Gálatas 5
Nepali Bible (GL_NEPALI) vs ACF
1 ख्रीष्टले हामीलाई स्वतंत्र बनाउनु भयो, साहसी होऊ। बद्ली भएर व्यवस्थाकै कमारा नबन।
1 Estai, pois, firmes na liberdade com que Cristo nos libertou, e não torneis a colocar-vos debaixo do jugo da servidão.
2 सुन! म पावल हुँ। म भन्छु, यदि खतना गरी तिमीहरू फेरि (व्यवस्थामै) र्फकन्छौ भने तिमीहरूका लागि ख्रीष्ट असल हुनुहुन्न।
2 Eis que eu, Paulo, vos digo que, se vos deixardes circuncidar, Cristo de nada vos aproveitará.
3 फेरि म प्रत्येकलाई चेताउनी दिन्छु यदि खतना गर्न राजी छौ भने तिमीहरूले मोशाको सबै व्यवस्था पालन गर्न वाध्य हुनेछौ।
3 E de novo protesto a todo o homem, que se deixa circuncidar, que está obrigado a guardar toda a lei.
4 यदि व्यवस्था मानेर धर्मी हुन खोज्छौ भने ख्रीष्टसितको तिमीहरूको जीवन शेष भयो। तिमीहरू परमेश्वरको अनुग्रहदेखि बाहिर निस्कयौ।
4 Separados estais de Cristo, vós os que vos justificais pela lei; da graça tendes caído.
5 हाम्रोलागि भने विश्वासद्वारा मात्रै परमेश्वर अघि धर्मी बन्ने आशा गर्न सकिन्छ। अनि त्यो आशा आत्माबाट पाउन हामी र्पखिरहेका छौं।
5 Porque nós pelo Espírito da fé aguardamos a esperança da justiça.
6 कोही ख्रीष्ट येशूमा छ भने त्यसको खतना भएको छ कि छैन त्यो कुनै मुख्य कुरो होइन। तर मुख्य कुरो त हो विश्वास जुन प्रेमबाट आफै प्रकट हुन्छ।
6 Porque em Jesus Cristo nem a circuncisão nem a incircuncisão tem valor algum; mas sim a fé que opera pelo amor.
7 तिमीहरू राम्रो दौड दौडिरहेथ्यौ। सत्य पालन गरिरहेका थियौ। सत्य बाटो हिंडनमा तिमीहरूलाई कसले रोक्यो?
7 Corríeis bem; quem vos impediu, para que não obedeçais à verdade?
8 यो रोकावट तिमीलाई परमेश्वरबाट भएको होइन जसले तिमीहरूलाई छान्नुभयो।
8 Esta persuasão não vem daquele que vos chamou.
9 होशियार होऊ, “अलिकति खमीरले पनि जम्मै पीठोको डल्लालाई फुलाउँछ।”
9 Um pouco de fermento leveda toda a massa.
10 मलाई परमश्वरले पुरा भरोसा दिनुहुन्छ कि तिमीहरूले त्यस्तो विचारलाई स्वीकार्ने छैनौं। त्यस्तो विचारमा कसैले तिमीहरूलाई अल्मल्याउँदैछ। ऊ जो सुकै होस् द्ण्ड पाउने नै छ।
10 Confio de vós, no Senhor, que nenhuma outra coisa sentireis; mas aquele que vos inquieta, seja ele quem for, sofrerá a condenação.
11 मेरा दाज्यु-भाईहरू हो! मानिसले खतना गर्नै पर्छ भनेर मैले सिकाएको छैन। त्यस्तै सिकाउँदैछु भने फेरि मेरो खेदो किन गरिन्छ? मैले मानिसहरूलाई खतना गर्नु सिकाएकै हो भने ख्रीष्टबारे मेरो प्रचारमा कुनै समस्या नै बन्ने थिएन। यदि मैले खतना गर्न मानिसहरूलाई सिकाई रहेको छैन भने, तब क्रूसको विषयमा मेरो शिक्षा कुनै समस्या नै होइन।
11 Eu, porém, irmãos, se prego ainda a circuncisão, por que sou, pois, perseguido? Logo o escândalo da cruz está aniquilado.
12 म त चाहन्छु, कसैले खतनाको दुःख बिसाउँछ भने तिमीहरू आफ्नो काममा अघि बढदै जाऊ अनि तिनीहरू नै बरु खसी बनून्।
12 Eu quereria que fossem cortados aqueles que vos andam inquietando.
13 मेरा दाज्यु-भाइ, दिदी-बहिनीहरू हो! परमेश्वरले तिमीहरूलाई स्वतन्त्र बन्न बोलाउनु भएको हो। तर त्यस स्वतन्त्रतालाई आफ्नो पापपूर्ण विचार गर्ने बहाना नबनाऊ। तर आपसमा प्रेमको वार्तालाप गर।
13 Porque vós, irmãos, fostes chamados à liberdade. Não useis então da liberdade para dar ocasião à carne, mas servi-vos uns aos outros pelo amor.
