Ezequiel 16
Nepali Bible (GL_NEPALI) vs VC
1 त्यसपछि परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो,
1 A palavra do Senhor foi-me dirigida nestes termos:
2 “हे मानिसको छोरो! यरूशलेमका मानिसलाई त्यो डरलाग्दो नराम्रो कामको लागि जनाइदेऊ जुन तिनीहरूले गरेकाछन्।
2 filho do homem, mostra a Jerusalém os seus crimes abomináveis.
3 तिमीले भन्नु पर्छ, ‘परमप्रभु मेरो मालिक यरूशलेमका मानिसहरूलाई यो संदेश दिनुहुन्छ, आफ्नो इतिहास हेर। तिमी कनानमा जन्मेका थियौ। तिम्रो बाबु एक एमोरी अनि आमा हित्ती हुन।
3 Dir-lhe-ás: eis o que diz o Senhor Javé a respeito de Jerusalém: por tua origem e nascimento, pertences à terra de Canaã; teu pai foi um amorreu e tua mãe, uma hitita.
4 यरूशलेम जुन दिन उत्पन्न भयो, तिम्रो नाभीको नाल काट्ने कोही पनि थिएन। कसैले पनि तिम्रो शरीरमा नुन मलिदिएन, अनि तिमीलाई सफा तुल्याउन कसैले पनि नुहाई दिएन। कसैले तिमीलाई लुगा लगाई दिएनन्।
4 No dia do teu nascimento, teu cordão umbilical não foi cortado; não te banharam com água para te purificar, não te untaram com sal, nem te enfaixaram.
5 यरूशलेम, तिमी एक्लै थियौ। कसैले पनि तिमीप्रति दया देखाएन, न त कसैले तिमीलाई हेरचाह नै गर्यो। हे! यरूशलेम तिमी जन्मिएको दिन, तिम्रो आमा-बाबुले तिमीलाई खेतमा राखिदिए। जब तिमी जन्मियौ तिमी रगतमा लपेटिएका थियौ।
5 Ninguém se inclinou sobre ti para te prestar algum piedoso cuidado. No dia em que nasceste foste exposta em meio das campinas; só havia infortúnio para ti.
6 “त्यसपछि म (परमेश्वर) त्यताबाट गएँ। मैले त्यहाँ तिमीलाई रगतमा लटपटिएको अवस्थामा भेट्टाएँ। तिमी रगतमा लटपटिरहेको थियौ, तर मैले भनें “जीवित होऊ!” हो, तिमी रगतमा लटपटिएको थियौ, अनि मैले भनें, “जीवित हौऊ!”
6 Passei junto de ti e te percebi banhada em teu sangue. Eu te gritei: vive {malgrado o teu sangue}, vive {malgrado o teu sangue},
7 मैले तिमीलाई खेतमा बिरूवा सियारे जस्तै सेवा गरेर बढाएँ। तिमी बढ्दै गयौ। तिमी जवान स्त्री बनियौ, तिम्रो मासिक-धर्म आरम्भ भयो, तिम्रो स्तन बढ्यो, तिम्रो कपाल बढ्न थाल्यो। तर त्यसबेला सम्म तिमी वस्त्रहीन र नाङ्गै थियौ।
7 e eu te fiz multiplicar como a erva dos prados. Cresceste. Ficaste moça. Teus seios se formaram, veio-te o pêlo. Mas estavas nua, inteiramente nua.
8 मैले तिमी प्रति दृष्टि घुमाएँ। मैले देखें तिमी प्रेमको लागि तयार थियौ। यसकारण मैले तिमीलाई लुगा लगाई दिएँ अनि तिम्रो नग्नता छोपिदिएँ। मैले तिमीसित विवाह गर्ने वचन दिएँ। मैले तिमीसँग वाचा बाँधे र शपथ खाएँ अनि तिमी मेरी भयौ।”‘ परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो।
8 Passando junto de ti, verifiquei que já havia chegado o teu tempo, o tempo dos amores. Estendi sobre ti o pano do meu manto, cobri tua nudez; depois fiz contigo uma aliança ligando-me a ti pelo juramento - oráculo do Senhor Javé - e tu me pertenceste.
