Isaías 51
Nepali Bible (GL_NEPALI) vs NAA
1 “तिमीहरू कतिपय असल जीवन जीउनलाई एकदमै कोशीश गर्छौ। तिमीहरू यसको लागि परमप्रभुको सहयोग माग्न जान्छौ। मलाई ध्यान दिएर सुन। तिमीहरूले आफ्ना पिता अब्राहामलाई हेर्नु पर्छ। उनी एक चट्टान हुन जसको टुक्रा तिमीहरू होऊ।
1 “Escutem, vocês que procuram a justiça, vocês que buscam o olhem para a rocha da qual vocês foram cortados e para a pedreira de onde foram tirados.
2 अब्राहाम तिमीहरूका पिता हुन् अनि तिमीहरूले उनलाई खोज्नु पर्छ। तिमीहरूले सारालाई हेर एक नारी जसले तिमीहरूलाई जन्म दिईन्। अब्राहाम मैले बोलाउँदा एक्लै थियो। त्यसपछि मैले उसलाई आशीर्वाद दिएँ अनि उसले एउटा ठूलो परिवार प्रारम्भ गर्यो। धेरै-धेरै मानिसहरू उसबाट नै जन्मिए।”
2 Olhem para Abraão, seu pai, e para Sara, que os deu à luz. Porque Abraão era um só, quando eu o chamei, o abençoei e o multipliquei.
3 यस्तै प्रकारले परमप्रभुले सियोनलाई सान्त्वना दिनुहुनेछ। परमप्रभुले उनी र उनको सन्तानहरू प्रति दुख अनुभव गर्नुहुनेछ अनि उहाँले उसको लागि एक महान कार्य गर्नुहुनेछ। परमप्रभुले मरूभूमिलाई परिवर्तन गर्नु हुनेछ। त्यो मरूभूमि अदनको बगैंचा जस्तो हुनेछ। त्यो जग्गा रित्तो थियो, तर त्यो परमप्रभुको बगैंचा जस्तो हुनेछ। मानिसहरू त्यहाँ अति नै खुशी हुनेछन्। मानिसहरूले त्यहाँ आनन्द प्रकट गर्नेछन्। तिनीहरूले धन्यवाद र विजयको गीत गाउँनेछन्।
3 Porque o Senhor terá piedade de Sião; terá piedade de todos os seus lugares desolados. Fará o seu deserto como o Éden, e os seus lugares áridos, como o jardim do Ali haverá júbilo e alegria, ações de graças e som de música.”
4 “मेरा मानिसहरू, मलाई ध्यान दिएर सुन। मेरो निर्णयहरू कसरी जीउनु भनरे मानिसहरूलाई देखाउँदै ज्योति जस्ता हुनेछन्।
4 “Preste atenção, meu povo, e escute, minha nação! Porque de mim sairá a lei, e estabelecerei o meu direito como luz dos povos.
5 म निष्पक्ष छु भनेर चाँडै नै देखाउनेछु। म चाँडै नै तिमीहरूलाई बचाउनेछु म आफ्नो शक्ति लाएर सारा जातिहरूमा न्याय गर्नेछु सबै सुदूरका ठाउँहरूले मलाई पर्खिरहेकाछन्। तिनीहरूले आफ्ना मद्दतकोलागि मेरो शक्तिको प्रतीक्षा गर्दछन्।
5 Perto está a minha justiça, a minha salvação já aparece, e os meus braços dominarão os povos. As terras do mar me aguardam e no meu braço esperam.
6 माथि आकाशमा हेर! तल पृथ्वी वरिपरि हेर! आकाश बादलहरूका धूँवा सरह अल्गिदै जानेछ। पृथ्वी काम नलाग्ने पुरानो लुगा सरह हुनेछ। पृथ्वीमा भएका मानिसहरू मर्नेछन् तर मेरो उद्धार सदा-सर्वदा रहिरहनेछ। मेरो सद्भावना कहिल्यै अन्त हुनेछैन।
6 Levantem os olhos para os céus e olhem para a terra, aqui embaixo! Porque os céus desaparecerão como a fumaça, e a terra envelhecerá como a roupa; os seus moradores morrerão como mosquitos, mas a minha salvação durará para sempre, e a minha justiça não será anulada.”
7 तिमीहरू जसले मेरो धार्मिकतालाई जान्दछौ त्यसले मलाई ध्यान दिएर सुन्नु पर्छ। तिमीहरू जसले मेरो उपदेशहरू मान्दछौ उनीहरूले मैले भनेका कुराहरू मान्नु पर्दछ। दुष्ट मानिसहरूबाट नडराऊ। तिनीहरूले तिमीहरूलाई भनेका नराम्रा कुराहरूबाट नडराऊ।
7 “Escutem, vocês que conhecem a justiça, vocês, povo em cujo coração está a minha lei: não temam os insultos dos homens, nem fiquem assustados por causa das suas zombarias.
