Ezequiel 3

Nepali Bible (GL_NEPALI) vs NVI

Sair da comparação
NVI Nova Versão Internacional
1 परमेश्वरले मलाई भन्नुभयो, “हे मानिसको छोरो! जुन तिमीले देख्दै छौ, त्यो खाऊ। यो बेहेरिएको पत्र खाऊ अनि गएर इस्राएलका परिवारहरूलाई यी कुराहरू भन।”
1 E ele me disse: "Filho do homem, coma este rolo; depois vá falar à nação de Israel".
2 यसकारण मैले मेरो मुख खोलें अनि उहाँले त्यो बेहेरिएको पत्र मेरो मुखमा राखिदिनु भयो।
2 Eu abri a boca, e ele me deu o rolo para eu comer.
3 तब परमेश्वरले भन्नुभयो, “हे मानिसको छोरा! म तिमीलाई यो बेहेरिएको पत्र दिँदैछु। यसलाई निल! यो बेहेरिएको पत्र तिम्रो शरीरमा भरियोस्।”यसकारण मैले त्यो बेहेरिएको पत्र खाँए। त्यो मेरो मुखमा मह जस्तै मीठो भयो।
3 E acrescentou: "Filho do homem, coma este rolo que estou lhe dando e encha o seu estômago com ele". Então eu o comi, e em minha boca era doce como mel.
4 तब परमेश्वरले मलाई भन्नुभयो, “हे मानिसको छोरा! इस्राएलको परिवारमा जाऊ। मैले भनेको कुराहरू तिनीहरूलाई भन।
4 Depois ele me disse: "Filho do homem, vá agora à nação de Israel e diga-lhe as minhas palavras.
5 मैले तिमीलाई कतै विदेशहरू पठाएको होइन, जसको भाषा तिमी बुझ्दैनौ। तिमीले अर्को भाषा सिक्नु पर्नेछैन। मैले तिमीलाई इस्राएलको परिवारकहाँ पठाउँदैछु।
5 Você não está sendo enviado a um povo de fala obscura e de língua difícil, mas à nação de Israel;
6 मैले तिमीलाई विभिन्न देशहरूमा पठाएको होइन जहाँका मानिसहरू यस्तो भाषाहरू बोल्छन् जुन तिमीले बुझ्दैनौं। यदि तिमी तिनीहरूकहाँ गई कुरा गर्छौ तब तिनीहरूले तिम्रो कुरा सुन्नेछन्।
6 não irá a muitos povos de fala obscura e de língua difícil, cujas palavras você não conseguiria entender. Certamente, se eu lhes enviasse você, eles o ouviriam.
7 अहँ! मैले तिमीलाई इस्राएलको परिवारकहाँ पठाउँदैछु। किनकि इस्राएलका सारा घराना नै अट्टेरी, ढीठ र कठोर मनका छन् अनि इस्राएलका मानिसहरूले तिम्रो कुरा सुन्न इच्छा गर्ने छैनन्। तिनीहरूले मेरो कुरा सुन्ने छैनन्।
7 Mas a nação de Israel não vai querer ouvi-lo porque não quer me ouvir, pois toda a nação de Israel está endurecida e obstinada.
8 तर म तिमीलाई त्यति नै हठी बनाउनेछु जति तिनीहरू छन्। उनीहरूको जस्तै तिम्रो हृदय त्यति नै कठोर हुनेछ।
8 Mas eu tornarei você tão inflexível e endurecido quanto eles.
9 हीरा, अग्नि चट्टान भन्दा पनि कडा हुन्छ, त्यस्तै प्रकारले तिम्रो हृदय पनि उनीहरूको भन्दा कठोर हुन्छ, तिमी उनीहरू भन्दा पनि हठी हुनेछौ, तिमी उनीहरूसँग डराउनेछैनौ। तिमी उनीहरूसँग नडराऊ जो सधैं मेरो विरूद्धमा गएका छन्।”
9 Tornarei a sua testa como a mais dura das pedras, mais dura que a pederneira. Não tenha medo deles, nem fique apavorado ao vê-los, embora sejam uma nação rebelde".
10 तब परमेश्वरले मलाई भन्नुभयो, “हे मानिसको छोरा! तिमीले मेरो प्रत्येक कुरा जुन म भन्दैछु सुन्नु पर्छ अनि ती कुराहरू याद राख्नु पर्छ।
10 E continuou: "Filho do homem, ouça atentamente e guarde no coração todas as palavras que eu lhe disser.
11 तब सबै तिम्रा मानिसहरू कहाँ जाऊ , जो कैदमा छन्। तिनीहरू कहाँ जाऊ अनि भन, ‘परमप्रभु हाम्रा मालिकले यी कुराहरू भन्नुहुन्छ।’ वास्ता नगर्नेहरूलाई यी कुराहरू भन चाहे तिनीहरूले सुन्छ अथवा सुन्दैनन्।”
11 Vá agora aos seus compatriotas que estão no exílio e fale com eles. Diga-lhes, quer ouçam quer deixem de ouvir: Assim diz o Soberano Senhor".
