João 11
Nepali Bible (GL_NEPALI) vs ARA
1 त्यहाँ लाजरस नाउँ गरेका एकजना मानिस थिए जो बिमार थिए। उनी बेथानी भन्ने शहरमा बस्थे। यो त्यो शहर थियो जहाँ मरियम र उनको बहिनी मार्था बस्थे।
1 Estava enfermo Lázaro, de Betânia, da aldeia de Maria e de sua irmã Marta.
2 मरियम त्यही नारी थिईन् जसले प्रभुलाई अत्तर लगाई दिएकी थी र आफ्ना कपालले उहाँको खुट्टा पुछेकी थिई। लाजरस मरियमको भाइ हुन्। जो हालमा बिमार थिए।
2 Esta Maria, cujo irmão Lázaro estava enfermo, era a mesma que ungiu com bálsamo o Senhor e lhe enxugou os pés com os seus cabelos.
3 मरियम र मार्थले येशूकहाँ समाचार पठाए, “हे प्रभु, तपाईंको प्रिय मित्र लाजरस बिमार छ।”
3 Mandaram, pois, as irmãs de Lázaro dizer a Jesus: Senhor, está enfermo aquele a quem amas.
4 जब येशुले त्यस्तो सुन्नुभयो, उहाँले भन्नुभयो, “यो बिमारले उसलाई मृत्यु गराउनेछैन। तर यो बिमारी परमेश्वरको महिमाका निम्ति हो। यस्तो घटना परमेश्वरको पुत्रको महिमा ल्याउनलाई भएको छ।”
4 Ao receber a notícia, disse Jesus: Esta enfermidade não é para morte, e sim para a glória de Deus, a fim de que o Filho de Deus seja por ela glorificado.
5 येशूले मरियम, मार्था र लाजरसलाई प्रेम गर्नु भयो।
5 Ora, amava Jesus a Marta, e a sua irmã, e a Lázaro.
6 जब येशूले लाजरसको बिमारीको विषयमा सुन्नु भयो, उहाँ जहाँ हुनुन्थ्यो त्यहाँ अझ दुई दिन सम्म बस्नु भयो।
6 Quando, pois, soube que Lázaro estava doente, ainda se demorou dois dias no lugar onde estava.
7 तब येशूले उहाँका चेलाहरूलाई भन्नुभयो, “हामी यहूदिया जानु पर्छ।”
7 Depois, disse aos seus discípulos: Vamos outra vez para a Judeia.
8 चेलाहरूले उत्तर दिए, “तर गुरूज्यू यहूदियामा यहूदीहरू तपाईंलाई ढुंगाले हिर्काउन चाहन्छन्। जो केही अघि भएको थियो। तपाईं त्यहाँ किन जानु चाहनु हुन्छ्?”
8 Disseram-lhe os discípulos: Mestre, ainda agora os judeus procuravam apedrejar-te, e voltas para lá?
9 येशूले उत्तर दिनुभयो, “दिनमा बाह्रघण्टा प्रकाश रहन्छ होइन? यदि कुनै मानिस दिनको समयमा हिंडछ भने ऊ ठोक्किने छैन र लडने छैन। किन? किनभने उसले यो संसारको ज्योतिले देख्न सक्छ?”
9 Respondeu Jesus: Não são doze as horas do dia? Se alguém andar de dia, não tropeça, porque vê a luz deste mundo;
10 तर जो मान्छे राती हिंडछ ऊ ठोकिन्छ। किन? किनभने देख्नको लागि उसकोमा कुनै ज्योति हुँदैन।”
10 mas, se andar de noite, tropeça, porque nele não há luz.
