Isaías 60

Nepali Bible (GL_NEPALI) vs BKJ

Sair da comparação
1 “मेरो प्रकाश, यरूशलेम उठ! तेरो प्रकाश आइरहेछ परमप्रभुको महिमा तिमीहरूमाथि चम्किने छ।
1 Levanta-te, brilhe, porque tua luz é chegada e a glória do SENHOR amanhece sobre ti.
2 अब अन्धकारले पृथ्वी ढाक्छ अनि मानिसहरू अन्धकारमा पर्नेछन्। तर परमप्रभु तिमीहरूमाथि चम्कनु हुन्छ अनि उहाँको महिमा तिनीहरूमाथि देखा पर्नेछ।
2 Porquanto, eis que a escuridão cobrirá a terra, e densa escuridão o povo. O SENHOR, porém, levantar-se-á sobre ti e a glória dele será vista sobre ti.
3 तिमीहरूका जातिहरूकहाँ प्रकाश आउनेछ, राजाहरू तिमीहरूको चहकिलो प्रकाशमा आउनेछ।
3 E os gentios virão para a tua luz e reis para o brilho de teu levantar.
4 आफ्नो वरिपरि हेर! देख्यौ मानिसहरू भेला भएर तिमीहरू तिरै आइरहेछ। ती टाढाबाट आइरहेका तिमीहरूकै छोराहरू हुन्। अनि तिमीहरूका छोरीहरू पनि उनीहरूसँगै आइरहेछन्।
4 Ergue teus olhos em todas as direções ao teu redor e vê. Todos eles reúnem-se. Eles vêm a ti. Teus filhos virão de longe, e tuas filhas serão levadas nos braços ao teu lado.
5 यो भविष्यमा पूरा हुनेछ। अनि त्यस समय, तिमीहरूले आफ्ना मानिसहरूलाई देख्नेछौ। अनि तिमीहरूका अनुहार खुशीले चम्किनेछन्। पहिला, तिमीहरू डराउनेछौ, तर पछि, तिमीहरू खुशीले उत्तेजित हुनेछौ। समुद्रहरू तरेर आएका सारा सम्पत्तिहरू तिमीहरू समक्ष राखिनेछन जाति-जातिका सम्पत्तिहरू तिमीहरूकहाँ नै आउनेछन्।
5 Então, tu verás e ficarás radiante, e teu coração temerá e se regozijará, porque a fartura do mar será trazida a ti. As forças dos gentios virão a ti.
6 मिद्यान र एपाबाट आएका ऊँटहरूले तिमीहरूका धर्ती पार गर्ने छन्। शेबाबाट आएका ऊँटहरूका लस्करले सुन र सुगन्धित वस्तु लिएर आउनेछन्। मानिसहरूले परमप्रभुको स्तुति गान गाउनेछन्।
6 A multidão de camelos te cobrirá, os dromedários de Midiã e Efá, todos eles desde Sabá virão. Eles trarão ouro e incenso, e irão proclamar os louvores do SENHOR.
7 केदारबाट आएका सारा भेंडा मानिसहरूले जम्मा गर्नेछन अनि तिमीहरूकहाँ ल्याइदिनेछन् नबायोतका भेडाँहरूले तिम्रो सेवा गर्नेछन्। तिमीहरूले ती पशुहरू मेरो बेदीमा अर्पण गर्नेछौ। अनि म ती सबै ग्रहण गर्नेछु। म मेरो महिमाको मन्दिर पहिलेको भन्दा अझ सुन्दर बनाउने छु।
7 Todos os rebanhos de Quedar serão reunidos a ti. Os carneiros de Nebaiote suprir-te-ão. Eles se achegarão com aceitação sobre meu altar, e eu glorificarei a casa da minha glória.
