Isaías 54
Nepali Bible (GL_NEPALI) vs ARA
1 ए बाँझी स्त्रीहरू हो, खुशी होऊ! तिमीहरूका नानीहरू छैनन्, तर तिमीहरू खुशी हुनुपर्छ। परमप्रभु भन्नुहुन्छ, “त्यो स्त्री जो एक्लै छे, लोग्ने भएका स्त्रीहरू भन्दा उसको धेरै नानीहरू हुनेछन्।”
1 Canta alegremente, ó estéril, que não deste à luz; exulta com alegre canto e exclama, tu que não tiveste dores de parto; porque mais são os filhos da mulher solitária do que os filhos da casada, diz o Senhor .
2 तिमीहरूका डेरालाई ठूलो बनाऊ, तिमीहरूका ढोकाहरू फराकिलो पार। तिमीहरूको घर बढाउन नरोक। तिम्रा डेरा ठूलो र बलियो बनाऊ।
2 Alarga o espaço da tua tenda; estenda-se o toldo da tua habitação, e não o impeças; alonga as tuas cordas e firma bem as tuas estacas.
3 किन? किनभने तिमीहरू एकदम बडी हाल्नेछौ। तिम्रा छोरा-छोरीहरूले धेरै जातिहरूबाट मानिसहरू पाउनेछन्, तिम्रा छोरा-छोरीहरू फेरि त्यही शहरहरूमा बस्ने छ जुन ध्वंश भएका थिए।
3 Porque transbordarás para a direita e para a esquerda; a tua posteridade possuirá as nações e fará que se povoem as cidades assoladas.
4 नडराऊ! तिमीहरू निराश हुनेछैनौ। मानिसहरूले तिमीहरूको विरूद्ध अनिष्ट कुराहरू गर्ने छैनन्। जब तिमीहरू जवान थियौ, तिमीहरू लज्जित थियो। तर तिमीहरूले अहिले त्यो लाज बिर्सयौ। तिमीहरूले त्यो लाज सम्झना गर्दैनौ। तिमीहरूले व्यक्त गर्यौ जतिबेला तिमीहरूका लोग्ने मेर।
4 Não temas, porque não serás envergonhada; não te envergonhes, porque não sofrerás humilhação; pois te esquecerás da vergonha da tua mocidade e não mais te lembrarás do opróbrio da tua viuvez.
5 किन? किनभने तेरा लोग्ने तेरा सृष्टिकर्त्ता हुनुहुन्छ। उहाँको नाउँ सेनाहरूका परमप्रभु हो! उहाँ इस्राएलको संरक्षक हुनुहुन्छ। उहाँ इस्राएलको एकजना परमपवित्र हुनुहुन्छ। अनि उहाँलाई सारा पृथ्वीका परमेश्वर भनिनेछ।
5 Porque o teu Criador é o teu marido; o Senhor dos Exércitos é o seu nome; e o Santo de Israel é o teu Redentor; ele é chamado o Deus de toda a terra.
6 तिमी त्यस्ती आइमाई थियो जसलाई लोग्नेले त्यागिसकेको थियो। परमेश्वरको विषयमा तिमी तिम्रो अन्तर आत्मामा एकदमै दुखित थियौ, तर उहाँले तिमीलाई आफ्नो बनाउन बोलाउनु भयो। तिमी त्यस्ती आइमाई हौ जसले सानो उमेरमा विवाह गरेकी थिई। अनि उसको लोग्नेले परित्याग गरेको थियो। तर परमेश्वरले तिमीलाई आफ्नो बनाउन बोलाउनु भएको थियो।
6 Porque o Senhor te chamou como a mulher desamparada e de espírito abatido; como a mulher da mocidade, que fora repudiada, diz o teu Deus.
7 परमेश्वर भन्नुहुन्छ, “मैले तँलाई केही क्षणको निम्ति त्यागेको थिएँ। तिमीहरूलाई फेरि भेला गर्नेछु अनि धेरै दया दर्शाउनेछु।
7 Por breve momento te deixei, mas com grandes misericórdias torno a acolher-te;
8 म अत्यन्तै क्रोधित भएँ अनि तिमीहरूदेखि केही क्षणको लागि लुके। तर म तिमीहरूलाई सदा सर्वदा कृपाले सान्त्वना दिनेछु।” परमप्रभु तेरा उद्धारक भन्नुहुन्छ।
8 num ímpeto de indignação, escondi de ti a minha face por um momento; mas com misericórdia eterna me compadeço de ti, diz o Senhor , o teu Redentor.
9 परमेश्वर भन्नुहुन्छ, “सम्झ नूहको समयमा मैले संसारलाई जलप्रलयद्वारा दण्डित गरेको थिएँ। तर मैल नूहसँग वचन राखेको थिएँ कि म फेरि संसारलाई जलप्रलय द्वारा विध्वंश गर्ने छैन। त्यस्तै प्रकारले म तिमीहरूसँग करार बाँध्दछु कि कहिल्यै पनि म तिमीहरूसँग रिसाउने छैन अनि नराम्रा कुराहरू गर्ने छैन।”
9 Porque isto é para mim como as águas de Noé; pois jurei que as águas de Noé não mais inundariam a terra, e assim jurei que não mais me iraria contra ti, nem te repreenderia.
