Ezequiel 27
Nepali Bible (GL_NEPALI) vs NVI
1 परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो,
1 Esta palavra do Senhor veio a mim:
2 “हे मानिसको छोरो! टायर शहरको विषयमा यो दुखको गीत गाऊ।
2 "Filho do homem, faça um lamento a respeito de Tiro.
3 टायरको विषयमा यसो भन“‘टायर, तिमी समुद्रको द्वार हौं। तिमी धेरै राष्ट्रहरूका निम्ति व्यापारी हौ, समुद्र किनारको सहायताले तिमी धेरै देशहरूमा यात्रा गर्छौ।’ परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ टायर तिमी सोच्छौ कि तिमी यति ज्यादा सुन्दर छौ। तिमी सोच्छौ कि तिमी पूर्णत सुन्दर छौ।
3 Diga a Tiro, que está junto à entrada para o mar, mercadora de povos em muitos litorais: ‘Assim diz o Soberano Senhor: " ‘Você diz, ó Tiro: "Minha beleza é perfeita".
4 भूमध्य सागर तिम्रो शहरको चारैतिर सीमाना बनाउँछ! तिम्रो निर्माताहरूले तिमीलाई पूर्णत सुन्दर बनाए। तिमी त्यो जहाजहरू जस्तै छौ जुन तिमीबाट यहाँ आउँछ।
4 Seu domínio abrangia o coração dos mares; seus construtores levaram a sua beleza à perfeição.
5 तिम्रा निर्माताहरूले तिम्रो सबै काठपातहरू बनाउनका निम्ति सेनीर पर्वतबाट सनौवर वृक्षको उपयोग गरे। तिनीहरूले तिम्रो मस्तूल बनाउनको निम्ति लबानोनबाट देवदार बनको प्रयोग गरे।
5 Eles fizeram todo o seu madeiramento com pinheiros de Senir; apanharam um cedro do Líbano para fazer-lhe um mastro.
6 तिमीहरूले तिम्रो जहाज खियाउने डण्डीहरू बाशानबाट ल्याइएको बज्राँठका तक्ताहरूबाट बनाए। तिम्रो जहाजका कोठाहरू बनाउन तिनीहरूले साइप्रसका धूपीको रूखहरू प्रयोग गरे। तिनीहरूले त्यो कोठालाई हात्तीको दाँतले सिँगारे।
6 Dos carvalhos de Basã fizeram os seus remos; de cipreste procedente das costas de Chipre fizeram seu convés, revestido de mármore.
7 तिम्रो जहाजको पालका निम्ति तिनीहरूले मिश्र देशमा बनिएको रंगीन सूती वस्त्रको प्रयोग गरे। तिम्रो छाप्रोको पर्दा निलो अनि बैंजनी रंगको थियो। तिनीहरू साइप्रसको समुद्र किनारमा आउँथे।
7 De belo linho bordado, procedente do Egito foram feitas as suas velas e lhe serviu de bandeira; seus toldos, em vermelho e azul, provinham das costas de Elisá.
8 सीदोन अनि अर्वादको निवासीहरू तिम्रो लागि नाविक भए। बुद्धिमान मानिस टायर तिम्रो जहाजको चालक भयो।
8 Habitantes de Sidom e Arvade eram os seus remadores; os seus homens hábeis, ó Tiro, estavam a bordo na qualidade de marinheiros.
9 गबालका बूढा-प्रधानहरू अनि बुद्धिमान मानिसहरू जहाज मुनिको तक्ताबाट पानी नछिर्ने गरी टाल-टुल गर्नुको निम्ति जहाजमा थिए। समुद्रको सारा जहाज अनि त्यसको चालकहरू तिमीसँग व्यापार वाणिज्य गर्नकोलागि आए।’
9 Artesãos veteranos de Gebal estavam a bordo como construtores de barcos para calafetarem as suas juntas. Todos os navios do mar e seus marinheiros vinham para negociar as mercadorias que você tem.
