Isaías 47
Nepali Bible (GL_NEPALI) vs ACF
1 “हे बाबेलकी कन्या तल आऊ अनि भूईंमा बस। कल्दीहरूकी कन्ये छोरी,भूईंमा बस। तिमी अहिले शासक होइनौ। मानिसहरू सोच्ने छैनन्, कि तिमी एकजना सुन्दरी, कोमल, सुकुमारी हौ।
1 Desce, e assenta-te no pó, ó virgem filha de babilônia; assenta-te no chão; já não há trono, ó filha dos caldeus, porque nunca mais serás chamada a tenra nem a delicada.
2 अब तिमीले कठिन परिश्रम गर्नुपर्छ। तिमीले ढुङ्गाको जाँतो ल्याउनु पर्छ अनि अन्न पिँधेर पीठो बनाउनु पर्छ तिम्रो घुम्टो हटाऊ अनि तिम्रो सुन्दर पोषाकहरू खोल। तिमीले तिम्रो देश छोडनु पर्नेछ। तिम्रा फरियाहरू उठाऊ जबसम्म मानिसहरूले खुट्टाहरू देख्न सक्तैनन, अनि नदीहरूपार गर।
2 Toma a mó, e mói a farinha; remove o teu véu, descalça os pés, descobre as pernas e passa os rios.
3 मानिसहरूले तिम्रा गुप्त अंगहरू हेर्नेछन् अनि तिम्रो लाज हेर्नेछन्। तिमीले गरेको सबै दुष्टकर्मको बद्ला म चुकाउनेछु। अनि कोही पनि तिमीलाई सघाउन आउने छैनन्।
3 A tua vergonha se descobrirá, e ver-se-á o teu opróbrio; tomarei vingança, e não pouparei a homem algum.
4 “मेरा मानिसहरू भन्छन्, “परमेश्वरले हामीलाई बचाउनु हुन्छ। उहाँको नाउँ हो सेनाहरूका परमप्रभु, इस्राएलका परमपवित्र हुनुहुन्छ।”‘
4 O nosso redentor cujo nome é o Senhor dos Exércitos, é o Santo de Israel.
5 “यसकारण बाबेल, त्यहाँ बस अनि शान्त हौ। कल्दीहरूका छोरीहरू अन्धकार भित्र जाऊ। किन? किनभने अब तिमी राज्यहरूकी रानी रहने छैनौ।”
5 Assenta-te calada, e entra nas trevas, ó filha dos caldeus, porque nunca mais serás chamada senhora de reinos.
6 “म मेरो मानिसहरूसित क्रोधित थिएँ, ती मानिसहरू मेरा हुन्, तर म क्रोधित थिएँ, यसकारण मैले तिनीहरूलाई प्रमुख बनाइँन। मैले तिनीहरू तिमीलाई दिएँ, अनि तिनीहरूलाई तिमीले दण्ड दियौ। तर तिमीले तिनीहरूमाथि कृपा राखेनौ। तिमीले बूढा-पाकहरूलाई पनि कठिन काम गर्न लगायौ।
6 Muito me agastei contra o meu povo, profanei a minha herança, e os entreguei na tua mão; porém não usaste com eles de misericórdia, e até sobre os velhos fizeste muito pesado o teu jugo.
7 तिमीले भन्यौ, ‘म सदा-सर्वदा बाँच्नेछु। म सधैं नै रानी हुनेछु।’ तिमीले ती मानिसहरू प्रति गरेको नराम्रो कुराहरूमा तिमीहरूले ध्यानै दिएनौ। तिमीले के हुने होला भनेर सोच्दा पनि सोचेनौ।
7 E disseste: Eu serei senhora para sempre; até agora não te importaste com estas coisas, nem te lembraste do fim delas.
8 यसकारण अब, ‘विलासी स्त्री’ ध्यान दिएर सुन! तिमी सुरक्षित अनुभव गर र आफैलाई भन, ‘म मात्र प्रमुख मानिस हुँ। म जस्तो प्रमुख अन्य कोही पनि छैन्। म कहिल्यै पनि विधवा हुने छैन्। मसँग सँधै नानीहरू हुनेछन्।’
8 Agora, pois, ouve isto, tu que és dada a prazeres, que habitas tão segura, que dizes no teu coração: Eu o sou, e fora de mim não há outra; não ficarei viúva, nem conhecerei a perda de filhos.