9 “मैले तिमीलाई पानीले नुहाई दिएँ। मैले तिम्रो रगत धोई दिएँ अनि तिम्रो शरीरमा तेल मालिश गरिदिएँ।
9 Então eu te mergulhei na água para limpar o sangue de que estavas coberta, e te ungi com óleo.
10 मैले तिमीलाई एउटा राम्रो लुगा अनि नरम छालाको जुत्ता दिएँ। मैले तिमीलाई एउटा मिहीन मलमलको अनि एउटा रेशमको लुगा दिएँ।
10 Eu te vesti de tecidos bordados, calcei-te com sapatos de pele de golfinho, cingi-te com um cinto de fino linho e um véu de seda.
11 तब मैले तिमीलाई केही गर-गहना दिएँ। मैले तिम्रो हातहरूमा चुरा लगाइ दिएँ अनि तिम्रो गलामा माला लगाइदिएँ।
11 Ornei-te de adornos: braceletes nos teus pulsos, colares em teu pescoço,
12 मैले तिमीलाई नाकमा एउटा मुन्द्री, कानमा झुम्का अनि शिरमा राम्रो शिरपेच लगाइदिएँ।
12 um anel para o teu nariz, brincos para tuas orelhas, uma coroa magnífica para tua cabeça.
13 तिमी सुन, चाँदीको गर-गहना अनि रेशमको लुगामा बुट्टा गरेको लगाउँदा सुन्दर देखियौ। तिमीले राम्रो खाना खायौ। तिमी अत्याधिक सुन्दरी थियौ अनि तिमी रानी बनियौ
13 Teus ornatos eram de ouro, prata, com vestimentas de linho fino, de seda e panos bordados; teu alimento era trigo, mel e óleo. Cada vez mais bela, chegaste à dignidade real.
14 तिम्रो सुन्दरताले गर्दा तिमी विख्यात भयौ। यो सब यसकारण भयो किनकि मैले तिमीलाई ज्यादा राम्री बनाए।”‘ परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो।
14 A reputação da tua beleza correu entre as nações, pois essa beleza era perfeita, graças ao esplendor que te havia eu preparado - oráculo do Senhor Javé.
15 परमेश्वरले भन्नुभयो, “तर तिमीले आफ्नो सौन्दर्यतामा भरोसा गर्न आरम्भ गर्यौं। तिमीले आफ्नो यशको उपयोग गर्यौं अनि तिमीले मलाई धोका दियौ। तिमीले एउटा वेश्याले जस्तो व्यवहार गर्यौं अनि तिमीले त्यस्तो प्रत्येकसित गर्यौ जो तिम्रो छेउमा आयो। तिमीले तिनीहरू सबैलाई आफ्नो शरीर अर्पित गर्यौं।
15 Tu, porém, te fiaste na beleza, aproveitaste da tua fama para te prostituíres e ofereceste a tua sensualidade a todo transeunte, a quem te entregaste.
16 तिमीले आफ्नो सुन्दर लुगा लियौ अनि त्यसको उपयोग आफ्नो पूजाको स्थानमा सजाउन गर्यौं। तिमीले त्यस ठाँउमा एउटा वेश्याले जस्तो काम गर्यौ। तिमीले आफूलाई प्रत्येक मानिससँग अर्पित गर्यौ जो त्यहाँ आयो!
16 Tomaste tuas vestimentas para delas fazeres lugares altos para ti, ornados de panos de variegadas cores, e te deste à depravação, o que jamais deveria ter sucedido, e que te não sucederá jamais.
