Ezequiel 7
Nepali Bible (GL_NEPALI) vs NTLH
1 तब परमप्रभुको सन्देश मकहाँ आयो।
1 O Senhor Deus falou comigo assim:
2 उहाँले भन्नुभयो, “हे मानिसको छोरा, अब परमप्रभु मेरो मालिकको सन्देश यस प्रकार छ। यो सन्देश इस्राएल देशको निम्ति होअन्त्य! अन्त्य आइरहेको छ। सारा देश नष्ट हुनेछ।
2 — Homem mortal , é isto o que eu, o Senhor Deus, estou dizendo à terra de Israel: Tudo está acabado! Este é o fim do país inteiro!
3 अब तिम्रो अन्त्य आएको छ। म देखाउँने छु कि म तिमीहरू प्रति कति क्रोधित छु। म तिमीलाई त्यो नराम्रो कर्मका निम्ति दण्ड दिनेछु जुन तिमीले गरेका छौ। तिमीले जुन डरलाग्दो काम गरेका छौ म तिमीलाई त्यसको दण्ड तिराउँने छु।
3 — Povo de Israel, o fim chegou. Vocês sentirão a minha ira , pois eu os estou julgando pelo que fizeram. Farei com que vocês sofram porque fizeram coisas imorais.
4 म तिमीहरूलाई दया देखाउने छँईन म तिमीहरू प्रति टिठाउँने छैन। म तिमीहरूलाई तिमीहरूको नराम्रो कामको निम्ति दण्ड दिने छु। तिमीहरूले डरलाग्दो काम गरेका छौ। अब तिमीले बुझ्नेछौ म नै परमप्रभु हुँ।”
4 Vou castigá-los sem dó nem piedade. Eu os castigarei pelas coisas nojentas que fizeram, para que vocês fiquem sabendo que eu sou o Senhor .
5 परमप्रभु मेरा मालिकले यी कुराहरू भन्नुभयो, “एक पछि अर्को गर्दै आपत आउँनेछ।
5 O que o Senhor Deus diz é isto: — Cairão sobre vocês desastres, um em cima do outro.
6 अन्त आइरहेछ अनि यो एकदमै छिटो आउनेछ।
6 Tudo está terminado. É o fim. Vocês estão acabados.
7 तिमी इस्राएलका मानिसहरू, के तिमीहरूले चेताउनीको ध्वनी सुनिरहेकोछौ? शत्रुहरू आउँदैछन्। त्यो दण्डको समय चाँढै आउँदैछ। शत्रुहरूको खैलाबैला झन चर्को हुँदै पर्वतमाथि पुग्दैछ।
7 O fim está chegando para vocês que moram nesta terra. Está se aproximando o tempo em que nos santuários das montanhas não haverá mais festas, mas somente confusão.
8 म चाँडै नै देखाउँनेछु कि म कति क्रोधित छु। म तिम्रो विरूद्ध मेरो सारा क्रोध प्रकट गर्नेछु। म ती नराम्रो कामको निम्ति दण्ड दिनेछु जुन तिमीले गरेकाछौ। तिमीलाई तिमीले गरेको डरलाग्दो कार्यको निम्ति ज्याला दिन लगाउनेछु।
8 — Logo vocês vão sentir toda a força da minha ira. Eu estou julgando vocês pelo que têm feito. Farei com que sofram as consequências do seu nojento modo de agir.
9 म तिमीहरूप्रति अलिकति पनि दया देखाउने छैन। म तिमीलाई छोडने छैन। तिमीहरूको नराम्रो कामको निम्ति तिमीलाई दण्ड दिँदैछु। तिमीहरूले जुन डरलाग्दो काम गरेकाछौ, अब तिमीले थाहा पाउने छौ म नै परमप्रभु हुँ।
9 Não pouparei vocês, nem terei piedade. Eu os castigarei pelas coisas imorais que têm feito, de modo que vocês saberão que eu sou o Senhor e que sou eu quem os castiga.
10 “दण्डको त्यो समय आई पुग्यो। दण्ड फूलहरू फूल्न शुरू भए जस्तै शुरू हुनेछ; के तिमीले चेताउनीको ध्वनी सुन्दैछौ? परमेश्वरले संकेत दिनु भएकोछ। फूल फूल्नु लागे झैं दण्ड आरम्भ हुँदैछ। घमण्डी राजा नबूकदनेस्सर तयार छ।
10 O dia da desgraça está chegando. Por toda parte há violência. O orgulho cresce.
11 त्यो हिंस्रक मानिस दुष्ट मानिसहरूलाई दण्ड दिन तयारी भइरहेको छ। ऊ तिनीहरू मध्येको एकजना होइन। ऊ तिनीहरूको भीडबाट एक जना होइन। ऊ तिनीहरूको सन्तान मध्येको पनि एक होइन। ऊ तिनीहरूको अगुवाहरू मध्यको पनि होइन।
11 A violência aumenta e é um castigo para a maldade do povo. Tudo o que é deles desaparecerá: a sua riqueza, a sua fama, a sua glória .
