Isaías 10

Nepali Bible (GL_NEPALI) vs VC

Sair da comparação
VC Versão Católica
1 कानून बनाउनेहरूलाई हेर। तिनीहरू कुटिल कानूनहरू लेख्दछन्। कानूनहरूले अन्यायपूर्ण फैसला दिन्छन्।
1 Ai daqueles que fazem leis injustas e dos escribas que redigem sentenças opressivas,
2 ती कानूनका ठेकेदारहरू गरीब जनता प्रति निष्पक्ष छैनन्। तिनीहरूले ती गरीब मानिसहरूका अधिकारहरू खोसेर लगे। विधवाहरू र टुहुरा-टुहुरीहरूको सम्पत्तिहरू चोर्ने अनुमति मानिसहरूलाई दिए।
2 para afastar os pobres dos tribunais e negar direitos aos fracos de meu povo; para fazer das viúvas sua presa e despojar os órfãos.
3 कानून बनाउनेहरू हो! तिमीहरूले गरेका प्रत्येक कुराको लेख दिनु पर्नेछ। त्यसबेला तिमीहरू के गर्नेछौ? तिमीहरूको विनाशको समय सुदूर देशबाट आइरहेछ। कहाँ भागेर सहयोग माग्ने छौ? तिमीहरूका रूपिंया-पैसा र धनले तिमीहरूलाई मद्दत दिने छैन।
3 Que fareis vós no dia do ajuste de contas, e da tempestade que virá de longe? Junto de quem procurareis auxílio, e onde deixareis vossas riquezas?
4 तिमीहरूले कैदी सरह शिर निहुराएर रहनुपर्ने छ। तिमीहरू मृत मानिस जस्तो ढल्नेछौ! तर साथ पाउने छैनौ! परमेश्वर अझ पनि क्रोधित नै हुनुहुन्छ। उहाँ तिमीहरूलाई दण्ड दिनलाई अझ पनि तत्पर रहनुहुन्छ।
4 A menos que vos curveis entre os cativos, tombareis entre os mortos. Apesar de tudo, sua cólera não se aplacou, e sua mão está prestes a precipitar-se.
5 परमेश्वरले भन्नु हुन्छ, “म लाटो जस्तो अश्शूरलाई प्रयोग गर्नेछु। क्रोधमा, इस्राएललाई दण्ड दिनलाई म अश्शूरलाई प्रयोग गर्ने छु।
5 Ai da Assíria, vara de minha cólera e bastão que maneja o meu furor.
6 म ती दुष्ट काम गर्नेहरूका विरूद्ध लडाइँ गर्न अश्शूरलाई पठाउनेछु। म ती मानिसहरूप्रति क्रोधित छु, अनि म अश्शूरलाई तिनीहरू विरूद्ध लडाइँ लड्न आज्ञा गर्नेछु। अश्शूरले तिनीहरूलाई पराजित गर्नेछ र तिनीहरूको धन-सम्पत्ति खोसेर लैजाने छ। अश्शूरका निम्ति इस्राएल कुल्चिइने मैला-हिलो भएको ठाउँ हुनेछ।
6 Eu o enviei contra uma nação ímpia, e o lancei contra o povo, o objeto de minha cólera, para que o entregasse à pilhagem e lhe levasse os despojos, e o calcasse aos pés como a lama das ruas.
7 “मैले उसलाई प्रयोग गरिरहेको छु भनेर अश्शूरले बुझ्दैन्। अश्शूरले ऊ आफू मेरो एक कठ्पुतली हो भन्ने बुझ्दैनन्। अश्शूर अन्य मानिसहरूलाई नाश गर्न मात्र चाहन्छ। अश्शूरले अन्य जातिहरूलाई ध्वंश गर्ने योजना मात्र गर्दछ।
7 Mas ele não entendeu dessa maneira, e este não foi o seu pensamento. Ele só pensa em destruir, em exterminar nações em massa.
8 अश्शूरले आफू स्वयंलाई भन्दछ, ‘मेरा सारा अगुवाहरू राजाहरू जस्ता हुन्!
