Isaías 31
Nepali Bible (GL_NEPALI) vs NAA
1 मिश्रतिर सहायता माग्न गइरहेको मानिसहरूलाई हेर। मानिसहरूले घोडाहरू मागिरहेका छन्। घोडाहरूले तिनीहरूलाई बचाउनेछ भनेर सोच्दछन्। मिश्रबाट आएका रथहरू र घोडचढी सैन्यहरूले तिनीहरूलाई रक्षा गर्नेछ भनेर आशा गरिरहेछन्। मानिसहरूले सोच्दछन कि विशाल सैनिक हुँदा उनीहरू सुरक्षित हुनेछन्। मानिसहरूले इस्राएलका परमपवित्रलाई भरोसा गर्दैनन्। मानिसहरू परमप्रभु सँग सहायता माग्दैनन्।
1 Ai dos que descem ao Egito em busca de socorro e se estribam em cavalos! Eles confiam em carros de guerra, porque são muitos, e em cavaleiros, porque são fortes, mas não olham para o Santo de Israel, nem buscam o
2 तर, उहाँ परमप्रभु हुनुहुन्छ जो ज्ञानी हुनुहुन्छ। अनि परमप्रभुले नै उनीहरूका विरूद्ध कष्ट ल्याइदिनु हुन्छ। मानिसहरूले परमप्रभुको आज्ञालाई परिवर्तन गर्न सक्तैनन्। परमप्रभु उठनु हुनेछ र दुष्ट मानिसहरूका विरूद्ध लडनु हुनेछ। अनि परमप्रभु ती मानिसहरूका विरूद्ध लडनु हुनेछ जसले दुष्ट मानिसहरूलाई सघाउन सहायता गर्छन्।
2 Porém o Senhor também é sábio e faz vir a desgraça; ele não volta atrás naquilo que falou. Ele se levantará contra a casa dos malfeitores e contra os que ajudam os que praticam o mal.
3 मिश्रका जनताहरू केवल मानिसहरू मात्र हुन् परमेश्वर होइनन्। मिश्रबाट आएका घोडाहरू केवल पशुहरू मात्र हुन् आत्मा होइनन्। परमप्रभुले आफ्नो हात फैलाउँनु हुनेछ र सहायता गर्नेहरू पराजित हुनेछन्। अनि सहायता चाहाने मानिसहरू पतन हुनेछन्। ती सबै मानिसहरू-सँगै नाश हुनेछन्।
3 Pois os egípcios são homens e não deuses; os seus cavalos são carne, e não espírito. Quando o tropeçará aquele que ajuda e cairá quem é ajudado; e juntos todos perecerão.
4 परमप्रभुले मलाई भन्नुभयो “जब एउटा सिंह अथवा सिंहको बच्चाले खानलाई पशु पक्रन्छ, सिंह मृत पशुको छेऊमा उभिन्छ अनि गर्जन्छ। त्यसबेला कसैले पनि ठूलो सिंहलाई डर देखाउन सक्तैन्। सिंह यदि मानिसहरू आएर कराए पनि डराउँदैन्। मानिसहरू ठूलो स्वरमा कराए पनि सिंह भाग्दैन।”यस्तै प्रकारले, सेनाहरूका परमप्रभु सियोन पर्वतमा झर्नु हुनेछ। परमप्रभुले त्यस पर्वतमाथि लडाइँ गर्नु हुनेछ।
4 Porque assim me disse o Senhor : “Como o leão e o filhote do leão rugem sobre a sua presa e, ainda que se convoque contra eles grande número de pastores, não se espantam com o barulho nem se apavoram com os gritos desses pastores, assim o descerá para lutar sobre o monte Sião e sobre a sua colina.
5 चराहरू आफ्ना गुँडहरूमाथि उडीरहे जस्तै गरी सेनाहरूका परमप्रभुले यरूशलेमलाई बचाउनु हुन्छ। परमप्रभुले उसलाई बचाउनु हुन्छ। परमप्रभुमाथिबाट जानुहुनेछ र यरूशलेमलाई बचाउनु हुनेछ।
5 Como uma ave paira sobre o seu ninho, assim o defenderá Jerusalém; ele a defenderá e salvará, poupará e livrará.”
6 इस्राएलका नानीहरूले परमेश्वरको विरूद्ध विद्रोह गरे। तिमीहरू परमेश्वरकहाँ फर्केर आउनै पर्नेछ।
6 Ó filhos de Israel, voltem-se para aquele contra quem vocês se rebelaram tão profundamente.
7 तब मात्र मानिसहरू ती सुन र चाँदीले बनिएका मूर्तिहरू पूज्न छाडनेछन्। तिमीहरूले ती मूर्तिहरू बनाएर साँच्चि नै पाप कमायौ।
7 Pois, naquele dia, cada um de vocês jogará fora os ídolos de prata e os ídolos de ouro que as suas mãos pecaminosas fabricaram.
8 यो साँचो हो अश्शूर तरवारले पराजित हुने नै छ। तर त्यो तरवार मानिसको तरवार हुने छैन्। अश्शूर परमप्रभुको तरवारदेखि भागि जाने छ। तर युवकहरूलाई समातेर नोकर बनाइने छ।
8 “A Assíria cairá pela espada, não de homem; a espada, não de um ser humano, a destruirá. A Assíria fugirá diante da espada, e os seus jovens serão sujeitos a trabalhos forçados.
9 तिनीहरूका सुरक्षाको ठाउँ ध्वंस हुने छ। तिनीहरूका अगुवाहरू पराजित हुनेछन् र झन्डा छाडेर भाग्नेछन्।परमप्रभुले यी सबै कुराहरू भनी सक्नु भयो। परमप्रभुको अग्नि स्थान सियोनमाथि छ। परमप्रभुको सियोन र भट्टी यरूशलेम हो।
9 De medo não enxergará a sua rocha de refúgio; os seus príncipes, apavorados, desertarão a bandeira”, diz o e cuja fornalha está em Jerusalém.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Isaías 31, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.