10 “फारस, लूद र पूतका मानिसहरू तिम्रो सेनामा थिए। तिनीहरू तिम्रो लडाकु सैनिकहरू थिए। तिनीहरूले आफ्नो ढाल अनि टोप तिम्रो पर्खालमा झुण्डाएका थिए। तिनीहरूले तिम्रो शहरको निम्ति सम्मान अनि यश कमाए।
10 " ‘Os persas, os lídios e os homens de Fute serviam como soldados em seu exército. Eles penduravam os seus escudos e capacetes nos seus muros, trazendo-lhe esplendor.
11 अर्वाद र हेलेकका मानिसहरूले तिम्रो शहरको चारैतिरका पर्खालमाथि रक्षकको रूपमा खडा थिए। गमादका मानिस तिम्रो ढुङ्गामा थिए। तिनीहरूले तिम्रो शहरको चारैतिरको पर्खालमाथि तिनीहरूको ढाल लगाए। तिनीहरूले तिम्रो सुन्दरतालाई पूर्णरूप दिए।
11 Homens de Arvade e de Heleque guarneciam os seus muros em todos os lados; homens de Gamade estavam em suas torres. Eles penduravam os seus escudos em seus muros ao redor; levaram a beleza de você à perfeição.
12 “तर्शीश तिम्रो सर्वोत्तम ग्राहकहरू मध्ये एक थियो। उसले तिमीसित व्यापारकोलागि चाँदी, फलाम, टीन अनि सीसा तिमीले बेचेको चमत्कारी वस्तुहरूको बद्लीमा दियो।
12 " ‘Társis fez negócios com você, tendo em vista os seus muitos bens; eles deram prata, ferro, estanho e chumbo em troca de suas mercadorias.
13 याबान, तूबल, मेशेकका मानिसहरूले व्यापार गरे। तिनीहरूले बेचेको चीजको सट्टामा तिमीलाई काँसका भाँडा दिन्थे।
13 " ‘Javã, Tubal e Meseque fizeram comércio com você; trocaram escravos e utensílios de bronze pelos seus bens.
14 तोगर्मा राष्ट्रका मानिसहरूले घोडा, युद्धका घोडा अनि खच्चर तिमीले बेचेका चीजहरूको सट्टामा दिन्थे।
14 " ‘Homens de Bete-Togarma trocaram cavalos de carga, cavalos de guerra e mulas pelas suas mercadorias.
15 रोडसका मानिसहरू तिमीसित व्यापार गर्थे। तिमीले आफ्नो चीजहरू धेरै ठाउँमा बेच्थ्यौ। मानिसहरूले तिम्रा चीजहरूको दाम तिर्न हात्तीको दाँत अनि काली काठ दिन्थे।
15 " ‘Os homens de Rodes fizeram comércio com você, e muitas regiões costeiras se tornaram seus clientes; eles lhe pagaram com presas de marfim e com ébano.
16 एदोमले तिमीसँग व्यापार गर्थो किनकि तिमीसँग धेरै राम्रा-राम्रा चीजहरू थिए। एदोमका मानिसहरूले तिमीले बेचेको चीजहरूको सट्टामा तिमीलाई फिरोजा नीलमणि, बैजुनी लुगा, बुट्टाले भरिएका लुगा, बुट्टा भरिएका सूती लुगा, मूंगा-मोती अनि रातो मलमल दिन्थे।
16 " ‘Arã fez negócios com você atraídos por seus muitos produtos; em troca de suas mercadorias deram-lhe turquesa, tecido vermelho, trabalhos bordados, linho fino, coral e rubis.
17 “यहूदा अनि इस्राएलका मानिसहरूले तिमीसँग व्यापार गरे। तिनीहरूले तिम्रो व्यापारको माल-समानको सट्टामा गहूँ, भद्राक्ष, अगौटे-नेभारा, मह, तेल र अत्तर दिए।
17 " ‘Judá e Israel fizeram comércio com você; pelos seus bens eles trocaram trigo de Minite, confeitos, mel, azeite e bálsamo.
