Gênesis 34

Nepali Bible (GL_NEPALI) vs ARA

Sair da comparação
ARA Almeida Revista e Atualizada 1993
1 दीना याकूब र लेआकी छोरी थिइन्। एक दिन दीना त्यस देशकी स्त्रीहरू हेर्न बाहिर गइन्।
1 Ora, Diná, filha que Lia dera à luz a Jacó, saiu para ver as filhas da terra.
2 त्यस देशका राजा हामोरका छोरा शकेमले दीनालाई देख्यो। उसले उनलाई पक्रेर उनीसित बलात्कार गर्यो।
2 Viu-a Siquém, filho do heveu Hamor, que era príncipe daquela terra, e, tomando-a, a possuiu e assim a humilhou.
3 शकेम दीनासित प्रेम गर्न थाल्यो अनि उनीसित विवाह गर्ने इच्छा गर्यो।
3 Sua alma se apegou a Diná, filha de Jacó, e amou a jovem, e falou-lhe ao coração.
4 शकेमले आफ्नो बाबुलाई भने, “दया गरी यस केटीलाई हासिल गर्नु होस् म यससित विवाह गर्नु सकूँ।”
4 Então, disse Siquém a Hamor, seu pai: Consegue-me esta jovem para esposa.
5 याकूबले थाहा पायो शकेमले उसकी छोरीसित खुबै नराम्रो व्यवहार गर्यो। तर याकूबका सबै छोराहरू गाई-वस्तुहरूसित मैदानमा थिए। यसर्थ तिनीहरू नफर्कुञ्जेल केही गरेनन्।
5 Quando soube Jacó que Diná, sua filha, fora violada por Siquém, estavam os seus filhos no campo com o gado; calou-se, pois, até que voltassem.
6 त्यस समय शकेमका बाबु हमोर याकूबसित कुरा गर्न गए।
6 E saiu Hamor, pai de Siquém, para falar com Jacó.
7 जब याकूबका छोराहरूले यस बारे सुने तिनीहरू खेतबाट आए। तिनीहरू उत्तेजित भएर धेरै रिसाए किनभने शकेमले यस्तो कामगरेका थियो जो इस्राएलमा गर्नु हुँदैन थियो। शकेमको घृणात्मक कार्य सुनेर सबै दाज्यू-भाइहरू खेतबाट बाहिर निस्किए।
7 Vindo os filhos de Jacó do campo e ouvindo o que acontecera, indignaram-se e muito se iraram, pois Siquém praticara um desatino em Israel, violentando a filha de Jacó, o que se não devia fazer.
8 तर हमोरले ती दाज्यू-भाइहरूसित कुरा गर्यो। उनले भने, “मेरो छोरो शकेमले दीनालाई खुबै चाहन्छ। दया गरी उसलाई विवाह गर्न दिनुहोस्।
8 Disse-lhes Hamor: A alma de meu filho Siquém está enamorada fortemente de vossa filha; peço-vos que lha deis por esposa.
9 यस विवाहले बुझाउँछ हामीमाझ एउटा विशेष सम्झौता भएको छ। त्यसपछि हाम्रा मानिसहरूले तिमीहरूका छोरीहरू विवाह गर्न सक्छन् अनि त्यसरी नै तिम्रा मानिसहरूले हाम्रा छोरीहरू विवाह गर्न सक्छन्।
9 Aparentai-vos conosco, dai-nos as vossas filhas e tomai as nossas;
10 तिमीहरू हामीसितै यसै भूमिमा बस्न सक्छौ। तिमीहरू जमीनको मालिक हुन सक्छौ र स्वतत्र रूपले व्यापार गर्न सक्छौ।”
10 habitareis conosco, a terra estará ao vosso dispor; habitai e negociai nela e nela tende possessões.
