Hebreus 6

Nepali Bible (GL_NEPALI) vs NVI

Sair da comparação
NVI Nova Versão Internacional
1 यसकारण अब हामीले ख्रीष्ट बारेको प्रारंभिक पाठहरू छोडनु पर्छ र पूर्णता तिर जानुपर्छ। हामी शुरू तिरै र्फकनु हुँदैन। मृत कर्महरूलाई पछि नै छोडेर अनि परमेश्वरमा विश्वास गरेर हामीले ख्रीष्टमा हाम्रो जीवन शुरू गरेका थियौ।
1 Portanto, deixemos os ensinos elementares a respeito de Cristo e avancemos para a maturidade, sem lançar novamente o fundamento do arrependimento de atos que conduzem à morte, da fé em Deus,
2 त्यसबेला, हामीलाई बप्तिस्माहरू,मानिसहरूमाथि हातहरू राख्ने विशेष कर्म, मृतको पुनरूत्थान र अनन्त न्यायको बारेमा सिकाइएको थियौं। तर अब हामीले अरू परिपक्व शिक्षा तर्फ बढनु पर्छ।
2 da instrução a respeito de batismos, da imposição de mãos, da ressurreição dos mortos e do juízo eterno.
3 परमेश्वरले चाहनु भए हामी त्यो पनि गछौं।
3 Assim faremos, se Deus o permitir.
4 मानिसहरूले ख्रीष्टलाई छोडिदिए पछि, तिनीहरूका जीवनको बाटो फेरि बदल्न सकिएला? सत्य सिक्नेहरू बारे म भन्दैछु। तिनीहरूले परमेश्वरबाट उपहार लिएका छन् र पवित्र आत्माको भागीदार बनेका छन्।
4 Ora para aqueles que uma vez foram iluminados, provaram o dom celestial, tornaram-se participantes do Espírito Santo,
5 तिनीहरूले परमेश्वरले भन्नुभएको वचन सुनेका छन्, र परमेश्वरको नयाँ संसारको महाशक्ति देखेका छन्। अनि ती कुराहरू खुबै राम्रा थिए भनेर तिनीहरूले बुझेका छन्। तर त्यसपछि तिनीहरूले ख्रीष्टलाई छोडे। अब तिनीहरूलाई फर्काएर फेरि ख्रीष्टमै ल्याउन असंभव छ।
5 experimentaram a bondade da palavra de Deus e os poderes da era que há de vir,
6 किन? किनकि तिनीहरूले ख्रीष्टलाई फेरि क्रूसमा टाँगेर काँटी ठोक्दैछन्। तिनीहरूले मानिसहरूको सामू ख्रीष्टलाई लज्जित तुल्याउँदै छन्।
6 e caíram, é impossível que sejam reconduzidos ao arrependimento; pois para si mesmos estão crucificando de novo o Filho de Deus, sujeitando-o à desonra pública.
7 जुन खेतले घरिघरि पानी पाउँछ र खेती गर्नेलाई अन्न उमार्छ। यस्ता खेतले परमेश्वरको आशीर्वाद पाउँछ।
7 Pois a terra que absorve a chuva, que cai freqüentemente e dá colheita proveitosa àqueles que a cultivam, recebe a bênção de Deus.
8 तर यदि त्यस जमीनले काँढा र सिउँडीहरू उमार्छ भने त्यो बेकार छ। त्यस जमीनले परमेश्वरबाट श्राप पाउने डर छ र त्यसलाई आगोले डडाउने छ।
8 Mas a terra que produz espinhos e ervas daninhas, é inútil e logo será amaldiçoada. Seu fim é ser queimada.
9 प्रिय मित्रहरू, यद्यपि हामी तिमीहरूलाई यी कुराहरू भन्छौं। तथापि हामी ढुक्क छौं कि तिमीहरूको अवस्था त्यो भन्दा धेरै राम्रो छ र त्यसले तिम्रो मुक्तिको जमानत दिन्छ।
9 Amados, mesmo falando dessa forma, estamos convictos de coisas melhores em relação a vocês, coisas próprias da salvação.
10 परमेश्वर न्यायसंगत हुनुहुन्छ। परमेश्वरले तिमीहरूले गरेको कामको याद गर्नु हुनेछ। उहाँका मानिसहरूलाई सहायता गरेर तिमीहरूले देखाएको आफ्नो प्रेमलाई तिमीहरूको अटूट सहायतालाई परमेश्वरले संझनु हुनेछ। तब तिमीहरूको आशा पनि पूर्ण गरिने छ।
10 Deus não é injusto; ele não se esquecerá do trabalho de vocês e do amor que demonstraram por ele, pois ajudaram os santos e continuam a ajudá-los.
