Gênesis 28

Nepali Bible (GL_NEPALI)

1 इसहाकले याकूबलाई बोलाए अनि उनलाई आशीर्वाद दिए। त्यसपछि इसहाकले उनलाई आज्ञा दिए। उनले भने, “तैंले कनानी आइमाईहरू विवाह गर्ने छैनस्।

2 यसर्थ यस ठाउँलाई छाडेर पद्दन-आराममा। तेरी आमाको माइती- घर जा। तेरी आमाको दाज्यू लाबान त्यहाँ बस्छन्। उनको छोरीहरू मध्ये एक जनासित विवाह गर्।

3 म प्रार्थना गर्छु जसले गर्दा सर्वशक्तिमान परमेश्वले तँलाईं आशीर्वाद दिनु हुनेछ अनि तेरो धेरै सन्तान हुनेछन्। म प्रार्थना गर्छु तँ एउटा महान राष्ट्रको पिता हुनेछस्।

4 म प्रार्थना गर्छु, परमेश्वले अब्राहामलाई झैं तलाईं अनि तेरा सन्तानलाई आशीर्वाद दिनु हुनेछ। अनि म प्रार्थना गर्छु तँ जहाँ बसेको छस् त्यही भूमि तेरो हुनेछ। परमेश्वले अब्राहमलाई दिनु भएको भूमि त्यही हो।”

5 यसर्थ इसहाकले याकूबलाई रिबेकाको दाज्यूको घरमा पठाए। यसर्थ याकूब अरामी बतूएलको छोरो लाबान कहाँ गए। लाबान रिबेकाको दाज्यू थिए। रिबेका एसाव र याकूबकी आमा थिइ।

6 एसावले बुझे उसका बाबु इसहाकले याकूबलाई आशीर्वाद दिए। अनि एसावले बुझे विवाह गर्नको निम्ति याकूबलाई इसहाकले पद्दन-आराम पठाए। एसावले बुझे इसहाकले याकूबलाई कनानी आइमाई विवाह नर्गनु भनी आदेश दिएका छन्।

7 अनि एसावले बुझे याकूबले आमा-बाबुको कुरा मानेर पद्दन-आराम गए।

8 एसावले बुझे उनका छोराहरूले कनानी आइमाईहरू विवाह गरेको मन पराउँदैनन्।

9 एसावकी दुइ पत्नीहरू थिए। तर एसाव इश्माएलकहाँ गए र उनकी छोरी महालथसंग विवाह गरे। इश्माएल अब्राहामका छोरा थिए र महालथ नबायोतकी बहिनी थिइन्।

10 याकूब बर्शेबा छोडेर हारानतिर लागे।

11 याकूबले आफ्नो यात्रा शुरू गर्दा घाम डुबि सकेको थियो। यसर्थ रात बिताउनको लागि याकूब एउटा ठाउँमा गए। याकूबले त्यहाँ एउटा चिहान देखे अनि सुत्नको लागि त्यसैमा आफ्नो शिर राखे।

12 याकूबले सपना देखे। एउटा सिडी पृथ्वीदेखि स्वर्गलोक सम्म पुगेको थियो। याकूबले स्वर्गदूतहरू त्यस सिंडीमा तल र माथि गरिरहेको देखे।

13 याकूबले स्वर्गदूतहरूलाई यस लिस्नुमा चढेको र ओर्लेको देखे। उनले परमप्रभुलाई आफ्नो छेऊमा उभिएको देखे। परमप्रभुले भन्नुभयो, “म तिम्रो बाजे अब्राहामको परमेश्वर हुँ। म इसहाकको परमेश्वर हुँ। म तिमीलाई त्यो भूमि दिनेछु जहाँ तिमी सुतिरहेका छौ। म त्यो भूमि तिमी र तिम्रा सन्तानहरूलाई दिनेछु।

14 तेरा सन्तानहरू त्यति विघ्न हुनेछन् जति पृथ्वीमा धूलोको कण छ। तिनीहरू पूर्व, पश्चिम, उत्तर अनि दक्षिणतिर फैलिएर बस्नेछन्। पृथ्वीमा बस्ने सबै जातिले तेरा सन्तानहरूको कारण आशीर्वाद पाउनेछन्।

15 “म तेरो साथमा रहनेछु र तेरो रक्षा गर्नेछु तँ जहाँ गए पनि तँलाईं म यहाँ फर्काएर ल्याउनेछु। म तलाईं त्यसबेलासम्म छोडने छैन जबसम्म तेरो सन्तानहरूलाई म दिएको प्रतिज्ञा मैले पूरा गर्दिन।”

16 तब याकूब ब्यूँझेर उठे अनि भने “म जान्दछु परमप्रभु यही ठाउँमा हुनुहुन्छ। तर जबसम्म म सुतेको थिइन तबसम्म मलाई थाहा थिएन परमप्रभु यहाँ हुनुहुन्छ।”

17 याकूब डराए। उनले भने, “यो एउटा दुःखदायी ठाउँ हो। यो केही पनि होइन तर अवश्य नै परमेश्वरको घर हो। यो स्वर्गको द्वार हो।”

18 अर्को दिन बिहान याकूब चाँडै उठे। उनले त्यस चट्टानलाई उठाए अनि त्यसलाई एक छेऊमा खडा पारेर राखे। तब उनले त्यसमा तेल दले। यस प्रकार उनले त्स चट्टानलाई परमेश्वरलाई स्मरण गराउने स्तम्भ बनाए।

19 पहिला त्यस ठाउँको नाउँ लूज थियो तर याकूबले त्यसको नाउँ बेतेल राखे।

20 तब याकूबले एउटा प्रतिज्ञा गरे। उनले भने, “यदि परमेश्वर मसंगै रहनु भयो अनि म जहाँ जान्छु त्यहाँ मेरो रक्षा गर्नु भयो भने अनि परमेश्वरले मलाई खान भोजन र लगाउन लुगाहरू दिनु भयो भने।

21 यदि म आफ्नो बुबाकहाँ सुरक्षित र शान्तिसित फर्किन सकें, यदि परमेश्वरले यी सबै कामहरू मेरो लागि गर्नु भयो भने तब परमप्रभु मेरो परमेश्वर हुनु हुनेछ।

22 त्यो ठाउँ जहाँ मैले त्यो ढुङ्गा उभ्याएँ परमेश्वरको पवित्र स्थान हुनेछ अनि परमेश्वरले मलाई जे दिनुहुन्छ त्यसको एक दशांश म तपाईंलाई चढाउनेछु।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Gênesis 28, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.