11 शकेमले पनि याकूब अनि तिनका छोराहरूसित कुरा गर्यो। उनले भने, “दया गरी मलाई ग्रहण गर्नु होस् अनि तपाईहरूले भनेका कुरा म जेपनि गर्नेछु।
11 E o próprio Siquém disse ao pai e aos irmãos de Diná: Ache eu mercê diante de vós e vos darei o que determinardes.
12 यदि तपाईहरूले दीनालाई मसित विवाह गर्न दिनु भयो भने म तपाईहरूले मागेको उपहार दिनेछु। तपाईहरू जे चाहनु हुन्छ त्यही दिनेछु तर मलाई दीनासित विवाह गर्न दिनुहोस्।”
12 Majorai de muito o dote de casamento e as dádivas, e darei o que me pedirdes; dai-me, porém, a jovem por esposa.
13 शकेम र उसको बाबु हमोरसित याकूबका छोराहरूले झुटो बोल्ने निर्णय गरे। तिनीहरू अझै पनि बौलाहा जस्तै थिए किनभने शकेमले आफ्नी बहिनी दीनासित साह्रै घिनलाग्दो कुकर्म गरेको थियो।
13 Então, os filhos de Jacó, por causa de lhes haver Siquém violado a irmã, Diná, responderam com dolo a Siquém e a seu pai Hamor e lhes disseram:
14 यसर्थ ती दाज्यू-भाइहरूले शकेमलाई भने, “हामी हाम्री बहिनीसित तिमीलाई विवाहको अनुमति दिन सक्तैनौ कारण तिमी अझसम्म खतना गरिएका छैनौ। हाम्री बहिनीको तिमीसित विवाह गर्नु एउटा भूल कर्म हुनेछ।
14 Não podemos fazer isso, dar nossa irmã a um homem incircunciso; porque isso nos seria ignomínia.
15 तर हामी हाम्री बहिनीसित विवाह गर्न अनुमति दिन सक्छौ यदि तिमीले यो काम गर्यौ भने तिम्रा शहरका प्रत्येक पुरूषहरू हामी जस्तै खतना गरिनु पर्छ।
15 Sob uma única condição permitiremos: que vos torneis como nós, circuncidando-se todo macho entre vós;
16 त्यसपछि तिम्रा पुरूषहरूले हामीहरूका छोरी विवाह गर्न सक्छन् अनि हाम्रा पुरूषहरूले पनि तिमीहरूका छोरीसँग विवाह गर्न सक्छन्। तब हामी एक हुनेछौ।
16 então, vos daremos nossas filhas, tomaremos para nós as vossas, habitaremos convosco e seremos um só povo.
17 यदि खतना गराउन अस्वीकार गरे दीनालाई हामी लैजानेछौं।”
17 Se, porém, não nos ouvirdes e não vos circuncidardes, tomaremos a nossa filha e nos retiraremos embora.
18 यस सम्झौतामा हमोर र शकेम दुवै खुशी भए।
18 Tais palavras agradaram a Hamor e a Siquém, seu filho.
19 दीनाका दाज्यूहरूले भनेको कुरामा शकेम साह्रै खुशी भयो।आफ्नो परिवारमा शकेम अति आदरणीय मानिस थियो।
19 Não tardou o jovem em fazer isso, porque amava a filha de Jacó e era o mais honrado de toda a casa de seu pai.
20 हमोर र शकेम शहरको समावेश स्थलमा गए। तिनीहरूले शहरवासीहरूसित कुरा गरे र भने,
20 Vieram, pois, Hamor e Siquém, seu filho, à porta da sua cidade e falaram aos homens da cidade:
21 “यी मानिसहरू हामीसित मैत्रीपूर्ण छन्, तिनीहरूलाई हामीहरूमाझ बस्न अनि व्यापार गर्न दिऊँ। जहाँसम्म भूमिको कुरा छ, हेर, हामी सबैको लागि यो धेरै नै छ। हामी तिनीहरूकी छोरीहरूलाई हाम्री पत्नीहरू बनाऊँ अनि हाम्री छोरीहरूलाई तिनीहरूका छोराहरूसित विवाह गर्न दिऊँ।
21 Estes homens são pacíficos para conosco; portanto, habitem na terra e negociem nela. A terra é bastante espaçosa para contê-los; recebamos por mulheres a suas filhas e demos-lhes também as nossas.