14 सम्पूर्ण व्यवस्ता यही एक आदेशमा समेटिएको छः “आफूले आफूलाई जस्तो प्रेम गर्छौ त्यस्तै प्रेम अरूलाई पनि गर।”
14 Porque toda a lei se cumpre numa só palavra, nesta: Amarás ao teu próximo como a ti mesmo.
15 तर आपसमा पिटापिट र च्याताच्यात गर्यो भने, अन्तमा तिमीहरू आपसमै नाश हुने छौ।
15 Se vós, porém, vos mordeis e devorais uns aos outros, vede não vos consumais também uns aos outros.
16 यसैले म भन्छुः आत्मा अनुसार बाँच। त्यसो गर्यो भने तिम्रा पापपूर्ण स्वभावले चाहेको खराब काम गर्ने छैनौ।
16 Digo, porém: Andai em Espírito, e não cumprireis a concupiscência da carne.
17 हाम्रो पापपूर्ण स्वभावले यस्तो कुरो चाहन्छ जुन आत्मा विरुद्ध हुन्छ। अनि आत्माले चाँहि यस्तो कुरो चाहन्छ जुन हाम्रो पापपूर्ण स्वभावको विरूद्ध हुन्छ। यी दुइ कुराहरू एक अर्कोको विपरीत छन्। यसैकारण तिमीले साँच्चै गर्नु चाहेको कुरो गर्न सक्तैनौ।
17 Porque a carne cobiça contra o Espírito, e o Espírito contra a carne; e estes opõem-se um ao outro, para que não façais o que quereis.
18 तर आत्माबाट डोरियौ भने तिमी व्यवस्थाको अधीनमा रहने छैनौ।
18 Mas, se sois guiados pelo Espírito, não estais debaixo da lei.
19 हाम्रा पापपूर्ण स्वभावले खराब गर्छ जो यी हुनः यौन पाप, अशुद्धता, अनैतिकता,
19 Porque as obras da carne são manifestas, as quais são: adultério, fornicação, impureza, lascívia,
20 मूर्ति-पूजा, तन्त्र-मन्त्र, दुश्मनी, झै-झगड, इर्ष्या, क्रोध, स्वार्थ, फूट, गुटबन्दी,
20 Idolatria, feitiçaria, inimizades, porfias, emulações, iras, pelejas, dissensões, heresias,
21 डाह, मदपान, मोजमज्जा र यस्तै अरूअरू। मैले पहिले पनि चेताउनी दिएकै हुँ र अहिले पनि दिन्छुः जसले यस्ता कामहरू गर्छन् ती परमेश्वरको राज्यमा जाने छैनन्।
21 Invejas, homicídios, bebedices, glutonarias, e coisas semelhantes a estas, acerca das quais vos declaro, como já antes vos disse, que os que cometem tais coisas não herdarão o reino de Deus.
22 तर आत्माले प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वस्तता,
22 Mas o fruto do Espírito é: amor, gozo, paz, longanimidade, benignidade, bondade, fé, mansidão, temperança.
23 नम्रता, संयम दिंदछ। यी कुराहरू भूल हुन् भन्ने कुनै व्यवस्थामा छैन।
23 Contra estas coisas não há lei.
24 ख्रीष्ट येशूमा हुनेहरूले आफ्ना यस्ता पापपूर्ण स्वभावलाई क्रूसमा झूण्ड्याएका हुन्छन्। तिनीहरूले आफ्ना वासना र अशुभ कामना जो तिनीहरूको पाप स्वभावले चाहन्छ, त्यागी सकेका हुन्छन्।
24 E os que são de Cristo crucificaram a carne com as suas paixões e concupiscências.
25 आत्माबाट हामीले नयाँ जीवन पाउँदछौं। जीवनको पथ प्रदर्शनको निम्ति हामीले आत्मालाई पछ्याउनु पर्छ।
25 Se vivemos em Espírito, andemos também em Espírito.
26 हामीले अर्कालाई रीस उठाउनु हुँदैन। र हामीले एक-अर्कोको डाह गर्नु हुँदैन।
26 Não sejamos cobiçosos de vanglórias, irritando-nos uns aos outros, invejando-nos uns aos outros.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Gálatas 5, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.