Isaías 9
Nepali Bible (GL_NEPALI) vs BKJ
1 पहिला मानिसहरूले सोचे जबूलून र नप्तालीको कुनै महत्व थिएन। तर पछि परमेश्वरले ती तीन जग्गाहरूलाई महिमामय बनाउनु हुनेछ। ती तीन जग्गाहरू हुनः समुद्रको बाटो, यर्दन नदीको पूर्वमा भएको जग्गा र गालीलका गैर-यहूदीहरू।
1 Apesar disso, a escuridão não será tal, como foi em sua aflição; quando no passado ele levemente afligiu a terra de Zebulom e a terra de Naftali e, posteriormente e depois a afligiu mais gravemente pelo caminho do mar, além do Jordão, na Galileia das nações.
2 ती मानिसहरू अन्धकारमय संसारमा बाँचेका थिए। तर तिनीहरूले “दिव्य ज्योति” देख्नेछन्। तिनीहरू अँध्यारोमा बसेका थिए, तर दिव्य ज्योति तिनीहरूमाथि चम्किनेछ।
2 O povo que caminhou na escuridão tem visto uma grande luz: aqueles que habitam na terra da sombra da morte, sobre eles a luz tem brilhado.
3 परमेश्वर, तपाईंकै कारणले गर्दा ती जातिहरूको वृद्धि हुने भयो। तपाईंले मानिसहरूलाई खुशी पार्नु भयो। अनि मानिसहरूले आफ्ना खुशीहरू तपाईंलाई देखाए। खेतमा बाली काट्ने बेलाको झैं त्यो खुशी रमाइलो हुनेछ। त्यो खुशी युद्धमा जितेर आ-आफ्नो भाग बाँडिने बेलाको आनन्द झैं हुनेछ,
3 Tu tens multiplicado a nação e não aumentado a alegria: eles se alegram ante a tua presença como a alegria observada na colheita, e como os homens regozijam-se quando eles dividem o despojo.
4 किन? किनभने तिमीहरूले गह्रुँ भार लगेर गयौ। मानिसहरूका ढाडका गह्रुँ भारी तिमीहरूले हटाएर लगिदियौ। मानिसहरूलाई दण्ड दिने फलामको डन्डा भाँचेर फालिदियौ। यो तिमीहरूले मिद्यानलाई पराजय गरेको बेला जस्तै हुनेछ।
4 Porque tu tens quebrado o jugo da sua carga e a canga do seu ombro, a vara do seu opressor, como no dia de Midiã.
5 युद्धमा चल्ने प्रत्येक सैनिकले लगाएको जुत्ता ध्वंश गराइनेछ। पोशाकमा लागेका रगतको प्रत्येक दाग मेटाइनेछ। ती सबै चीजहरू आगोमा भस्म हुनेछन्।
5 Porque toda batalha do guerreiro é com barulho confuso e vestes roladas em sangue. Porém isto será com queimadura e combustível de fogo.
6 कुनै विशेष बालक जन्मदा त्यस्तो घट्ना हुनेछ। परमेश्वरले हामीलाई एउटा पुत्र दिनु हुनेछ। त्यही बालकले मानिसहरूमाथि शासन गर्ने जिम्मेवारी लिनेछ। उहाँका नाउँ “अचम्मका सल्लहाकार, पराक्रमी परमेश्वर, सनातनका पिता, शान्तिका राजकुमार कहलाउनु हुनेछ।”
6 Porque para nós um menino é nascido, para nós um filho é dado. E o governo estará sobre seu ombro, e seu nome será chamado Maravilhoso, Conselheiro, O poderoso Deus, O Pai eterno, O Príncipe de Paz.
