Êxodo 29

Nepali Bible (GL_NEPALI) vs ARA

Sair da comparação
ARA Almeida Revista e Atualizada 1993
1 त्यसपछि परमप्रभुले मोशालाई भन्नु भयो, “हारून र तिनका छोराहरूले आफू पूजाहारी भई विशेष रूपमा मेरो सेवा कसरी गर्नु पर्छ भनी तिमीले देखाउनको निम्ति के गर्नु पर्छ म तिमीलाई अब भन्नेछु। तिमीले निष्खोट एउटा बाछा र दुइवटा भेडाको पाठाहरू जोगाड गर।
1 Isto é o que lhes farás, para os consagrar, a fim de que me oficiem como sacerdotes: toma um novilho, e dois carneiros sem defeito,
2 त्यसपछि खमीर बिनाको गहुँको मिहीन पिठो जोगाड गरी रोटी बनाउनु त्यसमा भद्राक्षको तेल मिसाऊ। अनि त्यस पिठोको पात्लो रोटी बनाएर त्यसमाथि तेल छर्क।
2 e pães asmos, e bolos asmos, amassados com azeite, e obreias asmas untadas com azeite; de flor de farinha de trigo os farás,
3 रोटीहरू डालोमा हाल र यो हारून अनि उसको छोराहरूकहाँ साँढे अनि पाठाहरूसंगै ल्याऊ।
3 e os porás num cesto, e no cesto os trarás; trarás também o novilho e os dois carneiros.
4 त्यसपछि हारून र तिनका छोराहरूलाई भेटहुने पालको प्रवेश द्वार अघि ल्याएर नुहाउन लगाऊ।
4 Então, farás que Arão e seus filhos se cheguem à porta da tenda da congregação e os lavarás com água;
5 हारूनलाई सेतो पोशाक एपोद अनि निलो पोशाक लगाइदेऊ। उसलाई न्यायको थैली अनि एपोद लगाउन लगाऊ। त्यसपछि त्यो सुन्दर पेटी तिनलाई लगाइदेऊ।
5 depois, tomarás as vestes, e vestirás Arão da túnica, da sobrepeliz, da estola sacerdotal e do peitoral, e o cingirás com o cinto de obra esmerada da estola sacerdotal;
6 उसको टाउकोमा फेटा लगाइदेऊ अनि पवित्र मुकुट फेटामाथि राखि देऊ।
6 pôr-lhe-ás a mitra na cabeça e sobre a mitra, a coroa sagrada.
7 हारूनको शिरमा अभिषेक गर्ने तेल छर्किदेऊ।
7 Então, tomarás o óleo da unção e lho derramarás sobre a cabeça; assim o ungirás.
8 “त्यसपछि हारूनका छोराहरूलाई त्यस स्थानमा ल्याऊ। बुनेको सेतो लबेदा तिनीहरूलाई लगाई देऊ।
8 Farás, depois, que se cheguem os filhos de Arão, e os vestirás de túnicas,
9 त्यसपछि तिनीहरूको कम्मरमा पटुका बाँधिदेऊ। तिनीहरूलाई फेटा कसि देऊ। तब तिनीहरू पूजाहारी बनिन्छन् र आराधना गर्न शुरू गर्छन् अनि त्यही नियम अनुसार जुन नियम सदा-सर्वदाको निम्ति चलिरहन्छ। तिनीहरू पूजाहारी रहन्छन्। यही तरीकाले हारून अनि तिनका छोराहरूलाई तिमीले पूजाहारी बनाउने छौ।
9 e os cingirás com o cinto, Arão e seus filhos, e lhes atarás as tiaras, para que tenham o sacerdócio por estatuto perpétuo, e consagrarás Arão e seus filhos.