12 तब मलाई एउटा हावाले माथि उठायो। तब मैले आफ्नो पछाडीबाट एउटा आवाज सुनें। यो आवाज मेघको गर्जन जस्तो थियो। त्यसले भन्यो, “परमप्रभुको महिमा धन्य छ जहाँ कहीं यो जान्छ।”
12 Depois o Espírito elevou-me, e ouvi esta estrondosa aclamação: "Que a glória do Senhor seja louvada em sua habitação! "
13 अब ती प्राणीहरूले तिनीहरूको पंखेटा हल्याउन शुरू गरे। जब पंखेटाहरूले एक-अर्कालाई छुन्थे, अनि पाङ्ग्राहरू तिनीहरू तर्फ सर्थे, तिनीहरूले मेघ गर्जे झैं आवाज निकाल्थे।
13 E ouvi o som das asas dos seres viventes, roçando umas nas outras, e, atrás deles, o som das rodas — um forte estrondo!
14 आत्माले मलाई उठाएर माथि टाढो लग्यो। मैले त्यो स्थान छोडे। म साह्रै दुखी थिएँ अनि मेरो आत्मा अत्यन्त खिन्न थियो, तर परमप्रभुको शक्ति म भित्र अत्यन्त प्रबल थियो।
14 Então o Espírito elevou-me e tirou-me de lá, com o meu espírito cheio de amargura e de ira, e com a forte mão do Senhor sobre mim.
15 म ती कैदीहरू भए कहाँ गएँ जो कबार नदीको तेलाबीबमाबस्दै थिए। म त्यहाँ सात दिन सम्म तिनीहरूको बीचमा छक्क अनि खिन्न भएर बसिरहें।
15 Fui aos exilados que moravam em Tel-Abibe, perto do rio Quebar. Lá fiquei entre eles sete dias, atônito!
16 सात दिन पछि परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो,
16 Ao fim dos sete dias a palavra do Senhor veio a mim:
17 “हे मानिसको छोरो! म तिमीलाई इस्राएलको प्रहरी बनाउँदैछु। म ती सबै नराम्रो घटनाहरू बताउनेछु जुन उनीहरूमाथि घट्नेछ, अनि तिमीले इस्राएलको ती घटनाहरूको बारेमा चेताउनी दिनुपर्नेछ।
17 "Filho do homem", disse ele, "eu o fiz sentinela para a nação de Israel; por isso ouça a palavra que digo e leve-lhes a minha advertência.
18 यदि मैले, ‘यो नराम्रो मानिस मर्नेछ भनें।’ भनें तिमीले त्यो चेताउनी पनि उसलाई दिनुपर्छ। तिमीले उसलाई भन्नु पर्छ, आफ्नो जिन्दगी बद्ली गर अनि नराम्रो काम गर्न छोड। यदि तिमीले त्यो मानिसलाई चेताउनी दिएनौं भने त्यो मर्नेछ। किनकि त्यसले पाप गरेको छ। तर म तिमीलाई त्यसको मृत्युको उत्तरदायी बनाउँछु। किन? किनकि तिमी त्यसकहाँ गएनौ अनि त्यसको जीवन बचाएनौ।
18 Quando eu disser a um ímpio que ele vai morrer, e você não o advertir nem lhe falar para dissuadi-lo dos seus maus caminhos para salvar a vida dele, aquele ímpio morrerá por sua iniqüidade; mas para mim você será responsável pela morte dele.
19 “यो पनि हुन सक्छ तिमीले कुनै मानिसलाई चेताउनी दियौ, त्यसलाई त्यसको जीवन मार्ग बद्ली गर्नका निम्ति सम्झायौ अनि नराम्रो काम नगर्नु भन्यौ। यदि त्यसले तिम्रो कुरा सुनेन भने त्यो मर्नेछ। त्यो मर्नेछ किनकि त्यसले पाप गरेको छ। तर तिमीले उसलाई चेताउनी दियौ यसकारण तिमीले आफ्नो जीवन बचायौ।
19 Se, porém, você advertir o ímpio e ele não se desviar de sua impiedade ou dos seus maus caminhos, ele morrerá por sua iniqüidade, mas você estará livre de culpa.
