Ezequiel 4

Nepali Bible (GL_NEPALI) vs NVI

Sair da comparação
NVI Nova Versão Internacional
1 “हे मानिसको छोरो! एउटा ईटाँका पाटा लिएर। त्यसमा एउटा नक्सा बनाऊ। एउटा शहरको अर्थात यरूशलेमको एउटा नक्सा बनाऊ।
1 "Agora, filho do homem, apanhe uma tabuinha de barro, coloque-a à sua frente e nela desenhe a cidade de Jerusalém.
2 अनि त्यस्तो काम गर मानौं त्यस शहरलाई चारैतिरबाट तिम्रो सेनाले घेरेको छ। शहरको चारैतिर एउटा माटोको पर्खाल यस्तो प्रकारले बनाऊ जसबाट आक्रमण गर्न सहायता होस्। शहरको द्वार सम्म पुग्ने गरी एउटा कच्चा बाटो बनाऊ, त्यसलाई भत्काउने मूढाहरू ल्याऊ अनि शहरको चारैतिर सैनिकहरूको छाउनी लगाऊ।
2 Cerque-a então, e erga obras de cerco contra ela; construa uma rampa, monte acampamentos e ponha aríetes ao redor dela.
3 अनि अब एउटा फलामको कराई ल्याऊ अनि तिमी आफू र शहरको बीचमा राख। यो एउटा फलामको पर्खाल जस्तै हुनेछ। जसले तिमी र शहरलाई अलग राख्छ। तिमीले यस्तो प्रकारले प्रदर्शन गर कि तिमी त्यो शहरको विरूद्धमा छौ। तिमीले त्यो शहरलाई घेर अनि त्यसमाथि आक्रमण गर। किन? किनभने यो इस्राएलको परिवारका निम्ति एउटा उदाहरण हुनेछ। यसबाट यो प्रर्दशित हुनेछ कि म यरूशलेमलाई नष्ट गर्नेछु।
3 Depois apanhe uma panela de ferro, coloque-a como muro de ferro entre você e a cidade e ponha-se de frente para ela. Ela estará cercada, e você a sitiará. Isto será um sinal para a nação de Israel.
4 “त्यसपछि, तिम्रो देब्रेपट्टि ढल्क। तिमीले इस्राएलीहरूको पापहरूका तिम्रो दण्ड कार्यद्वारा अवश्यै देखाउनु पर्छ। तिनीहरूको पापहरूको निम्ति दण्ड जति वर्ष सम्म दण्ड भोग्नु पर्ने छ त्यति दिन सम्म तँ देब्रेपट्टि कोल्टे परेर ढल्की रहनु पर्छ।
4 "Deite-se então sobre o seu lado esquerdo e sobre você ponha a iniqüidade da nação de Israel. Você terá que carregar a iniqüidade dela durante o número de dias em que estiver deitado sobre o lado esquerdo.
5 तिमीले यस्तो प्रकारले इस्राएली मानिसहरूको पाप 390 दिनसम्म सहनु पर्छ। यस प्रकार म तिमीलाई बताउँदैछु इस्राएल एक दिन एकवर्षको बराबर लामो समयसम्म दण्डीत हुनेछ।
5 Determinei que o número de dias seja equivalente ao número de anos da iniqüidade dela, ou seja, durante trezentos e noventa dias você carregará a iniqüidade da nação de Israel.
6 “तब तिमी तिम्रो दाहिनेपट्टि फर्किएर चालिस दिन सम्म लडिरहने छौ। यस्तै प्रकारले यहूदाको पापको सजाय चालिस दिन सम्म तिमीले देखाउँनेछौ। एक दिन बराबर एक वर्ष हुन्छ। म तिमीलाई बताउँदैछु कि कहिले सम्म यहूदा दण्डीत हुनेछ।”
6 "Terminado esse prazo, deite-se sobre o seu lado direito, e carregue a iniqüidade da nação de Judá,
7 परमेश्वरले फेरि भन्नुभयो। उहाँले भन्नुभयो, “अब आफ्नो पाखुरा घुमाऊ अनि आफ्नो हातलाई ईंटामाथि राख। यस्तो देखाउ मानौ तिमीले यरूशलेम शहरमाथि आक्रमण गरिरहेछौ। यो देखाउनको निम्ति गर कि तिमी मेरो अगमवक्ताको रूपमा मानिसहरूसँग बात गरिरहेका छौ।
7 durante quarenta dias, tempo que eu determinei para você, um dia para cada ano. Olhe para o cerco de Jerusalém e, com braço desnudo, profetize contra ela.
