Êxodo 23

Nepali Bible (GL_NEPALI) vs BKJ

Sair da comparação
1 “कसैको विरोधमा झूटो नबोल। यदि तिमी अदालतमा साक्षी छौ भने झूठो बोलेर दुष्ट मानिसहरूलाई सधाउनमा सहमत न होऊ।
1 Não levantarás falso rumor; não porás a tua mão com o ímpio para ser testemunha falsa.
2 “गल्ती कर्म गर्ने मानिसहरूको समूहमा सामेल नहोऊ। यदि तिमीहरूले अदालतमा साक्षी दिनु परे बहुसंख्यकको पक्षमा नलाग।
2 Não seguirás uma multidão para fazeres o mal; nem falarás em uma causa modificando a ação após muitos, distorcendo o julgamento.
3 “मुद्दा मामला लागेको मानिसहरूलाई गरीब भए पनि सहयोग नगर।
3 Nem ao homem pobre favorecerás na sua causa.
4 “यदि तिमीले तिम्रो शत्रुको हराएको गोरू अथवा गधा भेटायौ भने उसको पशु उसलाई नै फर्काई देऊ।
4 Se encontrares o boi ou o jumento de teu inimigo desgarrado, certamente o levarás de volta a ele novamente.
5 “यदि तिमीले देख्यौ तिम्रो शत्रुको गधा गह्रौं भारीको कारणले लड्‌यो तिमीले त्यसलाई उठाएर सहायता गर्नुपर्छ।
5 Se vires o jumento de alguém que te odeia deitado debaixo de sua carga, deixarás de ajudá-lo? Certamente o ajudarás.
6 “गरीब मानिससति न्यायालयमा अन्याय नगर।
6 Não perverterás o direito de teu pobre na sua causa.
7 “कसैलाई झूटो दोष नलगाऊ। एउटा निर्दोष मानिसको हत्या नगर जसले अन्याय गरेको छ त्यसलाई म निर्दोष मान्दिन।
7 Guarda-te de questões falsas; e o inocente e o justo não matarás, porque não justificarei o ímpio.
8 “घूस स्वीकार नगर, घूसले न्यायलाई अन्धा बनाउन सक्छ अनि निर्दोष मानिसको अधिकारलाई अस्वीकार गर्छ।
8 E tu não aceitarás presente; porque o presente cega o sábio, e perverte as palavras do justo.
9 “विदेशी नागरिकहरूमाथि कहिले पनि अत्याचार नगर। एक समयमा तिमीहरू पनि मिश्र देशमा विदेशी थियौ यसकारण तिमीहरू जान्दछौ एउटा विदेशी कस्तो हुन्छ।
9 Não oprimirás o estrangeiro, porque conheceis o coração de um estrangeiro, visto que fostes estrangeiros na terra do Egito.
10 “छ वर्षसम्म आफ्नो जमीनमा बीउ छर, फसल काट।
10 E seis anos semearás a tua terra, e colherás o seu fruto,
11 तर सातौं वर्षमा त्यो जमीन उपयोग नगरू। त्यस जमीनमा कुनै बिरूवा नरोप, तर यदि त्यहाँ केही चीजहरू आफैं उब्जन्छ भने गरीबहरूलाई खान देऊ। अनि छोडिएको अन्नहरू जनावरहरूलाई खान देऊ। तिम्रा दाखको बगैंचा र भद्राक्षको रूखहरूमाथि पनि त्यसरी नै व्यवहार गर।
11 mas no sétimo ano a deixarás descansar e ficar sossegada, para que os pobres do teu povo possam comer. E o que eles deixarem, os animais do campo comerão. Da mesma maneira agirás com tua vinha, e com teu olival.
12 “छ दिनसम्म काम गर सातौं दिन विश्रामको दिन हो। यसो गर्दा तिमीहरूका गोरूहरू गधाहरू, कमारा-कमारीहरू अनि विदेशीहरूले पनि विश्राम गर्ने समय पाउँन।
12 Seis dias farás tua obra, e no sétimo dia descansarás, para que o teu boi e o teu jumento possam descansar, e o filho de tua serva, e o estrangeiro, possam ser revigorados.