11 तिमीहरू प्रत्येकले आफ्नो जीवनभरि यस्तै प्रयत्न गर्दै जाऊ भन्ने हामी चाहन्छौं। तब तिमीहरूको आशा पूर्ण हुने छ।
11 Queremos que cada um de vocês mostre essa mesma prontidão até o fim, para que tenham a plena certeza da esperança,
12 अल्छे नहोऊ, हामी तिमीहरूलाई तिनीहरू जस्तै होऊ भन्ने चाहन्छौ जसले परमेश्वरका वचनवद्ध कुराहरू पाए। तिनीहरूले परमेश्वरका वचनहरू पाउँछन किनकि तिनीहरूको विश्वास र धैर्य छ।
12 de modo que vocês não se tornem negligentes, mas imitem aqueles que, por meio da fé e da paciência, recebem a herança prometida.
13 परमेश्वरले अब्राहामलाई प्रतिज्ञा दिनु भएको थियो। परमेश्वर भन्दा ठूलो कोही छैन, यसर्थ परमेश्वर स्वयंले आफ्नो नाउँमा उनलाई शपथ दिनुभयो कि उहाँले आफ्नो वचन पूरा गर्नु हुनेछ।
13 Quando Deus fez a sua promessa a Abraão, por não haver ninguém superior por quem jurar, jurou por si mesmo,
14 परमेश्वरले भन्नुभयो, “म तिमीलाई निश्चितरूपले आशीर्वाद दिदँछु। म तिमीलाई धेरै सन्तान दिनेछु।”
14 dizendo: "Esteja certo de que o abençoarei e farei seus descendentes numerosos".
15 यो कुरो हुनलाई अब्राहामले धैर्यसाथ पर्खे। अनि पछि; अब्राहामले परमेश्वरको वचन पाए।
15 E foi assim que, depois de esperar pacientemente, Abraão alcançou a promessa.
16 शपथ लिँदा मानिसले आफूभन्दा ठूलोको नाउँ लिँदछन्। तिनीहरू के भन्छन्, त्यो शपथले साँचो छ भनी निश्चित गर्छ अनि विवादलाई निषेद गर्दछ।
16 Os homens juram por alguém superior a si mesmos, e o juramento confirma o que foi dito, pondo fim a toda discussão.
17 जसले त्यो पाउनुपर्छ उसलाई आफ्नो वचन सत्य छ भन्ने कुरो परमेश्वर प्रमाण गर्न चाहनु हुन्थ्यो। उहाँको निर्णय कहिल्यै बद्लीने छैन भन्ने कुरो तिनीहरूले स्पष्ट रूपले बुझून् भन्ने पनि परमेश्वर चाहनुहुन्थ्यो। परमेश्वरले शपथ लिएर जे भन्नुभयो त्यसलाई उहाँले प्रमाणित गर्नुभयो। परमेश्वरले जब केही भन्नुहुन्छ उहाँले ढाँट्न सकनु हुन्न, अनि जब उहांले कुनै शपथ लिनुहुन्छ उहाँले ढाँट्न सकनुहुन्न।
17 Querendo mostrar de forma bem clara a natureza imutável do seu propósito para com os herdeiros da promessa, Deus o confirmou com juramento,
18 यी दुइ कुराहरू बद्लिन सकदैनन्। अनि तिनीहरूले हामीलाई हाम्रो अघि रहेको आशामा दृढ रहन शक्तिशाली उत्साह दिन्छन् जति खेर हामी सुरक्षाको लागि परमेश्वरकहाँ आयौ।
18 para que, por meio de duas coisas imutáveis nas quais é impossível que Deus minta, sejamos firmemente encorajados, nós, que nos refugiamos nele para tomar posse da esperança a nós proposta.
19 हाम्रो आशा एउटा लंगूर जस्तो हो। यो मजबूत र निश्चित छ यसले हाम्रो प्राण बचाउँछ। यो मंदिरको पवित्र स्थानको पर्दाको पछि समेत पस्दछ।
19 Temos esta esperança como âncora da alma, firme e segura, a qual adentra o santuário interior, por trás do véu,
20 येशू अघिबाटै त्यस ठाउँमा पसिसकनुभएको छ र हाम्रोलागि बाटो खोलिदिनुभएको छ। यसरी येशू मल्कीसेदेक जस्तै प्रधान पूजाहारी बन्नु भएको छ।
20 onde Jesus, que nos precedeu, entrou em nosso lugar, tornando-se sumo sacerdote para sempre, segundo a ordem de Melquisedeque.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Hebreus 6, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.