Gênesis 29

Nepali Bible (GL_NEPALI)

1 तब याकूबले आफ्नो यात्रा जारी नै राख्यो। त्यो पूर्व तिरको प्रान्तमा गए।

2 याकूबले हेर्यो अनि उनले मैदानमा एउटा कूवा देख्यो। त्यहाँ त्यो कूवाको छेउमा तीन बगाल भेडाहरू बसिरहेका थिए। ती भेडाहरूले त्यस कूवामा पानी खान्थे। त्यहाँ एउटा ठूलो ढुङ्गाले त्यो कूवालाई ढाकेको थियो।

3 जब सबै भेडाहरू त्यहाँ भेला हुन्थे गोठालाहरूले त्यो कूवा माथिको ढुङ्गा पल्टाई दिन्थे। त्यसपछि सबै भेडाहरूले पानी खान्थे र फेरि ती गोठालाहरूले त्यो ढुङ्गाले कूवा छोपिदिन्थे।

4 याकूबले त्यस गोठालाहरूलाई भने, “हे मेराभाइ हो, तिमीहरू कहाँका हौ?”तिनीहरूले उत्तर दिए, “हामी हारानका हौं।”

5 फेरि याकूबले भने, “के तिमीहरूले नाहोरको लाबानलाई चिन्छौ?”गोठालाहरूले उत्तर दिए, “अँ हामी तिनलाई चिन्छौं।“

6 तब याकूबले भने, तिनी कुशलै त होलान्?”तिनीहरूले भने, “तिनी कुशलै छन्। अनि सबै कुराहरू राम्रै छन्। हेर, उनकी छोरी राहेल भेडाहरू लिएर आइरहेकीछिन्।”

7 याकूबले भने, “हेर, अहिले दिउँसो नै छ अनि घाम डुब्नु अझै घेरै समय बाँकी नै छ। अझै, रात पर्छ भनेर तिम्रो लागि भेडाहरू जम्मा गर्ने समय भएको छैन। यसर्थ ती भेडाहरूलाई पानी खान देऊ अनि चर्न मैदानमा जान देऊ।”

8 तर ती भेडा गोठालाहरूले भने, “जबसम्म सबै भेडाहरू भेला हुँदैनन् हामी त्यसो गर्न सक्तैनौं। भेडाहरू भेला भइसकेपछि मात्र हामी कूवाबाट ढुङ्गा पल्टाउँछौं र भेडाहरूले पानी खान्छन्।”

9 याकूब भेडा गोठालाहरूसित कुरा गरीरहेको बेला नै राहेल आफ्नो बाबुका भेडाहरू लिएर आई। (आफ्नो बाबुका भेडाहरूको हेरचाह गर्ने काम राहेलको थियो।)

10 राहेल लाबानको छोरी थिइन्। रिबेका लाबानकी बहिनी अनि याकूबकी आमा थिइन्। जब याकूबले राहेललाई देख्यो, तिनी गए अनि कूवाबाट ढुङ्गा पल्टाएर भेडाहरूलाई पानी खान दियो।

11 त्यसपछि उनले राहेललाई चुम्बन गर्यो अनि रोयो।

12 याकूबले उसलाई बतायो त्यो उसको बाबुको परिवारबाट जन्मेको हो। उनले आफूलाई रिबेकाको छोरो भनी चिनायो। यसर्थ राहेल घरतिर दौडिन् अनि आफ्नो बाबुलाई भनिन्।

13 लाबानले आफ्नी बहिनीको छोरोको विषयमा सुने। यसर्थ लाबान उसलाई भेट्न हिंड्‌यो। लाबानले उसलाई जोडले अँगाल्यो, चुम्यो अनि घरमा लिएर गए। याकूबले के भएको थियो सम्पूर्ण घटनाको विवरण दियो।

14 त्यसपछि लाबानले भने, “यो आश्चर्य हो! तिमी हाम्रो आफ्नै परिवारको रहेछौ।” यसकारण याकूब त्यहाँ एक महिना बस्यो।

15 एक दिन लाबानले याकूबलाई भने, “तिमी मेरो घरमा बिना तलब काम गर्न उचित होइन कारण तिमी आफन्त हौ, तर कमारा होइनौ मैले तिमीलाई के दिनु पर्छ?”

