Ezequiel 21
Nepali Bible (GL_NEPALI) vs NVI
1 यसकारण परमप्रभुको वचन फेरि मकहाँ आयो। उहाँले भन्नुभयो,
1 Esta palavra do Senhor veio a mim:
2 “हे मानिसको छोरो, यरूशलेमपट्टि ध्यान देऊ अनि त्यसको पवित्र स्थानहरूको विरूद्ध केही भन। मेरो निम्ति इस्राएल देशको विरूद्ध केही भन।
2 "Filho do homem, vire o rosto contra Jerusalém e pregue contra o santuário. Profetize contra Israel,
3 इस्राएल देशलाई भन, ‘परमप्रभुले यी कुराहरू भन्नुभएको छ म तिमीहरूको विरूद्धमा छु! म आफ्नो तरवार म्यानबाट बाहिर निकाल्छु! तिमीहरूबाट दुवै राम्रो नराम्रो सबै मानिसहरू काटेर हटाउनेछु।
3 dizendo-lhe: ‘Assim diz o Senhor: Estou contra você. Empunharei a minha espada para eliminar tanto o justo quanto o ímpio.
4 म राम्रो अनि नराम्रो दुवै मानिसहरू तिमीहरूबाट काटेर हटाउँछु। म आफ्नो तरवार म्यानबाट बाहिर निकाल्छु अनि दक्षिणबाट उत्तर सम्मका सबै मानिसहरूको विरूद्ध उपयोग गर्छु।
4 Uma vez que eu vou eliminar o justo e o ímpio, estarei empunhando a minha espada contra todos, desde o Neguebe até o norte.
5 तब सबै मानिसहरूले थाहा पाउनेछन् कि म नै परमप्रभु हुँ अनि तिनीहरूले थाहा पाउँनेछन् कि मैले नै तरवार म्यानबाट बाहिर निकाले। मेरो तरवार फेरि म्यानमा पस्ने छैन जबसम्म यो शेष हुदैन।”‘
5 Então todos saberão que eu, o Senhor, da bainha tirei a espada e não tornarei a guardá-la’.
6 परमेश्वरले मलाई भन्नुभयो, “हे मानिसको छोरो, दुखमा परेको मानिसको जस्तो दुखको आवाज निकाल। मानिसहरूको छेउमा कराऊ।
6 "Portanto, passe a gemer, filho do homem! Passe a gemer diante deles com o coração partido e com amarga tristeza.
7 तब तिनीहरूले तिमीलाई सोध्ने छन्, ‘तिमी किन दुखको आवाज निकालिरहेका छौ?’ त्यस बेला तिमीले भन्नुपर्छ, ‘किनभने कष्टदायक समाचार आउँदै छ। प्रत्येकको हृदय डरले पग्लिने छ। सबै हातहरू कमजोर हुनेछन्। हरेकको आत्मा कमजोर हुनेछ। हरेकको घुँडा पानी जस्तै हुनेछ।’ ध्यान देऊ त्यो नराम्रो समाचार आउँदै छ। यी घटनाहरू घट्नेछन्।” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभएको हो।
7 E, quando lhe perguntarem: ‘Por que você está gemendo? ’, você dirá: ‘Por causa das notícias que estão vindo. Todo coração se derreterá, e toda mão penderá frouxa; todo espírito desmaiará, e todo joelho se tornará como água, de tão fraco’. E vem chegando! Sem nenhuma dúvida vai acontecer; palavra do Soberano Senhor".
8 परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो,
8 Esta palavra do Senhor veio a mim:
9 “हे मानिसको छोरो, मेरो निम्ति यी कुराहरू गर। यी कुराहरू भन, ‘परमप्रभु मेरो मालिक यी कुराहरू भन्नुहुन्छ“‘ध्यान देऊ, एउटा तरवार, एउटा धारिलो तरवार हो, अनि तरवारमा सान लगाइएको छ।
9 "Filho do homem, profetize e diga: ‘Assim diz o Senhor: " ‘Uma espada, uma espada, afiada e polida;
10 तरवार ज्यान लिनको निम्ति धारिलो बनाइएको छ। बिजुली जस्तै चम्काउनलाई यसमा सान लगाएर टल्काइएको छ। “‘मेरो छोरा, तिमी त्यो लौरो देखि टाढो भाग्यौ जसले तिमीलाई दण्ड दिन्थ्यो। तिमीले त्यो काठको लौरोबाट दण्डित हुन अस्वीकार गर्यौ।
10 afiada para a mortandade, polida para luzir como relâmpago! " ‘Acaso vamos regozijar-nos com o cetro do meu filho Judá? A espada despreza toda e qualquer vareta como essa.