8 मानिसहरूलाई हेर! बादलहरू आकाश्मा छिटो उडेजस्तै तिनीहरू तिमीहरू कहाँ आतुरिन्दै आइरहेछन् मानौ तिनीहरू ढुकुरहरू आफ्ना गुँडहरूमा जान उडिरहे जस्तै तिनीहरू आउँदैछन्।
8 Quem são estes que voam como uma nuvem, e como as pombas em direção às suas janelas?
9 टाढामा भएका देशहरूले मलाई पर्खिरहेछ। समान बोक्ने जहाजहरू समुद्रमा जान तयार छन्। ती जहाजहरू टाढामा भएका तिमीहरूका नानीहरू ल्याउनलाई तयार छन्। तिनीहरूले परमप्रभु तिम्रा परमेश्वरलाई जो इस्राएलका परमपवित्र हुनुहुन्छ श्रद्धा प्रकट गर्न सुन र चाँदी बोकेर ल्याउनेछन्। परमप्रभुले तिमीहरूका लागि अचम्मका कामहरू गर्नुहुनेछ।
9 Certamente, as ilhas esperarão por mim, e os navios de Társis primeiramente, para trazer teus filhos de longe, e, com eles, a prata e o ouro deles até o nome do SENHOR teu Deus e para o Santo de Israel, porque ele tem te glorificado.
10 अन्य देशका छोरा-छोरीहरूले तिम्रा पर्खालहरू फेरि निर्माण गरिदिनेछन्। तिनीहरूका राजाहरूले तिमीहरूका सेवा गर्नेछन्। जब म क्रोधित हुन्छु, म तिमीहरूलाई चोट पुर्याउँछु। तर अहिले, म तिमीहरूलाई दया देखाउँन चाहन्छु यसैले म तिमीहरूलाई सान्त्वना दिइरहेछु।
10 E os filhos de estrangeiros irão edificar teus muros, e os reis deles irão suprir-te, porque em minha cólera eu te afligi. Mas em minha boa vontade tenho eu tido misericórdia de ti.
11 तिमीहरूका प्रवेशद्वारहरू सधैं खोलिनेछन्। ती द्वारहरू दिन तथा रातमा कहिल्यै बन्द हुने छैनन जातिहरू र राजाहरूले तिमीहरूलाई आफ्ना सम्पति ल्याइदिनेछ।
11 Portanto, teus portões estarão abertos continuamente. Eles não serão fechados nem de dia nem de noite, para que homens possam trazer-te as forças dos gentios, e que seus reis possam ser conduzidos com eles.
12 कुनै कुनै जाति अथवा राष्ट्रले तिमीहरूको सेवा गर्दैनन् तर तिनीहरू नाश हुनेछन्।
12 Porquanto, a nação e reino que não vierem a servir-te perecerão. Sim, aquelas nações serão completamente devastadas.
13 लबानोनका सबै महत्वपूर्ण कुराहरू तिमीहरूलाई दिइनेछ। मानिसहरूले देवदारू धूप्पी रूखहरू तिमीहरूलाई ल्याई दिनेछन्। ती रूखहरू मेरो पवित्र स्थान सुन्दर बनाउनको लागि प्रयोग गरिनेछ, यो मेरो सिंहासन समक्ष एउटा चौकी जस्तो हुनेछ। अनि म यसलाई ज्यादा श्रद्धा दिनेछु।
13 A glória do Líbano virá a ti, o abeto, o pinheiro e o cipreste juntamente, para embelezar o lugar do meu santuário; e farei o lugar de meus pés glorioso.
14 विगतमा जुन मानिसहरूले तिमीहरूलाई चोट पुर्याए ती मानिसहरू तिम्रो समक्ष झुक्ने छन्। विगतमा, जो मानिसहरूले तिमीहरूलाई घृणा गरे ती मानिसहरू तिम्रा खुट्टामा निउरिनेछन्। ती मानिसहरूले तिमीलाई ‘परमप्रभुका शहर’ इस्राएलको परम पवित्र ‘सियोन भन्ने छन्।”‘
14 Os filhos também daqueles que te afligiram virão, inclinando-se a ti. E todos aqueles que te desprezaram curvar-se-ão em direção às plantas dos teus pés e chamar-te-ão: A cidade do SENHOR, A Sião do Santo de Israel.
15 “तिमीहरू फेरि एक्लै छाडिनेछैनौ। तिमीहरू फेरि हेला हुनेछैनौ। तिमीहरू फेरि रित्तो हुनेछैनौ। म तिमीहरूलाई सदा-सर्वदा महान् बनाउँनेछु। तिमी सदा सर्वदा खुशी हुनेछौ।
15 Como tu tens sido abandonada e odiada, tanto que nenhum homem transitou por ti, eu te tornarei uma excelência eterna, uma alegria de muitas gerações.