13 “मैले भनेका सबै काम गर्न निश्चित होऊ। अरू देवताहरूको पूजा नगर। तिमीले तिनीहरूको नाउँ पनि उच्चारण नगर।
13 E em todas as coisas que vos tenho dito, guardai-vos; e do nome de outros deuses nem fazei menção, nem sejam ouvidos da vossa boca.
14 “प्रत्येक वर्षको तीन पल्ट तिमीहरूले मेरो निम्ति विशेष चाड आयोजना गर्नु पर्छ।
14 Três vezes por ano celebrarás uma festa para mim.
15 जब तिमीहरूले अखमिरे रोटीको चाड मनाउँछौ तिमीहरूले मेरा आज्ञाहरू पालन गर्नु पर्छ। त्यस समयमा तिमीहरूले अखमिरे रोटी खानेछौ। यो सात दिनसम्म यस्तै चलिरहन्छ। तिमीहरूले यसो आबीब महीनामागर्नेछौ किनभने त्यही समयमा जब तिमीहरू मिश्रबाट निस्केर आएका थियौ। त्यो समयमा तिमीहरूले मेरो निम्ति एउटा भेटी ल्याउनु नै पर्छ।
15 Guardarás a festa dos pães ázimos (Comereis pão ázimo sete dias, como te ordenei, no tempo determinado do mês de abibe; porque nele saíste do Egito; e ninguém aparecerá vazio perante mim).
16 “जब प्रत्येक वर्ष तिमीहरूले लगाएको बालीको प्रथम फलहरू उठाउनु शुरू गर्छौ। तिमीहरूले अन्न भित्र्याउने चाढ मनाउनु पर्छ अनि वर्षको अन्तमा जब बालीको अन्तिम फल उठाउछौ त्यस समय छाप्रोवासको चाड मनाउनु पर्छ।
16 E a festa da sega, as primícias do teu trabalho, que semeaste no campo; e a festa da colheita, que é no fim do ano, quando tiveres colhido o teu trabalho do campo.
17 यसर्थ एक वर्ष भित्र सबै मानिसहरूले परमप्रभु तिमीहरूका मालिक कहाँ तीन पल्ट आउन पर्छ।
17 Três vezes por ano todos os teus homens aparecerão diante do SENHOR DEUS.
18 “जब तिमीले पशु मारेर त्यसको रगत बलि चढाउँछौ खमीर मिसाएको रोटी चढाउनु हुँदैन। अनि त्यो बलि चढाएको पशुको मासु खान्छौ भने त्यो एकै दिनमा खाई सक्नु पर्छ। अर्को दिनको निम्ति मासु नराख।
18 Não oferecerás o sangue do meu sacrifício com pão levedado; nem ficará a gordura do meu sacrifício até de manhã.
19 “जब तिमीहरूले पहिलो बाली उठाउँछौ, तिमीहरूले उब्जाउ परमप्रभु आफ्नो परमेश्वरको घरमा ल्याउनु पर्छ।“तिमीहरूले पाठोको मासु खानु हुँदैन जसलाई त्यसकै माउको दूधमा उमालिन्छ।”परमेश्वरले इस्राएललाई आफ्नो जमीन लिनुमा सहायता गर्नु हुन्छ
19 O primeiro das primícias da terra trarás para a casa do SENHOR teu Deus. Não cozinharás um cabrito no leite de sua mãe.
20 परमेश्वरले भन्नुभयो, “म तिम्रोअघि एकजना स्वर्गदूत पठाउँदैछु। त्यस स्वर्गदूतले तिमीहरूलाई मैले तयार पारेको ठाउँमा पुग्नमा मद्दत गर्नेछ।
20 Eis que envio um Anjo adiante de ti, para que te guarde no caminho e te conduza ao lugar que te tenho preparado.
21 त्यस स्वर्गदूतले भनेको मान र उसलाई पछ्याऊ। त्यसको विरोध नगर। त्यस स्वर्गदूतले तिमीहरूले गरेको कुनै प्रकारको भूल काम क्षमा गर्ने छैन। मेरो शक्ति उससंग छ।
21 Guarda-te diante dele, e obedece à sua voz; não o provoques, pois ele não perdoará as vossas transgressões, porque o meu nome está nele.