11 यसकारण तरवारलाई टल्काइएको हो। अब यो प्रयोग गर्न सकिन्छ। तरवार धारिलो बनाइएको छ अनि सान लगाइएको छ। अब यो मार्नेको हातमा दिइसकेको छ।
11 " ‘A espada foi destinada a ser polida, a ser pega com as mãos; está afiada e polida, preparada para que a maneje a mão do matador.
12 “हे मानिसको छोरो! चिच्याऊ अनि कराऊ। किन? किनकि तरवारको उपयोग मेरा मानिसहरू अनि इस्राएलको सबै शासकहरूको विरूद्धमा हुन्छ। ती अगुवाहरू मेरो मानिसहरूसितै तरवारद्वारा मारिनेछन्। यसकारण, तिमीले आफ्नो छाती पीट।
12 Clame e grite, filho do homem, pois ela está contra o meu povo; está contra todos os príncipes de Israel. Eles são atirados contra a espada juntamente com o meu povo. Lamente-se, pois; bata no peito.
13 किन? किनकि यो परीक्षा मात्र होइन तिमीले काठको लौरोद्वारा दण्डदायी हुन अस्वीकार गर्यौ यसकारण त्यसको अतिरिक्त तिमीलाई दण्ड दिनको निम्ति म के प्रयोग गरूँ? हो, तरवार नै।” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो।
13 " ‘É certo que a prova virá. E que acontecerá, se o cetro de Judá, que a espada despreza, não continuar a existir?; palavra do Soberano Senhor’.
14 परमेश्वरले भन्नुभयो, “हे मानिसको छोरा! ताली बजाऊ अनि मेरो निम्ति मानिसहरूलाई यी कुराहरू भन,“तरवार दुइ पल्ट आवोस्, तीन पल्ट! यो तरवार मानिसहरू मार्नुका निम्ति हो। यो तरवार हो, ठूलो नर-संहारका निम्ति! यो तरवारले मानिसहरूलाई काट्नेछ!
14 "Por isso profetize, então, filho do homem, e bata as mãos uma na outra. Que a espada golpeie duas vezes, aliás, três vezes. É uma espada para matança, para grande matança, avançando sobre eles de todos os lados.
15 तिनीहरूको हृदय डरले पग्लिनेछ, अनि धेरै मानिसहरू लड्नेछन्, धेरै ज्यादा मानिसहरू आफ्नो नगर-द्वारमा मर्नेछन्। तरवार बिजुलि जस्तै चम्कनेछ। यो मानिसहरू मार्नको निम्ति सान लगाएर टल्काइएको हो।
15 Assim, para que os corações se derretam e os caídos sejam muitos, posicionei a espada para a matança junto a todas as suas portas. Ah! Ela foi feita para luzir como relâmpago; é empunhada firmemente para a matança.
16 हे तरवार! धारिलो हो! तरवार दाहिनेपट्टि काट सीधै छेउमा काट देब्रे पट्टि काट, जाउ प्रत्येक स्थानमा जहाँ तेरो धारले जानका निम्ति छानेकोछ।
16 Ó espada, golpeie para todos os lados, para onde quer que se vire a sua lâmina.