10 “त्यसपछि भेट हुने पालको प्रवेशद्वारमा बाछोलाई ल्याऊ अनि हारून र उसका छोराहरूले बाछोको शिरमाथि तिनीहरूको हात राखून।
10 Farás chegar o novilho diante da tenda da congregação, e Arão e seus filhos porão as mãos sobre a cabeça dele.
11 तब बाछोलाई परमप्रभुको सामुन्ने भेट हुने पालको प्रवेशद्वारमा मार।
11 Imolarás o novilho perante o Senhor , à porta da tenda da congregação.
12 बाछाको केही रगत तिम्रो औलामा लैजाऊ अनि यसलाई वेदीको सींङहरूमाथि राख। बाँकी रहेको जम्मै रगत वेदीको फेदमा खन्याइदेऊ।
12 Depois, tomarás do sangue do novilho e o porás com o teu dedo sobre os chifres do altar; o restante do sangue derramá-lo-ás à base do altar.
13 बाछाको आन्द्रा भँडी छोपिएको बोसो कलेजोको भाग बोसो, दुइवटा मिर्गौलाहरू अनि त्यो मिर्गौलाहरूमाथि भएका बोसो सबै उठाऊ अनि वेदीमा जलाई देऊ।
13 Também tomarás toda a gordura que cobre as entranhas, o redenho do fígado, os dois rins e a gordura que está neles e queimá-los-ás sobre o altar;
14 बाछोको मासु, छाला अनि भुडी ल्याऊ अनि त्यसलाई छाउनी बाहिर जलाई देऊ। यो पाप बलि हो।
14 mas a carne do novilho, a pele e os excrementos, queimá-los-ás fora do arraial; é sacrifício pelo pecado.
15 “त्यसपछि हारून अनि उसको छोराहरूलाई भेडाहरूमध्ये एउटाको शिरमाथि हातहरू राख्नु भन।
15 Depois, tomarás um carneiro, e Arão e seus filhos porão as mãos sobre a cabeça dele.
16 त्यसपछि त्यो भेडा मारेर त्यसको रगत जम्मा गर। रगतलाई वेदीको वरिपरि छर्किदेऊ।
16 Imolarás o carneiro, e tomarás o seu sangue, e o jogarás sobre o altar ao redor;
17 तब भेडालाई टुक्रा-टुक्रा बनाएर सम्पूर्ण रूपले धोऊ अनि खुट्टाहरू पनि धोऊ र यी सबै भेडाको चीजहरू यसको शिरसितै राख।
17 partirás o carneiro em seus pedaços e, lavadas as entranhas e as pernas, pô-las-ás sobre os pedaços e sobre a cabeça.
18 तब सम्पूर्ण भेडालाई वेदीमा जलाई देऊ। यसको सुगन्धले परमप्रभुलाई प्रसन्न तुल्याउँछ। अनि त्यस्तो होम बलि जुन हो आगोद्वारा चढाईन्छ।
18 Assim, queimarás todo o carneiro sobre o altar; é holocausto para o Senhor , de aroma agradável, oferta queimada ao Senhor .
19 “हारून र तिनका छोराहरूलाई अर्को पाठोको शिरमाथि हात राख्नु भन।
19 Depois, tomarás o outro carneiro, e Arão e seus filhos porão as mãos sobre a cabeça dele.
20 त्यस भेडालाई मार र त्यसको केही रगत ल्याऊ। हारून र तिनका छोराहरूको दाहिने कानको लोतीमा त्यो रगत लगाइदेऊ। अनि केही रगत तिनीहरूको दाहिने हातको बूढी औंलाहरूमा लगाइदेऊ। र दाहिने खुट्टाको बूढी औंलामाथि केही रगत राख। त्यसपछि रगतलाई वेदीको वरिपरि छर्क।
20 Imolarás o carneiro, e tomarás do seu sangue, e o porás sobre a ponta da orelha direita de Arão e sobre a ponta da orelha direita de seus filhos, como também sobre o polegar da sua mão direita e sobre o polegar do seu pé direito; o restante do sangue jogarás sobre o altar ao redor.
