Isaías 44

Nepali Bible (GL_NEPALI) vs NAA

Sair da comparação
NAA Nova Almeida Atualizada 2017
1 “याकूब, तिमी मेरो दास हौ। मेरो कुरा होशियारी साथ सुन, इस्राएल मैले तिमीलाई छानेको छु। म जे कुरा भन्छु सुन्।
1 “Mas agora escute, Jacó, meu servo, e Israel, a quem escolhi.”
2 म परमप्रभु हुँ अनि मैले तिमीलाई बनाएँ। म मात्र हुँ जसले तिमीलाई बनाए जो अहिले तिमी छौ। मैले तिमीलाई त्यति बेलादेखि सहयोग गरेको हुँ जब तिमी आमाको गर्भमा थियौ। मेरो दास, याकूब, नडराऊ। यशूरून (इस्राएल) मैले तिमीलाई चुनेको हुँ।
2 Assim diz o Senhor , que o criou e formou desde o ventre materno, e que o ajuda: “Não tenha medo, meu servo Jacó, meu amado, a quem escolhi.
3 “म तिर्खाएको मानिसहरूलाई पानी खन्याई दिनेछु। म सुक्खा भूमिहरूमा खोला बगाइदिनेछु। म मेरो आत्मा तिम्रा छोरा-छोरीहरूमाथि खन्याई दिनेछु, यो तिम्रो सन्तानमा बगिरहने पानीका धाराहरू जस्तै हुनेछ।
3 Porque derramarei água sobre o chão sedento e torrentes sobre a terra seca. Derramarei o meu Espírito sobre a sua posteridade e a minha bênção sobre os seus descendentes,
4 तिनीहरू संसारका मानिसहरूका माझमा बढनेछन्। तिनीहरू खोलाहरूका छेउमा उम्रेर बढने रूखहरू जस्ता हुनेछन्।
4 e eles brotarão como a relva, como salgueiros junto às correntes de água.”
5 “एकजनाले भन्नेछ, ‘म परमप्रभुको हुँ।’ अर्को मानिसले ‘याकूबको’ नाउँ लिनेछ। अझै अर्को मानिसले उसको नाउँ बताउनेछ? ‘म परमप्रभुको हुँ’ अनि अर्को मानिसले ‘इस्राएलको’ नाउँ प्रयोग गर्नेछ।”‘
5 “Um dirá: ‘Eu sou do Senhor ’; outro se chamará pelo nome de Jacó; o outro ainda escreverá na própria mão: ‘Eu sou do e por sobrenome tomará o nome de Israel.”
6 परमप्रभु इस्राएलको राजा हुनुहुन्छ। सेनाहरूका परमप्रभुले इस्राएललाई बचाउनु हुनेछ। परप्रभुले भन्नु हुन्छ, “म केवल परमेश्वर हुँ। यहाँ अरू कोही देवताहरू छैनन्। म नै आदि हुँ र म नै अन्त हुँ।
6 Assim diz o Senhor , o Rei e Redentor de Israel, o “Eu sou o primeiro e eu sou o último, e além de mim não há Deus.
7 यहाँ म जस्तै अन्य कुनै परमेश्वर छैन। यदि यहाँ छ भने, त्यो परमेश्वरले जस्तै बोल्नु पर्छ। त्यो परमेश्वर आएर म जस्तै परमेश्वर हो भनी प्रमाण गर्नु पर्छ। त्यो परमेश्वरले त्यस समयदेखिको घटनाहरू बताउनु पर्छ जब मैले प्राचीन मानिसहरू बनाएँ। त्यस परमेश्वरले भविष्यमा हुने कुराको संकेत पनि दिन सक्नुपर्छ।
7 Quem, assim como eu, fez predições desde que estabeleci o mais antigo povo? Que o declare e o exponha diante de mim! Que esse anuncie as coisas futuras, as coisas que hão de vir!
8 तिमीहरू नडराऊ। सुर्ता नगर। मैले तिमीहरूलाई के हुनेछ भनेर पहिल्यै भनिसकेको छु। तिमीहरू मेरा साक्षी हौ। यहाँ अन्य कुनै परमेश्वर छैन। यहाँ अन्य कुनै ‘चट्टान छैन,’ म जान्दछु म मात्र एक हुँ।”
8 Não fiquem apavorados, nem tenham medo. Por acaso não revelei e anunciei isso a vocês muito tempo atrás? Vocês são as minhas testemunhas. Será que há outro Deus além de mim? Não, não há outra Rocha que eu conheça.”
