Ezequiel 17

Nepali Bible (GL_NEPALI) vs ARC

Sair da comparação
ARC Almeida Revista e Corrigida 2009
1 त्यसपछि परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो,
1 E veio a mim a palavra do Senhor , dizendo:
2 “हे मानिसको छोरो, इस्राएलका घरानालाई यो कथा सुनाऊ! तिनीहरूलाई प्रश्न गर यसको अर्थ के हो?
2 Filho do homem, propõe uma parábola e usa de uma comparação para com a casa de Israel.
3 तिनीहरूलाई भन, यो त्यही हो जुन परमप्रभु मेरा मालिकले भन्नुहुन्छु “एउटा विशाल चील विशाल पखेटासित लबानोन आउँदैछ। चीलको धेरै रंगहरू भएको लामो लामो प्वाँखहरू थिए। त्यो लबानोनमा आयो अनि देवदारू रूखको टुप्पा लग्यो।
3 E dize: Assim diz o Senhor Jeová : Uma grande águia, de grandes asas, de farta plumagem, cheia de penas de várias cores, veio ao Líbano e levou o mais alto ramo de um cedro.
4 त्यो गरूडले त्यो विशाल देवदारूको (लबानोन) रूखको टुप्पो चुडाँयो अनि कनान लिएर गयो। गरूडले व्यापारीको शहरमा त्यो रोप्यो।”
4 E arrancou a ponta mais alta dos seus ramos e a trouxe a uma terra de mercancia; na cidade de mercadores a pôs.
5 त्यसपछि गरूडले केही बिऊहरू (मानिसहरू) कनानबाट केही भाग लिएर गयो। त्यसले त्यो मलिलो जमीनमा रोप्यो। त्यसले प्रशस्त पानी भएको छेउमा रोप्यो।
5 Tomou da semente da terra e a lançou num campo de semente; tomando-a, a pôs junto às grandes águas, com grande prudência.
6 बिऊ उम्रियो अनि त्यो दाखको बोट बनियो। यो बोट राम्रो थियो। बोट अग्लो थिएन। तर यो एउटा ठूलो क्षेत्रभरि ढाक्ने गरी फैलियो। दाखको काण्ड बढ्यो अनि लामो भएर हाँगाहरू र पातहरू पलायो।
6 E brotou e tornou-se numa videira mui larga, de pouca altura, virando-se para ela os seus ramos, porque as suas raízes estavam debaixo dela; e tornou-se numa videira, e produzia sarmentos, e lançava renovos.
7 त्यसपछि अर्को ठूलो पखेटा भएको गरूडले दाखको बोट देख्यो। गरूडको लामो पंखेटा थियो। दाखको बोटले चाहन्थ्यो कि यो नयाँ गरूडले उसको देख रेख गरोस्। यसकारण त्यसले आफ्नो जराहरू त्यो गरूड भए पट्टि फैलायो। यसको हाँगाहरू गरूड भएको पट्टि फैलिन थाल्यो। यसको हाँगाहरू त्यो खेतदेखि टाढो सम्म फैलिन थाल्यो, जहाँ यो रोपेको थियो। दाखको बोटले चाहन्थ्यो नयाँ गरूडले उसलाई पानी हालोस्।
7 Houve mais uma grande águia, de grandes asas, e cheia de penas; e eis que essa videira lançou para ela as suas raízes e estendeu para ela os seus ramos, desde as auréolas do seu plantio, para que a regasse.
8 दाखको बोट अर्को मलिलो खेतमा सारियो। यो प्रशस्त पानी भएको भूमिमा रोपिएको थियो। यसले हाँगाहरू अनि फल दिन सक्थ्यो। यो एउटा साह्रै राम्रो दाखको बोट हुन सक्थ्यो।”
8 Numa boa terra, à borda de muitas águas, estava ela plantada, para produzir ramos e para dar fruto, para que fosse videira excelente.
9 परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो, “के तिमी सम्झन्छौ कि बोट सफल हुन्छ? अहँ! नयाँ गरूडले बोटलाई जमीनदेखि उखेलिदिन्छ अनि पक्षीले बोटलाई जरासँगै उखेलिदिन्छ। त्यसले सबै दाख खान्छ। त्यसपक्षि नयाँ पातहरू सुक्छ अनि मर्छ। त्यो बोट एकदमै कमजोर हुन्छ। त्यो बोटलाई जरैसँग उखाल्नका निम्ति शक्तिशाली अस्त्र-शस्त्र अथवा शक्तिशाली देशको आवश्यकता पर्दैन।
9 Dize: Assim diz o Senhor Jeová : Ela prosperará? Não lhe arrancará ele as suas raízes e não cortará o seu fruto, para que se seque? Em todas as folhas de seus renovos se secará; e, não com braço grande, nem com muita gente, será arrancada pelas suas raízes.
