Êxodo 5

Nepali Bible (GL_NEPALI) vs NVT

Sair da comparação
NVT Nova Versão Transformadora
1 मानिसहरूसंग कुरा गरेपछि मोशा र हारून फिरऊनकहाँ गए। तिनीहरूले भने, “परमप्रभु इस्राएलीहरूका, परमेश्वर भन्नुहुन्छ, ‘मेरो मानिसहरू भरूभूमिमा जाऊन अनि तिनीहरूले मेरो सम्मानमा भोज मनाउन सकून्।”
1 Depois disso, Moisés e Arão foram ver o faraó e declararam: “Assim diz o S enhor , o Deus de Israel: ‘Deixe meu povo sair para celebrar uma festa em minha honra no deserto’”.
2 तर फिरऊनले भने, “परमप्रभु को हुनुहुन्छ? मैले किन उहाँको आज्ञा पालन गर्नु पर्छ? मैले किन इस्राएलीहरूलाई जान दिनु पर्छ? म यो परमप्रभुको हो चिन्दिन, अनि म इस्राएलीहरूलाई जान दिंदिनँ।”
2 “Quem é o S enhor ?”, retrucou o faraó. “Por que devo dar ouvidos a ele e deixar Israel sair? Não conheço o S enhor e não deixarei Israel sair.”
3 तब हारून र मोशाले भने, “हिब्रूहरूका परमेश्वरले हामीसित कुरा गर्नु भयो। यसर्थ हामीहरूलाई तीन दिनसम्म मरूभूमिमा यात्रा गर्न दिनुहोस् भनी विन्ती गर्छौं। हामी परमप्रभु हाम्रा परमेश्वरलाई त्यहाँ बलि चढाउने छौं। यदि हामीले त्यसो गरेनौं भने उहाँले हामीमाथि रोगहरू लगाउनु हुनेछ अथवा शत्रुहरूद्वारा आक्रमण गराउनु हुनेछ।”
3 Então Arão e Moisés disseram: “O Deus dos hebreus se encontrou conosco. Portanto, deixe-nos fazer uma viagem de três dias ao deserto para oferecermos sacrifícios ao S enhor , nosso Deus. Do contrário, ele nos castigará com alguma praga ou pela espada”.
4 तर फिरऊनले तिनीहरूलाई भने, “हारून र मोशा! तिमीहरूले कर्मचारीहरूलाई विरक्त पारिरहेका छौ। तिनीहरूलाई आफ्नो काम गर्न देऊ! जाऊ तिमीहरू आफ्नो काम गर।
4 O rei do Egito respondeu: “Moisés e Arão, por que distraem o povo de suas tarefas? Voltem ao trabalho!
5 हिब्रूहरू ती मिश्रीहरूभन्दा ज्यादै संख्यामा छन्, अनि तिमीहरू उनीहरूलाई काम गर्नबाट रोक्न चाहन्छौ।”
5 Olhem! Há muitos do seu povo nesta terra, e vocês os estão impedindo de trabalhar!”.
6 त्यही दिन इस्राएलीहरूको निम्ति कठोर काम दिनु भनी फिरऊनले आदेश दिए। फिरऊनले कमारा मालिकहरू र हिब्रू परिदर्शकहरूलाई भने,
6 Naquele mesmo dia, o faraó deu a seguinte ordem aos capatazes egípcios e aos supervisores israelitas:
7 “अहिलेसम्म ईंटा बनाउने कर्मीहरूलाई तिमीहरूले पराल दिइरहेका छौ। अब उसो तिनीहरू आफैले पराल बटुल्नु पर्छ अनि ईंटा बनाउनु पर्छ।
7 “Não forneçam mais palha para o povo fazer tijolos. De agora em diante, eles mesmos devem juntá-la!
8 तिनीहरूले पहिले झैं त्यति नै संख्या ईंटा बनाउनु पर्छ। तिनीहरू अल्छी भएका छन् अनि त्यसैकारण तिनीहरू यहाँबाट जाने अनुमति मागि रहेका छन् त्यसैले तिनीहरू आफ्नो परमेश्वरलाई बलि चढाउन अनुमति माग्दैछन्।
8 No entanto, continuem a exigir que produzam a mesma quantidade de tijolos que antes. Não reduzam a cota. Eles são preguiçosos e, por isso, clamam: ‘Deixe-nos sair para sacrificar ao nosso Deus’.
9 यसर्थ तिनीहरूलाई कठोर काम दिएर व्यस्त राख। तिनीहरूले मोशाका झूटा कुराहरू सुन्ने समय पाउने छैनन्।”
9 Aumentem a carga de trabalho deles e cobrem o cumprimento das tarefas. Isso os ensinará a não dar ouvidos a mentiras!”.
10 यसर्थ मिश्र देशका कमारा मालिकहरू र हिब्रू परिदर्शकहरू इस्राएली मानिसहरू कहाँ गए र भने, “तिमीहरूलाई ईंटा बनाउन फिरऊनले पराल नदिने निर्णय लिएका छन्।
10 Os capatazes e os supervisores saíram e informaram o povo: “Assim diz o faraó: ‘Vocês não receberão mais palha.
11 तिमीहरू आफै गएर आफ्नो ईंटा बनाउने पराल खोज। तर तिमीहरूले आफ्नो निम्ति पराल खोजेर पनि ईंटा चाँहि पहिले जति बनाउँथ्यौ त्यति नै संख्यामा बनाउनु पर्छ।”
11 Saiam e juntem-na onde puderem encontrá-la. No entanto, continuarão a produzir a mesma quantidade de tijolos que antes’”.