17 तब मैले दिएको सुन्दर गर-गहना लियौ अनि त्यो सुन-चाँदी मानिसहरूको मूर्तिहरू बनाउँनमा प्रयोग गर्यौं। तिमीले तिनीहरूलाई वेश्याले झैं पूज्यौ।
17 Tomaste as esplêndidas jóias feitas com o meu ouro e minha prata, jóias que eu te havia doado, e fabricaste com elas imagens humanas, com que te prostituíste,
18 त्यसपछि तिमीले सुन्दर लुगा लियौ अनि ती मूर्तिलाई लगाई दियौ। तिमीले सुगन्धि धूप अनि बत्ती लियौ जुन मैले तिमीलाई दिएको थिएँ, अथवा त्यसलाई ती देवमूर्तिहरू अगाडी चढायौ।
18 cobriste-as com as tuas próprias vestes bordadas, e lhes ofereceste o meu óleo e os meus aromas.
19 मैले तिमीलाई रोटी, मह अनि भद्राक्षको तेल दिएँ। तर तिमीले त्यो खाना आफ्नो मूर्तिलाई दियौ। तिमीले ती आफ्नो असत्य देवताहरूलाई प्रसन्न पार्नका निम्ति सुगन्धको रूपमा भेटी चढायौ। तिमीले ती झूटा देवताहरूसँग वेश्या जस्तो व्यवहार गर्यौं।” परमप्रभु मेरो मालिकले यो कुरा भन्नुभयो।
19 O pão que eu te havia dado, a flor da farinha, o óleo e o mel com que te nutrias, deste-os em oferenda de agradável odor. Eis o que tens feito - oráculo do Senhor Javé.
20 परमेश्वरले भन्नुभयो, “तिमीले मेरोलागि जन्मेको सबै छोरा-छोरीहरू मूर्तिहरू अघि बलि चढायौ। के तिम्रा मूर्तिहरूसित यस्तो वेश्यावृति गर्नु सानो कुरो हो?
20 Depois tomaste os teus filhos e tuas filhas, que para mim deste à luz e os ofereceste a eles para sua nutrição. Por acaso são poucas as tuas prostituições?
21 तिमीले मेरो छोराहरूको हत्या गर्यौ अनि तिनीहरूलाई ती झूटा देवताहरूकोमा चढायौं।
21 Degolaste os meus filhos e os fizeste passar pelo fogo em sua honra.
22 तिमीले मलाई छोड्यौ अनि त्यो डरलाग्दा काम गर्यौ। तिमीले आफ्नो समयको कहिल्यै पनि याद गरेनौ जब तिमी बाल्यावस्थामा थियौ तिमीले याद गरेनौ, जतिबेला मैले तिमीलाई भेट्टाँए त्यति बेला तिमी नाङ्गै थियौं अनि रगतमा लटपटिरहेको थियौं।
22 Em meio a todas essas depravações abomináveis, não te lembraste do tempo de tua juventude, quando estavas toda nua e te rolavas em teu sangue.
23 “ती सबै नराम्रा चीजहरू पछि, हे यरूशललेम! यो तिमीलाई एकदमै नराम्रो हुन्छ।” परमप्रभु मेरा मालिकले यो कुराहरू भन्नुभयो।
23 Para cúmulo de todas essas maldades - Ai! Ai de ti! Oráculo do Senhor -,
24 “ती सबै कुराहरू पछि तिमीले त्यो असत्य देवताको पूजा गर्न उच्च स्थानहरू बनायौ। तिमीले प्रत्येक बाटोको चोकमा झूटो देवताको पूजाका निम्ति उच्चस्थान बनायौ।
24 edificaste uma colina, um lugar alto em todas as encruzilhadas.
25 तिमीले प्रत्येक दोबाटोमा आफ्नो उच्च स्थान बनायौ। तिमीले आफ्नो सुन्दरतालाई तुच्छ देखायौ। तिमीले प्रत्येक बाटो भएर हिँड्ने मानिसहरूलाई फँसाउनका निम्ति यसो गर्यौं। तिमीले आफ्नो खुट्टा देखियोस् भनी फरियामाथि उठायौ अनि त्यसपछि तिमीले ती मानिसहरूसँग वेश्याहरूले झैं व्यवहार गर्न थाल्यौ।
25 À entrada de cada rua erigiste um lugar alto, e desonraste a tua beleza, dando teu corpo a todos os que vinham, multiplicando as tuas depravações.