21 त्यसपछि वेदीबाट केही रगत झिकेर अभिषेक गर्ने तेलसित मिलाऊ र हारून र तिनका छोराहरूमाथि छर्किदेऊ। तिनीहरूका पोशाकहरूमाथि पनि छर्किदेऊ। यसले हारून र तिनका छोराहरूले मेरो विशेष रूपले सेवा गर्नेछन् भन्ने बुझाउँछ। अनि यसले तिनीहरूको लुगाहरू पनि विशेष समयमा मात्र प्रयोग गरिन्छ भनी दर्शाउँछ।
21 Tomarás, então, do sangue sobre o altar e do óleo da unção e os aspergirás sobre Arão e suas vestes e sobre seus filhos e as vestes de seus filhos com ele; para que ele seja santificado, e as suas vestes, e também seus filhos e as vestes de seus filhos com ele.
22 “त्यसपछि भेडाबाट बोसो झिक। पुच्छरको बोसो निकाल आन्द्रा भुँडी छोप्ने बोसो अनि भित्री कलेजो अनि दुवै मिर्गौला अनि तिनीहरूमाथिको बोसो र दाहिने खुट्टा निकाल।
22 Depois, tomarás do carneiro a gordura, a cauda gorda, a gordura que cobre as entranhas, o redenho do fígado, os dois rins, a gordura que está neles e a coxa direita, porque é carneiro da consagração;
23 त्यसपछि एउटा टुक्रा रोटी, एउटा केकको रोटी, तेलमा पकाएको फूलौरो र डालोबाट अखमिरो नभएको पातलो रोटी निकाल जुन चाँहि परमप्रभुको अघि छ।
23 e também um pão, um bolo de pão azeitado e uma obreia do cesto dos pães asmos que estão diante do Senhor .
24 ती चीजहरू हारून अनि उनको छोराहरूलाई देऊ। तिनीहरूले यी चीजहरू तिनीहरूको हत्केलामा राखून अनि तिनीहरूलाई परमप्रभुको सामुन्ने उठाउन।
24 Todas estas coisas porás nas mãos de Arão e nas de seus filhos e, movendo-as de um lado para outro, as oferecerás como ofertas movidas perante o Senhor .
25 त्यसपछि हारून र तिनका छोराहरूबाट यी सब चीजहरू लेऊ र वेदीमा पाठोसितै राख। अनि वेदीमा प्रत्येक चीज जलावोस्। यो आगोद्वारा चढाइएको होमबलि हो। यसको सुगन्धले परमप्रभुलाई सन्तुष्ट तुल्याउँछ।
25 Depois, as tomarás das suas mãos e as queimarás sobre o altar; é holocausto para o Senhor , de agradável aroma, oferta queimada ao Senhor .
26 “त्यसपछि त्यो पाठोबाट ह्याकुला झिक। (यो त्यही पाठो हो जुन हारूनलाई प्रधान पूजाहारी बनाउँने उत्सवमा उपयोग गरिनेछ।) पाठोको ह्याकुलो परमप्रभु सम्मुख विशेष भेटी स्वरूप समाती राख। पशुको त्यो भाग तिम्रो हुन्छ।
26 Tomarás o peito do carneiro da consagração, que é de Arão, e, movendo-o de um lado para outro, o oferecerás como oferta movida perante o Senhor ; e isto será a tua porção.
27 तब पाठोको त्यो ह्याकुला र खुट्टा समात जुन हारूनलाई प्रधान पूजाहारी बनाउँदा उपयोग गरिएको थियो। त्यस भागहरूलाई पवित्र बनाऊ र तिनीहरू हारून अनि उसको छोराहरूलाई देऊ।
27 Consagrarás o peito da oferta movida e a coxa da porção que foi movida, a qual se tirou do carneiro da consagração, que é de Arão e de seus filhos.
