले पनि परमेश्वरलाई ज्ञान दिन सक्तैन। परमेश्वरले उच्च वर्गका मानिसहरूलाई पनि न्याय गर्नुहुन्छ।
22 Por acaso, alguém pode dar lições ao Todo-Poderoso, que julga até os seres celestiais?
23 एकजना मानिस आफ्नो पूर्ण र सफल जीवन उपभोग पछि मर्छ। ऊ आफ्नो जीवनमा पूर्णतः सुरक्षित अनि आनन्द प्रकारले बाँच्यो।
23 “Alguns homens levam uma vida feliz e tranquila e morrem ricos,
24 उसको शरीरका हड्डीहरू बलिया थिए कारण उसले भोजन प्रशस्त पाएको थियो।
24 com saúde e cheios de força.
25 तर कतिपय मानिस कष्टप्रद जीवन बिताए पछि मर्छ। उसले कहिल्यै राम्रो जीवन बिताउन पाएन।
25 Outros, ao contrário, nunca provaram um momento de felicidade e morrem com o coração cheio de amargura.
26 अन्तमा, ती दुवै मानिसहरू संगसंगै फोहोरमा ढल्नेछन्। ती दुबैमा कीराहरूले पुर्नेछन्।
26 Mas uns e outros acabam morrendo, são sepultados e ficam cobertos de vermes.
27 तर, म जान्दछु तिमीहरू के सोची रहेछौ अनि म जान्दछु तिमीहरूसित मलाई नोक्सान पुर्याउन योजना छ।
27 “Eu conheço os pensamentos de vocês e sei que pensam mal de mim.
28 तिमीले भन्छौ होलाः ‘मलाई राम्रो मानिसको घर देखाऊ। अहिले, दुष्ट मानसिहरू कहाँ बस्छन देखाऊ।
28 Vocês perguntam: ‘Onde está agora a casa daquele grande homem que vivia uma vida de pecado?’
29 तर तिमीहरूले कहिल्यै यात्रीहलाई सोधेनौ अनि तिमीहरूले उनीहरूको कथाहरू पत्याएनौ।
29 “Será que vocês não têm conversado com pessoas que viajam? Vocês não têm ouvido as suas histórias?
30 जब परमेश्वर रीसाएर सजाए दिनु हुन्छ दुष्ट मानिसहरू संधै जोगिन्छन्। जब परमेश्वरले रीस देखाउनु हुन्छ तिमीहरूलाई बचाइन्छ।
30 Essas pessoas dizem que, quando Deus fica irado e castiga, o homem mau sempre escapa.
31 कसैले पनि दुष्ट मानिसका सम्मुख उसका नराम्रा कार्यहरूको आलोचना गर्दैन। कसैले पनि उसका दुष्ट कार्यका निम्ति दण्ड दिंदैन।
31 Ninguém o acusa das maldades que comete; ninguém o faz pagar pelos seus atos.
32 जब दुष्ट मानिसलाई चिहानमा लगन्छि उसको चिहानको छेउमा चौकिदार उभिन्छ।
32 Ele é levado para o cemitério e posto numa sepultura bem-guardada.
33 यसैले त्यस ठाउँको माटो त्यो दुष्ट मानिसको लागि असल हुनेछ। अनि हजारौ मानिसहरू उसको मलामी भएर चिहानमा भेला हुन्छन।
33 Milhares de pessoas acompanham o corpo, e até a terra que o cobre é leve.
34 त्यसैकारण तिमीले आफ्ना खोक्रो शब्दहरूले मलाई सान्तवना दिन सक्तैनौ, तिम्रो जवाफहरूले एकदमै सहयोग गर्दैन।”
34 “Meus amigos, as suas consolações são vazias; tudo o que vocês dizem é mentira.”

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Jó 21, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.