Isaías 5

Nepali Bible (GL_NEPALI) vs VC

Sair da comparação
VC Versão Católica
1 अब, म मेरा साथीहरूकालागि गीत गाउनेछु। यो गीत उनीहरूका दाख बारीको विषयमा छ।मेरा मित्रको अत्यन्त समृद्ध दाखबारी थियो।
1 Eu quero cantar para o meu amigo seu canto de amor a respeito de sua vinha: meu amigo possuía uma vinha num outeiro fértil.
2 मेरा मित्रले खेत खने अनि सफा पारे। उनले त्यहाँ राम्रो अङ्गुरको बोट रोपे। उनले खेतको माझमा एउटा मचान अनि एउटा कोल निर्माण गरे। तब उनले त्यहाँ अङ्गुरको राम्रो फसलको आशा गरे। तर त्यहाँ नराम्रा अङ्गुरहरू मात्र फल्यो।
2 Ele a cavou e tirou dela as pedras; plantou-a de cepas escolhidas. Edificou-lhe uma torre no meio, e construiu aí um lagar. E contava com uma colheita de uvas, mas ela só produziu agraço.
3 यसकारण परमेश्वरले भन्नुभयोः “यरूशलेममा बस्ने मानिसहरू अनि यहूदाका मानिसहरू, म अनि मेरो दाखबारीको विषयमा सोच।
3 E agora, habitantes de Jerusalém, e vós, homens de Judá, sede juízes entre mim e minha vinha.
4 मेरो दाखबारीकोलागि म अझ के गर्न सक्थें र? मैले सबै कुरा गरे।मैले असल दाखको उब्जनी हुन्छ भन्ने आशा गरेको थिएँ तर त्यहाँ सबै नराम्रा उब्जाऊ भयो किन त्यस्तो भयो?
4 Que se poderia fazer por minha vinha, que eu não tenha feito? Por que, quando eu esperava vê-la produzir uvas, só deu agraço?
5 अब म तिमीहरूलाई भन्नेछु, म मेरो अङ्गरको बगैंचालाई के गर्नेछु। म सबै बारहरू उखेल्नेछु। अनि तिनीहरूलाई जलाउनेछु। म ढुङ्गाका पर्खालहरू भत्काउने छु अनि ती ढुङ्गाहरूमाथि हिँड्नेछु।
5 Pois bem, mostrar-vos-ei agora o que hei de fazer à minha vinha: arrancar-lhe-ei a sebe para que ela sirva de pasto, derrubarei o muro para que seja pisada.
6 म मेरो दाखबारीलाई रित्तो मैदान पारिदिनेछु। कसैले पनि बिरूवाहरूको ख्याल गर्ने छैन। कसैले पनि खेतमा काम गर्ने छैन्। त्यहाँ बेकामको झार-काँढाहरू मात्र उम्रनेछन्। म बादललाई पृथ्वीमा पानी नपार भनेर आज्ञा दिनेछु।”
6 Eu a farei devastada; não será podada nem cavada, e nela crescerão apenas sarças e espinhos; vedarei às nuvens derramar chuva sobre ela.
7 सेनाहरूका परमप्रभुमा भएको दाखबारी इस्राएल घरानाका सम्पत्ति हो। अनि दाखको हाँगा-बिरूबालाई परमप्रभुले प्रेम गर्नुहुन्छ-त्यो यहूदाको मानिस हो।परमप्रभुले न्यायको आशा गर्नुभयो, तर त्यहाँ हत्याहरू मात्र भए। परमप्रभुले धार्मिकताको आशा गर्नुभयो, तर त्यहाँ नराम्रा व्यवहार भएका मानिसहरूबाट कोलाहल मात्र थियो।
7 A vinha do Senhor dos exércitos é a casa de Israel, e os homens de Judá são a planta de sua predileção. Esperei deles a prática da justiça, e eis o sangue derramado; esperei a retidão, e eis os gritos de socorro.