26 तब तिमी त्यो छिमेकी मिश्रकहाँ गयौं, जसको लिङ्ग एकदमै ठूलो थियो। तिमीले मलाई क्रोधित पार्नको लागि त्योसँग धेरै पल्ट शारीरिक सम्बन्ध स्थापित गर्यौं।
26 Tu te prostituíste com os egípcios, teus vizinhos de corpos vigorosos, e multiplicaste as prostituições para me irritar.
27 यसकारण मैले तिमीलाई दण्ड दिएँ। मैले तिमीलाई दिएको जमीनको एक भाग लिएँ। मैले तिमीलाई तिनीहरूको हातमा सुम्पिदिएँ जसले तिमीलाई घृणा गर्छन्। तिम्रो ब्यावहारले गर्दा पलिश्तीहरूका छोरीहरू पनि लज्जित भए।
27 Mas eu estendi a mão contra ti; reduzi a tua porção, deixei-te à mercê das tuas inimigas, as filhas dos filisteus, envergonhadas elas próprias do teu infame proceder.
28 त्यसपछि तिमीले अश्शूरहरूसित शारीरिक सम्बन्ध गर्यौ। तर तिमीलाई पर्याप्त भएन। तिमी कहिल्यै पनि सन्तुष्ट भएनौ।
28 Tu te prostituíste também com os assírios, porque não estavas satisfeita, e ainda assim não te deste por saciada;
29 यसकारण तिमी कनान पट्टि फर्कियौ अनि त्यसपछि बाबेल पट्टि। तब पनि तिमी सन्तुष्ट भएनौ।
29 multiplicaste as tuas depravações no país dos mercadores, entre os caldeus, sem que, contudo, te tenhas fartado.
30 तिमी साह्रै कमजोर छौ। तिमीले ती सबै मानिसहरू र राज्यहरूलाई पाप गर्न लगायौ। तिमीले ठीक एउटी वेश्याले जस्तै काम गर्यौ।” यी कुराहरू परमप्रभु मेरो मालिकले भन्नुभयो।
30 Como é frouxo o teu coração - oráculo do Senhor Javé -, para teres tido ali o comportamento de uma prostituta,
31 “तिमीले प्रत्येक दोबाटोहरूमा उच्च स्थानहरू बनायौ। अनि तिमीले बाटोको हरेक गल्लीको कुनामा पूजाको स्थान बनायौ। अनि वेश्याले झैं, त्यसबाट फाइदा हुने चासो पनि गरिनौ।
31 por teres construído um montículo em todas as encruzilhadas, e um lugar alto à entrada de todas as ruas, sem mesmo procurar um salário como meretriz.
32 तिमी व्यभिचारी स्त्री हौ। तिमीले आफ्नो पतिको भन्दा विदेशीहरूसँग शारीरिक संम्बन्ध राख्न ज्यादा राम्रो मान्यौ।
32 Tens sido mulher adúltera que acolhe os estranhos em lugar do esposo.
33 प्राय वेश्याहरू शारीरिक सम्बंधको लागि मानिसलाई ज्याला तिर्नु बाध्य गर्दछन्। तर तिमीले आफ्नो प्रेमीहरू लोभाउन स्वंय भेटी दिन्छौ, अनि तिनीहरूलाई शारीरिक सम्बंधको निम्ति आमन्त्रित गर्छौ। तिमीले आफ्नो चारैतिर सबैलाई आफूसँग शारीरिक सम्बंधको लागि आमन्त्रित गर्यौ।
33 A todas as prostitutas se dão presentes, mas tu fizeste brindes a todos os teus amantes, procedeste com largueza para que de todos os lados viessem prostituir-se contigo.