16 जाति जातिले तिमीहरूले चाहेका सबै कुराहरू दिनेछन्। यो आफ्ना आमाको दूध पिउने बालक जस्तो हुनेछ। तर तिमीले राजाहरूबाट धनहरू पाउनेछौ। तब तिमीले ‘म परमप्रभु हुँ’ भनेर चिन्नेछौ, जसले तिमीलाई बचाउँछ। तिमीले जान्नेछौ कि याकूबको शक्तिशाली परमेश्वरले तिमीलाई उद्धार गर्नु हुन्छ।
16 Tu também mamarás o leite das nações e sorverás do seio de reis. E tu saberás que eu, o SENHOR, sou teu Salvador e teu Redentor, o Poderoso de Jacó.
17 तिमीमा अहिले काँसा छ, “म सुन ल्याई दिनेछु। तिमीसँग अहिले फलाम छ, म तिमीलाई चाँदी ल्याई दिनेछु। म तिम्रो काठलाई काँसा बनाई दिनेछु। म दण्डलाई शान्तिमा परिवर्तन गरिदिने छु। जब मानिसहरूले तिमीलाई चोट पुर्याउँछ तर अहिले मानिसहरूले तिमीलाई राम्रो व्यवहार गर्नेछन्।
17 Em lugar de bronze eu trarei ouro, e no lugar de ferro eu trarei prata, e no lugar de madeira, bronze, e no lugar de pedras, ferro. Eu também farei que teus oficiais sejam pacíficos, e teus exatores, justos.
18 “त्यहाँ तिम्रो देशमा फेरि कहिल्यै अत्याचारको खबरहरू आउने छैनन्। मानिसहरूले फेरि कहिल्यै तिम्रो देशमा आक्रमण र चोरी गर्ने छैनन्। तिमीले आफ्नो भित्ताहरूको नाउँ ‘मुक्ति’ भनेर लेख्नेछौ। तिमीले आफ्नो प्रवेशद्वारको नाउँ ‘स्तुति’ राख्नेछौ।
18 Violência não será mais ouvida em tua terra, debilidade nem destruição dentro de teus limites. Tu, porém, denominarás teus muros, Salvação, e teus portões, Louvor.
19 “घाम अब तिम्रो लागि दिनभरिको प्रकाश हुनेछैन्। चन्द्रमाको उज्यालो पनि तिम्रो लागि रातभरिको प्रकाश हुनेछैन्। किनभने परमप्रभुको प्रकाश नै सदा सर्वदा तिम्रो प्रकाश हुनेछ। तेरो परमेश्वर नै तेरो महिमा हुनुहुनेछ।
19 O sol não será mais tua luz, de dia, nem por brilho a lua te dará luz; porém o SENHOR será para ti uma luz eterna, e teu Deus, tua glória.
20 “तिम्रो ‘सूर्य’ कहिल्यै अस्ताउने छैन फेरि तिम्रो ‘चन्द्रमा’ कहिल्यै अन्ध्यारो हुनेछैन फेरि। किनभने परमप्रभु नै अनन्तको प्रकाश हुनुहुनेछ। अनि तिम्रो शोकका दिन अन्त हुनेछ।
20 Teu sol não mais se porá, nem irá tua lua retirar-se, porque o SENHOR será tua luz eterna, e os dias do teu luto estarão terminados.
21 “तिम्रा सारा मानिसहरू धार्मिक हुनेछन्। ती मानिसहरूले पृथ्वी फेरि प्राप्त गर्नेछन्। मैले ती मानिसहरू सृजना गरें। तिनीहरू अद्भूत बिरूवा हुन् त्यो मैले आफ्नै हातले बनाएको हुँ।
21 Teu povo também será todo justo. Eles herdarão a terra para sempre, o renovo do meu plantio, o trabalho de minhas mãos, para que eu possa ser glorificado.
22 “स-साना परिवारहरू ठूलो परिवारमा परिणत हुनेछन्। स-साना परिवार एक दरिलो जाति हुनेछ। जब समय अनुकूल हुन्छ म, परमप्रभु चाँडै आउनेछु। म ती कुराहरू घटित गर्नेछु।”
22 Um pequenino tornar-se-á mil, e um pequeno uma forte nação. Eu o SENHOR irei apressar em fazer isto ao seu tempo.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Isaías 60, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.