8 हेर, म तिमीलाई डोरीले बाँधिराख्नेछु। जब सम्म घेराको दिन समाप्त हुँदैन तिमी यता उता फर्कन सक्ने छैनौ।”
8 Vou amarrá-lo com cordas para que você não possa virar-se de lado enquanto não cumprir os dias da sua aflição.
9 परमेश्वरले यसो पनि भन्नुभयो, “तिमीले रोटी पकाउनको निम्ति केही समान ल्याउनु पर्नेछ। केही गहूँ, जौं, सिमी, दाल कोदो, फापर, यो सबैलाई एउटै भाँडामा हालेर पिँध अनि पिठो बनाऊ। तिमीले यो पिठो रोटी बनाउनका निम्ति प्रयोग गर्नुपर्छ। तिमीले खाली यो रोटी मात्र 390 दिन सम्म कोल्टे परेर खानु पर्छ।
9 "Pegue trigo e cevada, feijão e lentilha, painço e espelta; ponha-os numa vasilha e com eles faça pão para você. Você deverá comê-lo durante os trezentos e noventa dias em que estiver deitado sobre o seu lado.
10 तिमीले तिम्रो आफ्नै निम्ति खाने कुराहरू तौलनु पर्छ। प्रत्येक दिनको निम्ति बीस शेकेल। अनि तिमीले दिनको तोकिएको समयमा मात्र खानु पर्छ।
10 Pese duzentos e quarenta gramas do pão por dia e coma-o em horas determinadas.
11 अनि तिमीले दिनमा एक हिनको छैटौं भाग मात्र पानी पिउन सक्छौ।
11 Também meça meio litro de água e beba-a em horas determinadas.
12 प्रतिदिन तिमीले आफ्नो रोटी पकाउनु पर्छ। तिमीले मानिसको मल बाल्नु पर्छ अनि त्यो बल्दै गरेको मलमा रोटी पकाउनु पर्छ। तिमीले यो रोटी मानिसको आँखाको सामने खानु पर्छ।”
12 Coma o pão como você comeria um bolo de cevada; asse-o à vista do povo, usando fezes humanas como combustível".
13 तब परमप्रभुले भन्नुभयो, “यसले यो देखाउँछ कि इस्राएलका परिवारले विदेशमा अशुद्ध भोजन खानेछन् अनि मैले तिनीहरूलाई इस्राएल छोड्नु अनि विदेशहरूमा जान बाध्य गरें।”
13 O Senhor disse: "Desse modo os israelitas comerão sua comida imunda entre as nações para onde eu os expulsar".
14 त्यसपछि मैले आश्चर्य भएर भनें, “तर हे परमप्रभु मेरो मालिक! मैले अशुद्ध भोजन कहिले खाइनँ। मैले कहिले जनावरको मासु खाइन जुन कुनै रोगले मरेको होस् या कुनै जङ्गली जनावरले मारेको होस्। मैले बाल्यकालदेखि अहिले सम्म कुनै दिन पनि अपवित्र मासु खाइनँ। मेरो मुखमा त्यस्तो नराम्रो मासु पसेको छैन।”
14 Então eu disse: "Ah! Soberano Senhor! Eu jamais me contaminei. Desde a minha infância até agora, jamais comi qualquer coisa achada morta ou que tivesse sido despedaçada por animais selvagens. Jamais entrou em minha boca qualquer carne impura".
15 तब परमेश्वरले मलाई भन्नुभयो, “ठीक छ! म तिमीलाई रोटी पकाउनुको निम्ति गाईको गोबर प्रयोग गर्न दिनेछु। तिमीले मानिसहरूको सुकेको दिसाको प्रयोग गर्न आवश्यक छैन।”
15 "Está bem", disse ele, "deixarei que você asse o seu pão em cima de esterco de vaca, e não em cima de fezes humanas. "
16 तब परमेश्वरले मलाई भन्नुभयो, “हे मानिसको छोरो, म यरूशलेममा भोजनको लागि उब्जनी नष्ट पार्दै छु। मानिसकहाँ भोजन कम्ती रहनेछ। तिनीहरू आफ्नो भोजनको अभावले साह्रै चिन्तित हुनेछन् अनि तिनीहरूले पिउने पानी पनि नापेर (जोखेर) मात्र पिउँने छन्।
16 E acrescentou: "Filho do homem, cortarei o suprimento de comida em Jerusalém. O povo comerá com ansiedade comida racionada e beberá com desespero água racionada,
17 किनभने मानिसहरूको निम्ति प्रयाप्त भोजन अनि पानी हुँदैन। मानिसहरू एक अर्कालाई हेरेर डराउनेछन् किनकि तिनीहरूले आफ्नो पापको कारण एउटाले अर्कोलाई नष्ट भएको देख्नेछन्।
17 pois haverá falta de comida e de água. Ficarão chocados ao se verem uns aos outros, e definharão por causa de sua iniqüidade.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Ezequiel 4, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.