Isaías 25

Nepali Bible (GL_NEPALI) vs NVI

Sair da comparação
NVI Nova Versão Internacional
1 हे परमप्रभु, तपाईं मेरो परमेश्वर हुनुहुन्छ। म तपाईंलाई आदर गर्दछु र तपाईंको नाउँको प्रशंसा गर्दछु। तपाईंले उदेककोकामहरू गर्नुभयो। धेरै पहिले तपाईंले भन्नु भएका वचनहरू पूर्णत सत्य छन्। त्यस्तै भयो जस्तो तपाईंले हुन्छ भन्नु भएको थियो।
1 Senhor, tu és o meu Deus; eu te exaltarei e louvarei o teu nome, pois com grande perfeição tens feito maravilhas, coisas há muito planejadas.
2 तपाईंले शहर ध्वंस पार्नु भयो। यो दरिलो पर्खालहरूले सुरक्षित पारेको शहर थियो। तर अहिले यो केवल ढुङ्गाहरूको थुप्रो भएको छ। विदेशी महल नष्ट भयो अब यो कहिल्ये फेरि बनिने छैन्।
2 Fizeste da cidade um monte de entulho, da cidade fortificada uma ruína, da cidadela dos estrangeiros uma cidade inexistente, que jamais será reconstruída.
3 शक्तिशाली जातिहरूका मानिसहरूले तपाईंको सम्मान गर्नेछन्, दरिलो शहरहरूका शक्तिशाली मानिसहरूले तपाईंसित डराउनेछन्।
3 Por isso um povo forte te honrará; a cidade das nações cruéis te temerá.
4 परमप्रभु, तपाईं गरीब मानिसहरूका निम्ति सुरक्षाको ठाउँ हुनुहुन्छ। यी मानिसहरूलाई पराजित गर्न धेरै समस्याहरू सृष्टि भए तर तपाईंले तिनीहरूको रक्षा गर्नुभयो। परमप्रभु, बाढी र गर्मीबाट जोगाउनुका निम्ति तपाईं मानसिहरूको घर जस्तै हुनुहुन्छ। कष्टहरू भयंकर हुरी र बर्खा जस्तै हुन्। पानी पर्खालको विरोधमा प्रचण्ड बढछ। तर घरभित्र मानिसहरूलाई क्षति हुनेछैन्।
4 Tens sido refúgio para os pobres, refúgio para o necessitado em sua aflição, abrigo contra a tempestade e sombra contra o calor quando o sopro dos cruéis é como tempestade contra um muro
5 शत्रुहरू चिच्याउँदछन अनि कोलाहल मच्चाउँछन्। शत्रुले भयानक चुनौतीहरू दिन्छन्। तर परमप्रभु तपाईंले, तिनीहरूलाई रोक्नु हुन्छ। गर्मीको बेला मरूभूमिमा झारपातहरू ओइलिंदै भूईंमा खस्दछ। त्यस्तै प्रकारले, तपाईंले शत्रुलाई पराजित गराउँदै घुडाँ टेक्न बाध्य गराउनु हुन्छ बाक्लो बादलहरूले ग्रीष्म ऋतुको तापईंलाई रोक्छ। त्यस्तै प्रकारले, तपाइँले भयानक शत्रुको कोलाहल बन्द गरिदिनु हुन्छ।
5 e como o calor do deserto. Tu silencias o bramido dos estrangeiros; assim como diminui o calor com a sombra de uma nuvem, também a canção dos temíveis é emudecida.
6 त्यस समय, सेनाहरूका परमप्रभुले त्यो पर्वतमा आफ्ना सारा मानिसहरूलाई महाभोज दिनुहुनेछ। त्यस भोजमा उत्तम भोजनहरू र मद हुनेछ। मासु कलिलो र राम्रो हुनेछ।
6 Neste monte o Senhor dos Exércitos preparará um farto banquete para todos os povos, um banquete de vinho envelhecido, com carnes suculentas e o melhor vinho.
7 तर अहिले, एउटा आवरण छ जसले सबै राष्ट्र अनि जातिहरूलाई छोप्छ। त्यस आवरणलाई ‘मृत्यु’ भनिन्छ।
7 Neste monte ele destruirá o véu que envolve todos os povos, a cortina que cobre todas as nações;
8 तर मृत्युलाई सदाको निम्ति नष्ट गरि दिनुहुनेछ। अनि मेरो परमप्रभु, मेरो मालिकले प्रत्येकको अनुहारबाट आँसु पुछि दिनुहुनेछ। बितेका दिनहरूमा, तिनीहरू सबै उदास थिए। तर परमेश्वरले पृथ्वीबाट त्यो उदासीनता हटाई दिनुहुनेछ। यी सबै कुराहरू हुनेछ किनभने परमप्रभुले त्यसो भन्नुभएको थियो।
8 destruirá a morte para sempre. O Soberano Senhor enxugará as lágrimas de todo o rosto e retirará de toda a terra a zombaria do seu povo. Foi o Senhor quem disse!
9 त्यसबेला, मानिसहरूले भन्नेछन्, “उहाँ हाम्रो परमेश्वर हुनुहुन्छ, जसलाई हामीले पर्खिरहेका थियौं। उहाँ हामीलाई बचाउन आउनु हुनेछ। हामी हाम्रो परमप्रभुलाई पर्खिरहेका छौं। यसकारण जब उहाँले हामीलाई बचाउनु हुनेछन हामी आनन्दित र खुशी हुनेछौं।”
9 Naquele dia dirão: "Esse é o nosso Deus; nós confiamos nele, e ele nos salvou. Esse é o Senhor, nós confiamos nele; exultemos e alegremo-nos, pois ele nos salvou".
10 परमप्रभुको शक्ति यो पर्वतमाथि छ। अनि मोआब परास्त हुनेछ। परमप्रभुले शत्रुलाई कुल्चिनु हुनेछ। यो मलको थुप्रोको तल थिचिएको पराल जस्तै हुनेछ।
10 Pois a mão do Senhor repousará sobre este monte; mas Moabe será pisoteado em seu próprio lugar, como a palha é pisoteada na esterqueira.
11 परमप्रभुले आफ्ना पाखुराहरू त्यसरी फैलाउनु हुनेछ जसरी पौडी खेल्ने मानिसले फैलाउँदछ। परमप्रभुले सारा कुराहरू बटुल्नु हुन्छ जसबाट मानिसहरू गौरव अनुभव गर्छन्। तिनीहरूले बनाएका सुन्दर कुराहरू उहाँले थुपार्नु हुनेछ। अनि ती चीजहरू फालि दिनुहुनेछ।
11 Ali Moabe estenderá as mãos, como faz o nadador para nadar, mas o Senhor abaterá o seu orgulho, apesar da habilidade das suas mãos.
12 परमप्रभुले मानिसहरूका सबै सुरक्षित ठाँउहरू अनि अग्ला भित्ताहरू ध्वंश पार्नु हुनेछ। परमप्रभुले तिनीहरूलाई भूईंमा लडाएर धूलो पार्नु हुनेछ।
12 Abaterá as torres altas dos seus altos muros e os derrubará; ele os lançará ao pó da terra.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Isaías 25, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.