Gênesis 45
Nepali Bible (GL_NEPALI) vs ARA
1 यूसूफले अब केही क्षण पनि आफूलाई नियन्त्रणमा राख्नु सकेन। तिनी त्यहाँ भएका सबै मानिसहरूको अघाडी रोए। यूसुफले भने, “प्रत्येकलाई यो ठाउँ छोडी जानु भन।” यसर्थ मानिसले त्यो ठाउँ छोडी दिए। खाली ती दाज्यू-भाइहरू मात्र यूसुफसित बसे। त्यसपछि यूसुफले तिनी को हुन् भने।
1 Então, José, não se podendo conter diante de todos os que estavam com ele, bradou: Fazei sair a todos da minha presença! E ninguém ficou com ele, quando José se deu a conhecer a seus irmãos.
2 यूसुफ रोइरहे अनि फिरऊनको घरमा भएका जन्मै मिश्र देशीहरूले सुने।
2 E levantou a voz em choro, de maneira que os egípcios o ouviam e também a casa de Faraó.
3 यूसुफले उनका दाज्यू-भाइहरूलाई भने, “म तिमीहरूका भाइ यूसुफ हुँ। के मेरा बाबु कुशल हुनुहुन्छ?” तर दाज्यू भाइहरूले तिनलाई उत्तर दिएनन्। तिनीहरू अलमल्ल परे अनि घबराएका थिए।
3 E disse a seus irmãos: Eu sou José; vive ainda meu pai? E seus irmãos não lhe puderam responder, porque ficaram atemorizados perante ele.
4 यसर्थ यूसुफले आफ्ना दाज्यू-भाइहरूलाई फेरि भने, “मकहाँ आऊ। म बिन्ती गर्छु, तिमीहरू मेरो नजिक आओ” यसर्थ तिनीहरू यूसुफको नजिकमा गए। अनि उनले तिनीहरूलाई भने, “म तिमीहरूको भाइ हुँ। म त्यही भाइ हुँ जसलाई तिमीहरूले मिश्र देशमा कमारोको रूपमा बेचेका थियौ।
4 Disse José a seus irmãos: Agora, chegai-vos a mim. E chegaram-se. Então, disse: Eu sou José, vosso irmão, a quem vendestes para o Egito.
5 अहिले चिन्ता नगर। तिमीहरू आफैसित आफूले गरेको कार्यको निम्ति नरिसाऊ। मलाई यहाँ ल्याउनमा परमेश्वरको एउटा योजना हो। म यहाँ तिमीहरूको जीवन बचाउनुको निम्ति छु।
5 Agora, pois, não vos entristeçais, nem vos irriteis contra vós mesmos por me haverdes vendido para aqui; porque, para conservação da vida, Deus me enviou adiante de vós.
6 यस भयंकर अनिकाल दुइ वर्षसम्म चल्यो अनि अझै पाँच वर्षसम्म कुनै अन्न-बाली तथा उद्भिदको उब्जाऊ बिना अनिकाल चलिरहने छ।
6 Porque já houve dois anos de fome na terra, e ainda restam cinco anos em que não haverá lavoura nem colheita.
7 यसर्थ तिमीहरूका मानिसहरूलाई बचाउनको निम्ति परमेश्वरले मलाई यस देशमा तिमीहरूभन्दा अगि पठाउनु भयो।
7 Deus me enviou adiante de vós, para conservar vossa sucessão na terra e para vos preservar a vida por um grande livramento.
8 यसर्थ मलाई यहाँ पठाएकोमा तिमीहरूको कुनै दोष छैन। यो परमेश्वरको इच्छा थियो। परमेश्वरले मलाई फिरऊनको बुबा जस्तै बनाउनु भयो। म मिश्रको सम्पूर्ण भूमि अनि फिरऊनको घरको राज्यपाल हुँ।”
8 Assim, não fostes vós que me enviastes para cá, e sim Deus, que me pôs por pai de Faraó, e senhor de toda a sua casa, e como governador em toda a terra do Egito.
9 यूसुफले भने, “चाँडो गर अनि मेरा बाबुकहाँ जाऊ। उनलाई भन उनका छोरो यूसुफले यो समाचार पठाएको छ।”परमेश्वरले मलाई मिश्रदेशको शासक बनाउनु भएको छ। यसर्थ मकहाँ आउनु। अबेर नगरी। अहिले नै आउनु।
9 Apressai-vos, subi a meu pai e dizei-lhe: Assim manda dizer teu filho José: Deus me pôs por senhor em toda terra do Egito; desce a mim, não te demores.