34 तिमी प्राय सबै वेश्याहरूको ठीक विपरीत छौ। प्राय वेश्याहरू पुरूषहरूलाई ज्याला तिर्नको लागि बाध्य गर्छन्। तर तिमीले पुरूषहरूलाई आफुसँग शारीरिक सम्बन्धको ज्याला तिर्ने गर्छौ।”
34 Tens sido o avesso das outras mulheres em tuas depravações: não te procuravam; eras tu que pagavas ao invés de receber, fazendo tudo ao contrário do que fazem as outras.
35 हे वेश्या! परमप्रभुको वचन सुन।
35 Em vista de tudo isto, luxuriosa, escuta o que diz o Senhor:
36 परमप्रभु मेरो मालिकले यो कुरा भन्नुहुन्छ “तिमीले तिम्रो पैसा खर्च गरायौ अनि आफ्नो प्रेमीहरू तथा झूटा देवताहरूलाई आफ्नो नाङ्गो शरीर हेर्न दियौं तथा तिमीसित शारीरिक सम्बन्ध गर्नदियौ। तिमीहरूले तिनीहरूको नानीहरू मार्यौ अनि तिनीहरूको रगत बगायौ। त्यो ती झूटा देवताहरूलाई तिम्रो भेटी थियो।
36 eis o que diz o Senhor Javé: por tua prata dilapidada, por tua nudez descoberta no decurso de tuas prostituições com os teus amantes e com os teus ídolos abomináveis, pelo sangue de teus filhos que lhes deste,
37 यसकारण, म तिम्रो सबै प्रेमीहरूलाई एकै ठाँउमा जम्मा गर्छु। म ती सबैलाई ल्याउँछु जोसँग तिमीले प्रेम गर्यौ तथा जुन मानिसहरूलाई घृणा गर्यौ। म ती सबैलाई एकै साथ लिएर आउँछु अनि तिनीहरूलाई तिम्रो नग्नता देखाउँछु। तिनीहरूले तिम्रो पुरै नग्नता देख्नेछन्।
37 vou reunir todos os teus amantes com aquele a quem juraste amor, todos quantos amaste e todos que detestas-te, vou reuni-los contra ti de todos os lados, e perante eles descobrirei a tua nudez, a fim de que te contemplem totalmente.
38 त्यसपछि म तिमीलाई दण्ड दिन्छु। म तिमीलाई कुनै हत्यारिनी अनि त्यस स्त्रीलाई जस्तै दण्ड दिन्छु जसले व्यभिचारी पाप गरेकी छ। तिमी त्यस्तै दण्डित हुनेछौ मानौ कुनै क्रोधित तथा ईष्यालु पतिले आफ्नी पत्नीलाई दण्ड दिए जस्तै।
38 Eu infligirei o castigo às adúlteras e às criminosas, e contra ti desencadearei meu furor e meus ciúmes.
39 म तिमीलाई ती सबै प्रेमीहरूलाई प्राप्त गर्न दिन्छु। तिनीहरूले तिम्रो सबै उच्च स्थानहरू नष्ट पारिदिनेछन्। तिनीहरूले तिम्रो पूजा स्थानहरू जलाई दिनेछन्। तिनीहरूले तिम्रो लुगाहरू च्याति दिनेछन् तथा तिम्रो सुन्दर गर-गहनाहरू लिनेछन्। तिनीहरूले तिमीलाई वस्त्रहीन अनि नाङ्गै छोडिदिनेछन् जस्तो तिमीलाई मैले भेट्टाएको बेलामा थियौ।
39 Entregar-te-ei nas suas mãos; eles demolirão o teu montículo, abaterão o teu lugar alto; despojar-te-ão dos teus vestidos; levarão os teus ornatos e te deixarão nua e despojada.