8 Porque disse: Porventura meus chefes não são todos eles reis?
9 कल्नो शहर कर्कमीश शहर जस्तो हो। अनि अर्पाद हमात शहर जस्त हो। सामरिया शहर दमीशक शहर जस्तो हो।
9 Não teve Calano o destino de Carcamis, Emat, o de Arfad, e Samaria, o de Damasco?
10 मैले ती अनिष्ट राज्यहरूलाई पराजित गरें अनि अहिले तिनीहरूलाई आफ्नो नियन्त्रणमा राखेको छु। ती मानिसहरूले पूज्ने मूर्तिहरू यरूशलेम र सामरियाका मूर्तिहरू भन्दा अति उत्तम खालका छन्।
10 Assim como minha mão se apoderou dos reinos de falsos deuses, cujos ídolos eram mais numerosos que os de Jerusalém e de Samaria,
11 मैले सामरिया र त्यसका मूर्तिहरूलाई पराजित गरें। के म यरूशलेम अनि त्यहाँका मानिसहरूले बनाएका मूर्तिहरूलाई पराजित नगरौं?”‘
11 assim como tratei Samaria e seus falsos deuses, não devo tratar também Jerusalém e seus ídolos?
12 मेरो मालिकले यरूशलेम र सियोन पर्वतका निम्ति योजना गर्नु भएको कामहरू समाप्त भयो। त्यसपछि परमप्रभुले अश्शूरलाई दण्ड दिनु हुनेछ। अश्शूरका राजा एकदम अंहकारी छन्। उसको अहमले उसलाई नराम्रा कामहरू गर्ने प्रेरित गर्यौ। यसकारण परमेश्वरले उसलाई दण्ड दिनु हुने नै छ।
12 Quando o Senhor tiver terminado a sua obra no monte Sião e em Jerusalém, ele punirá a linguagem orgulhosa do rei da Assíria e seus olhares insolentes. Porque ele disse:
13 अश्शूरका राजाले भन्छन्, “म मात्र ज्ञानी छु। मेरो आफ्नै विवेक र शक्तिद्वारा धेरै कुराहरू गरें। मैले धेरै जातिहरूलाई पराजित गरें। मैले तिनीहरूका सम्पत्ति खोसें। अनि तिनीहरूका मानिसहरूलाई दास बनाएँ। म एकदम शक्तिशाली मानिस हुँ।
13 Foi pela força de minha mão que eu agi, e pela minha destreza, porque sou hábil. Dilatei as fronteiras, saqueei os tesouros e lancei por terra aqueles que estavam no trono.
14 मेरा आफ्नै हातहरूले ती मानिसहरूका धन सम्पत्तिहरू लगेको छु जसरी एक मानिसले चराको गुँडबाट अण्डाहरू लैजान्छ। चराले प्रायः आफ्नो गुँड र अण्डाहरू छोड्छ। अनि त्यसलाई रक्षा गर्ने कोही पनि हुदैन्। त्यहाँ कुनै पनि चराले कराउँदै आफ्ना पखेटाहरू अथवा चूँ-चूँ गर्दै लडाइँ गर्न सक्तैन। यसैकारण मानिसहरूले अण्डाहरू लाने गछर्न्। त्यस्तै प्रकारले पृथ्वीमा त्यस्तो कुनै मानिस छैन जसले मलाई मानिसहरू लैजानदेखि रोक्न सक्छ।”
14 Minha mão tomou como um ninho a riqueza dos povos. Assim como se recolhem os ovos abandonados, eu reuni a terra inteira. Ninguém moveu a asa, nem abriu o bico, nem piou.
15 मानिस भन्दा बञ्चरो राम्रो होइन जसले बञ्चरोले काट्ने काम गर्छ। मानिस भन्दा आरी राम्रो होइन जसले आरीद्वारा चिर्ने काम गर्छ। अनि मानिस भन्दा लौरो धेरै शक्तिशाली होइन जसले कसैलाई दण्ड दिन यसलाई प्रयोग गर्छ।
15 Acaso o machado se vangloria à custa do lenhador? Ou a serra se levanta contra o serrador? Como se a vara fizesse agitar aquele que a maneja, como se o bastão fizesse mover o braço!