20 “यो पनि हुन सक्छ कि कुनै राम्रो मानिस राम्रो भइरहनु छोड्छ। किनभने मैले त्यसको पछि केही यस्तो राखेकोछु जसले त्यसलाई पाप गर्न लगाउँछ। त्यसले नराम्रो काम गर्न शुरू गर्छ यसकारण त्यो मर्नेछ। उसले गरेको असल कर्महरू उसको पक्षमा सम्झना गरिनेछैन। त्यो मर्नेछ किनभने त्यसले पाप गर्यो र तिमीले उसलाई चेताउनी दिएनौ। म तिमीलाई उसको मृत्युको उत्तरदायी सम्झनेछु।
20 "Também, quando um justo se desviar de sua justiça e fizer o mal, e eu puser uma pedra de tropeço diante dele, ele morrerá. Uma vez que você não o advertiu ele morrerá pelo pecado que cometeu. As práticas justas dele não serão lembradas; para mim, porém, você será responsável pela morte dele.
21 “तर यदि तिमीले त्यो राम्रो मानिसलाई चेताउनी दियौ अनि त्यसलाई पाप गर्न बन्द गर्नु भन्यौ अनि त्यसले पाप गर्न बन्द गर्यो भने त्यो मानिस मर्नेछैन। किन? किनभने तिमीले उसलाई चेताउनी दियौं अनि उसले सुन्यो। यस प्रकारले तिमीले आफ्नो जीवन बचायौ।”
21 Se, porém, você advertir o justo e ele não pecar, certamente ele viverá, porque aceitou a advertência, e você estará livre de culpa".
22 तब परमप्रभुको शक्ति मकहाँ आयो। उहाँले मलाई भन्नुभयो, “उठ, अनि बेंसीमा जाऊ। म तिमीसित त्यहाँ कुरा गर्नेछु।”
22 A mão do Senhor esteve ali sobre mim, e ele me disse: "Levante-se e vá para a planície, e lá falarei com você".
23 यसकारण म उठें अनि बेंसीमा गएँ। परमप्रभुको महिमा त्यहाँ त्यसरी नै प्रकट भयो जस्तो मैले कबार नदीको किनारमा देखेको थिएँ। यसकारण मैले मेरो अनुहार भूइँतिर निहुराएँ।
23 Então me levantei e fui para a planície. E lá estava a glória do Senhor, glória como a que eu tinha visto junto ao rio Quebar. Prostrei-me, rosto em terra,
24 तर एउटा हावा आयो अनि यसले मलाई मेरो खुट्टामा उभ्यायो परमप्रभुले मलाई भन्नुभयो, “घर जाऊ, अनि आफैं घरभित्र ढोका थुनेर बस।
24 mas o Espírito entrou em mim e me pôs de pé. Ele me disse: "Vá para casa, e tranque-se.
25 हे मानिसको छोरा! मानिसहरू डोरी लिएर आउनेछन् अनि तिमीलाई बाँध्नेछन्। तिनीहरूले तिमीलाई बाहिरका अरू मानिस भएकोमा जान दिनेछैनन्।
25 Pois você, filho do homem, será amarrado com cordas; você ficará preso, e não conseguirá sair para o meio do povo.
26 म तिम्रो जिब्रो तिम्रो तालुमा टँसाई दिनेछु। तिमीले बात गर्न सक्नेछैनौ। यसकारण तिनीहरूले कोही मानिसलाई पनि यस्तो भेट्टाउने छैनन् जसले तिनीहरूलाई शिक्षा दिन सकोस् कि तिनीहरूले पाप गरिरहेका छन्। किन? किनकि तिनीहरू सँधै मेरो विरूद्धमा गइरहेका छन्।
26 Farei sua língua apegar-se ao céu da boca para que você fique calado e não possa repreendê-los, embora sejam uma nação rebelde.
27 तर जब म तिमीसित कुरा गर्छु त्यसबेला तिमीलाई म बोल्ने बनाउँनेछु। तर तिमीले भन्नु पर्छ, ‘परमप्रभु हाम्रा मालिकले यी कुराहरू भन्नु हुन्छ।’ यदि कसैले सुन्न चाहन्छ भने उसले सुनोस्। यदि होइन भने, मलाई तिरस्कार गरोस्। किनभने तिनीहरू विध्वंशकारीहरू हुन्।
27 Mas, quando eu falar com você, abrirei sua boca e você lhes dirá: Assim diz o Soberano Senhor. Quem quiser ouvir ouça, e quem não quiser não ouça; pois são uma nação rebelde.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Ezequiel 3, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.