9 केही मानिसहरूले मूर्तिहरू बनाउँछन्। तर तिनीहरू कामै नलाग्ने छन्। ती मानिसहरू मूर्तिहरूका साक्षीहरू हुन् - तर तिनीहरूले देख्न सक्दैनन्। तिनीहरू केही जान्दैनन्। तिनीहरूले जे गरेकाछन् त्यसका लागि तिनीहरूलाई लज्जित बनाइनेछ।
9 Todos os artífices de imagens de escultura são nada, e as coisas que eles tanto estimam não têm valor nenhum. Eles mesmos são testemunhas de que elas nada veem, nem entendem, para que sejam envergonhados.
10 कसले ती झूटा देवताहरू बनाए? कसले ती व्यर्थका मूर्तिहरू बनाए?
10 Quem formaria um deus ou fundiria uma imagem de escultura, que não tem valor nenhum?
11 कारीगरहरूले ती देवताहरू बनाए! अनि ती कारीगरहरू केवल मानिसहरू नै हुन् देवताहरू होइनन्। यदि त्यस्ता मानिसहरू एकसाथ आएर ती कुराहरूमा छलफल गर, तब तिनीहरू लज्जित र त्रसित हुने थिए।
11 Eis que todos os seus seguidores ficarão envergonhados, pois os artífices não passam de homens. Que todos eles se reúnam e se apresentem! Sentirão pavor e, todos juntos, serão envergonhados.
12 एक कारीगरले तातो आगोमा फलाम तताउनु आफ्ना हतियारहरू चलाउँदछ। त्यो धातु पिट्नलाई त्यस मानिसले मार्तोल चलाउँदछ, अनि त्यो धातुबाट मूर्ति बन्दछ। त्यस मानिसले आफ्ना शक्तिशाली पाखुराहरू चलाउँदछ। तर जब त्यो मानिस भोको हुन्छ, उसले आफ्नो शक्ति प्रयोग गर्दछ। यदि मानिसले पानी पिउँदैन भने, उसको तिर्खा मेटीदैन।
12 O ferreiro pega uma ferramenta e trabalha nas brasas; vai moldando um ídolo com o martelo e forja-o com a força do seu braço. Ele tem fome e perde as forças; não bebe água e desfalece.
13 अर्को कारीगरले काठमाथि रेखाहरू खिच्नका लागि फिता र सिसाकलम चलाउँदछ। यसो गर्नाले के देखाउँछ भने उसले काठ कहाँ काट्नु पर्छ। त्यसपछि त्यस मानिसले आफ्नो छिनोहरू चलाउँदछ र काठबाट मूर्ति काट्दछ। उसले आफ्नो फिताले मूर्ति नाप्ने काम गर्दछ। यस प्रकारले, कारीगरले काठलाई एउटा मानिस जस्तो देखिने स्वरूप बनाउँदछ। अनि यो मानिस जस्तो देखिने मूर्तिले केही गर्दैन, तर त्यसको घरमा बस्दछ।
13 O carpinteiro estende o cordel sobre a madeira e, com o lápis, esboça uma imagem; alisa-a com plaina, marca com o compasso e faz uma escultura à semelhança e beleza de um ser humano, para ser colocada num templo.
14 मानिसले धुपी, देवताहरू काठ र फलाँटको रूखहरू काट्छ। त्यो मानिसले रूखहरू उमारेन, ती रूखहरू आफै उम्रन्छ। यदि कुनै एउटा मानिसले धुपीको रूख रोप्दछ भने, वर्षाले ती रूख उमार्दछ।
14 Um homem corta para si cedros, toma um cipreste ou um carvalho, fazendo escolha entre as árvores do bosque; planta um pinheiro, e a chuva o faz crescer.
15 त्यसपछि त्यस मानिसले त्यो रूख आफ्नो आगोमा बाल्दछ। मानिसहरूले त्यस रूखलाई दाउराको रूपमा काट्दछन्। अनि उसले त्यी दाउरा खाना पकाउन र आफूलाई न्यानो बनाउनका लागि प्रयोग गर्दछ। मानिसले केही दाउरा बालेर आफ्नो लागि रोटी बनाउँछ तर मानिसले त्यही रूखलाई अथवा त्यस रूखको केही अंशबाट देवता बनाउँछ अनि त्यस देवतालाई पूज्न थाल्दछ। त्यो देवता मानिसले बनाएको मूर्ति हो तर मानिस त्यस मूर्ति समक्ष झुक्छन्।
15 Tais árvores servem ao homem para queimar; com parte de sua madeira ele se aquece e também assa o pão; com a outra parte ele faz um deus e se prostra diante dele; esculpe uma imagem e se ajoelha diante dela.