8 किन? किनभने तिनीहरू पुराना लुगाहरू जस्ता हुन्। माऊ कीराहरूले तिनीहरूलाई खानेछन्। तिनीहरू ऊन जस्तो हुन कीराहरूले तिनीहरूलाई खानेछन तर मेरो सद्भावना सदा-सर्वदा चलिरहनेछ। मेरो उद्धार सदा सर्वदा लगातार चलिरहनेछ।”
8 Porque as traças os roerão como fazem com a roupa, e os bichos os comerão como fazem com a lã. Mas a minha justiça durará para sempre, e a minha salvação, de geração em geração.
9 जाग! जाग! हे परमप्रभुको बाहु, बलवान बन्। आफ्नो बल चलाऊ जसरी तिमीहरूले धेरै अघि गरेका थियौ। जसरी तिमीहरूले प्राचीन कालमा गरेका थियौ। तिमीहरूसंग राहाबलाई पराजित गरेको त्यो शक्ति छ। तिमीहरूले अजीङ्गरलाई पराजित गर्यौ।
9 Desperta! Desperta, braço do e arma-te de força! Desperta como nos dias passados, como nas gerações antigas! Não és tu aquele que cortou Raabe em pedaços e feriu o monstro marinho?
10 तिमीहरूले गर्दा नै समुद्रलाई सुख्खा हुने पार्यौ। तिमीहरूले अति गहिरोबाट पानी सुकायौ। तिमीहरूले समुद्रको गहिरो भागमा बाटो बनायौ। तिमीहरूले त्यो बाटो पार गरेर बाँच्यौ।
10 Não és tu aquele que secou o mar, as águas do grande abismo? Não abriste um caminho no fundo do mar, para que passassem os remidos?
11 परमप्रभुले उहाँका मानिसहरूलाई बचाउनु हुन्छ। तिनीहरू आनन्दित भएर सियोन फर्किनेछन्। तिनीहरू अत्यन्त खुशी हुनेछन्। तिनीहरूका खुशीयाली तिनीहरूको शिरको एउटा मुकुट सरह सदा-सर्वदा रहने छ। तिनीहरूले खुशीसँग गाउनेछन् सबै दुखद अवस्थाहरू टाढा हटेर जानेछ।
11 Os resgatados do Senhor voltarão e entrarão em Sião com cânticos de júbilo. Alegria eterna coroará a sua cabeça. Ficarão tomados de júbilo e alegria, e deles fugirão a tristeza e o gemido.”
12 परमप्रभु भन्नुहुन्छ, “म मात्रै हुँ तिमीहरूलाई सान्त्वना दिने। यसैले तिमीहरू किन मानिसहरूसँग डराउँछौ? तिनीहरू मानिसहरू मात्र हुन् जो बाँच्छन र मर्छन तिनीहरू मानिस जातिहरू हुन तिनीहरू घाँस जस्तै मर्दछन्।”
12 “Eu, eu sou aquele que os consola; quem, então, é você, para que tenha medo do homem, que é mortal, ou do filho do homem, que não passa de erva?
13 परमप्रभुले तिमीहरूलाई बनाउनु भएको हो। उहाँको आफ्नो शक्तिले पृथ्वी बनाउनु भयो। अनि उहाँको आफ्नो शक्तिले पृथ्वी भरि आकाश फैलाउनु भयो। तर तिमीहरूले उहाँलाई भुल्यौ र उहाँको शक्तिलाई पनि भुल्यौ। यसकारण तिमीहरू क्रोधित मानिससँग डराउँछौ जसले तिमीहरूलाई चोट पुर्याउँछ। ती मानिसहरूले तिमीहरूलाई नाश गर्ने योजना बनाए तर तिनीहरू सबै गए तिनीहरू अब कहाँ छन्।
13 Por que você se esquece do que estendeu os céus e fundou a terra, e todo o dia, sem cessar, teme a fúria do opressor, que se prepara para destruir? Onde está a fúria do opressor?
14 कैदमा परेका मानिसहरू चाँडै नै स्वतन्त्र हुनेछन्। ती मानिसहरू झ्यालखानमा मर्ने अथवा सडने छैनन्। ती मानिसहरूले प्रशस्त खानेकुराहरू पाउनेछन्।
14 O exilado cativo depressa será libertado, lá não morrerá, lá não descerá à sepultura; o seu pão não lhe faltará.”
15 “किनकि म, परमप्रभु, तेरो परमेश्वर हुँ। म समुद्रलाई उत्तेजित पारी उठाउनेछु र छालहरू उठाउनेछु।” (सेनाहरूका परमप्रभु उहाँको नाउँ हो।)
15 “Pois eu sou o Senhor , seu Deus, que agito o mar, de modo que bramem as suas ondas. O meu nome é
16 “मेरो दास, म तिमीहरूलाई ती वचनहरू दिने छु जुन म तिमीहरूलाई भन्न चाहन्छु। अनि म तिमीहरूलाई मेरो हातले छेक्नेछु र म तिमीहरूलाई बचाउनेछु। म तिमीहरूलाई नयाँ आकाश अनि नयाँ पृथ्वी बनाउनलाई चलाउनेछु। म तिमीहरूलाई चलाउनेछु इस्राएललाई यसो भन्नलाई, ‘तिमीहरू मेरा मानिसहरू हौ।”‘
16 Confio a você as minhas palavras e o protejo com a sombra da minha mão, para que eu estenda os céus, firme a terra e diga a Sião: ‘Você é o meu povo.’”