28 इस्राएली मानिसहरूले यी अंशहरू हारून र तिनका छोराहरूलाई सधैं दिनेछन्। जहिले पनि इस्राएलीहरूले परमप्रभुलाई चढाएको मेलबलिहरू चढाउँछन् ती बलिका भागहरू पूजाहारीहरूलाई दिनेछन्।
28 Isto será a obrigação perpétua dos filhos de Israel, devida a Arão e seus filhos, por ser a porção do sacerdote, oferecida, da parte dos filhos de Israel, dos sacrifícios pacíficos; é a sua oferta ao Senhor .
29 “हारूनको निम्ति बनाएको विशेष पोशाकहरू उसका सन्तानहरूलाई दिइन्छ जब तिनीहरूलाई पूजाहारी अभिषेक गरिन्छन्।
29 As vestes santas de Arão passarão a seus filhos depois dele, para serem ungidos nelas e consagrados nelas.
30 हारून पछि तिनको छोरो प्रधान पूजाहारी हुनेछ। हारूनको त्यस छोराले ती पोशाकहरू सात दिनसम्म लगाउनेछ जब त्यो पवित्र स्थानमा सेवाको निम्ति भेट हुने पालमा आउनेछ।
30 Sete dias as vestirá o filho que for sacerdote em seu lugar, quando entrar na tenda da congregação para ministrar no santuário.
31 “हारूनलाई प्रधान पूजाहारी बनाउँदा उपयोग गरिएको भेडाको मासु पकाऊ। त्यो मासु पवित्र स्थानमा पकाऊ।
31 Tomarás o carneiro da consagração e cozerás a sua carne no lugar santo;
32 त्यसपछि हारून र तिनका छोराहरू भेट हुने पालको ढोका अघि बसेर त्यो मासु र डालोमा भएको रोटी पनि खाने छन्।
32 e Arão e seus filhos comerão a carne deste carneiro e o pão que está no cesto à porta da tenda da congregação
33 यी चीज तिनीहरू पूजाहारी हुँदा तिनीहरूको प्रायश्चितका निम्ति चढाइएका हुन् अब तिनीहरूले ती उपहारहरू खानु पर्छ। अन्य मानिसहरूले यी उपहारहरू खानु हुँदैन किनभने यी चीजहरू पवित्र हुन्।
33 e comerão das coisas com que for feita a expiação, para consagrá-los e para santificá-los; o estranho não comerá delas, porque são santas.
34 यदि हारूनलाई पूजाहारीको रूपमा अभिषेक गर्दा बलि चढाएका रोटी अथवा मासु बिहानसम्म रहे त्यो जलाउनु पर्छ। अर्को दिन तिमीहरूले त्यो रोटी अथवा मासु खानु हुदैन किनभने तिनीहरू पवित्र छन्।
34 Se sobrar alguma coisa da carne das consagrações ou do pão, até pela manhã, queimarás o que restar; não se comerá, porque é santo.
35 “तिमीहरूले यी सबै चीजहरू हारून र उसका छोराहरूको निम्ति मैले तिमीहरूलाई आदेश गरे जस्तै गर्नु पर्छ। तिनीहरूका पूजाहारी नियुक्ती को उत्सव लगातार सात दिनसम्म चल्नु पर्छ।
35 Assim, pois, farás a Arão e a seus filhos, conforme tudo o que te hei ordenado; por sete dias, os consagrarás.
36 यी सात दिनसम्म प्रत्येक दिन तिमीहरूले एउटा बाछा बलि चढाउनु पर्छ। यो हारून र उसको छोराहरूको प्रायश्चितका निम्ति हुनेछ। तिमीहरूले एउटा बाछा पनि वेदीको शुद्धताको निम्ति चढाउनु पर्छ। तिमीहरूले शुद्ध भद्राक्षको तेल वेदीमाथि खन्याएर यसलाई पवित्र बनाउनु पर्छ।
36 Também cada dia prepararás um novilho como oferta pelo pecado para as expiações; e purificarás o altar, fazendo expiação por ele mediante oferta pelo pecado; e o ungirás para consagrá-lo.