12 “दण्डको समय आई पुगेको छ। त्यो दिन आई पुग्यो। जसले ती चीजहरू किन्छन, तिनीहरू खुशी नहुन्। ती जो खिन्न चीजहरू बेच्छन तिनीहरू पनि खुशी नहुन। किनभने डरलाग्दा दण्ड प्रत्येक मानिसमाथि आउँनेछ।
12 O tempo está chegando. Está perto o dia em que não adiantará mais comprar, nem vender, pois a ira do Senhor cairá igualmente sobre todos.
13 मानिस जसले उसको सम्पत्ति बेच्छ यो उसले फिर्ता पाउने छैन। यद्यपि मानिस जीवित रहेता पनि उसले उसको सम्पत्ति फिर्ता पाउँने छैन। किनभने यो दर्शन सम्पूर्ण समूहका मानिसहरूका निम्ति हो। यसलाई फिर्ता लिन सक्तैन। प्रत्येक मानिसले उसको पापहरूको कारण उसको ज्यान सम्म बचाउनु सक्तैन।
13 Nenhum comerciante viverá o suficiente para tornar a ganhar tudo o que perdeu, pois a ira do Senhor cairá sobre todos. Os maus não continuarão a viver.
14 “तिनीहरूले मानिसहरूलाई चेताउनी दिन तुरही बजाउने छन्। मानिसहरू युद्ध गर्नको निम्ति तयार रहन्छन्। तर तिनीहरू युद्ध गर्न निस्कने छैनन्। किनभने तिनीहरू सबैसित अत्यनतै क्रोधित छु।
14 São tocadas as cornetas, e todos se preparam. Mas ninguém sai para a guerra porque a ira do Senhor cairá sobre todos igualmente.
15 तरवार लिएर शत्रुहरू शहरको बाहिर छन्। रोग अनि भोक शहर भित्र छ। यदि कोही पनि शत्रुको मैदानमा गयो भने शत्रुको सेनाले त्यसलाई मार्नेछ। यदि उ शहरमा बस्यो भने रोग र भोकले उसलाई नष्ट पार्नेछ।
15 Há luta nas ruas, e peste e fome nas casas. Quem estiver no campo morrerá na batalha, e quem estiver na cidade será devorado pela peste e pela fome.
16 “तर कति मानिसहरू बाँचेर निस्कने छन्। ती बाँचेका मानिसहरू भागेर पहाडमाथि जानेछन्। तर तिनीहरू सुखी हुने छैनन्। तिनीहरू आफ्नो पापले गर्दा दुखी हुनेछन्। तिनीहरू चिच्याउने छन् अनि ढुकुरले जस्तै दुखले भरिएको आवाज निकाल्नेछन्।
16 Alguns, como pombas dos vales, fugirão para as montanhas. E todos gemerão por causa dos seus pecados.
17 मानिसहरू यति थकित र खिन्न हुनेछन् कि तिनीहरू आफ्नो हात पनि उठाउँनु सक्ने छैनन्। तिनीहरूको खुट्टा पानी जस्तै हुनेछ।
17 As mãos de todos perderão as forças, e os seus joelhos tremerão.
18 तिनीहरूले भाङ्गरा लगाउँने छन् अनि डरले काम्ने छन्। तिमीहरू प्रत्येकको अनुहारमा लाज देख्ने छौ। तिनीहरूले शोक देखाउनको निम्ति आफ्नो टाउको खौराउँने छन्।
18 Em sinal de tristeza, eles vestirão roupa feita de pano grosseiro e tremerão como varas verdes. As cabeças deles serão rapadas, e todos passarão vergonha.
19 तिनीहरूले तिनीहरूको चाँदीको मूर्तिहरू सडकमा फ्याँकिदिने छन्। तिनीहरूको आफ्नो सुनको मूर्तिहरू अशुद्ध चीज जस्तै हुनेछन्। किन? किनकि जब परमप्रभुले क्रोध प्रकट गर्नु भयो त्यति बेला मूर्तिहरूले तिनीहरूलाई बचाउँन सकेन्। ती मूर्तिहरू मानिसका निम्ति पतनको जाल अतिरिक्त अरू थिएनन्। ती मूर्तिहरूले मानिसहरूलाई खाने कुरा दिन सकेनन्। ती मूर्तिहरूले तिनीहरूको पेटमा अन्न पुर्याएनन्।
19 Jogarão o seu ouro e a sua prata nas ruas como lixo porque, quando Deus ficar enfurecido, nem ouro nem prata poderão salvá-los. Eles não poderão usá-los para satisfazer aos seus desejos ou encherem os seus estômagos. O ouro e a prata os levaram a pecar.