18 दमीश्क एउटा राम्रो ग्राहक थियो। उसले तिमीसँग भएको धैरे प्रकारको मूल्यवान चीजहरू हेलबनको दाखरस र सेतो उनको सट्टामा व्यपार गर्यो।
18 " ‘Damasco, em razão dos muitos produtos de que você dispõe e da grande riqueza de seus bens, fez negócios com você, pagando-lhe com vinho de Helbom e lã de Zaar.
19 जुन चीज तिमीले बेच्थ्यौ ती चीजहरू बेचेर उसले ऊजालाको दाखरस मगाउने व्यापार गर्थ्यो। उसले त्यो चीजहरूको निम्ति फलाम, तेजपात र ऊखु तिर्थ्यो।
19 " ‘Também Dã e Javã de Uzal, compraram mercadorias de vocês, trocando-as por ferro, cássia e cálamo.
20 ददानको राम्रो व्यापार थियो। उसले तिमीसँग घोडाको जीनको पोशाकको व्यापार गर्थ्यो।
20 " ‘Dedã negociou com você mantos de sela.
21 केदरका सबै अगुवाहरू अनि अरबका व्यापारीहरूले तिमीलाई भेडा अनि बाख्राहरू तिमीसँग बिक्री गरेको बस्तुको सट्टामा दिए।
21 " ‘A Arábia e todos os príncipes de Quedar eram seus clientes; fizeram negócios com você, fornecendo-lhes cordeiros, carneiros e bodes.
22 शबा अनि रामाहका व्यापारीहरू पनि तिमीसँग व्यापार गर्थे। तिनीहरूले तिमीले बेचेको चीजको सट्टामा सर्वोत्तम मसाला, हरेक प्रकारको रत्न अनि सुन दिन्थे।
22 " ‘Os mercadores de Sabá e de Raamá fizeram comércio com você; pelas mercadorias que você vende eles trocaram o que há de melhor em toda espécie de especiarias, pedras preciosas, e ouro.
23 हारान, कन्नेह, अदन तथा शेबा, अश्शूर र किल्मदका व्यापारीहरूले पनि तिमीसँग व्यापार गर्थे।
23 " ‘Harã, Cane e Éden e os mercadores de Sabá, Assur e Quilmade fizeram comércio com você.
24 तिनीहरूले सर्वोत्तम लुगाहरू, बुट्टा हानेको लुगा, नीलो धागोले बनाएको लुगा रंग-विरंगको गलैंचाहरू, राम्रो बाटेको डोरीहरू, देवदारूको काठले बनिएको सामानहरू दिन्थे। तिमीले तिनी सित यी चिजहरूको व्यापार गर्यौ।
24 No seu mercado eles negociaram com você lindas roupas, tecido azul, trabalhos bordados e tapetes multicoloridos com cordéis retorcidos e de nós firmes.
25 तिमीले बेचेका चीजहरू तर्शीशको जहाजहरूमा लगिन्थ्यो।“टायर तिमी ती व्यापारी जहाज जस्तै थियौ, तिमी समुद्रमा बहुमूल्य समानहरू लिएर आउँथ्यौ।
25 " ‘Os navios de Társis transportam os seus bens. Você está cheia de carga pesada no coração do mar.
26 तिम्रो नाविकहरूले, तिमीलाई विशाल अनि शक्तिशाली समुद्र पारि लिएर गयो, तर शक्तिशाली पूर्वी बतासले तिम्रो जहाजलाई समुद्रमा नष्ट पारिदिन्यो।
26 Seus remadores a levam para alto mar. Mas o vento oriental a despedaçará no coração do mar.
27 अनि तिम्रो सबै सम्पत्ति समुद्रमा डुब्नेछ। तिम्रो सम्पत्ति, तिम्रो व्यापार, किन्ने अनि बेच्ने चीजहरू, अनि तिम्रो नाविकहरू, तिम्रो मानिस जो तिम्रो जहाजको पिँध टाल-टुल गर्छन् तिम्रो मल्लाह, तिम्रो शहरको सबै सैनिक अनि तिम्रो नाविक सबै समुद्रमा डुब्नेछन्। यो त्यही दिन हुनेछ जुन दिन तिमी नष्ट हुनेछौ!