40 तिनीहरूले आफूसँग विशाल जनसमूह लिएर आउनेछ, अनि तिमीलाई मार्नका निम्ति ढुङ्गा हान्नेछन् त्यसपछि तिमीलाई टुक्रा-टुक्रा पार्नेछन्।
40 Em seguida sublevarão contra ti a multidão: serás apedrejada e perecerás pela espada;
41 अनि तिनीहरूले तिम्रो घरहरू आगोले जलाई दिनेछन् अनि तिमीलाई धेरै स्त्रीहरूको सामुने दण्ड दिनेछन्। म तिमीलाई तिम्रो वेश्यावृति देखि रोक्नेछु र तिमीले अरू ज्याला पाउने छैनौ।
41 atearão fogo à tua casa e se fará juízo contra ti, aos olhos de uma multidão de mulheres; porei fim às tuas prostituições e não terás mais salário a dar.
42 त्यसपछि म क्रोधित अनि डाही हुन छोडिदिनेछु। म शान्त हुनेछु। म फेरि क्रोधित हुनेछैन।
42 Saciarei o meu furor contra ti e, quando tiveres deixado de ser objeto do meu zelo, eu me acalmarei, e minha cólera terminará.
43 यी सबै कुराहरू किन हुन्छन्? किनकि तिमीले त्यो याद राखेनौ कि तिमीमाथि जवानी हुँदा के गर्यौ। तिमीले त्यो सबै नराम्रो पापहरू गर्यौ अनि मलाई क्रोधित बनायौ। यसकारण ती नराम्रो कामको निम्ति मैले तिमीलाई दण्ड दिनु पर्यो। तर तिमीले अझै ज्यादा डरलाग्दो योजनाहरू बनायौ।” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो।
43 Porque não te lembraste do tempo da tua mocidade, e tudo isso fizeste com o fito de provocar-me, vou fazer cair sobre tua cabeça o peso de teu proceder - oráculo do Senhor Javé -, a fim de que não ajuntes novos crimes às tuas abominações.
44 “तिम्रो विषयमा कुरा गर्ने सबैसित अर्को एउटा कुरा पनि होला। तिनीहरू भन्छन, ‘जस्तो आमा त्यस्तै छोरी।’
44 Todos os amigos de provérbios dirão a teu respeito: tal mãe, tal filha.
45 तिमी आफ्नो आमाको छोरी हौ। तिमीले आफ्नो पति र नानीहरूलाई ध्यान दिँदैनौ। तिमी ठीक आफ्नो बहिनी बराबर छौ। तिमी दुवै जनाले आफ्नो पति र नानीहरूलाई घृणा गर्छौ। तिमीहरू ठीक आफ्नो आमा-बाबु जस्तो छौ। तिम्रो आमा हित्ती अनि बाबु एमोरी थिए।
45 De fato és bem filha de tua mãe, que tomou aversão a seu marido e a seus filhos; és bem irmã de tuas irmãs, que tomaram aversão a seus maridos e a seus filhos. Tua mãe era uma hitita e teu pai, um amorreu.
46 तिम्रो ठूलो दिदी सामरिया थिई ऊ तिम्रो उत्तरदिशामा आफ्नो छोरीहरूसँग बस्थी अनि तिम्रो सानो बहिनी सदोम थिई। उ आफ्नो छोरीहरूसँग (शहरहरू) तिम्रो दक्षिणमा बस्थी!
46 Tua irmã mais velha é Samaria, que habita à esquerda com suas filhas; tua irmã mais moça é Sodoma, que habita com suas filhas à tua direita.
47 तिमीले त्यो सबै डरलाग्दा पाप काम गर्यौ जुन तिनीहरूले गरे। तर तिमीले त्यो काम पनि गर्यौ जुन तिनीहरूले गरेको भन्दा नराम्रो थियो।
47 Ainda não estavas contente em seguir seu passo e em imitar seus horrores; era pouco! Foste mais longe que elas na corrupção.