11 येशूले ती कुराहरू भनिसके पछि, उहाँले भन्नुभयो, “हाम्रा मित्र लाजरस सुतिरहेछन्। तर म त्यहाँ उसलाई उठाँउन जानेछु।”
11 Isto dizia e depois lhes acrescentou: Nosso amigo Lázaro adormeceu, mas vou para despertá-lo.
12 चेलाहरूले उत्तर दिए, “हे प्रभु यदि ऊ सुन्छ भने, ऊ निको हुनेछ।”
12 Disseram-lhe, pois, os discípulos: Senhor, se dorme, estará salvo.
13 येशूको मतलब थियो लाजरस मरिसकेको थियो भनेर। तर चेलाहरूले भुझे कि उहाँले भन्नु भएको अर्थ उनी स्वाभाविक निद्रामा थिए।
13 Jesus, porém, falara com respeito à morte de Lázaro; mas eles supunham que tivesse falado do repouso do sono.
14 त्यसपछि येशूले स्पष्ट प्रकारले भन्नु भयो, “लाजरस मरिसक्यो।
14 Então, Jesus lhes disse claramente: Lázaro morreu;
15 अनि म खुशी छु कि म त्यहाँ थिइनँ। म तिमीहरूको लागि खुशी छु किनभने तिमीहरूले ममा विश्वास राख्नेछौ अब हामी उनीकहाँ जाँऊ।”
15 e por vossa causa me alegro de que lá não estivesse, para que possais crer; mas vamos ter com ele.
16 तब थोमाले (जसलाई दिदिमस भनिन्थ्यो) अन्य चेलाहरूलाई भने, “हामी पनि जानेछौं अनि येशूसंगै यहूदियामा मर्नेछौं।”
16 Então, Tomé, chamado Dídimo, disse aos condiscípulos: Vamos também nós para morrermos com ele.
17 येशू बेथानीमा आइपुग्नु भयो। त्यहाँ येशूले लाजरस पहिल्यै मरिसकेको र चार दिन देखि चिहानमा परेको चाल पाउनु भयो।
17 Chegando Jesus, encontrou Lázaro já sepultado, havia quatro dias.
18 बेथानी यरूशलेमको नजीक प्रायः तीन किलोमीटर टाढामा थियो।
18 Ora, Betânia estava cerca de quinze estádios perto de Jerusalém.
19 धेरै यहूदीहरू मार्था र मरियम कहाँ आएका थिए। यहूदीहरू उनीहरूलाई भाइ लाजरसको मृत्युमा सान्तवना दिनलाई आएका थिए।
19 Muitos dentre os judeus tinham vindo ter com Marta e Maria, para as consolar a respeito de seu irmão.
20 मार्थाले सुनी कि येशू तिनीहरूलाई भेट्न आई रहनु भएकोछ। तिनी येशूलाई अभिनन्दन गर्नु गइन्। तर मरियम चाँहि घरमा नै बसी।
20 Marta, quando soube que vinha Jesus, saiu ao seu encontro; Maria, porém, ficou sentada em casa.
21 मार्थले येशूलाई भनी, “प्रभु, यदि तपाईं यहाँ हुनु भएको भए, मेरा भाइ मर्ने थिएनन्।
21 Disse, pois, Marta a Jesus: Senhor, se estiveras aqui, não teria morrido meu irmão.
22 तर अहिले पनि म जान्दछु कि तपाईंले परमेश्वरसंग जे मागे पनि उहाँले तपाईंलाई दिनु हुनेछ।”
22 Mas também sei que, mesmo agora, tudo quanto pedires a Deus, Deus to concederá.
23 येशूले भन्नुभयो, “तिम्रो भाइ जीउँदो हुनेछ।”
23 Declarou-lhe Jesus: Teu irmão há de ressurgir.
24 मार्थाले उत्तर दिइन, “म जान्दछु कि ऊ फेरि जाग्ने छ र जीउँदो हुनेछ जब मानिसहरू अन्तिम दिनमा पुनरूत्थान हुनेछन्।”
24 Eu sei, replicou Marta, que ele há de ressurgir na ressurreição, no último dia.
25 येशूले उनलाई भन्नुभयो, “पुनरुत्थान र जीवन म नै हुँ।” जुन मानिसले ममा विश्वास गर्दछ ऊ मरे पनि उसले जीवन पाउने छ।
25 Disse-lhe Jesus: Eu sou a ressurreição e a vida. Quem crê em mim, ainda que morra, viverá;
26 अनि जुन मानिस ममा बाँच्छ अनि ममा विश्वास गर्छ उ वास्तवमा कहिल्यै मर्ने छैन। मार्था, तिमी यसमा विश्वास गर्छ्यौ?”