27 Sua riqueza, suas mercadorias e seus bens, seus marujos, seus homens do mar e seus construtores de barcos, seus mercadores e todos os seus soldados, todos quantos estão a bordo sucumbirão no coração do mar no dia do seu naufrágio.
28 तिमीले आफ्नो व्यापारीहरूलाई धेरै टाढो पठायौ जब तिनीहरूले तिम्रो नाविकहरू चिच्याएको सुन्छन ती भूमिहरू डरले काम्नेछ!
28 As praias tremerão quando os seus marujos clamarem.
29 जहाजीहरू अनि चालकहरू सबैले तिम्रो जहाज छोड्नेछन् अनि समुद्रको किनारमा उभिनेछन।
29 Todos os que manejam os remos abandonarão os seus navios; os marujos e todos os marinheiros ficarão na praia.
30 ऊ तिम्रो विषयमा धेरै दुखी हुन्छ! ऊ धुरू-धुरू रूँनेछ। उसले आफ्नो टाउकोमा धुलो हाल्नेछ। ऊ खरानीमा लडीबडी गर्नेछ।
30 Erguerão a voz e gritarão com amargura por sua causa; espalharão poeira sobre as suas cabeças e rolarão na cinza.
31 उसले तिम्रा निम्ति कपाल मुण्डन गर्नेछ। उसले शोक वस्त्र लगाउँनेछ! ऊ तिम्रा निम्ति धुरू-धुरू रूँनेछन्, चिच्याउनेछ ऊ आफ्नो मानिस मर्दा रोए झैं रूँनेछ।
31 Raparão a cabeça por sua causa e porão vestes de lamento. Chorarão por você com angústia na alma e com pranto amargurado.
32 तिनीहरू विलाप गरेर रोइरहेको समयमा तिम्रो विषयमा यो शोक गीत गाउँछन अनि रूँनेछन‘कोही टायर जस्तो छैन! समुद्रको बीचमा टायर नष्ट गरिदियो।
32 Quando estiverem gritando e pranteando por você, erguerão este lamento a seu respeito: "Quem chegou a ser silenciada como Tiro, cercada pelo mar? "
33 तिम्रो व्यापारीहरू समुद्र पारि गए! तिमीले धेरै मानिसहरूलाई आफ्नो विशाल सम्पत्ति अनि विक्रय वस्तुबाट सन्तुष्ट पार्यौ तिमीले जमीनको राजाहरूलाई सम्पन्न बनायौं!
33 Quando as suas mercadorias saíam para o mar, você satisfazia muitas nações; com sua grande riqueza e com seus bens você enriqueceu os reis da terra.
34 तर अब तिमी समुद्र र गहिरो पानीबाट विच्छेद भयो। तिमीले बेच्ने सबै चीजहरू अनि तिम्रो सबै मानिसहरू नष्ट भईसके!
34 Agora, destruída pelo mar, você jaz nas profundezas das águas; seus bens e todos os que a acompanham afundaram com você.
35 समुद्र किनारमा बस्ने सबै मानिसहरू तिम्रा निम्ति शोक-ग्रस्त छन्। तिनीहरूको राजा भयांनक रूपसँग डराउँछन् तिनीहरूको अनुहारमा आघात देखिदैंछ।
35 Todos os que moram nas regiões litorâneas estão chocados com o que aconteceu com você; seus reis arrepiam-se horrorizados e os seus rostos estão desfigurados de medo.
36 अन्य देशको व्यापारीहरूले तिमीलाई खिसी गर्नेछन्। घटेको घटनामा मानिसहरू भयभीत हुनेछन्, किनकि तिम्रो अन्त्य आएकोछ। तिमी भविष्यमा रहनेछैनौं।”‘
36 Os mercadores entre as nações gritam de medo, ao vê-la; chegou o seu terrível fim, e você não mais existirá’ ".
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Ezequiel 27, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.