17 तब म ताली बजाउनेछु अनि म मेरो क्रोध देखाउनु बन्दा गर्नेछु। म परमप्रभुले नै भनेको हुँ।”
17 Eu também baterei minhas mãos uma na outra, e a minha ira diminuirá. Eu, o Senhor, falei".
18 परमप्रभुको वचन फेरि मकहाँ आयो,
18 A palavra do Senhor veio a mim:
19 “हे मानिसको छोरो! दुइवटा बाटोको नक्शा बनाऊ त्यो बाबेलका राजाले तरवार इस्राएलमा ल्याउन छाने। दुवै बाटोहरू एउटै भूमिमा आउनु पर्छ। एउटा संकेत शहरको शुरूमा लगाउनु पर्छ।
19 "Filho do homem, trace as duas estradas que a espada do rei da Babilônia deve tomar, as duas partindo da mesma terra. Em cada uma delas coloque um marco indicando o rumo de uma cidade.
20 जुन बाटो तरवारले प्रयोग गर्छ त्यसलाई देखाउन संकेत प्रयोग गर। एउटा बाटोले रब्बा अम्मोनी शहर अनि अर्को यहूदा यरूशलेमको बलियो शहर तिर लैजान्छ।
20 Trace uma estrada que leve a espada contra Rabá dos amonitas, e a outra contra Judá e contra a Jerusalém fortificada.
21 यसले स्पष्ट पार्छ कि बाबेलको राजाले त्यो बाटोको योजना बनाउँदैछ, जसद्वारा उसले त्यस क्षेत्रमा आक्रमण गर्न सकोस्। बाबेलको राजा त्यो बिन्दु सम्म आइपुगिसकेकोछ जहाँ दुइवटा बाटो छुटिन्छ। बाबेलको राजाले जादूको संकेतको उपयोग भविष्य जान्नुको निम्ति गरेको हो। उसले केही बाण हल्लायो, उसले परिवारको मूर्तिहरूसँग प्रश्न गर्यो, उसले मारेको जनावरको कलेजो हेर्यो।
21 Pois o rei da Babilônia parará no local donde partem as duas estradas para sortear a escolha. Ele lançará a sorte com flechas, consultará os ídolos da família, examinará o fígado.
22 “संकेतले उसलाई दाहिनेपट्टिको बाटोबाट यरूशलेम पुग्छ भन्ने बताउँदैछ! उसले आफूसँग ध्वंस गर्ने हतियार ल्याउने योजना बनाएको छ। उसले आदेश दिनेछ अनि उसको सैनिकले ज्यान मार्न शरू गर्नेछ। उसले युद्ध घोषणा गर्छ। त्यस समयमा उसले शहरको चारैतिर माटोको पर्खाल बनाउँनेछ। उसले पर्खाल सम्म पुग्ने एउटा माटोको बाटो बनाउँनेछ। उसले शहरमा आक्रमण गर्नका निम्ति काठको धरहराहरू बनाउँनेछ।
22 Pela sua mão direita será sorteada Jerusalém, onde deverá preparar aríetes, dar ordens para a matança, soar o grito de guerra, montar aríetes contra as portas, construir uma rampa e levantar obras de cerco.
23 इस्राएलका मानिसहरूको निम्ति त्यो जादूको चिन्हको केही अर्थ हुँदैन। तिनीहरूले त्यो वचनको पालन गर्छन जुन तिनीहरूलाई दिइएको छ। तर परमप्रभुले तिनीहरूको पाप याद राख्नु हुनेछ। अनि इस्राएलीहरू कैदी हुनेछन्।”
23 Parecerá um falso presságio aos judeus, que tinham feito uma aliança com juramento, mas o rei invasor os fará recordar sua culpa e os levará prisioneiros.
24 परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “तिमीले तिमीहरूको कुकर्महरू स्मरणीय पारेकाछौ। तिम्रो पापहरू पुरै प्रकाशमा आएको छ। तिमीले मलाई तिमी दोषी थियो भन्ने याद गर्न बाध्य गरायौ। यसकारण शत्रुले तिमीलाई आफ्नो हातमा लिनेछ।
24 "Portanto, assim diz o Soberano Senhor: ‘Visto que vocês trouxeram à lembrança a sua iniqüidade mediante rebelião ostensiva, revelando seus pecados em tudo o que fazem; porque vocês fizeram isso, serão levados prisioneiros.
25 अनि इस्राएलका दुष्ट शासकहरू! तिमीहरू मारिनेछौ, तिम्रो दण्डको समय आई सक्यो। अब अन्त छेउमा छ!”