37 सात दिनसम्म तिमीहरूले वेदीको लागि प्रायश्चित गर्नेछौ अनि पवित्र पार्नेछौ। त्यस समय वेदी अत्यन्तै पवित्र हुनेछ। कुनै चीजहरूले वेदीलाई छुनेहो भने त्यो पनि पवित्र हुनुपर्छ।
37 Sete dias farás expiação pelo altar e o consagrarás; e o altar será santíssimo; tudo o que o tocar será santo.
38 “प्रत्येक दिन तिमीले वेदीमा उपहार चढाउनु नै पर्छ। तिमीले दुइवटा एक वर्षे थुमाबलि चढाउनु पर्छ।
38 Isto é o que oferecerás sobre o altar: dois cordeiros de um ano, cada dia, continuamente.
39 तिमीहरूले पहिलो थुमा बिहान अनि दोस्रो थुमा घाम अस्ताउँदा बलि दिनु पर्छ।
39 Um cordeiro oferecerás pela manhã e o outro, ao pôr do sol.
40 जब तिमीले पहिलो थुमा बलि दिनेछौ त्यस समय एक दशांश एपाको राम्रो गहूँको पिठोसित भद्राक्षको एक पावा टीन कुटेको तेल अनि एक पावा टीन दाखरसको अर्घबलि बलिमिसाऊ चढाऊ।
40 Com um cordeiro, a décima parte de um efa de flor de farinha, amassada com a quarta parte de um him de azeite batido; e, para libação, a quarta parte de um him de vinho;
41 जब तिमीहरूले साँझमा दोस्रो बलि चढाउँछौ पहिलो थुमालाई बिहान गरे झैं गर बलिको सुगन्धले परमप्रभुलाई खुशी पार्छ।
41 o outro cordeiro oferecerás ao pôr do sol, como oferta de manjares, e a libação como de manhã, de aroma agradável, oferta queimada ao Senhor .
42 “तिमीहरूले यी चीजहरू बलिदान स्वरूप परमप्रभुलाई तिमीहरूका सन्तानहरू बाँचुञ्जेलसम्म प्रत्येक दिन जलाउनु पर्छ। भेट हुने पालको प्रवेश द्वारमा यसो गर। यो त्यो स्थान हो जहाँ म परमप्रभुले तिमीहरूलाई भेट्नेछु र तिमीहरूसित कुरा गर्नेछु।
42 Este será o holocausto contínuo por vossas gerações, à porta da tenda da congregação, perante o Senhor , onde vos encontrarei, para falar contigo ali.
43 त्यस स्थानमा म इस्राएली मानिसहरूलाई भेट्छु अनि मेरो महिमाले त्यो स्थान सधैं पवित्र बनिरहनेछ।
43 Ali, virei aos filhos de Israel, para que, por minha glória, sejam santificados,
44 “यसर्थ म भेट हुने पाल र वेदी पवित्र पार्नेछु। म हारून र तिनका छोराहरूलाई पनि पवित्र बनाउँनेछु अनि तिनीहरूले मलाई पूजाहारीहरू झैं सेवा गर्न सक्छन्।
44 e consagrarei a tenda da congregação e o altar; também santificarei Arão e seus filhos, para que me oficiem como sacerdotes.
45 म इस्राएली मानिसहरूको परमेश्वर भई तिनीहरूसंग बस्ने छु।
45 E habitarei no meio dos filhos de Israel e serei o seu Deus.
46 तिनीहरूले जान्नेछन् म नै परमप्रभु तिनीहरूका परमप्रभु परमेश्वर हुँ जसले तिनीहरूलाई मिश्र बाहिर निकाले म तिनीहरू माझ वास गर्न सकूँ। म परमप्रभु तिनीहरूको परमेश्वर हुँ।”
46 E saberão que eu sou o Senhor , seu Deus, que os tirou da terra do Egito, para habitar no meio deles; eu sou o Senhor , seu Deus.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Êxodo 29, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.