17 जाग जाग! यरूशलेम, उठ! परमप्रभु तिमीहरूमाथि अति क्रोधीत हुनु हुन्थ्यो। यसैकारण तिमीहरू दण्डित भयौ। यो दण्ड एक कचौरा विष जस्तो थियो, तिमीहरूले पीउनु नै पर्थ्यो अनि तिमीहरूले यसलाई पियौ।
17 Acorde! Acorde e levante-se, ó Jerusalém, você que bebeu da mão do o cálice da sua ira, você que esgotou o cálice de atordoamento.
18 यरूशलेमसँग धेरै मानिसहरू थिए, तर तिनीहरू मध्ये कोही पनि यरूशलेमको अगुवा हुन सकेन्। तिनले उठाएका कुनै पनि छोरा छोरीहरूले उनलाई डोर्याएनन्।
18 De todos os filhos que ela teve nenhum a guiou; de todos os filhos que criou nenhum a tomou pela mão.
19 कष्टहरू दुइ वर्गमा यरूशलेममा देखा परे, चोरी र सीमित खाद्यन्न, ठूलो अनिकाल र युद्ध।तिमीहरू दुखमा परेको बेला कसैले पनि तिमीलाई साथ दिएन्। कसैले पनि तिमीहरू प्रति करूणा देखाएन्।
19 Estas duas coisas lhe sobrevieram, mas quem teve compaixão de você? Houve destruição e ruína, fome e espada, mas quem veio consolar você?
20 तिमीहरूका मानिसहरू कमजोर भए तिनीहरू भूईंमा लडेर त्यही पल्टिरहे। ती मानिसहरू प्रत्येक कुना काप्चा र गल्लीहरूमा लडिरहे। तिनीहरू पाशोमा परेका पशुहरू जस्ता भए। जब सम्म तिमीहरूले दण्ड थाम्न नक्सने भयो परमप्रभुको क्रोधवाट दण्डित भइरह्यौ। जब परमेश्वरले अधिक दण्ड दिन्छु भनेर भन्नुभयो, तिनीहरू सातो हराएका झैं भए।
20 Os seus filhos desmaiaram, jazem nas esquinas de todas as ruas, como o antílope na rede. Estão cheios da ira do e da repreensão do seu Deus.
21 मलाई ध्यान देऊ, दुखी यरूशलेम। तिमीहरू दाखरस नपिएता पनि एउटा मद पिउने मानिस जस्तै कमजोर छौ। तिमीहरू त्यस, “विषको कचौराबाट” कमजोर छौ।
21 Por isso, agora escute isto, você que está aflita e embriagada, mas não de vinho.
22 तिमीहरूका परमेश्वर र मालिक, परमप्रभु, आफ्ना मानिसहरूका लागि लड्नु हुन्छ उहाँले तिमीहरूलाई भन्नु हुन्छ, “हेर, म यस विषको कचौरालाई तिमीहरूबाट टाढा हटाइरहेछु। म मेरो क्रोध तिमीहरूबाट टाढा लागिरहेछु। मेरो क्रोधको कारणले अब उप्रान्त तिमीहरू दण्डित हुने छैनौ।
22 Assim diz o seu Senhor, o que defenderá a causa do seu povo: “Eis que eu tiro da sua mão o cálice de atordoamento, o cálice da minha ira. Você nunca mais beberá dele.
23 म मेरो क्रोध तिनीहरूमाथि प्रयोग गर्नेछु जसले तिमीहरूलाई चोट पुर्याउनेछ, जसले तिमीहरूलाई मार्ने प्रयास गर्दछ। तिनीहरूले तिमीहरूलाई भने, ‘हाम्रो अघाडी घुँडा टेक अनि हामी तिमीहरूमाथि हिंड्नेछौं।’ तिनीहरूले जबरजस्ती तिनीहरूलाई झुकाउने कोशिश गर्छन्। अनि तिनीहरू तिमीहरूका ढाढमा हिंडनेछन्। तिमीहरू तिनीहरू हिंडने एक बाटो जस्तो हुनेछौ।”
23 Eu o porei nas mãos dos que a atormentaram, dos que lhe disseram: ‘Abaixe-se, para que passemos por cima de você!’ E você pôs as suas costas como chão e como rua para os que passavam.”
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Isaías 51, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.