25 " ‘Ó ímpio e profano príncipe de Israel, o seu dia chegou, a hora do seu castigo é agora,
26 परमप्रभु मेरो मालिक यो संदेश दिनुहुन्छ, “फेटा उठा। मुकुट उठा! परिवर्तनको समय आइपुग्यो। महत्वपूर्ण चीजहरू तल ल्याइनेछ अनि जो मानिसहरू महत्वपूर्ण छैनन् तिनीहरू महत्वपूर्ण बनिनेछन्।
26 assim diz o Soberano Senhor: Tire o turbante e a coroa. Não será como antes: Os humildes serão exaltados, e os exaltados serão humilhados.
27 म त्यो शहरहरू पूर्णरूपमा नष्ट पार्नेछु। तर यो त्यस बेला सम्म हुँदैन जब सम्म उपयुक्त मानिस राजा हुँदैन। त्यसपछि म बाबेलको राजालाई शहरमाथि अधिकार गर्नदिन्छु।”
27 Uma desgraça! Uma desgraça! Eu a farei uma desgraça! Não será restaurada, enquanto não vier aquele a quem ela pertence por direito; a ele eu a darei’.
28 परमेश्वरले भन्नुभयो, “हे मानिसको छोरो, मेरो निम्ति मानिसहरूलाई भन, ‘परमप्रभु मेरो मालिकले यी कुराहरू अम्मोनका मानिसहरू अनि तिनीहरूको लज्जित देवतासँग भन्नुहुन्छ“‘ध्यान देऊ, एउटा तरवार! एउटा तरवार म्यानबाट बाहिर छ। तरवार टल्काइएको छ! तरवार मार्नको निम्ति तयार छ! बिजुली जस्तो चम्काउनका निम्ति यसलाई टल्काइएको थियो!
28 "E você, filho do homem, profetize e diga: ‘Assim diz o Soberano Senhor acerca dos amonitas e dos seus insultos: " ‘Uma espada, uma espada, empunhada para matança, polida para consumir e para luzir como relâmpago!
29 तिम्रो दर्शन व्यर्थ छ। तिम्रो जादूले तिमीलाई सहायता गर्नेछैन। यो झूठो अगमवाणी हो। अब ती दुष्ट मानिसहरूको घाँटीमा तरवार राखिन्छ। तिनीहरू चाँडै मर्नेछन्। अन्त्यको दिन आइपुगेको छ। तिनीहरूको पापको अन्तिम समय आइसकेकोछ।
29 A despeito das visões falsas e das adivinhações mentirosas sobre você, ela será posta sobre o pescoço dos ímpios que devem ser mortos e cujo dia chegou, cujo momento de castigo é agora.
30 “‘अब तिम्रो तरवार (बाबेललाई) म्यानभित्र राख। बाबेल! म तिमीसित न्याय त्यही गर्छु तिमी जहाँ बसेकाछौ। अथवा त्यहीं देश जहाँबाट तिमी उत्पन्न भएका थियौ।
30 Volte a espada à sua bainha. No lugar onde vocês foram criados, na terra dos seus antepassados, eu os julgarei.
31 म तिम्रो विरूद्ध आफ्नो क्रोध खन्याउँछु। मेरो क्रोधले तिमीलाई तातो हावाले जस्तै जलाउँनेछ। म तिमीलाई क्रूर मानिसहरूको हातमा सुम्पिन्छु। ती मानिसहरू मानिसहरूलाई मार्नु सिपालु छन्।
31 Derramarei a minha ira sobre vocês, soprarei a minha ira impetuosa contra vocês; eu os entregarei nas mãos de homens brutais, acostumados à destruição.
32 तिमी आगोका निम्ति दाउरा जस्तै हुनेछौ। तिम्रो रगत पृथ्वीमा बग्नेछ, फेरि मानिसले तिमीलाई कहिल्यै याद गर्ने छैनन्। म परमप्रभुले यो भनेको हुँ।”‘
32 Vocês serão combustível para o fogo, seu sangue será derramado em sua terra e você não será mais lembrado; porque eu o Senhor falei’ ".
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Ezequiel 21, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.