26 e todo o que vive e crê em mim não morrerá, eternamente. Crês isto?
27 मार्थाले उत्तर दिई, “हो, प्रभु म विश्वास गर्छु तपाईं नै ख्रीष्ट हुनुहुन्छ, परमेश्वरको पुत्र। तपाईं मात्र एक हुनुहुन्छ जो संसारमा आउनु भएको थियो।”
27 Sim, Senhor, respondeu ela, eu tenho crido que tu és o Cristo, o Filho de Deus que devia vir ao mundo.
28 मार्थाले त्यसो भनी सके पछि उनी आफ्नो बहिनीकहाँ गईन् अनि गुप्तरूपमा मार्थाले मरियमलाई भनी, “गुरुज्यु यहाँ हुनहुन्छ। उहाँले तिमीलाई सोधी रहुनभएकोछ।”
28 Tendo dito isto, retirou-se e chamou Maria, sua irmã, e lhe disse em particular: O Mestre chegou e te chama.
29 जब मरियमले त्यस्तो सुनी, तिनी जुरूक्क उठिन् र येशूकहाँ गईन।
29 Ela, ouvindo isto, levantou-se depressa e foi ter com ele,
30 येशू गाँउ भित्र आइसक्नु भएको थिएन। उहाँ अझ सम्म त्यही ठाउँमा हुनुहुन्थ्यो जहाँ मार्थासंग भेट भएको थियो।
30 pois Jesus ainda não tinha entrado na aldeia, mas permanecia onde Marta se avistara com ele.
31 यहूदीहरू मरियमसंग घरमा थिए। तिनीहरूले उनलाई सान्त्वना दिइरहेका थिए। तिनीहरूले मरियमलाई छिट्टै उठेर गएको देखे। तिनीहरूले सोचे कि तिनी लाजरसको चिहानमा गएकी हुन्। तिनीहरूले सोचे कि उनी त्यहाँ रून गएकी हुन्। तिनीहरूले उनलाई पछ्याए।
31 Os judeus que estavam com Maria em casa e a consolavam, vendo-a levantar-se depressa e sair, seguiram-na, supondo que ela ia ao túmulo para chorar.
32 मरियम त्यस ठाउँमा गइन् जहाँ येशू हुनुहुथ्यो। जब उनले येशूलाई देखिन् उनले झुकेर चरणमा ढोगिन्। मरियमले भनिन्, “हे प्रभु, यदि तपाईं त्यहाँ हुनु भएको भए, मेरा भाइ मर्ने थिएन।”
32 Quando Maria chegou ao lugar onde estava Jesus, ao vê-lo, lançou-se-lhe aos pés, dizendo: Senhor, se estiveras aqui, meu irmão não teria morrido.
33 येशूले मरियमलाई रोएकी देख्नु भयो। येशूले उनको पछि यहूदीहरू आइरहेको देख्नु भयो। तिनीहरू पनि रोई रहेका थिए। येशू एकदम उदास अनि विचलित हुनु भयो।
33 Jesus, vendo-a chorar, e bem assim os judeus que a acompanhavam, agitou-se no espírito e comoveu-se.
34 येशूले सोध्नुभयो, “तिमीले उसलाई कहाँ राखेकाछौ।”तिनीहरूले भने, “प्रभु, आउनु होस् अनि हेर्नुहोस्।”
34 E perguntou: Onde o sepultastes? Eles lhe responderam: Senhor, vem e vê!
35 येशू रुनुभयो।
35 Jesus chorou.
36 अनि यहूदीहरूले भने, “हेर! येशूले लाजरसलाई खुबै माया गर्नु हुन्थ्यो।
36 Então, disseram os judeus: Vede quanto o amava.
37 तर कोही यहूदीहरूले भने, “येशूले अन्धा मान्छेको आँखा निको पारिदिनु भयो। के उहाँले उसलाई बचाँउन केही गर्न सक्नु हुने थिएन उसलाई मर्नुबाट रोक्न हुने थिएन?