7 उहाँको राज्यमा शक्ति र शान्ति रहनेछ। दाऊद परिवारको यस राजा सदा अभिवृद्धि भइरहनेछ। यस राजाले सदा-सदाकोलागि धार्मिकता अनि न्यायका साथ देश शासन गर्नु हुनेछ। सेनाहरूका परमप्रभुसित आफ्ना मानिसहरूप्रति उत्कट प्रेम छ। यस उत्तेजित जोशले गर्दा यो सबै उहाँद्वारा गरिनेछ।
7 E o aumento de seu governo e paz não haverá fim, sobre o trono de Davi e sobre seu reino, para comandá-lo e estabelecê-lo com julgamento e com justiça, de agora em diante, para sempre. O zelo do SENHOR dos Exércitos realizará isto.
8 मेरा मालिकले याकूबका मानिसहरूका विरूद्ध आज्ञा दिनुभयो। इस्राएलको विरूद्धमा दिनुभएको त्यो आज्ञा पालन हुनेछ।
8 O Senhor enviou uma palavra na direção de Jacó, e ela tem lançado luz sobre Israel.
9 एप्रैमका मानिसहरू, सामरियाका अगुवाहरू सम्मलाई, परमेश्वरले दण्ड दिनुहुनेछ भन्ने कुरा थाहा छ।ती मानिसहरू अहिले एकदम अंहकारी र घमण्डी छन्। तिनीहरू भन्दछन्,
9 E todo o povo saberá, Efraim e o habitante de Samaria, que diz no orgulho e firmeza de coração,
10 “ती ईटाहरू झर्न सक्छन, तर हामी फेरि निमार्ण गर्नेछौ। अनि हामी पक्का ढुङ्गाले निमार्ण गर्नेछौ। यो मसिना रूखहरू काटेर ढाल्न सकिन्छ। तर हामी नयाँ रूखहरू रोप्ने छौं।”
10 os tijolos estão caídos, porém nós construiremos com pedras talhadas. Os sicômoros estão cortados, porém nós os trocaremos por cedros.
11 यसकारण इस्राएलका विरूद्ध लडाइँ गर्ने मानिसहरू परमप्रभुले पाउनु हुनेछ। परमप्रभुले रसीनका शत्रुहरू तिनीहरूको विरूद्ध उठाउँनु हुनेछ।
11 Portanto, o SENHOR fortalecerá os adversários de Rezim contra ele e unirá os inimigos dele entre si.
12 परमप्रभुले पूर्वबाट अरामीहरू र पश्चिमबाट पलिश्तीहरू ल्याउनु हुनेछ। ती शत्रुहरूले आफ्ना सैन्य शक्तिहरूबाट इस्राएललाई पराजित पार्ने छन्। तर परमप्रभु इस्राएलप्रति रिसाइरहेकै हुनुहुनेछ। परमप्रभु मानिसहरूलाई दण्ड दिनलाई तयार हुनुहुन्छ।
12 Os Sírios adiante, e os filisteus atrás, e eles devorarão Israel com boca aberta. Apesar disto tudo a ira dele não está desviada, porém sua mão está estendida, imóvel.
13 परमप्रभुले मानिसहरूलाई दण्ड दिनुहुनेछ, तर तिनीहरू पाप गर्न रोकिने छैनन्। पाप गरिनै रहनेछन्। तिनीहरू उहाँ प्रति फर्किने छैनन्। तिनीहरूले सेनाहरूका परमप्रभुलाई पछ्याउने छैनन्।
13 Pois o povo não se volta em direção a ele, que os afligiu, nem buscam eles o SENHOR dos Exércitos.
14 तब परमप्रभुले इस्राएलको टाउको र पुच्छर काटी फालिदिनु हुनेछ। परमप्रभुले मुख्य फेद र हाँगाहरू काटेर फालिदिनु हुनेछ।
14 Portanto, o SENHOR cortará de Israel cabeça e cauda, galho e caule, em um dia.
15 यहाँ टाउको भन्नाले बूढा-प्रधानहरू एवं प्रमुख अगुवाहरू बुझिन्छ। पुच्छरको तात्पर्य अगमवक्ताहरू जो झूट बोल्दछन्।