16 सेनाहरूका परमप्रभुले अश्शूरका योद्धाहरूको विरोधमा डरलाग्दो रोग पठाउनु हुनेछ। तब अश्शूरको गौरव नाश अनि विलीन हुनेछ। प्रत्येक वस्तु खरानी नहुञ्ञेलसम्म आगो जस्तै बलि रहनेछ।
16 Por isso o Senhor Deus dos exércitos fará enfraquecer seus robustos guerreiros, e debaixo de sua glória acender-se-á um fogo como o de um incêndio.
17 इस्राएलको ज्योति त्यस्तै एक आगो हो। त्यही परमपवित्र मात्र आगोका ज्वाला स्वरूप हुनुहुन्छ। उहाँ आगो जस्तै हुनुहुन्छ जसले पहिले सिउँडीहरू र काँढाहरू जलाउँछ।
17 A luz de Israel tornar-se-á um fogo e seu Santo, uma chama, para queimar e devorar as suas sarças e seus espinhos em um só dia.
18 तब आगो ठूलो हुन्छ, ठूला-ठूला रूखहरू अनि ठूला अङ्गुरका बोटहरूलाई खरानीमा परिणत गर्छ। अन्तमा प्रत्येक वस्तु यस प्रकारले नाश हुन्छ कि त्यहाँ एक जना मानिस रहने छैन्। अश्शूर यस प्रकारले डडेको मुडा जस्तै नष्ट हुनेछ।
18 O esplendor de seu bosque e de seu jardim ele o aniquilará, corpo e alma. {Será como um doente que definha.}
19 त्यहाँ वनमा केही रूखहरू मात्र छोडिनेछ। ती छाडिएका रूखहरू नानीहरूले पनि ती गनेर लेख्न सक्छन्।
19 Restarão tão poucas árvores em sua floresta, que um menino poderá contá-las.
20 त्यस बेला, इस्राएलमा छाडिएर बसेका याकूब परिवारका मानिसहरूले, जसले तिनीहरूलाई कुट्दछन् त्यस मानिसमा नै आफूलाई आश्रित पारी राख्ने छैनन्। तिनीहरूले साँचो रूपमा इस्राएलका परम-पवित्र अर्थात परमप्रभु परमेश्वरमाथि आश्रय हुने कुरा सिक्दछन्।
20 Naquele tempo, o restante de Israel e os remanescentes da casa de Jacó deixarão de apoiar-se naquele que os fere, mas apoiar-se-ão com confiança no Senhor, o Santo de Israel.
21 याकूबको परिवारमा छाडिएका मानिसहरूले शक्तिशाली परमेश्वरलाई फेरि पछ्याउने छन्।
21 Um resto voltará, um resto de Jacó, para o Deus forte.
22 तिम्रा मानिसहरू एकदम ज्यादा संख्यामा छन्। तिनीहरू समुद्रका बालुवाहरू जस्ता छन्। तर परमप्रभुमा फर्कनलाई ती मध्ये कतिपय मानिसहरू मात्र छाडिनेछन् तर पहिले तिम्रो देश ध्वंश हुनेछ। अनि धर्तीमा सद्गुण आउनेछ; यो प्रवाहपूर्ण वहने नदी जस्तो हुनेछ।
22 Ainda que teu povo fosse inumerável como a areia do mar, dele só voltará um resto. A destruição está resolvida, a justiça vai tirar a desforra.
23 मेरा मालिक, सेनाहरूका परमप्रभुले घोषणा गर्नु भएकोछ कि उहाँले निश्चय नै यस पृथ्वीलाई ध्वंश पार्नुहुनेछ।
23 Esta sentença de ruína o Senhor Deus dos exércitos executará no centro de toda a terra.
24 मेरो मालिक, सेनाहरूका परमप्रभु भन्नुहुन्छ, “हे सियोनमा बस्ने मेरा मानिसहरू अश्शूरदेखि नडराऊ! जसरी मिश्रले तिमीहरूलाई पहिले प्रहार गरेका थियो त्यसरी नै अश्शूरले पनि प्रहार गर्नेछ। मानौं अश्शूरले प्रहार गर्नलाई कुनै डण्डाको प्रयोग गर्दछ।
24 Por isso o Senhor Deus dos exércitos disse: Povo meu, que habitas em Sião, não temas o assírio que te castiga com a vara, e brande seu bastão contra ti, como outrora os egípcios.