8 तिमीहरू एकदमै नजिक-नजिकमा बस्छौ। कही कसैको लागि केही जग्गा नराखी घरहरू बनाउँछौ। तर परमप्रभुले तिमीहरूलाई दण्ड दिनुहुनेछ अनि तिमीहरूलाई एक्लो पार्नु हुनेछ। सम्पूर्ण भूमिमा तिमीहरूमात्र रहनेछौ।
8 Ai de vós, que ajuntais casa a casa, e que acrescentais campo a campo, até que não haja mais lugar, e que sejais os únicos proprietários da terra.
9 सेनाहरूका परमप्रभुले मलाई भन्नुभयो र मैले सुने, “अब त्यहाँ धेरै घरहरू छन्। तर म प्रतिज्ञा गर्छु कि ती सबै घरहरू ध्वंश हुनेछन्। त्यहाँ सुन्दर र ठूला-ठूला घरहरू होलान् तर सबै रित्ता हुनेछन्।
9 Os meus ouvidos ouviram ainda este juramento do Senhor dos exércitos: Grande número de casas, eu o juro, será devastado, grandes e magníficas herdades ficarão desabitadas.
10 त्यसबेला दश बीघा जमिनबाट अलिकति मात्र दाखरस बनिने छ। अनि धेरै बोरा बीउहरूबाट अलिकति मात्र अन्न उब्जनेछ।”
10 Dez jeiras de vinha não produzirão mais que um bato, e um homer de semente não dará mais que um efá.
11 तिमीहरू बिहानै उठ्ने छौ र पिउनलाई मद्य खोज्ने छौ। दाखरस पिएर मातेकोले गर्दा तिमीहरू राती अबेर सम्म जागा रहन्छौ।
11 Ai daqueles que desde a manhã procuram a bebida, e que se retardam à noite nas excitações do vinho!
12 तिमीहरू मातेर संगीतमय सामग्रीहरू जस्तै विणा, ढोलक, खैजडी, सारङ्गी, बाँसुरी र मद्य लिएर उत्सव मनाउँछौ। अनि परमप्रभुले गर्नु भएका कुराहरू तिमीहरू वास्ता गर्दैनौ। परमप्रभुका हातले धेरै भन्दा धेरै चीजहरू बनाउनु भयो तर तिमीहरूले त्यतापट्टि ध्यान दिएनौ। यसकारण यो तिमीहरूकालागि अशुभ हुनेछ।
12 Amantes da cítara e da harpa, do tamborim e da flauta, e do vinho em seus banquetes, mas para as obras do Senhor não têm um olhar sequer, e não enxergam a obra de suas mãos.
13 परमप्रभु भन्नुहुन्छ, “मेरा मानिसहरू पक्राउ पर्नेछन अनि लगिनेछन् किन? किनभने तिनीहरूले मलाई राम्ररी चिनेनन्। अहिले इस्राएलमा भएका कतिपय मानिसहरू मुख्य छन्। तिनीहरू आफ्ना विलासी जीवनमा सुखी छन्। तर ती सबै महान मानिसहरूलाई भोक प्यासले अत्यन्त सताईनेछन्।
13 Por causa disso meu povo será desterrado sem nada pressentir. Sua nobreza será atenazada pela fome, e a multidão, mirrada pela sede.
14 तब तिनीहरू मर्नेछन् र पातालमा जानेछन् सियोलले, तिनीहरूले धेरै-धेरै मानिसहरू भेट्नेछ। चिहानले आफ्नो ठूलो मुख उघारेर बसेको छ। अनि सबै मानिस सियोल भित्र जानेछन्।
14 Por isso a morada dos mortos se alargará, e abrirá desmesuradamente a boca. O esplendor {de Sião} e sua multidão barulhenta, seu alvoroço e sua alegria desaparecerão dela.
15 ती मानिसहरू नम्र हुनेछन्। ती ठूला मानिसहरूले शिर झुकाउनेछन् अनि भूइँतिर हेर्नेछन्।
15 O homem será curvado, os grandes serão humilhados, os olhares altivos serão abatidos,
16 सेनाहरूका परमप्रभुले निष्पक्ष न्याय गर्नु हुनेछ, र मानिसहरूले उहाँ कति महान हुनहुन्छ भनेर थाहा पाउने छन्। पवित्र परमेश्वरले जुन सही कुराहरू छन् त्यही काम गर्नुहुनेछ, र मानिसहरूले उहाँलाई सम्मान गर्नेछन्।
16 e o Senhor dos exércitos triunfará no juízo; o Deus santo mostrar-se-á como tal, fazendo justiça.