10 तिमीहरू गोशेनमा मेरो नजिकै बस्न सक्छौ। तिमी, तिमीहरूका बाल-बच्चाहरू, नाति-नातिनाहरू साथै सबै तिम्रा पशुहरूलाई यहाँ स्वागत गरिन्छ।
10 Habitarás na terra de Gósen e estarás perto de mim, tu, teus filhos, os filhos de teus filhos, os teus rebanhos, o teu gado e tudo quanto tens.
11 म आउँदो पाँच वर्षसम्म हुने अनिकालमा तिमीहरूको हेरचाह गर्नेछु। यसर्थ तिमीहरू र तिमीहरूका परिवारहरूले आफूसँग भएका कुनै चीज पनि हराउने छैनौ।
11 Aí te sustentarei, porque ainda haverá cinco anos de fome; para que não te empobreças, tu e tua casa e tudo o que tens.
12 यूसुफले आफ्ना दाज्यू-भाइहरूसित कुरा गरी रहे। उनले भने, “अब तिमीहरू जान्नेछौ म साँच्चै नै यूसुफ हुँ र तिमीहरूको भाइ बिन्यामीनले जान्दछ म यूसुफ नै हुँ। म तिमीहरूको भाइ तिमीहरूसितै बात गरी रहेको छु।
12 Eis que vedes por vós mesmos, e meu irmão Benjamim vê também, que sou eu mesmo quem vos fala.
13 यसर्थ मेरा बुबालाई मैले मिश्र देशमा पाएको सम्मानको विषयमा भनिदेऊ। तिमीहरूले यहाँ देखेको प्रत्येक कुरा सुनाई देऊ। अब झट्टै जाऊ अनि मेरा बुबालाई यहाँ लिएर आऊ।”
13 Anunciai a meu pai toda a minha glória no Egito e tudo o que tendes visto; apressai-vos e fazei descer meu pai para aqui.
14 त्यसपछि तिनको भाइ बिन्यामीनसित यूसुफले आलिङ्गन गरे अनि तिनीहरू दुवैजना रून शुरू गरे।
14 E, lançando-se ao pescoço de Benjamim, seu irmão, chorou; e, abraçado com ele, chorou também Benjamim.
15 त्यसपछि यूसुफले आफ्ना सबै दाज्यू-भाइहरूलाई म्वाइँ खाए अनि तिनीहरूको निम्ति रोए। त्यसपछि उनका दाज्यू-भाइहरू उनीसँग कुरा गर्न थाले।
15 José beijou a todos os seus irmãos e chorou sobre eles; depois, seus irmãos falaram com ele.
16 फिरऊनले थाहा पाए यूसुफका दाज्यू-भाइहरू त्यहाँ आएका थिए। फिरऊको राजमहलमा प्रत्येकले यो खबर चाल पाए। फिरऊन र उनका सेवकहरू यो खबर सुनेर खुशी भए।
16 Fez-se ouvir na casa de Faraó esta notícia: São vindos os irmãos de José; e isto foi agradável a Faraó e a seus oficiais.
17 यसकारण फिरऊनले यूसुफलाई भने, “तिम्रो दाज्यू-भाइहरूलाई भन तिनीहरूलाई जति अन्न चाहिन्छ लिएर कनान देशमा जाऊन।
17 Disse Faraó a José: Dize a teus irmãos: Fazei isto: carregai os vossos animais e parti; tornai à terra de Canaã,
18 आफ्ना दाज्यू भाइहरूलाई भन तिनीहरू आफ्नो बाबु र परिवारहरू लिएर यहाँ मकहाँ आउन्। जीवन निर्वाहको निम्ति म तिनीलाई यहाँको सब भन्दा असल भूमि दिनेछु अनि तिनीहरूले सबभन्दा असल भोजन गर्ने छन्।”
18 tomai a vosso pai e a vossas famílias e vinde para mim; dar-vos-ei o melhor da terra do Egito, e comereis a fartura da terra.