16 लाबानकी दुईवटी छोरीहरू थिए। जेठीको नाउँ लेआ अनि सानी चाँहि राहेल थिइन्।

17 लेआका आँखाहरू सुन्दर थिए तर राहेल मनमोहक र सुन्दरी थिइन्।

18 याकूबले राहेललाई माया गर्दथ्यो। याकूबले लाबानलाई भने, “म सात वर्ष सम्म तपाईंको सेवा गर्छु यदि तपाईंले आफ्नी छोरी राहेलसित मेरो विवाह गर्ने अनुमति दिनु भयो भने।”

19 लाबानले भने, “अरू मानिससित विवाह गर्नुभन्दा तिमीसितै विवाह गर्नु उसको निम्ति राम्रो हुनेछ। यसर्थ मसित बस।”

20 याकूबले सात वर्षसम्म लाबानको सेवा गर्यो तर उनले राहेललाई अत्यन्तै माया गरेकोले सात वर्ष समय बिताउन केही गाह्रो परेन।

21 सात वर्ष सेवा गरेपछि याकूबले लाबानलाई भने, “राहेललाई मलाई दिनुहोस् म उसलाई विवाह गर्न सकुँ। मैले तपाईंलाई गर्नु पर्ने सेवाको अवधि-शेष भयो।”

22 यसर्थ त्यस ठाउँको सबै मानिसहरूको लागि लाबानले भोज गराए अनि

23 त्यस रात उनकी छोरी लेआ याकूबलाई दिए। याकूब र लेआले त्यस रात सहवास गरे।

24 (लाबानले आफ्नी कमारी जिल्पालाई आफ्नी छोरी लेआकी कमारीको रूपमा दिए।)

25 बिहान याकूबले चाल पायो राती ऊसित सुत्ने स्त्री लेआ थिइन्। याकूबले लाबानलाई भने, “तपाईंले मलाई किन झुक्याउनु भयो। मैले तपाईंको धेरै सेवा गरें जसले गर्दा म राहेललाई विवाह गर्न पाऊँ। तपाईंले मलाई किन झुक्याउनु भयो?”

26 लाबानले भने, “हाम्रो देशमा हामी जेठी छोरीको विवाह नभई सानीको विवाह हुन दिंदैनौं।

27 विवाह-भोजको हप्ताहभरि उसित बस अनि तिमीलाई राहेलसित पनि विवाह गर्ने अनुमति दिन्छु। तर तिमीले अझै सात वर्ष मेरो सेवा गर्नु पर्छ।”

28 यसर्थ याकूबले त्यसै गरे र एक हप्ता पूरा भयो। तब लाबानले आफ्नो छोरी राहेललाई पनि याकूबको पत्नीको रूपमा दिए।

29 (लाबानले आफ्नी कमारी बिलहालाई आफ्नी छोरी राहेलकी कमारीको रूपमा दिए)।

30 यसर्थ याकूबले राहेलसित पनि सहवास गरे अनि उनले लेआलाई भन्दाराहेललाई बढी प्रेम गर्थे उनले लाबानको निम्ति अरू सात साल सेवा गरे।

31 परमप्रभुले जान्नु हुन्थयो, याकूबले राहेललाई लेआ भन्दाबेशी माया गर्थे। यसर्थ परमप्रभुले लेआलाई एउटा नानी जन्माउन सक्ने योग्य बनाउनु भयो तर राहेल बाँझी रहिन्।

32 लेआले छोरो जन्माई अनि त्यसको नाउँ रूबेन राखीन्। लेआले छोरोको नाउँ यस्तो राखी किनभने उनले भनीन्, “मेरो दुःख परमप्रभुले देख्नु भएको छ। मेरा पतिले मलाई प्रेम गर्दैनन्, यसर्थ, अब हुनुसक्छ उनले मलाई प्रेम गर्नेछन्।”

33 लेआ फेरि गर्भवती भइन् अनि अर्को छोरो जन्माईन्। उनले त्यस छोरोको नाउँ शिमोन राखीन्। लेआले भनीन्, “परमप्रभुले सुन्नु भयो मैले प्रेम पाइन, यसर्थ उहाँले यो छोरो दिनुभयो।”

34 लेआ फेरि गर्भवती भई र छोरो जन्माई। उनले यो छोरोको नाउँ लेवी राखी। लेआले भनी, “अब, निश्चय मेरा पतिले मलाई प्रेम गर्नेछन्। मैले तिनलाई तीनवटा छोराहरू दिएँ।”

35 त्यसपछि लेआले अझ अर्को छोरो जन्माई र उसको नाउँ यहुदा राखी। लेआले चौथो छोरोको नाउँ यहूदा राखीन् कारण उनले भनीन्, “अब म परमप्रभुको प्रशंसा गर्नेछु।”

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Gênesis 29, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.