17 परमेश्वरले इस्राएलका मानिसहरूलाई देश छोडेर जान वाध्य पार्नुहुनेछ; त्यो स्थान खाली हुनेछ। भेडाहरू जहाँ इच्छा लाग्दछ त्यहीं गएर बस्ने छन्। त्यसका पाठाहरू त्यही ठाँउमा चर्ने छन् जुन ठाउँमा एकपल्ट धनी मानिसहरू थिए।
17 Os cordeiros serão apascentados nesses lugares como em suas pastagens, e sobre as ruínas pastarão os cabritos.
18 ती मानिसहरूलाई हेर! तिनीहरूले आफ्ना दोष र पापहरू आफ्ना पछाडी त्यसरी तान्दछन् जसरी मानिसहरूले हातेगाडी र डोरीहरू तान्दछन्।
18 Ai daqueles que arrastam a correção com as cordas da indisciplina, e a pena do pecado como com os tirantes de um carro!
19 ती मानिसहरूले भन्दछन्, “हामी परमप्रभुलाई कामना गर्दछौ कि उहाँले चाहनु भएका कुराहरू चाँडै नै गरून्। तब हामी जान्नेछौ के घटना घट्छ। हामी कामना गर्छौ परमप्रभुको योजना चाँडै नै पुरा हुन्छ होला। तब मात्र हामी जान्दछौ उहाँको योजना के हो।”
19 {Ai} daqueles que dizem: Que ele se avie, que faça já sua obra, a fim de que a vejamos. Que o plano do Santo de Israel se execute para que o conheçamos!
20 हाय! भन्छौ नराम्रो वस्तुहरू राम्रो हुन अनि राम्रो वस्तुहरू नराम्रो हुन्। तिनीहरू सोच्छन अँध्यारो उज्यालो हो अनि उज्यालो अँध्यारो हो। तिनीहरू सोच्छन् मीठो तीतो हो अनि तीतो मीठो हो।
20 Ai daqueles que ao mal chamam bem, e ao bem, mal, que mudam as trevas em luz e a luz em trevas, que tornam doce o que é amargo, e amargo o que é doce!
21 तिनीहरू हामी चतुर छौ भनी सम्झन्दछन्। तिनीहरू आफूलाई बुद्धिमान ठान्दछन्।
21 Ai daqueles que são sábios aos próprios olhos, e prudentes em seu próprio juízo!
22 ती मानिसहरू दाखरस पिउनमा प्रसिद्ध छन्। तिनीहरू मद्य मिसाउनमा सिपालु छन्।
22 Ai daqueles que põem sua bravura em beber vinho, e sua coragem em misturar licores;
23 अनि तिमीहरूले त्यस्ता मानिसहरूलाई पैसा दियौ भने उनीहरूले अपराधीलाई क्षमा दिनेछन्। तर तिनीहरूले असल मानिसहरूलाई न्याय गर्न अनुमति दिंदैनन्।
23 {ai} daqueles que, por uma dádiva, absolvem o culpado, e negam justiça àquele que tem o direito a seu lado!
24 तिनीहरूमाथि नराम्रा घट्नाहरू घट्नेवाला छ। तिनीहरूका भावी सन्तानहरू पराल र पातहरू आगोले जले जस्तो पूर्णरूपले ध्वंस हुनेछन्। तिनीहरूका भावी सन्तानहरू जरैसित मर्नेछन् र धुलो हुनेछन्। तिनीहरूका भावी सन्तानहरू आगोले फूल जलाएर ध्वस्त गरे जस्तो नष्ट हुनेछन् औ खरानी हावामा उडेर जानेछ।ती मानिसहरूले सेनाहरूका परमप्रभुको व्यवस्थालाई पालन गर्न अस्वीकार गर्नेछन्। ती मानिसहरूले इस्राएलका परमपवित्रको सुसमचारलाई निन्दा गरे।
24 Por isso, assim como a palhoça é devorada por uma língua de fogo, e como a palha é consumida pela chama, assim a raiz deles sucumbirá na podridão e sua flor voará como a poeira, porque repudiaram a lei do Senhor dos exércitos, e desprezaram a palavra do Santo de Israel.