19 त्यसपछि फिरऊनले भने, “तिम्रा दाज्यू-भाइहरूलाई यहाँ भएका गाडीहरू मध्ये सबभन्दा असल चाँहि दिनु। तिनीहरूलाई भन ती गाडीहरूमा तिनीहरू कनान गएर आफ्ना बाबु र जहान, छोरा-छोरीहरू लिएर आउनु।
19 Ordena-lhes também: Fazei isto: levai da terra do Egito carros para vossos filhinhos e para vossas mulheres, trazei vosso pai e vinde.
20 आफ्ना ती सर-समानहरूको फिक्री नगर जो तिमी आफूसंगै ल्याउन सक्दैनौ किनभने मिश्रका सर्वोत्तम वस्तुहरू तिनीलाई दिइनेछ।”
20 Não vos preocupeis com coisa alguma dos vossos haveres, porque o melhor de toda a terra do Egito será vosso.
21 यसर्थ इस्राएलका छोराहरूले यसो गरे। फिरऊनले प्रतिज्ञा गरे झैं यूसुफले तिनीहरूलाई गाडीहरू दिए। तिनीहरूको यात्राको निम्ति प्रशस्त भोजन पनि दिए।
21 E os filhos de Israel fizeram assim. José lhes deu carros, conforme o mandado de Faraó; também lhes deu provisão para o caminho.
22 यूसुफले तिनीहरू प्रत्येकलाई सुन्दर लुगाको जोडा दिए। तर बिन्यामीनलाई चाँहि तिनले राम्रो लुगाले बनिएको पाँच जोडा दिए। बिन्यामीनलाई तिनले चाँदीको तीन सय सिक्का पनि दिए।
22 A cada um de todos eles deu vestes festivais, mas a Benjamim deu trezentas moedas de prata e cinco vestes festivais.
23 यूसुफले आफ्ना बाबुको निम्ति उपहारहरू पनि पठाए। तिनले दश गधामा लदाएर मिश्र देशको राम्रा-राम्रा समानहरू पठाइ दिए अनि आफ्ना बाबु लिएर आउनको लागि दशवटा छाउरी गधामा अन्न, रोटी र अरू भोजनहरू पूरा लादेर पठाए।
23 Também enviou a seu pai dez jumentos carregados do melhor do Egito, e dez jumentos carregados de cereais e pão, e provisão para o seu pai, para o caminho.
24 त्यसपछि यूसुफले आफ्ना दाज्यू-भाइहरूलाई जाने अनुमति दिए। अनि जब तिनीहरू जान लागेका थिए यूसुफले तिनहरूलाई भने, “सरासरी घर जानु बाटोमा कतै लडाइँ नगर्नु।”
24 E despediu os seus irmãos. Ao partirem, disse-lhes: Não contendais pelo caminho.
25 यसर्थ ती दाज्यू-भाइहरू मिश्र देश छोडी तिनीहरूका पिता भएका देश कनानमा गए।
25 Então, subiram do Egito, e vieram à terra de Canaã, a Jacó, seu pai,
26 दाज्यू-भाइहरूले उनलाई भने, “बाबु, यूसुफ अझसम्म जीवित छ। अनि त्यो समस्त मिश्र देशको शासक छ।”तिनीहरूका बाबुले के सोच्नु पर्ने केही जानेन। प्रथम त, तिनले आफ्ना छोराहरूको कुरामा विश्वास गरेनन्।
26 e lhe disseram: José ainda vive e é governador de toda a terra do Egito. Com isto, o coração lhe ficou como sem palpitar, porque não lhes deu crédito.
27 तर तिनीहरूले उनलाई यूसुफले भनेको प्रत्येक कुरा बताए। अनि यूसुफले आफ्नो बाबुलाई मिश्र देश लिएर आउनु भनी पठाएको गाडीहरू याकूबले देखे। तिनी उत्तेजित र अत्यन्तै खुशी भए।
27 Porém, havendo-lhe eles contado todas as palavras que José lhes falara, e vendo Jacó, seu pai, os carros que José enviara para levá-lo, reviveu-se-lhe o espírito.
28 इस्राएलले भने, “अब म तिमीहरूलाई विश्वास गर्छु। मेरो छोरो यूसुफ अझ जीवित छ। मेरो मृत्युअघि म उसलाई भेटून जानेछु।”
28 E disse Israel: Basta; ainda vive meu filho José; irei e o verei antes que eu morra.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Gênesis 45, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.