Isaías 19

Nepali Bible (GL_NEPALI) vs VC

Sair da comparação
VC Versão Católica
1 मिश्रको बारेमा शोक सन्देश हेर! परमप्रभु तिब्र गतिमा उडिरहने बादलमाथि चडेर आउनु हुँदैछ। परमप्रभु मिश्रमा प्रवेश गर्नु हुनेछ अनि मिश्रका सबै झूटा देवताहरू डरले काम्नेछन्। मिश्र वीर थियो, तर त्यो गरिमा पग्लेर जानेछ।
1 Oráculo contra o Egito. Eis que o Senhor, montado numa nuvem rápida, vem ao Egito. Os ídolos do Egito tremem diante dele e o Egito sente desfalecer sua coragem.
2 परमेश्वर भन्नुहुन्छ, “मिश्रका मानिसहरूलाई आपसमा म झगडा गर्ने बनाउँछु। दाज्यू-भाइहरू-माझ लडाइँ हुनेछ। छिमेकीहरू आफ्नै छिमेकीहरूसित लडाइँ गर्नेछन्। शहरहरू शहरहरूकै विरूद्ध लड्नेछन्। राज्यहरू राज्यहरू कै विरूद्ध लडनेछन्।
2 Excitarei os egípcios, uns contra os outros, e eles se baterão irmão contra irmão, amigo contra amigo, cidade contra cidade, reino contra reino.
3 मिश्रका मानिसहरू दोधारमा पर्नेछन्। ती मानिसहरू आफ्ना झूटा देवताहरू अनि ज्ञानी जनलाई सोध्नेछन्, के गर्नु पर्नेछ? तिनीहरूले आफ्ना तांत्रिकहरू र झाँक्रीहरूलाई सोध्नेछन्। तर तिनीहरूको उपदेश अनुपयोगी हुनेछन्।”
3 O Egito perderá a cabeça, e eu abolirei sua prudência. Consultarão os ídolos e os feiticeiros, os evocadores de mortos e os adivinhos.
4 मेरो मालिक सेनाहरूका परमप्रभु भन्नुहुन्छ, “म मिश्रलाई निष्ठूर मालिकको हातमा सुम्पिदिनेछु। एकजना शक्तिशाली राजाले मानिसहरूमाथि शासन गर्नेछन्।
4 Entregarei esta terra nas mãos de um soberano cruel, um rei implacável a dominará. Oráculo do Senhor dos exércitos.
5 नील नदी सुक्नेछ। समुद्रहरूबाट पानी सुखेर जानेछ।
5 As águas do mar se estancarão, e o rio se tornará seco e árido.
6 सारा नदीहरू नराम्रो प्रकारले गन्हाउने छ। मिश्रका सारा खोला-नालाहरूको पानी घट्नेछ र सुकेर जानेछ। पानीका सारा वनस्पतिहरू सड्नेछ।
6 A água estagnará nos canais, os rios do Egito diminuirão e secarão. Juncos e caniços murcharão
7 सारा उद्भिद नदीका किनारहरूसँगै मर्नेछन् र उडेर जानेछन्। नदीको ठूलो भागमा भएको उद्भिदहरू समेत मरेर जाने छ।
7 nas campinas à margem do Nilo; tudo o que cresce ao longo do rio secará, cairá e desaparecerá;
8 “जालहारी ती सबै मानिसहरू जसले नील नदीबाट माछाहरू समाउँछन् तिनीहरू उदास हुनेछन् र रूने छन्। तिनीहरूले नील नदीकै भरमा आफ्नो जीविका चलाएका हुन्, तर त्यो सबै सुक्खा हुनेछ।
8 os pescadores ficarão desolados, os que lançam o anzol no rio se lamentarão, e os que lançam suas redes às águas ficarão consternados.
9 सारा बाटेका सुनपाटको काम गर्ने मानिसहरू अत्यन्त दुखी हुनेछन्। ती मानिसहरूलाई लुगा बनाउने उद्भिदहरू नदी सुखेकोले गर्दा उब्जने छैन्।
9 Os que trabalham o linho ficarão decepcionados, os cardadores e os tecelães serão confundidos,
10 मानिसहरूले पानी जोगाउनलाई बाँध बनाउनेछन तर विफल हुनेछन्, यसकारण तिनीहरू दुखी हुनेछन्।
10 os tecedores ficarão à míngua, e todos os trabalhadores em desolação.