22 तर एउटा कुरो छ जो हाम्रा सबै मानिसहरूले मान्नु पर्छ। हाम्रा सबै मानिसहरू इस्राएलीहरू जस्तै खतना गराउनु राजी हुनु पर्छ।
22 Somente, porém, consentirão os homens em habitar conosco, tornando-nos um só povo, se todo macho entre nós se circuncidar, como eles são circuncidados.
23 यदि हामीले यसो गरे तिनीहरूका गाई-वस्तुले गर्दा हामी धनी हुनेछौं। यसर्थ हामीले तिनीहरूसित यस्तो सम्झौता गर्नु पर्छ जसले गर्दा तिनीहरू यहाँ हामीसित बस्न सकुन्।”
23 O seu gado, as suas possessões e todos os seus animais não serão nossos? Consintamos, pois, com eles, e habitarão conosco.
24 सबै मानिसहरू जसले हमोर र शकेमबाट त्यस समावेश स्थलमा ती कुरा सुने, सबैले माने। अनि सबै मानिसहरूको खतना गरियो।
24 E deram ouvidos a Hamor e a Siquém, seu filho, todos os que saíam da porta da cidade; e todo homem foi circuncidado, dos que saíam pela porta da sua cidade.
25 तीन दिन पछि खतना गरिएका मानिसहरूको घाउ भयो। याकूबका दुइजना छोरा, शिमोन अनि लेवीले बुझे तिनीहरू दुर्वल भएका छन्। यसर्थ तिनीहरूले शहरमा गए अनि सबै मानिसहरूलाई मारिदिए।
25 Ao terceiro dia, quando os homens sentiam mais forte a dor, dois filhos de Jacó, Simeão e Levi, irmãos de Diná, tomaram cada um a sua espada, entraram inesperadamente na cidade e mataram os homens todos.
26 दीनाका दाज्यूहरू शिमोन र लेवीले हमोर र उसको छोरो शेकमलाई पनि मारे अनि शेकमको घरबाट दीनालाई निकाले अनि लिएर गए।
26 Passaram também ao fio da espada a Hamor e a seu filho Siquém; tomaram a Diná da casa de Siquém e saíram.
27 याकूबका छोराहरू शहरमा गए अनि त्यहाँ भएको प्रत्येक चीज चोरे। शकेमले तिनीहरूकी बहिनीमाथि गरेको कुरोले तिनीहरूको अझै रीस मरेको थिएन।
27 Sobrevieram os filhos de Jacó aos mortos e saquearam a cidade, porque sua irmã fora violada.
28 गधाहरू तथा शहरमा र खेतमा जे जति थिए प्रत्येक चीज लगे।
28 Levaram deles os rebanhos, os bois, os jumentos e o que havia na cidade e no campo;
29 ती दाज्यू-भाइहरूले तिनीहरूको पत्नी छोरा-छोरी तथा तिनीहरूसँग भएको प्रत्येक चीज लगे।
29 todos os seus bens, e todos os seus meninos, e as suas mulheres levaram cativos e pilharam tudo o que havia nas casas.
30 तर याकूबले शिमोन र लेवीलाई भने, “तिमीहरूले मलाई साह्रै कष्ट दियौ। यहाँ सबै मानिसहरूले मलाई घृणा गर्नेछन्। सबै कनानी र परिज्जी मानिसहरू मेरो विरूद्धमा हुनेछन्। हामीहरूको संख्या यहाँ कम्ती छ, यदि यहाँका मानिसहरू हामीसित लड्न भेला भए भने हामीहरू ध्वंश हुनेछौ। अनि मसँग भएका सबै हाम्रा मानिसहरू ध्वंश हुनेछन्।”
30 Então, disse Jacó a Simeão e a Levi: Vós me afligistes e me fizestes odioso entre os moradores desta terra, entre os cananeus e os ferezeus; sendo nós pouca gente, reunir-se-ão contra mim, e serei destruído, eu e minha casa.
31 तर ती दाज्यू-भाइहरूले भने, “के तिनीहरूले हाम्री बहिनीलाई वेश्या जस्तै व्यवहार गरून्? अहँ, हाम्री बहिनीलाई त्यस्तो व्यवहार गर्नु तिनीहरूको अन्याय थियो।”
31 Responderam: Abusaria ele de nossa irmã, como se fosse prostituta?

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Gênesis 34, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.