9 यी दुइ कुरा अचानक तिमीसित घट्नेछन्। पहिले, तिमीले आफ्ना नानीहरू गुमाउनेछौ। अनि त्यसपछि तिमीले आफ्नो लोग्ने गुमाउनेछौ। हो, यी कुराहरू साँच्चि नै तिमीसित घट्ने नै छन्। अनि तिम्रा सबै मन्त्र र मोहनी शक्तिले तिमीलाई बचाउँनेछैन।
9 Porém ambas estas coisas virão sobre ti num momento, no mesmo dia, perda de filhos e viuvez; em toda a sua plenitude virão sobre ti, por causa da multidão das tuas feitiçarias, e da grande abundância dos teus muitos encantamentos.
10 तिमीले दुष्ट कर्महरू गर्यौ, तर अझ तिमी सुरक्षित अनुभव गर्छौ। तिमीले आफूले आफूलाई मात्र सोच्छौ, ‘मैले गरेको दुष्ट कामहरू कसैले पनि देख्दैन्।’ तिमी सोच्छौ कि तिम्रो विवेक र बुद्धिले तिमीलाई बचाउने छ। तिमी आफैलाई सोच्छौ ‘म मात्र हुँ म जस्तो अरू कोही मुख्य छैन्।’
10 Porque confiaste na tua maldade e disseste: Ninguém me pode ver; a tua sabedoria e o teu conhecimento, isso te fez desviar, e disseste no teu coração: Eu sou, e fora de mim não há outra.
11 “तर कष्टहरू तिमीमाथि आइलाग्नेछ। तिमी जान्दैनौ यो कहिले घट्ने छ? तर विपत्ति आइरहेछ। तिमी ती कष्टहरूलाई रोक्न केही पनि गर्न सक्नेछैनौ। तर तिमी जान्दैनौ कि के भयो भनेर तिमी चाँडै ध्वंश हुनेछौ।
11 Portanto sobre ti virá o mal, sem que saibas a sua origem, e tal destruição cairá sobre ti, sem que a possas evitar; e virá sobre ti de repente desolação que não poderás conhecer.
12 तिमीले टुना-मुना र तन्त्र-मन्त्र सिक्नलाई तिम्रो जीवनमा अत्यन्त परिश्रम गर्यौ। यसकारण तिम्रो टुना-मुना र तन्त्र-मन्त्र प्रयोग गर्न शुरू गर्यौ। हुनसक्छ तिम्रो टुना-मुनाले तिमीलाई साथ देला हुनसक्छ। तिमीले कसैलाई भयग्रस्त पार्न सक्छौ।
12 Deixa-te estar com os teus encantamentos, e com a multidão das tuas feitiçarias, em que trabalhaste desde a tua mocidade, a ver se podes tirar proveito, ou se porventura te podes fortalecer.
13 तिमीसँग धेरैजना सल्लाहकारहरू छन्, के तिमी तिनीहरूका सल्लाहरूबाट थकित भयौ? तब तिम्रा ज्योतिषीहरू पठाऊ ताकि ताराहरू पढुन्। तिनीहरूले तिमीलाई महीना कहिले शुरू हुन्छ बताउन सकुन्। यसकारण हुन सक्छ तिनीहरूले तिमीलाई कष्टहरू कहिले आउन सक्छ भनेर बताउन सकुन्।
13 Cansaste-te na multidão dos teus conselhos; levantem-se pois agora os agoureiros dos céus, os que contemplavam os astros, os prognosticadores das luas novas, e salvem-te do que há de vir sobre ti.
14 “तर ती मानिसहरूले आफैलाई सम्म बचाउन सक्तैन। तिनीहरू पराल जस्तो जल्नेछन्। तिनीहरू यति चाँडो जल्नेछन कि कसैलाई तातो पार्न कोइला सम्म रहने छैन।
14 Eis que serão como a pragana, o fogo os queimará; não poderão salvar a sua vida do poder das chamas; não haverá brasas, para se aquentar, nem fogo para se assentar junto dele.
15 त्यो प्रत्येक कुरामा घट्ने छ जुन तिमीले परिश्रम साथ गर्यौ। जो मानिसहरूसँग तिमीले जीवनभर काम गर्यौ तिनीहरूले तिमीलाई छाडनेछन्। प्रत्येक मानिस आ-आफ्नो बाटो जाने नै छन् अनि त्यहाँ तिमीलाई बचाउने कुनै पनि मानिस रहने छैन।”
15 Assim serão para contigo aqueles com quem trabalhaste, os teus negociantes desde a tua mocidade; cada qual irá vagueando pelo seu caminho; ninguém te salvará.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Isaías 47, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.