11 “सोअन शहरका मानिसहरू मूर्ख छन्। फिराऊनका ‘सल्लाहकारहरूले’ भूल सल्लाह दिनेछन्। ती अगुवाहरूले आफूलाई ज्ञानी ठान्दछन्। तिनीहरू भन्छन् तिनीहरू प्राचीन राजाहरूका सन्तानहरू हुन्। तर तिनीहरू त्यति ज्ञानी छैनन् जति तिनीहरू सोच्छन्।”
11 Os príncipes de Soã enlouquecerão, os sábios conselheiros do faraó formarão um conselho insensato. Como ousais dizer ao faraó: Eu sou filho de sábios, filho dos antigos reis?
12 हे मिश्र! तिम्रा ज्ञानी मानिसहरू कहाँ छन्? ती ज्ञानी मानिसहरूले सिक्नु पर्छ कि सेनाहरूका परमप्रभुले मिश्रको लागि यो योजना बनाउनु भयो। के हुनेछ तिनीहरूले तिमीहरूलाई भनुन्?
12 Onde estão agora os teus sábios? Que eles te anunciem e te façam saber os desígnios do Senhor dos exércitos contra o Egito!
13 सोअनका अगुवाहरू मूर्ख भएका छन्। नोपका अगुवाहरूले झूटा देवताहरूमाथि भरोसा गरे। त्यसकारण अगुवाहरूले मिश्रलाई गलत मार्ग तिर लगे।
13 Os príncipes de Soã perdem a razão, os príncipes de Nof são iludidos; e os chefes das tribos desencaminham o Egito.
14 परमप्रभुले अगुवाहरूलाई दोधार बनाई दिनुभयो। तिनीहरू भडके र मिश्रलाई गल्ती मार्गमा डोर्याए। जे पनि अगुवाहरूले गरे सबै गल्तीहरू नै गरे। तिनीहरू मतवाला मानिसहरू सरह धर्मराउँदै भूईंमा शिथिल भएर लडिरहेका छन्।
14 O Senhor difundiu entre eles um espírito de vertigem, e eles vagueiam por todo o Egito sem desígnio certo, como um bêbado que cambaleia em seu vômito.
15 त्यहाँ अगुवाहरूले गर्नु पर्ने केही कुरा छैन्। ती अगुवाहरू “उद्भिदको टाउको र पुच्छरहरू हुन्।” तिनीहरू “टुप्पाहरू र काण्डहरू हुन्।”
15 O Egito não está em condições de decidir o que devem fazer a cabeça e a cauda, a palma e o junco.
16 त्यसबेला मिश्रदेशवासीहरू डराएकी स्त्रीहरू जस्तै हुनेछन्। तिनीहरू सेनाहरूका परमप्रभुदेखि डराउनेछ। परमप्रभुले तिनीहरूलाई दण्ड दिनलाई उहाँको पाखुरा उठाउनु हुनेछ र तिनीहरू डराउनेछन्।
16 Naquele tempo, os egípcios serão como mulheres, tremerão de medo sob a ameaça da mão do Senhor levantada sobre eles.
17 यहूदा देशले सारा मिश्रका मानिसहरूको लागि डराउने ठाउँ हुनेछ। यहूदाको नाउँ सुन्ने बित्तिकै मिश्रका मानिसहरू र्तसिनेछन्। यस्तो हुने नै छ किनभने सेनाहरूका परमप्रभुले मिश्रमा त्यस्तो घटना घटोस, भनेर योजना गर्नु भएको हो।
17 Então a terra de Judá será o terror do Egito; logo que se fale nela, ele se encherá de pavor, por causa dos desígnios que o Senhor dos exércitos formou contra ele.
18 त्यस समय मिश्र शहर पाँचवटा हुनेछ जहाँ मानिसहरूले कनानी भाषा बोल्छन्। ती शहरहरू मध्ये एउटाको नाउँ “विनाशक शहर”हुनेछ।मानिसहरूले सेनाहरूका परमप्रभुलाई अनुसरण गर्ने प्रतिज्ञा गर्नेछन्।
18 Naquele tempo, haverá no Egito cinco cidades que falarão a língua de Canaã e jurarão pelo Senhor dos exércitos. Uma delas será chamada a Cidade do Sol.