48 म परमप्रभु अनि मालिक हुँ। म सदा जीवित छु अनि आफ्नो जीवनको शपथ खाएर भन्छु कि तिम्रो बहिनी सदोम अनि उसको छोरीहरूले कहिल्यै पनि त्यति नराम्रो काम गरेनन् जति तिम्रो छोरीहरूले गरे।”
48 Por minha vida - oráculo do Senhor Javé -, tua irmã Sodoma e suas filhas não fizeram o que fizeste tu e tuas filhas.
49 परमप्रभुले भन्नुभयो, “तिम्रो बहिनी सदोम अनि उसको छोरीहरू घमण्डी थिए। तिनीहरूसित आवश्यकता भन्दा ज्यादा खाने कुरा थियो अनि तिनीहरूसित समय पनि ज्यादा थियो। तिनीहरूले दीन अनि असहाय मानिसहरूलाई सहायता गर्दैनथिए।
49 O crime da tua irmã Sodoma era este: opulência, glutoneria, indolência, ociosidade; eis como vivia ela, assim como suas filhas, sem tomar pela mão o miserável e o indigente.
50 सदोम अनि उसको छोरीहरू अत्याधिक घमण्डी भए र मेरो अघि डरलाग्दा पाप गर्न थाले। जब मैले ती कामहरू गरेको देखें, मैले दण्ड दिएँ।”
50 Tornaram-se arrogantes e, sob os meus olhos, se entregaram à abominação; por isso eu as fiz desaparecer, como viste.
51 परमेश्वरले भन्नुभयो, “सामरियाले तिमीले गरेको पाप भन्दा आधा मात्र पाप गर्यो। सामरियाले भन्दा अधिक डरलाग्दा पाप तिमीले गर्यौ! आफ्नो बहिनीहरूले भन्दा अधिक डरलाग्दा पाप गर्यौ! सदोम अनि सामरियाको तुलना गर्दा तिनीहरूलाई तिमी भन्दा राम्रो लाग्छ।
51 Quanto à Samaria, não cometeu ela a metade dos teus pecados, porque multiplicaste os teus crimes além dos seus e, por todas essas perversidades que cometeste, justificaste as tuas irmãs.
52 यसकारण तिमी लज्जित हुनुपर्छ। तिमीले तिम्रो दिदी बहिनीहरूलाई तिमी भन्दा धार्मिक देखिने बनायौ। तिमीले भयंकर पापहरू गरेकीछौ यसकारण तिमी लज्जित हुनुपर्छ।”
52 Carrega, pois, também tu, a vergonha das faltas pelas quais tu as justificaste graças a teus pecados, cuja malvadez superou a dos delas, afiguram-se elas mais justas que tu. De tua parte, carrega a vergonha e suporta a tua ignomínia, pois até fazes parecerem justas as tuas irmãs.
53 परमेश्वरले भन्नुभयो, “मैले सदोम अनि त्यसको चारैतिरको शहरहरू नष्ट पारिदिएँ। मैले सामरिया अनि त्यसको चारैतिरको शहरहरू नष्ट पारें। यरूशलेम म तिमीलाई नष्ट पार्नेछु। तर म ती शहरहरू फेरि बनाउँनेछु। यरूशलेम म तिमीलाई फेरि बनाउँनेछु।
53 No tempo em que eu as tiver restaurado, Sodoma e suas filhas, Samaria e suas filhas, eu te restaurarei entre elas,
54 म तिमीलाई आराम दिनेछु। त्यसबेला तिमीले डरलाग्दा पापहरू याद गर्नेछौ जुन तिमीले गरेका थियौ अनि तिमी लज्जित हुनेछौ।
54 a fim de que carregues o teu opróbrio e sejas tu confundida por tudo quanto fizeste para seu conforto.