20 “ती मानिसहरूले तिनीहरूको सुन्दर गहना उपयोग गरेर मूर्ति बनाए। तिनीहरूले त्यो मूर्तिमाथि घमण्ड गरे। तिनीहरूले तिनीहरूको डरलाग्दो मूर्तिहरू बनाए। तिनीहरूले अपवित्र चीजहरूको बनाए। त्यसकारण म तिनीहरूलाई अशुद्ध चीज जस्तै फ्याँकिदिनेछु।
20 Eles se orgulhavam das suas lindas joias, porém as usaram para fazer ídolos nojentos. Foi por isso que Deus fez com que eles ficassem com nojo das suas riquezas.
21 म तिनीहरूलाई विदेशीहरूको हातमा छोडिदिनेछु। ती विदेशीहरूले तिनीहरूको हाँसो उडाउनेछन्। ती विदेशीहरूले तिनीहरू मध्ये कतिलाई मार्नेछन अनि कतिलाई बन्दी बनाउँनेछन्।
21 — Eu vou deixar que estrangeiros os roubem! — diz o Senhor . — Os maus pegarão toda a sua riqueza e a tratarão como se fosse uma coisa imunda.
22 म आफ्नो अनुहार तिनीहरूदेखि फर्काउनेछु तिनीहरूलाई हेर्नेछैन्। ती विदेशीहरूले मेरो मन्दिर भत्काउनेछन् तिनीहरू त्यो पवित्र भवनको गुप्त भागमा जान्छन् अनि त्यसलाई अपवित्र बनाउँनेछन्।
22 Não farei nada quando o meu Templo for desrespeitado, quando ladrões o invadirem e profanarem .
23 “कैदीहरूकानिम्ति साङ्गली तयार पार! किन? किनभने धेरै मानिसहरूलाई अरू मानिसहरू मारेको खातिर दण्ड दिनेछ। त्यहाँ शहरका प्रत्येक ठाउँहरूमा अत्याचार फैलिने छ।
23 — Tudo é confusão. A terra está cheia de assassinos, e as cidades estão cheias de violência.
24 म अरू देशहरूबाट दुष्ट मानिसहरू ल्याउँनेछु। अनि ती दुष्ट मानिसहरूले सबै इस्राएलका मानिसहरूका घरहरू पाउँनेछन्। म सबै शक्तिशाली मानिसहरूलाई घमण्डी हुनुबाट रोक्नेछु। अरू देशहरूका ती मानिसहरूले तिमीहरूको पूजा गर्ने सबै स्थानहरू लिनेछन्।
24 Trarei aqui as nações mais perversas e lhes darei as casas de vocês. Quando eu deixar as nações pagãs profanarem os lugares onde vocês adoram, até os homens fortes perderão a confiança em si mesmos.
25 “तिमीहरू मानिसको डरले काम्ने छौ। तिमीहरू शान्ति खोज्नेछौ तर त्यहाँ पाउँने छैनौं।
25 O desespero está chegando. Vocês procurarão a paz, porém não a encontrarão.
26 तिमीले एक पछि एक गर्दै दुखको कथा सुन्ने छौ। तिमीले नराम्रो खबर बाहेक अरू केही सुन्ने छैनौ। तिमीले अगमवक्ताको खोजी गरेर दर्शन सोध्नेछौ, तर तिमीहरूले केही पनि पाउने छैनौ। पूजाहारीसँग तिमीहरूलाई दिने व्यवस्थाको शिक्षा केही पनि हुने छैन अनि बूढा-प्रधानहरूसँग तिमीलाई दिने राम्रो सल्लाह हुनेछैन।
26 Haverá desgraça após desgraça, e más notícias em cima de más notícias. Vocês pedirão que os profetas expliquem o que eles estão vendo que vai acontecer. Os sacerdotes não terão nada para ensinar ao povo, e os velhos não terão conselhos para dar.
27 तिमीहरूको राजा तिनीहरूको निम्ति रूनेछन् जो मरिसकेको छ। अगुवाहरूले शोक वस्त्र लगाउने छन्। साधरण मानिसहरू अत्यन्तै डराउँनेछन्। किन? किनकि म त्यसको बदला लिन्छु जुन तिनीहरूले गरेका छन्। म तिनीहरूलाई निश्चय दण्ड दिनेछु। त्यति बेला तिनीहरूले सम्झने छन् कि म नै परमप्रभु हुँ।”
27 O rei chorará, o príncipe perderá as esperanças, e o povo tremerá de medo. Eu castigarei vocês por tudo o que fizeram e os julgarei do modo como vocês julgaram os outros. Isso mostrará que eu sou o Senhor .
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Ezequiel 7, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.