19 त्यस समय मिश्रको बीचमा परमप्रभुको लागि एउटा वेदी तयार हुनेछ। मिश्रको सिमानामा परमप्रभुमाथि श्रद्धा प्रकट गर्नलाई एउटा स्मारक बनाइनेछ।
19 Naquele tempo, haverá um altar erguido ao Senhor, em pleno Egito, e, em suas fronteiras, um obelisco dedicado ao Senhor.
20 सेनाहरूका परमप्रभुले गर्नु भएको महान र प्रभावपूर्ण कार्यहरूको यो चिह्न हुनेछ। कुनै पनि समय मानिसहरू परमप्रभुदेखि केही माग्न चिच्याइ रूनेछन् अनि परमप्रभुले सहयोगी पठाउनु हुनेछ। परमप्रभुले मानिसहरूलाई बचाउन र रक्षा गर्नलाई एक मानिस पठाउनु हुनेछ। त्यस मानिसले तिनीहरूमाथि अरूले गरेको अन्याय र दुष्ट कार्यबाट बचाउनेछ।
20 E eles servirão de monumento ao Senhor na terra do Egito. Quando maltratados pelos opressores, invocarão o Senhor, e ele lhes enviará um salvador, um defensor que os libertará.
21 त्यसबेला, मिश्रका मानिसहरूले परमप्रभुले साँचो रूपमा जान्नेछन्। मिश्रका मानिसहरूले परमेश्वरलाई प्रेम गर्नेछन्। मानिसहरूले परमेश्वरको सेवा गर्नेछन् र धेरै बलिदानहरू अर्पण गर्नेछन्। तिनीहरूले परमप्रभुसित भाकल गर्नेछन्। अनि तिनीहरूले ती प्रतिज्ञाहरू कायम राख्नेछन्।
21 O Senhor se dará a conhecer ao Egito, os egípcios conhecerão o Senhor naquele tempo, e lhe oferecerão sacrifícios e oblações; farão votos ao Senhor e os cumprirão.
22 परमप्रभुले मिश्रका मानिसहरूलाई दण्ड दिनु हुनेछ। अनि त्यसपछि परमप्रभुले तिनीहरूलाई क्षमा गर्नु हुनेछ। तिनीहरू परमप्रभुपट्टि फर्केर आउनेछन्। परमप्रभुले तिनीहरूका प्रार्थना सुन्नु हुनेछ र तिनीहरूलाई क्षमा गर्नुहुनेछ।
22 Quando o Senhor ferir os egípcios, será para curá-los; eles se voltarão para o Senhor, que se deixará aplacar e os curará.
23 त्यस समयमा मानिसहरू अश्शूरबाट मिश्र अनि मिश्रबाट अश्शूर जानेछन्। मिश्र र अश्शूरका मानिसहरूसँगै आराधना गर्नेछन्।
23 Naquele tempo, haverá um caminho do Egito para a Assíria; os assírios irão ao Egito, e os egípcios, à Assíria. O Egito e a Assíria renderão culto ao Senhor.
24 त्यस समयमा इस्राएल, अश्शूर र मिश्रले संयुक्त भई पृथ्वीमाथि शासन गर्नेछन्। यो त्यो देशको लागि एक आशिर्वाद हुनेछ।
24 Naquele tempo, Israel será, como terceiro, aliado ao Egito e à Assíria, objeto da bênção no meio da terra
25 सेनाहरूका परमप्रभुले त्यस देशलाई आशीर्वाद दिनुहुनेछ। उहाँले भन्नु हुनेछ, “मिश्र, तिमीहरू मेरा मानिसहरू हौ। अश्शूर, मैले तिमीलाई बनाएँ। इस्राएल तिमी मेरो सम्पत्ति हौ। तिमीहरू सबै धन्य हौ!”
25 Que o Senhor dos exércitos abençoará nestes termos: Bendito seja meu povo do Egito, a Assíria, obra de minhas mãos, e Israel, minha herança!

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Isaías 19, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.