25 यसैले परमप्रभु आफ्ना मानिसहरूसित एकदमै क्रोधित हुनुभएको छ। अनि परमप्रभुले आफ्ना हातहरू उचाउल्नु हुनेछ, अनि तिनीहरूलाई दण्ड दिनु हुनेछ। उहाँ यति क्रोधित हुनु हुनेछ कि पर्वतहरू सम्म काम्नेछन्। मरेका लाशहरू गोरेटोहरूमा फोहोर मैलो जस्तै हुनेछन्। तब पनि परमेश्वर क्रोधित रहनुहुनेछ। उहाँका हातहरू अझै मानिसहरूलाई दण्ड दिन उचालिएकै हुनेछन्।
25 Por isso o furor do Senhor se inflama contra seu povo, apodera-se dele e o castiga; os montes tremem, seus cadáveres, como carniça, jazem nas ruas. Entretanto, sua cólera não se aplacou, e sua mão está prestes a precipitar-se.
26 हेर! परमेश्वरले पृथ्वीका सबै जातिहरूलाई चिन्ह दिइरहनु भएको छ। परमेश्वरले झण्डा उठाइरहनु भएको छ साथै ती टाढा-टाढाका मानिसहरूलाई बोलाउनलाई सुसेली मार्नु हुँदैछ। शत्रुहरू टाढा-टाढा ठाउँबाट आइरहेकोछन्। शत्रु छिट्टै देशभित्र पस्नेछ। तिनीहरू छिट्टो-छिटो हिंडिरहेका छन्।
26 Ele arvora uma bandeira para chamar uma nação longínqua, assobia para fazê-la vir dos confins da terra, e ei-la que, ágil, acorre às pressas.
27 तिनीहरू कहिल्यै थाक्दैनन् अनि ध्वंश हुँदैनन्। तिनीहरू न त मन्द हुनेछन न सुत्नेछन्। तिनीहरूको पटुका कहिल्यै खुकुलो हुनेछैन। तिनीहरूको जुत्ताको तुना कहिल्यै चुडिंदैन।
27 Ninguém dentre eles se arrasta ou tropeça, ninguém dorme nem cochila; ninguém desata a cinta de seus rins, nem desaperta a correia dos sapatos.
28 शत्रुको काँडहरू तीखा-तीखा छन्। तिनीहरूको सबै धनुहरु हिर्काउनलाई तयार छन्। घोडाका खुट्टाहरू ढुङ्गाहरू जत्तिकै कडा छन्। तिनीहरूका रथका चक्काहरू आँधीबेरी जस्तै उडनेछन्।
28 Agudas são as suas flechas e todos os seus arcos, entesados. Os cascos de seus cavalos são {duros} como a pederneira, e as rodas de seus carros assemelham-se à tempestade.
29 शत्रु चिच्याउँछन्, अनि तिनीहरूका चिच्याहट सिंहको गर्जन जस्तै हुनेछ। शत्रुहरू गर्जन्छन र तिनीहरूसित लाडने मानिसहरूलाई पक्रन्छन्। मानिसहरू तिनीहरूबाट बाँच्न संघर्ष गर्छन्। तर त्यहाँ तिनीहरूलाई बचाउँने कोही पनि हुँदैन्।
29 É {como} o rugido da leoa, e o rosnar do leãozinho. Ele brame e agarra a sua presa, e a carrega sem que ninguém lha arrebate.
30 यसकारण, ‘सिंह’ समुद्रका छालहरू जस्तै गर्जनेछ। समातिएका मानिसहरू भूइँतिर हेर्ने गर्दछन तब त्यहाँ अन्धकार मात्र हुनेछ। सम्पूर्ण प्रकाश बाक्लो कालो बादल जस्तो हुनेछ।
30 Naquele tempo, um estrondo, semelhante ao bramido do mar, retumbará contra ele. Quando olhar a terra, só verá trevas e angústia, e no céu se estenderão nuvens tenebrosas.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Isaías 5, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.