12 यसर्थ ती मानिसहरू पराल बटुल्नलाई मिश्र देशमा प्रत्येक ठाउँमा गए।
12 Então o povo se espalhou por toda a terra do Egito para juntar a palha que sobrava das colheitas.
13 कमारा मालिकहरूले मानिसहरूलाई झन कठोर काममा लगाए। तिनीहरूलाई बलपूर्वक पहिले बनाए जति नै ईंटा बाउने आदेश दिए।
13 Enquanto isso, os capatazes egípcios continuavam a pressioná-los: “Completem sua cota diária de tijolos, como faziam quando nós lhes fornecíamos palha!”.
14 मिश्री कमारा मालिकहरूले हिब्रू परिदर्शकहरूलाई चुनेर मानिसहरूको कामको निम्ति उत्तरदायी बनाएका थिए। मिश्र कमारा मालिकहरूले ती हिब्रू नायकहरूलाई पिटे अनि तिनीहरूलाई भने, “तिमीहरूले किन पहिले जति ईंटा बनाइरहेका छैनौ, यदि तिमीहरूले त्यति समय बनाउन सकथ्यौ भने अहिले बनाउन सक्छौ?”
14 E açoitavam os supervisores israelitas que haviam sido encarregados das equipes de trabalhadores. “Por que não completaram as cotas nem ontem nem hoje?”, perguntavam.
15 त्यसपछि हिब्रू परिदर्शकहरू फिरऊनकहाँ गए। तिनीहरूले अर्जी गरे। “हामी तपाईंका सेवकहरू हौ, किन हामीसित यस्तो व्यवहार गर्नु हुँदैछ?
15 Então os supervisores israelitas foram suplicar ao faraó: “Por favor, não trate seus servos desse modo.
16 तपाईंले हामीलाई पहिला पराल दिंदै हुनु हुन्थ्यो। तर अहिले आफ्नो आफ्नो निम्ति पराल जम्मा गर्नु पर्छ। तर पहिलेको जति नै ईंटाहरू बनाउन हामीलाई भन्नुहुन्छ। अहिले हामीलाई मालिकहरूले कुट्छन्। तपाईंहरूका मानिसहरू यस्तो गरेर गल्ती गर्दैछन्।”
16 Não recebemos palha, mas os capatazes continuam a exigir: ‘Façam tijolos!’. Somos açoitados constantemente, mas a culpa é do seu próprio povo!”.
17 फिरऊनले जवाफ दिए, “तिमीहरू अल्छे छौ र तिमीहरू काम गर्न चाहदैनौ यसकारण तिमीहरू मलाई छोडी दिनु भन्छौ। त्यसैले यहाँको काम छोडेर तिमीहरू आफ्नो परमप्रभुलाई बलि चढाउन खोज्छौ।
17 O faraó, porém, gritou: “Vocês são preguiçosos! Preguiçosos! Por isso, andam dizendo: ‘Deixe-nos sair para oferecer sacrifícios ao S enhor ’.
18 अब तिमीहरू आ-आफ्नो काममा जाऊ तर तिमीहरूलाई पराल दिने छैनौ। र तिमीहरूले अब पनि त्यति नै ईंटाहरू बनाउनु पर्छ जति पहिले बनाउँथ्यौ।”
18 Voltem agora mesmo ao trabalho! Não receberão palha, mas terão de produzir a mesma cota de tijolos”.
19 हिब्रू परिदर्शकहरूले बुझे तिनीहरूले पहिले जाति ईंटा बनाउन सक्ने छैनन् र तिनीहरू अप्ठेरोमा पर्नेछन्।
19 Quando os supervisores israelitas ouviram: “Vocês não poderão reduzir a quantidade de tijolos produzidos por dia”, perceberam que estavam em sérios apuros.
20 जब तिनीहरू फिरऊनलाई भेटेर जाँदैथे तिनीहरूले मोशा र हारूनलाई भेटे। मोशा र हारूनले तिनीहरूलाई पर्खिरहेका थिए।
20 Ao sair do palácio do faraó, encontraram Moisés e Arão, que os esperavam do lado de fora.
21 यसैकारण तिनीहरूले मोशा र हारूनलाई भने, “तपाईंहरूले साँच्चे गल्ती गर्नु भयो जब तपाईंहरूले फिरऊनलाई हामीलाई छोडने कुरा गर्नुभयो। परमप्रभुले तपाईंहरूलाई दण्ड दिऊन्। किनभने तपाईंहरूले फिरऊन र उसका अधिकारीहरूलाई हामीसित घिनाउने बनाउनु भयो। तपाईंले तिनीहरूलाई हामीलाई मार्ने निहुँ दिनु भएको छ।”
21 Eles disseram aos dois irmãos: “O S enhor os julgue e os castigue por terem feito o faraó e seus oficiais nos odiarem. Vocês colocaram uma espada na mão deles e lhes deram uma desculpa para nos matar!”.
22 तब मोशाले परमप्रभुसित प्रार्थना गर्दै भने, “हे मालिक! तपाईंले आफ्नो मानिसहरूसित किन नराम्रो व्यवहार गर्नु भयो? तपाईंले मलाई यहाँ किन पठाउनु भयो?
22 Moisés voltou ao S enhor e disse: “Por que trouxeste toda essa desgraça sobre este povo, Senhor? Por que me enviaste?
23 म फिरऊनकहाँ गएँ र तपाईंले जे भन्नु भएको थियो त्यही कुरा गरें। तर त्यस समयदेखि फिरऊन तिनीहरू प्रति अधिक क्रोधित भएका छन् अनि तपाईंले तिनीहरूलाई केही सहायता गर्नु भएन।”
23 Desde que me apresentei ao faraó como teu porta-voz, ele passou a tratar teu povo com ainda mais crueldade. E tu não fizeste coisa alguma para libertá-lo!”.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Êxodo 5, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.