Jó 18

Nepali Bible (GL_NEPALI)

1 तब बिल्ददले (शुहीले यसो भनेर) जवाफ दिएः

2 “अय्यूब, तिमी कहिले बोल्न बन्द गर्नेछौ? चुपलाग अनि सुन। हामीलाई केही भन्नदेऊ।

3 किन तिमीले हामीलाई लाटा गाई जस्तो मूर्ख सम्झन्छौ?

4 अय्यूब, तिम्रो रीसले तिमीलाई नै पिरोल्छ। के मानिसहरूले खाली तिम्रो लागि पृथ्वी छोडनै पर्छ? के तिमी सोच्दछौ कि परमेश्वरले तिम्रै सन्तुष्टीको लागि मात्र पर्वतहरूको ठाउँ सार्नु हुन्छ?

5 हो, दुष्ट मानिसको प्रकाश निभाइनेछ। उसको आगो जल्न छाडनेछ।

6 उसको घरको प्रकाश अन्धयारो हुनेछ। उसको छेउको बत्ती पनि निभ्ने छ।

7 उसको बलियो पाइलाहरू अझ छोटो र कमजोर हुनेछन्। उसको पापपूर्ण योजनाहरूले उसकै पतन गराउनेछ।

8 उसको आफ्नै खुट्टाले उसलाई पासोमा फसाउने छ उ पासोमाथि हिंडनेछ र फस्नेछ।

9 पासोले उसको एढी पक्रने छ। पासोले उसलाई कस्सेर समात्ने छ।

10 भूँईमा लुकेको डोरीले त्यसलाई अल्झाउनेछ। पासोले उसको बाटो पर्खनेछ।

11 आतकंले त्यसलाई चारैतिरबाट पर्खिरहेछ। त्रासले त्यसको बढदो प्रत्येक पाईलालाई पछ्याई रहेछ।

12 भोकले उसको शक्ति दुर्बल पार्छ। जब उसको पतन शरू हुन्छ उसको विनाश र ध्वंश तत्पर रहन्छन्।

13 डरलाग्दो रोगले उसको छाला खाई दिनेछ। त्यसले उसको पाखुराहरू र खुट्टाहरू सडाउनेछ।

14 दुष्ट मानिसलाई आफ्नो सुरक्षित घरबाट टाडो लैजानेछ। उसलाई आतकंका राजाहरू भेटाउनलाई त्यतैतिर डोर्याउनेछ।

15 उसले आफ्नो घरमा केही पनि छाडने छैन। किन? किनभने सबै जल्ने गन्धक उसको घरभरि छरिनेछ।

16 उसको मुनिका जराहरू सुकेर जानेछन् अनि उसकामाथिका हाँगाहरू मरेर जान्छन्।

17 पृथ्वीमा भएका मानिसहरूले उसलाई सम्झने छैनन्। कसैले उसलाई एकैपल्ट पनि संम्झने छैन।

18 मानिसहरूले उसलाई उसको संसारको प्रकाशबाट अन्धकारमा खेद्नेछन्।

19 उसको न छोरा-छोरीहरू हुनेछ न त नाता-नातिनीहरू उसको कुनै पनि सन्तान रहनेछैन्।

20 पश्चिममा भएका मानिसहरूलाई आपत पर्नेछ जब उनीहरूले दुष्ट मानिसहरूमा कस्तो घट्ना आइपर्यो भन्ने सुन्दा पूर्वमा भएका मानिसहरू डरले स्तब्ध हुनेछन्।

21 त्यो साँचि नै ती दुष्ट मानिसहरूको घरमा घट्ने नै छ। त्यस्ता मानिसको जीवनमा घटिन जानेछ जसले परमेश्वरलाई यादै गर्दैन।”

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Jó 18, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.