37 Mas alguns objetaram: Não podia ele, que abriu os olhos ao cego, fazer que este não morresse?
38 येशू फेरि हृदयभित्रबाट अति शोकित हुनुभयो।येशू चिहानमा जानु भयो जहाँ लाजरसलाई राखिएको थियो। चिहान ओडार जस्तो बनाइएको थियो जो ढंङ्गाले ढाकिएको थियो।
38 Jesus, agitando-se novamente em si mesmo, encaminhou-se para o túmulo; era este uma gruta a cuja entrada tinham posto uma pedra.
39 येशूले भन्नुभयो, “ढुंगा हटाऊ।”मार्थाले भनिन्, “तर प्रभु लाजरस मरेको चार दिन भइसक्यो तपाईंलाई नराम्रो गन्ध आउनेछ।” मार्था लाजरसको बहिनी थी।
39 Então, ordenou Jesus: Tirai a pedra. Disse-lhe Marta, irmã do morto: Senhor, já cheira mal, porque já é de quatro dias.
40 तब येशूले मार्थालाई भन्नुभयो, “के मैले तिमीलाई भनेको थिइन? कि यदि तिमाले विश्वास गरयौ भने परमेश्वरको महिमा देख्नेछौ?”
40 Respondeu-lhe Jesus: Não te disse eu que, se creres, verás a glória de Deus?
41 तब तिनीहरूले प्रवेशद्वारको ढुंगा हटाई दिए। तब यशूले आफ्ना आँखा उठाउनु भयो र भन्नुभयो, “पिता, तपाईंले मलाई सुन्नु भएकोमा म धन्यवाद प्रकट गर्छु।
41 Tiraram, então, a pedra. E Jesus, levantando os olhos para o céu, disse: Pai, graças te dou porque me ouviste.
42 म जान्दछु कि तपाईंले सँधैं मलाई सुन्नुहुन्छ। तर मैले यो कुराहरू भनें किनभने मानिसहरू मेरो वरिपरि छन्। म तिनीहरूलाई विश्वास दिलाउन चाहन्छु। कि तपाईंले मलाईं पठाउने भएको हो।”
42 Aliás, eu sabia que sempre me ouves, mas assim falei por causa da multidão presente, para que creiam que tu me enviaste.
43 येशूले यति भनिसकेपछि उहाँले जोड आवाजमा डाक्नुभयो, “लाजरस निस्क, बाहिर आऊ!”
43 E, tendo dito isto, clamou em alta voz: Lázaro, vem para fora!
44 मृत मान्छे बाहिर निस्क्यो। उसका हात र खुट्टाहरू मलमलका लुगाका टुक्राहरूले बेह्रिएका थिए। उसको अनुहार रूमालले ढाकिएको थियो।येशूले मानिसहरूलाई भन्नुभयो, “उसको लुगाहरू कात्रो खोलिदेउ र उसलाई जान देऊ।”
44 Saiu aquele que estivera morto, tendo os pés e as mãos ligados com ataduras e o rosto envolto num lenço. Então, lhes ordenou Jesus: Desatai-o e deixai-o ir.
45 मरियमलाई हेर्नु भनी त्यहाँ धेरै यहूदीहरू आए। तिनीहरूले येशूले गर्नु भएका अचम्मको काम देखे। अनि ती मध्ये धेरै यहूदीहरूले येशूमा विश्वास गरे।
45 Muitos, pois, dentre os judeus que tinham vindo visitar Maria, vendo o que fizera Jesus, creram nele.
46 तर कोही यहूदीहरू फरिसीहरू भएकाहाँ गए। येशूले गर्नुभएको कुरा फरिसीहरूलाई बताइदिए।
46 Outros, porém, foram ter com os fariseus e lhes contaram dos feitos que Jesus realizara.
47 तब मुख्य पूजाहारीहरू र फरिसीहरूले यहूदी परिषदको सभा डाके। तिनीहरूले भने, “हामीले के गर्नु पर्ने? यो मानिसले धेरै चमत्कारहरू गरिरहेछ।
47 Então, os principais sacerdotes e os fariseus convocaram o Sinédrio; e disseram: Que estamos fazendo, uma vez que este homem opera muitos sinais?