55 यस्तो प्रकारले तिमी अनि तिम्रो बहिनीहरू फेरि बनाइनेछन्। सदोम अनि उसको चारैतिरको शहरहरू, सामरिया अनि त्यसको चारैतिरको शहरहरू तथा तिमी अनि तिम्रो चारैतिरको शहरहरू फेरि बनाइनेछन्।”
55 Tua irmã Sodoma e suas filhas retornarão a seu primitivo estado, Samaria e suas filhas igualmente; e tu também, com tuas filhas, voltareis à vossa antiga situação.
56 परमेश्वरले भन्नुभयो, “बितेका दिनहरूमा तिमी घमण्डी थियौ अनि तिम्रो बहिनी सदोमको हाँसो उडाउथ्यौ। तर तिमीले त्यस्तो फेरि गर्न सक्तैनौ।
56 Ao tempo do teu orgulho, o nome de tua irmã Sodoma não era famoso em tua boca,
57 तिमीलाई सजाय दिनु भन्दा पहिला आफ्नो छिमेकीहरूद्वारा हाँसो उडाउँन शुरू गर्नु भन्दा पहिला तिमीले त्यो गरेकी थियौ। एदोमको छोरीहरू तथा पलिश्तीले अहिले तिम्रो हाँसो उडाइरहेकाछन्।
57 antes que houvesse sido patenteada a tua perversidade, como no tempo em que recebias os ultrajes das filhas da Síria e de suas vizinhas, das filhas dos filisteus que de toda parte te insultavam.
58 अब तिमीले जुन भयंकर पाप गर्यौ त्यसका निम्ति कष्ट उठाउँनु पर्छ।” परमप्रभुले यी कुराहरू भन्नुभयो।
58 Eis-te carregada do peso dos teus crimes e das tuas abominações - oráculo do Senhor.
59 परमप्रभु मेरो मालिकले यी सबै कुराहरू भन्नुभयो, “तिमीले आफ्नो विवाहको प्रतिज्ञा भंग गर्यौ। तिमीले हाम्रो करारको आदर गरेनौ।
59 Pois eis o que diz o Senhor Javé: eu farei a ti conforme fizeste tu, que desprezaste a tua origem violando o pacto.
60 तर मलाई त्यो करार याद छ जुन त्यस समय गरिएको थियो, जुन समय तिमी नानी थियौ। मैले तिमीसँग करार गरेको थिएँ जुन सधैं रहने थियों।
60 Mas eu me recordarei da aliança que contigo celebrei no tempo de tua juventude, e farei contigo uma eterna aliança.
61 म तिम्रो बहिनीहरू तिमी भएकहाँ ल्याउँनेछु अनि म तिनीहरूलाई तिम्रो छोरीहरू बनाउँनेछु। यो हाम्रो करारमा थिएन, तर म यो तिम्रा निम्ति गर्नेछु। त्यति बेला तिमी ती डरलाग्दा पापहरू याद गर्नेछौ, जुन तिमीले गर्यौ अनि तिमी लज्जित हुनेछौ।
61 Então te lembrarás de teu procedimento, e terás vergonha disso, quando eu tomar tuas irmãs mais velhas, juntamente com as mais novas, e tas der por filhas, mas isso não em virtude de tua aliança.
62 यसकारण म तिमीसित मेरो करार बाँध्नेछु र तिमीले जान्नेछौ कि म नै परमप्रभु हुँ।
62 Sou eu que hei de restabelecer a minha aliança contigo, e tu saberás que sou eu o Senhor,
63 तिमीले गरेका ती सबै नराम्रा कर्महरूको निम्ति मैले क्षमा दिएँ। अब तिमीले त्यो सम्झना गर्ने छौ अनि लज्जित हुनेछौ। तिमीले केही पनि भन्न सक्ने छैनौ।” परमप्रभु मेरो मालिकले ती सबै कुराहरू भन्नुभयो।
63 a fim de que te recordes {do passado} e te envergonhes, e que, em tua vergonha, não tenhas mais a audácia de abrir a boca, quando eu houver perdoado os teus delitos, - oráculo do Senhor Javé.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Ezequiel 16, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.