16 मानिसले आधा जस्तो काठ आगोमा बाल्छ। मानिसले त्यो आगोमा मासु पकाउछ र अघाउञ्जेल खान्छ। मानिसले आफूलाई न्यानो राख्नका लागि दाउरा बाल्दछ। त्यस मानिसले भन्छ, “असल! अब म न्यानो भएँ अनि म देख्नु सक्छु, त्यो आगोको उज्यालो कहाँसम्म पर्दछ।”
16 Metade queima no fogo e com ela assa a carne para comer; faz um assado e dele se farta; também se aquece e diz: “Ah! Já estou aquecido! E como é bom olhar para o fogo.”
17 तर सानो रूखको टुक्रा त्यहाँ छाडियो, यसकारण मानिसले त्यस टुक्राबाट मूर्ति बनाउँछ अनि ईश्वर मान्छ। उ त्यस देवता समक्ष झुक्छ अनि पूजा गर्दछ। मानिसले देवताहरूलाई प्रार्थना गर्दै भन्दछ, “तपाईं मेरा ईश्वर हुनुहुन्छ, मलाई बचाउनु होस्।”
17 Do resto ele faz um deus, uma imagem de escultura; ajoelha-se diante dela, prostra-se e lhe dirige a sua oração, dizendo: “Livra-me, porque tu és o meu deus.”
18 ती मानिसहरूले जान्दैनन् तिनीहरूले के गरिरहेकाछन्। तिनीहरूले बुझ्दैनन्। तिनीहरूका आँखा बन्द भए जस्तै छन, यसैले तिनीहरूले देख्न सक्दैनन्। तिनीहरूको हृदयले बुझ्ने कोशिश गर्दैनन्।
18 Nada sabem, nem entendem, porque os olhos deles estão grudados, para que não vejam, e o coração deles já não pode entender.
19 ती मानिसहरूले यस विषयमा सोच विचार गरेका छैनन्। मानिसहरूले बुझ्दैनन् यसकारण तिनीहरूले आफ्नो बारेमा कहिल्यै सोचेका छैनन, “मैले आधा दाउरा आगोमा बालें। मैले तातो कोइलामा रोटी बनाएँ अनि मासु पकाएँ। त्यसपछि मैले मासु खाँए। अनि मैले बाँचेको ती काठहरूले यस्तो भयानक चीज बनाएँ। मैले दाउराका मुढालाई पूजीरहेको छु।”
19 Nenhum deles cai em si, já não há conhecimento nem compreensão para dizer: “Metade da madeira queimei e sobre as brasas assei pão e carne para comer. E será que daquilo que restou eu faria uma abominação? Deveria eu me ajoelhar diante de um pedaço de madeira?”
20 त्यो मानिसले जान्दैन आफूले के गरिरहेछ। उ अन्योलमा छ, यसकारण उसको मनले उसलाई झूटो बाटोमा लगिरहेकोछ। त्यस मानिसले आफूलाई बचाउन सक्तैन्। अनि उसले गरिरहेका गल्ती काम देख्न सक्तैन। मानिसले भन्नेछ, “यो मूर्ति जुन मैले समाती रहेकोछु त्यो झूटा देवता हो।”
20 Tal homem se apascenta de cinza; o seu coração enganado o iludiu, de maneira que não pode livrar a sua alma, nem dizer: “Não é uma mentira isso que tenho em minha mão?”
21 “याकूब, यी कुराहरू याद राख। इस्राएल, याद राख, तिमी मेरो सेवक हौ। मैले तिमीलाई बनाएँ! तिमी मेरो सेवक हौ यसकारण इस्राएल, म तिमीलाई कहिल्यै बिर्सिने छैन्।
21 “Lembre-se destas coisas, ó Jacó, ó Israel, porque você é meu servo! Eu o formei, você é meu servo, ó Israel; não me esquecerei de você.