10 परमप्रभु भन्नुहुन्छ, “पर्वतहरू हराउन सक्छन्, अनि डाँडाहरू धूलो हुनसक्छन्, तर मेरो दया तिमीहरूबाट अलग हुनेछैन्। म तिमीहरूसँग शान्ति कायम गर्नेछु अनि यसको कहिल्यै अन्त हुनेछैन्।” परमप्रभुले तिमीहरूमाथि दया दर्शाउनु हुन्छ। अनि उही परमेश्वरले यी कुराहरू भन्नुभयो।
10 Porque os montes se retirarão, e os outeiros serão removidos; mas a minha misericórdia não se apartará de ti, e a aliança da minha paz não será removida, diz o Senhor , que se compadece de ti.
11 तिमी गरीब शहर! शत्रुहरू तूफान सरह तिमीहरूका विरूद्ध आई लागे। अनि कसैले पनि सान्त्वना दिएनन्। तर म फेरि तिमीलाई निर्माण गर्छु ढुङ्गाहरूका भित्ताहरू सजाएर म सुन्दर ढुङ्गाले तिमीलाई बनाउनेछु। म बहुमूल्य ढुङ्गाहरू प्रयोग गरेर तिम्रो वरिपरिको पर्खालहरू बनाउनेछु।
11 Ó tu, aflita, arrojada com a tormenta e desconsolada! Eis que eu assentarei as tuas pedras com argamassa colorida e te fundarei sobre safiras.
12 भित्ताको माथिल्लो तहका ढुङ्गाहरू लालमाणिहरूले बनाउनेछु। मूलद्वार बहुमूल्य चम्कने रत्नहरूले सजाउनेछु। तिम्रा वरिपरिका भित्ताहरूमा बहुमूल्य रत्नहरू जडनेछु।
12 Farei os teus baluartes de rubis, as tuas portas, de carbúnculos e toda a tua muralha, de pedras preciosas.
13 तिम्रा नानीहरूले परमेश्वरलाई पछ्याउनेछन्। अनि उहाँले तिनीहरूलाई शिक्षा दिनुहुनेछ। तिम्रा नानीहरूले वास्तविक रूपमा शान्ति पाउनेछन्।
13 Todos os teus filhos serão ensinados do Senhor ; e será grande a paz de teus filhos.
14 तिमी धार्मिकतामाथि निर्माण हुनेछौ। यसैले तिमी सुरक्षित हुनेछौ। केहीले पनि तिमीलाई चोट पुर्याउने छैन्। तिमी डराई रहनु पर्नेछैन्।
14 Serás estabelecida em justiça, longe da opressão, porque já não temerás, e também do espanto, porque não chegará a ti.
15 मेरा कुनै पनि सैन्यले तिम्रो विरूद्धमा लडाइँ गर्ने छैन। यदि कुनै सैनिकले आक्रमण गर्यो भने तिमीले त्यस सैन्यलाई पराजित गर्नेछौ।
15 Eis que poderão suscitar contendas, mas não procederá de mim; quem conspira contra ti cairá diante de ti.
16 हेर, मैले लोहारलाई बनाएँ। उसले आगो फुक्छ र फलामलाई तातो बनाउँछ। त्यसपछि उसले तातो फलाम लिएर जस्तो चाहन्छ त्यस्तै हतियार बनाउँदछ। यस्तै प्रकारले मैले ‘नाश गर्नेवाला’ जसले धेरै थोकहरू नष्ट पार्दछ उसलाई पनि मैले नै सृजना गरेको हुँ।
16 Eis que eu criei o ferreiro, que assopra as brasas no fogo e que produz a arma para o seu devido fim; também criei o assolador, para destruir.
17 मानिसहरूले तिम्रो विरूद्ध लडाइँ गर्न हतियारहरू बनाउँनेछन्, तर ती हतियारहरूले तिमीलाई पराजित गर्न सक्दैनन्। केही मानिसहरूले तिम्रो विरूद्ध कुराहरू गर्नेछन्, तर तिनीहरू जो तिम्रो विरूद्ध कुरा गर्छन् आफै दोषी रहेको प्रमाणित गर्नेछन्।”परमप्रभु भन्नुहुन्छ, परमप्रभुको दासले के पाउनेछ? तिनीहरूले मबाट माफ पाउनेछन्।”
17 Toda arma forjada contra ti não prosperará; toda língua que ousar contra ti em juízo, tu a condenarás; esta é a herança dos servos do Senhor e o seu direito que de mim procede, diz o Senhor .
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Isaías 54, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.