15 O ancião e honrado, ele é a cabeça. E o profeta que ensina mentiras, ele é a cauda.
16 जुन मानिसहरूले अगुवाई गरे तिनीहरूले गल्ती बाटो डोर्याए। अनि तिनीहरूलाई पछ्याउनेहरू नष्ट हुने छन्।
16 Porque os líderes deste povo os fazem errar e os que são guiados por eles são destruídos.
17 सम्पूर्ण मानिसहरू दुष्टछन्। यसैले युवावर्गसंग परमप्रभु प्रसन्न हुनुहुन्न्। अनि तिनीहरूका विधवाहरू र टुहरा-टुहरीहरूप्रति परमप्रभु दया दर्शाउनु हुन्न। किन? किनभने सारा मानिसहरू दुष्ट र पापी छन्। तिनीहरू परमेश्वरकै विरूद्ध काम गर्छन्। तिनीहरू झूट बोल्छन यसैले परमेश्वर ती मानिसहरूसंग रिसाएको रहेकै हुनुहुन्छ। परमेश्वर ती मानिसहरूलाई दण्ड दिनलाई अहिले पनि तयार नै हुनुहुन्छ।
17 Portanto, o Senhor não terá alegria em seus jovens, nem terá misericórdia dos seus órfãos de pai, e viúvas, porque cada um é um hipócrita, e um malfeitor, e toda boca fala loucura. Apesar disto tudo, a ira dele não está desviada, porém sua mão está estendida, imóvel,
18 दुष्टता सानो आगो जस्तै हो। प्रथम, त्यसले सिउँडी र काँढाहरू जलाउँछ। अर्कोपल्ट, त्यसले वनका विस्तृत घाँस र झाडीहरू जलाएर सखाप पार्दछ। अनि अन्तिममा यो भयंकर ठूलो आगो हुन्छ र प्रत्येक कुरा धूवाँमा परिणत हुन्छ।
18 porque a perversidade queima como o fogo. Ela devorará os arbustos com espinhos e os espinheiros, e incendiará nas moitas da floresta. E eles elevar-se-ão como o levantar da fumaça.
19 सेनाहरूका परमप्रभु क्रोधित हुनुहुन्छ, यसैले सारा जमीन आगोमा जलेर भस्म हुनेछ। सारा मानिसहरू त्यस आगोमा जलेर खरानी हुनेछन्। कसैले पनि आफ्नो दाज्यू-भाइलाई बचाउने प्रयास गर्न सक्दैनन्।
19 Por causa da ira do SENHOR dos Exércitos a terra está escurecida, e as pessoas serão como o combustível do fogo. Nenhum homem poupará seu irmão.
20 मानिसहरूले दाहिनेपट्टि समाउनेछन्, तर त्यसले तिनीहरूको भोक तृप्त गर्नेछैन्। तिनीहरूले देब्रेपट्टि भएको केहि खानेछन तर तृप्ति छुनेछैनन्। तब सबैतिर फर्केर मानिसहरूले आफ्नै शरीर खानेछन्।
20 E ele morderá sua mão direita, e estará faminto. E comerá a mão esquerda e eles não estarão satisfeitos. Eles comerão, cada homem, a carne de seu próprio braço.
21 (यसको तात्पर्य, मनश्शे एप्रैमको विरूद्ध लड्ने छ र एप्रैम मनश्शेको विरूद्ध लड्ने छ। अनि तिनीहरू दुवै यहूदाको विरूद्ध फर्किने छन्।)परमप्रभु अझ सम्म इस्राएल सगँ रिसाउनु भएको छ। परमप्रभु तिनीहरूलाई दण्ड दिन अझ पनि तयार नै हुनुहुन्छ।
21 Manassés, Efraim; e Efraim, Manassés e eles juntamente serão contra Judá. Apesar disto tudo, a ira dele não está desviada, porém sua mão está estendida, imóvel.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Isaías 9, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.