10 के त्यो बोट त्यहाँ बढ्छ जहाँ रोपेको छ? अँहँ! गरम पूर्वीय बतास चल्ने छ; अनि बोट सुकेर मर्नेछ। यो त्यहीं मर्छ जहाँ रोपेको थियो।”
10 Mas, estando plantada, prosperará? Porventura, tocando-lhe vento oriental, de todo não se secará? Desde as auréolas do seu plantio se secará.
11 परमप्रभुको वचन मकहाँ आयो उहाँले भन्नुभयो,
11 Então, veio a mim a palavra do Senhor , dizendo:
12 “यो कुराको व्याख्या इस्राएलका मानिसहरूको बीचमा गर, तिनीहरू सधैं मेरो विरूद्धमा जान्छन्। तिनीहरूलाई यो भन, पहिलो गरूड (नबूकदनेस्सर) बाबेलको राजा हो। उ यरूशलेममा आयो अनि राजा तथा अन्य प्रमुखहरूलाई लिएर गयो। उसले तिनीहरूलाई बाबेल लिएर आयो।
12 Dize, agora, à casa rebelde: Não sabeis o que significam estas coisas? Dize: Eis que veio o rei de Babilônia a Jerusalém, e tomou o seu rei e os seus príncipes, e os levou consigo para Babilônia;
13 त्यसपछि नबूकदनेस्सरले राजाको परिवारको एउटा मानिससँग सन्धि गर्यो। नबूकदनेस्सरले त्यस मानिसलाई शपथ गर्नका निम्ति वाध्य पार्यो। यस प्रकार त्यस नबूकदनेस्सरले मानिसलाई राजभक्त राख्ने शपथ गर्यो। नबूकदनेस्सरले यो मानिसलाई यहूदाको नयाँ राजा बनायो। त्यसपछि उसले सबै शक्तिशाली मानिसलाई यहूदाबाट बाहिर निकाल्यो।
13 e tomou um da semente real e fez concerto com ele; e o trouxe sob juramento e tomou os poderosos da terra,
14 यस प्रकार यहूदा एक दुर्बल राज्य बनियो, जुन राजा नबूकदनेस्सरको विरूद्ध उठ्न सक्तैनथ्यो। यहूदाको नयाँ राजासँग नबूकदनेस्सरले जुन संधि गरेको थियो त्यो पालन गर्नका निम्ति त्यो मानिस बाध्य भयो।
14 para que o reino ficasse humilhado e não se levantasse; para que, guardando o seu concerto, pudesse subsistir.
15 तर यो नयाँ राजाले कुनै न कुनै प्रकारले नबूकदनेस्सरको विरूद्ध विद्रोह गर्ने प्रयत्न गर्यो। उसले सहायताको लागि मिश्रमा राजदूतहरू पठायो। नयाँ राजाले धेरै घोडा अनि सैनिक मागे। यस्तो दशामा के तिमी सम्झन्छौ कि यहूदाको राजा सफल हुन्छ? के तिमी सम्झन्छौ कि नयाँ राजासँग प्रयाप्त शक्ति हुन्छ अनि उसले करार भङ्ग गरी दण्डबाट बाँच्न सक्छ?”
15 Mas rebelou-se contra ele, enviando os seus mensageiros ao Egito, para que lhe mandassem cavalos e muita gente; prosperará ou escapará aquele que faz tais coisas? Ou quebrantará o concerto e escapará?
16 परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “म आफ्नो जीवनको शपथ खाएर वचन दिन्छु कि यो नँया राजा बाबेलमा मर्नेछ। नबूकदनेस्सरले त्यो मानिसलाई यहूदाको नयाँ राजा बनायो। तर त्यो मानिसले नबूकदनेस्सरसँग भएको शपथ तोड्यो। यो नयाँ राजाले त्यो सन्धि तोडयो।
16 Como eu vivo, diz o Senhor Jeová , no lugar em que habita o rei que o fez reinar, cujo juramento desprezou e cujo concerto quebrantou, sim, com ele, no meio de Babilônia certamente morrerá.
