Isaías 6

Nepali Bible (GL_NEPALI) vs BKJ

Sair da comparação
1 राजा उज्जियाहको मृत्यु भएको बेला मैले मेरा मालिकलाई देखें। उहाँ एकदम उच्च अनि आर्श्चयचकित सिंहासनमा विराजमान हुनुहुन्थ्यो। उहाँको लामो वस्त्रले मन्दिर भरिएको थियो।
1 No ano em que o rei Uzias morreu, eu vi também o Senhor assentado sobre um trono, alto e exaltado; e o seu séquito enchia o Templo.
2 सराफ स्वर्गदूतहरू परमप्रभुको चारैतिर उभिएका थिए। प्रत्येक सराफ स्वर्गदूतका छ-छवटा पखेटाहरू थिए। ती स्वर्गदूतहरूले मुख ढाक्नलाई तिनीहरूको दुइ-दुइवटा पखेटाहरू प्रयोग गरेका थिए। अर्का दुइ-दुइवटा पखेटाहरू तिनीहरूको खुट्टाहरू छोप्नलाई प्रयोग गरेका थिए। अनि तिनीहरूको दुइवटा पखेटाहरू उड्नलाई प्रयोग गरेका थिए।
2 Acima estavam os serafins. Cada um tinha seis asas; com duas cobriam sua face e com duas cobriam seus pés e com duas voavam.
3 प्रत्येक स्वर्गदूतले एका-अर्कालाई बोलाइरहेका थिए। तिनीहरूले भन्थे, “पवित्र, पवित्र, पवित्र सेनाहरूका परमप्रभु अत्यन्त पवित्र हुनुहुन्छ। सारा पृथ्वी उहाँको महिमाले भरिएको छ।” स्वर्गदूतहरूका आवाजहरू एकदम चर्को थियो।
3 E um clamava ao outro, e dizia: Santo, santo, santo, é o SENHOR dos Exércitos; toda a terra está cheia da sua glória.
4 तिनीहरूका आवाजले वरिपरिका दैलोका संघारहरू हल्लिए। तब मन्दिर धूवाँले भरिन थाल्यो।
4 E os umbrais da porta moveram-se à voz do que clamava, e a casa se encheu de fumaça.
5 म भयभीत भएँ। मैले भनें, “अहँ, होइन! म नाश हुने रहेछु। म परमेश्वरसंग बोल्नलाई त्यतिको पवित्र छैन्। अनि म त्यस्तै अधर्मी मानिसहरू माझ बस्दछु। तथापि मैले सेनाहरूका परमप्रभु महाराजाधिराजलाई देखेकोछु।”
5 Então disse eu: Ai de mim! Porque eu estou arruinado. Porque sou um homem de lábios impuros e habito no meio de um povo de lábios impuros. Porque meus olhos têm visto o Rei, o SENHOR dos Exércitos.
6 वेदीमा आगो थियो सराफ स्वर्गदूतहरूमध्ये एकजनाले आगोबाट तातो कोइला निकाल्न चिम्टा प्रयोग गरे। उनले तातो कोइला आफ्नो हातमा राखेर मकहाँ ल्याए।
6 Então, voou um dos serafins em minha direção, tendo uma brasa viva em sua mão, a qual ele tinha tirado do altar com uma tenaz.
7 सराफ स्वर्गदूतले तातो कोइलाले मेरो ओठहरू छोए। तब उनले भने, “हेर, यस तातो कोइलाले तिम्रो ओठहरू छोएपछि तिमीले जो गरेका थियो ती सबै हराए। अब तिमी पाप मुक्त भयौ।”
7 E ele colocou sobre a minha boca e disse: Veja! Isto tocou teus lábios e tua iniquidade é removida, e teu pecado purificado.
8 त्यसपछि मैले मेरो परमप्रभुको आवाज सुनें। परमप्रभुले भन्नुभयो, “म कसलाई पठाउन सक्छु? हाम्रा निम्तिको जाने?”यसकारण मैले भने, “म यहाँ छु। मलाई पठाउनुहोस्!”
8 Também eu ouvi a voz do Senhor, dizendo: Quem irei eu enviar, e quem irá por nós? Então disse eu: Aqui estou eu, envia-me.
9 तब परमप्रभुले भन्नुभयो, “जाऊ अनि मानिसहरूलाई यो बताऊः ‘ध्यानपूर्वक सुन, तर नबुझ! ध्यानपूर्वक हेर, तर नसिक!’
9 E ele disse: Vai! E dize a este povo: Ouvi vós de fato, porém não entendais, e vede vós de fato, mas não compreendais.
10 मानिसहरूलाई अल्मलाऊ। मानिसहरूलाई तिनीहरूले सुनेका र देखेका कुराहरू नबुझ्ने तरिकाले बताऊ। यदि तिमीले त्यसो गरेनौ भने, मानिसहरूले देखेका र आफ्ना कानले सुनेका कुराहरू मनमा बुझ्न सक्नेछन्। यदि तिनीहरूले बुझे भने मकहाँ फर्केर आउन सक्छन् र तिनीहरूले पाप माफ हुनेछ!”
10 Faze o coração deste povo engordar e faze com que seus ouvidos sejam pesados, e fecha os olhos deles, para que não aconteça que eles vejam com seus olhos e ouçam com seus ouvidos e entendam com o seu coração, convertam-se, e sejam curados.
11 तब मैले सोधें, “हे मेरा मालिक, कहिले सम्म मैले त्यसो गर्नु पर्छ?”परमप्रभुले भन्नुभयो, “यो त्यति बेला सम्म गर्नु जब सम्म शहरहरू ध्वंश हुँदैनन् र मानिसहरूले छोडेर जाँदैनन्। यो त्यति बेला सम्म गर्नु जतिबेला सम्म घरहरूमा मानिसहरू जीवित रहन्छन्। जबसम्म यो देश ध्वंस भएर खाली छोडिंदैन् तबसम्म तिमीले मैले भने जस्तो गर्नु।”
11 Então, eu disse: Senhor, até quando? E Ele respondeu: Até que as cidades sejam completamente destruídas, sem habitantes, e as casas sem homem, e a terra seja completamente desolada.
12 परमप्रभुले मानिसहरूलाई टाढा जाने बनाउनु भयो। भूमिमा विस्तृत क्षेत्रहरू खाली हुनेछ।
12 E o SENHOR tenha removido os homens para longe, e haja um grande abandono no meio da terra.
13 एक दशांश मानिसहरूलाई मात्र त्यस भूमिमा बस्ने अनुमति दिइनेछ। ती मानिसहरू ध्वंश गरिनु पर्ने भए तापनि परमप्रभुमा फर्कनेछन्। ती मानिसहरू फलाँटका रूख झैं हुनेछन्। जब रूख काटेर ढालिन्छ त्यसको ठुटो रहनेछ। यो ठुटो विशेष वशंज नै त्यसको ठुटो हो।
13 Mas ainda assim será um décimo, e ele retornará, e será devorada, como uma tília, e como um carvalho, cuja a substância está neles quando se desfolharem, então a semente santa será a sua substância.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Isaías 6, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.