48 यदि हामीले उनलाई त्यस्तो गर्न दिइरह्र्यौ भने सबै मानिसहरूले ऊमाथि विश्वास गर्नेछन्। तब रोमीहरू आउनेछन् र हाम्रा मन्दिर अनि जाति लानेछन्।”
48 Se o deixarmos assim, todos crerão nele; depois, virão os romanos e tomarão não só o nosso lugar, mas a própria nação.
49 तिनीहरूमध्ये कयाफा भन्ने एकजना मानिस थिए। उनी त्यस र्वषको प्रधान पूजाहारी थिए। कयाफाले भने, “तिमीहरू केही पनि जान्दैनौ।
49 Caifás, porém, um dentre eles, sumo sacerdote naquele ano, advertiu-os, dizendo: Vós nada sabeis,
50 सम्पूर्ण जाति ध्वंश हुनु भन्दा मानिसहरूका निम्ति एक जना मर्नु उत्तम हो। तर तिमीहरू यो बुझ्दैनौ।”
50 nem considerais que vos convém que morra um só homem pelo povo e que não venha a perecer toda a nação.
51 कयाफाले जे भने त्यो तिनले आफ्नै भनेनन्। त्यस र्वषको उनी प्रधान पूजाहारी थिए। यसर्थ ऊ वास्तवमा आगमवाणी गर्दै थिए कि येशू यहूदी मानिसहरूका निम्ति मर्नु हुनेछ।
51 Ora, ele não disse isto de si mesmo; mas, sendo sumo sacerdote naquele ano, profetizou que Jesus estava para morrer pela nação
52 तर, येशू यहूदी मानिसहरूका निम्ति मर्नेछन्। तर येशू उहाँ ती छिरएकाहरूलाई एक बनाउनका लागि मर्नुहुनेछ।
52 e não somente pela nação, mas também para reunir em um só corpo os filhos de Deus, que andam dispersos.
53 त्यस दिन यहूदी अगुवाहरूले येशूलाई मार्ने योजना शुरू गरेका थिए।
53 Desde aquele dia, resolveram matá-lo.
54 यसैले खुल्ला भएर येशू यहूदीहरूका माझमा हिडन बन्द गर्नुभयो। येशू यरूशलेम छोडेर मरूभूमि छेउकै स्थानमा जानु भयो। उहाँ इफ्राइम भन्ने शहरमा जानु भयो। येशू आफ्ना चेलाहरूसंग त्यहाँ बस्नु भयो।
54 De sorte que Jesus já não andava publicamente entre os judeus, mas retirou-se para uma região vizinha ao deserto, para uma cidade chamada Efraim; e ali permaneceu com os discípulos.
55 त्यसबेला यहूदीहरूको निस्तार चाडको समय नजीक आइरहेको थियो। धेरै मानिसहरू यो चाड अगाडि नै यसरूशलेम तर्फ लागे। तिनीहरू केही विशेष चीज बनाउन गए आफैलाई शुद्ध पार्नलाई।
55 Estava próxima a Páscoa dos judeus; e muitos daquela região subiram para Jerusalém antes da Páscoa, para se purificarem.
56 मानिसहरूले येशूलाई खोजे। तिनीहरू मन्दिरको क्षेत्रमा उभिए अनि परस्परमा सोधपुछ गरे, “तिमीहरू के भन्छौ? के उहाँ निस्तार चाडमा आउनु हुने छैन?”
56 Lá, procuravam Jesus e, estando eles no templo, diziam uns aos outros: Que vos parece? Não virá ele à festa?
57 तर येशूको विषयमा मुख्य पूजाहारीहरू र फरिसीहरूले विशेष आज्ञा दिएका थिए। तिनीहरूले भने कि यदि कसैले येशू कहाँ थियो भनेर थाहा पायो भने त्यस मानिसले तिनीहरूलाई भन्नै पर्छ, ताकि तिनीहरूले पक्रन सकुन्।
57 Ora, os principais sacerdotes e os fariseus tinham dado ordem para, se alguém soubesse onde ele estava, denunciá-lo, a fim de o prenderem.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar João 11, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.