25 तर केही समयभित्र नै मेरो क्रोध शान्त हुनेछ। अश्शूरले तिमीहरूलाई सोचे जति दण्ड दिएकोमा म सन्तुष्ट हुनेछु।”
25 Porque dentro de muito pouco tempo meu ressentimento contra vós terá fim e minha cólera o aniquilará.
26 त्यसपछि सेनाहरूका परमप्रभुले अश्शूरलाई कोर्राले पिट्नु हुनेछ। पहिले परमप्रभुले ओरेब चट्टानमा मिद्यानलाई पराजित गर्नु भएको थियो, यस्तै प्रकारले परमप्रभुले अश्शूरमाथि आक्रमण गर्नुहुनेछ। पहिले परमप्रभुले मिश्रलाई दण्ड दिनु भएको थियो उहाँले समुद्रमाथिबाट डण्डा उठाउनु भएको थियो अनि आफ्ना मानिसहरूलाई मिश्रबाट डोर्याएर लैजानु भएको थियो। त्यस्तै प्रकारले परमप्रभुले मानिसहरूलाई अश्शूरबाट बचाउनु हुन्छ।
26 O Senhor Deus dos exércitos vibrará o açoite contra ele como quando feriu Madiã no penhasco de Oreb, e quando estendeu seu bastão sobre o mar, contra o Egito.
27 अश्शूरले तिमीहरूमाथि जुवाको भार ल्याउनेछ। ती जुवा तिमीहरूले आफ्नो काँधमा बोक्नु भारी जस्तै हुनेछन्। तर परमेश्वरले त्यो समस्या हटाउनु हुनेछ अनि भारी बोक्ने डण्डा भाँच्नु हुनेछ।
27 Naquele tempo, o peso que ele te impôs será tirado de teus ombros, e o seu jugo desaparecerá de teu pescoço... Ele avança pelo lado de Rimon,
28 सेनाहरू अय्यातनजिक प्रवेश गर्नेछन्। तिनीहरू मिग्रोनबाट भएर जानेछन्। सेनाले आफ्नो भोजनहरू मिकमाशमा राखेका छन्।
28 vai contra Aiat; passou por Magron, e depositou sua bagagem em Micmas;
29 तिनीहरू माबराहमा नदी तरेर जानेछन्। सेनाहरू गेबा शहरमा बास बस्नेछन्। रामा डराउनेछन्। शाऊलका गिबामा भएका मानिसहरू भाग्नेछन्।
29 transpuseram o desfiladeiro, e acamparam em Gaba. Ramá está aterrorizada, e Gabaat de Saul, tomada de pânico.
30 बाथ-गल्लीम चिच्याऊ, कराऊ! ए लैशा, सुन! अनातोत, मलाई जवाफ देऊ!
30 Levanta tua voz, ó filha de Galim; escuta, Laís; responde-lhe Anatot.
31 मदमेनाका मानिसहरू भाग्दैछन्। गिबोनका रैथाने बासिन्दाहरू लुक्दैछन्।
31 Medmena está em fuga, e os habitantes de Gabim retiraram-se;
32 त्यस दिन सेना नोबमा रोकिनेछन्। अनि सेनाहरू यरूशलेमका पहाड, सियोन पर्वत विरूद्ध लडाइँ गर्न तयार हुनेछन्।
32 mais um dia de pouso em Nobe, e depois ele levantará sua mão contra o monte Sião, contra a colina de Jerusalém.
33 नहेर! हाम्रो मालिक, सेनाहरूका परमप्रभुले ठूलो रूख काटेर अश्शूरलाई ढाल्नु भयो। परमप्रभुले आफ्ना महान शक्तिद्वारा त्यसो गर्नुभयो। महान र मुख्य मानिसहरू काटिदै, ढालिदै गए-तिनीहरू अब मुख्य रहेनन्।
33 O Senhor Deus dos exércitos, com um golpe terrível, abate os ramos, as grandes árvores são cortadas, e as mais altas lançadas por terra;
34 परमप्रभुले आफ्ना बन्चरोले जङ्गल नै फाँडि दिनुभयो अनि लबानोन अन्तर्गतका ठूला-ठूला रूखहरू को पतन भयो।
34 a ramagem da floresta tomba pelo ferro, e o Líbano desaba pela força.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Isaías 10, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.