17 मिश्रको राजा यहूदाको राजाको रक्षा गर्नमा समर्थ हुँदैन। उसले धेरै संख्यामा सैनिक पठाउँन सक्छ, तर मिश्रको महान शक्तिले यहूदाको रक्षा गर्न सक्तैन। नबूकदनेस्सरको सेनाहरूले शहरमा अधिकार गर्नका निम्ति कच्चा बाटो अनि माटोको पर्खाल बनाउँछन्। धेरै संख्यामा मानिसहरू मर्नेछन्।
17 E Faraó, nem com grande exército, nem com uma companhia numerosa, fará coisa alguma com ele em guerra, levantando tranqueiras e edificando baluartes, para destruir muitas vidas.
18 तर यहूदाको राजा बाँचेर निक्लन सक्तैन। किन? किनकि उसले आफ्नो सन्धिको उपेक्षा गर्यो। उसले नबूकदनेस्सरलाई दिएको शपथ भङ्ग गर्यो।”
18 Pois que desprezou o juramento, quebrantando o concerto, feito com aperto de mão; havendo feito todas essas coisas, não escapará.
19 परमप्रभु मेरो मालिकले यो प्रतिज्ञा गर्नुभयो “म आफ्नो जीवनको शपथ खाएर प्रतिज्ञा गर्छु कि म यहूदाको राजालाई दण्ड दिन्छु। किन? किनकि उसले मेरो चेताउनीहरूको उपेक्षा गर्यो। उसले हाम्रो करार भङ्ग गर्यो।
19 Portanto, assim diz o Senhor Jeová : Vivo eu, que o meu juramento, que desprezou, e o meu concerto, que quebrantou, isto farei recair sobre a sua cabeça.
20 म आफ्नो जाल फैलाउँछु अनि उ त्यसमा फँस्नेछ। म उसलाई बाबेलमा ल्याउँछु अनि हाम्रो मामला त्यहीं फैसला हुनेछ, किनभने उसले मलाई धोका दियो।
20 Estenderei sobre ele a minha rede, e ficará preso no meu laço; e o levarei a Babilônia e ali entrarei em juízo com ele pela rebeldia com que se rebelou contra mim.
21 म उसको सेनाहरू नष्ट पारिदिन्छु। म उसको सर्वश्रेष्ट सैनिकहरू नष्ट पारिदिन्छु अनि बाँचेका मानिसहरूलाई हावामा उडाइदिन्छु। तब तिमीले जान्नेछौ कि म नै परमप्रभु हुँ अनि मैले यो कुराहरू तिमीसित गरें।”
21 E todos os seus fugitivos, com todas as suas tropas, cairão à espada, e os que restarem serão espalhados em todas as direções; e sabereis que eu, o Senhor , o disse.
22 परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो, “म लामो देवदार वृक्षको एउटा हाँगा लिन्छु। म बृक्षको टुप्पाको एउटा सानो हाँगा लिन्छु। अनि म स्वंय त्यसलाई अग्लो पर्वतमा रोप्छु।
22 Assim diz o Senhor Jeová : Também eu tomarei o topo do cedro e o plantarei; do principal dos seus renovos cortarei o mais tenro e o plantarei sobre um monte alto e sublime.
23 “म स्वंयले यसलाई इस्राएलको अग्लो पर्वतमा रोप्नेछु। यो हाँगा एउटा सुन्दर देवदारको रूखमा परिणत हुनेछ। यसको हाँगा निक्लन्छ अनि यसले फल दिन्छ अनि यसका हाँगामा सबै प्रकारका चराहरूले गुँड बनाउँनेछन्।
23 No monte alto de Israel, o plantarei, e produzirá ramos, e dará fruto, e se fará um cedro excelente; e habitarão debaixo dele todas as aves de toda sorte de asas e à sombra dos seus ramos habitarão.
24 “तब अर्को वृक्षले थाहा पाउँछ कि म अग्लो रूखलाई भूईंमा लडाई दिन्छु अनि म सानो रूखलाई बढाउँछु। त्यसलाई लामो बनाउँछु म हरियो रूखलाई सुकाई दिन्छु। म सुकेको रूखलाई हरियो बनाई दिन्छु म परमप्रभु हुँ। यदि मैले गर्छु भने पछि त्यो निश्चय गर्नेछु।”
24 Assim saberão todas as árvores do campo que eu, o Senhor , abati a árvore alta, elevei a árvore baixa, sequei a árvore verde e fiz reverdecer a árvore seca; eu, o Senhor , o disse e o farei.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Ezequiel 17, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.