22 तिम्रो पापहरू ठूलो बादल जस्ता थिए तर मैले ती पापहरू पखालिदिएँ। तिम्रा पापहरू मेटिएर गए, जसरी बादल पातलो हावामा हराउँदछ। मैले तिमीलाई जोगाएँ अनि बचाएँ यसैले तिमी फर्केर मकहाँ आयौ।”
22 Desfaço as suas transgressões como a névoa e os seus pecados, como a nuvem; volte para mim, porque eu o remi.”
23 आकाशहरू आनन्दित छन् किनभने परमप्रभुले ती महान वस्तुहरू बनाउनु भयो। पृथ्वी आनन्दित छ, पृथ्वी मुनिका गहिर्याई सम्म। पर्वतहरू परमप्रभुलाई धन्यवाद प्रकटगर्दै गाउँदछन्। जङ्गलमा भएका सारा रूखहरू आनन्दित छन्। किन? किनभने परमप्रभुले याकूबलाई बचाउनु भयो। परमप्रभुले महान कुराहरू इस्राएलको लागि गर्नु भयो।
23 “Alegrem-se, ó céus, porque o exultem, ó profundezas da terra; cantem de alegria, vocês, montes, vocês, bosques e todas as suas árvores, porque o e se glorificou em Israel.”
24 परमप्रभुले तिमीलाई बनाउनु भयो जो तिमी आज छौ। परमप्रभुले त्यस्तो गरिरहनु भएको बेला तिमी आमाकै गर्भभित्र थियौ। परमप्रभु भन्नुहुन्छ, “म, परमप्रभुले, सबै थोक बनाएको हो। म स्वयंले आकाश राखें। मैले पृथ्वीलाई मेरो समक्ष फैलाएँ।”
24 Assim diz o Senhor , o seu Redentor, o mesmo que o formou desde o ventre materno: “Eu sou o que faço todas as coisas. Sozinho estendi os céus e sozinho espraiei a terra.
25 झूटा अगमवक्ताहरूले झूट बोल्दछन्, तर परमप्रभुले तिनीहरूका झूटा कुराहरू गल्ती हुन भनेर देखाउनुहुन्छ। परमप्रभुले मूर्ख मानिसहरू बनाउनु हुन्छ जसले जादू गर्दछन्। तिनीहरू सोच्दछन् कि तिनीहरू ज्यादा जान्दछ। परमप्रभुले ज्ञानी मानिसहरू सम्मलाई अन्योलमा पारिदिनुहुन्छ। परमप्रभुले तिनीहरूलाई मूर्ख पार्नुहुन्छ।
25 Eu frustro os sinais dos que profetizam mentiras e faço com que os adivinhos fiquem parecendo tolos. Obrigo os sábios a recuar, transformando o seu saber em tolice.
26 परमप्रभुले आफ्ना दासहरूलाई समाचार भन्नलाई मानिसहरूकहाँ पठाउनु भयो। अनि परमप्रभुले ती समाचारहरूलाई सत्य साबित पार्नुभयो। परमप्रभुले दूतहरूलाई मानिसहरूकहाँ के कुराहरू गर्नुपर्छ भनेर बताउनलाई पठाउनु भयो। अनि परमप्रभुले तिनीहरूको सल्लाह असल हो भनेर देखाउनुहुन्छ।परमप्रभुले यरूशलेमलाई भन्नुहुन्छ, “मानिसहरू फेरि त्यहाँ बस्नेछन्।” परमप्रभुले यहूदाका शहरहरूलाई भन्नुहुन्छ, “तिमी फेरि पुननिर्माण हुनेछौ।” परमप्रभुले ती शहरहरूलाई भन्नु हुन्छ कि तिनीहरू ध्वंश भए, “म तिमीलाई नयाँ शहरमा पुनःस्थापित गर्नेछु।”
26 Eu confirmo a palavra do meu servo e cumpro o conselho dos meus mensageiros. Digo a respeito de Jerusalém: ‘Ela será habitada’; e a respeito das cidades de Judá: ‘Elas serão edificadas’; e quanto às suas ruínas: ‘Eu as levantarei’.
27 परमप्रभुले गहिरा पानीलाई भन्नुहुन्छ, “सुख्खा भई जाओस्। म तिम्रा मूल श्रोतहरू पनि सुकाइदिनेछु।”
27 Digo à profundeza do mar: ‘Seque, e eu secarei os seus rios.’
28 परमप्रभुले कोरेसलाई भन्नुहुन्छ, “तिमी मेरो भेंडा गोठाला, तिमीले त्यही कुरा गर्ने छौ जो म चाहन्छु। तिमीले यरूशलेमलाई भन्नेछौ “तिमी पुन निर्माण हुनेछौ। तिमीले मन्दिरलाई बताउनेछौ, ‘तिम्रो जग पुननिर्माण हुनेछ।”‘
28 Eu digo a respeito de Ciro: ‘Ele é meu pastor e cumprirá tudo o que me agrada.’ Digo também de Jerusalém: ‘Será edificada’; e do templo: ‘Seus alicerces serão lançados.’”

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Isaías 44, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.