22 उसले भनेको प्रत्येक कुरा पालन गर। मैले भनेको प्रत्येक कुरा तिमीले मान्नु पर्छ। यदि तिमीहरूले यी सबै कुरा मान्यौ भने, म तिमीहरूका शत्रुहरूको शत्रु हुनेछु। अनि तिमीहरूको विरोधमा हुने प्रत्येकको म विरोध गर्नेछु।”
22 Mas se realmente obedeceres à sua voz, e fizeres tudo que eu disser, então serei um inimigo dos teus inimigos, e um adversário dos teus adversários.
23 “मेरो स्वर्गदूतले तिमीहरूलाई एमोरीहरू हित्ती, परिज्जी, कनानी, हिब्बी र यबूसीहरूको को विरोद्धमा लिएर जानेछ अनि म तिनीहरूलाई पराजित गर्नेछु।
23 Pois, o meu Anjo irá adiante de ti, e te conduzirá aos amorreus, aos heteus, aos ferezeus, aos cananeus, aos heveus, aos jebuseus. E eu os eliminarei.
24 “तिनीहरूका देवताहरूलाई पूजा अथवा ढोग नगर, तिमीहरूले उनीहरूको जीवन शैली ग्रहण नगर। तिमीहरूले तिनीहरूका मूर्तिहरू अनि अ-पवित्र खाम्बाहरू चूर पारिदेऊ।
24 Não te curvarás diante dos seus deuses, nem os servirás, nem farás conforme as suas obras; mas os destruirás totalmente e quebrarás completamente as suas imagens.
25 तिमीहरूले परमप्रभु आफ्नो परमेश्वरको आराधना गर्नै पर्छ। यदि तिमीहरूले यसो गरे म प्रशस्त रोटी र पानीको निम्ति तिमीहरूलाई आशीर्वाद दिन्छु। तिमीहरूको सम्पूर्ण रोगहरू हटाई दिनेछु।
25 E servireis ao SENHOR vosso Deus, e ele abençoará o vosso pão e a vossa água; e eu tirarei do meio de vós a enfermidade.
26 तिमीहरू कसैको पत्नीहरू बाँझी अथवा गर्भपात हुने छैन, अनि म तिमीहरूलाई लामो जीवन दिनेछु।
26 Não haverá ninguém que lance seus jovens, nem estéril; cumprirei na tua terra o número dos teus dias.
27 “म तिमीहरूको अघि मेरो महाशक्ति पठाउनेछु अनि सबै राष्ट्रहरू जहाँ तिमीहरू यात्रा गर्नेछौ भयग्रस्त हुनेछन् अनि म तिनीहरूलाई परास्त पार्नलाई मदत गर्नेछु।
27 Enviarei o meu temor diante de ti, e destruirei todo o povo a quem fores, e farei com que todos os teus inimigos te virem as costas.
28 म तिमीहरूको अघि ठूलो सकंट पठाउनेछु र यसले हिव्वी, कनानी र हित्ती मानिसहरूलाई तिमीहरूबाट टाढा भगाउनेछ।
28 E enviarei vespões diante de ti, que expulsarão os heveus, os cananeus, e os heteus, de diante de ti.
29 तर ती मानिसहरूलाई म तिम्रो भूमि एकै वर्षमा छोडन बाध्य गराउने छैन नत्र त्यो भूमि खाली हुनेछ अनि त्यहाँ जंगली जनावरहरू बढेर तिमीहरूलाई नोक्सानमा पार्नेछन।
29 Não os expulsarei de diante de ti em um ano, para que a terra não se torne desolada e os animais do campo se multipliquem contra ti.
30 जबसम्म तिमीहरूको जनसंख्या प्रचूर मात्रमा बढेर यो भूमि भरिदैन म तिनीहरूलाई बिस्तारै निकाल्नेछु।
30 Aos poucos os expulsarei de diante de ti, até que tu aumentes, e herdes a terra.
31 “म तिमीहरूलाई लाल समुद्रदेखि फरात नदीसम्म सबै भूमि दिनेछु। त्यो भूमिको पश्चिम सीमाना पलिस्ती नदी भूमध्य सागर र पूर्व सीमाना अरबको मरूभूमिसम्म हुनेछ। म तिमीलाई त्यहाँका मानिसहरूलाई पराजित गर्ने अनुमति दिनेछु अनि तिमीहरूले तिनीहरूलाई त्यहाँबाट बलपूर्वक जान वाध्य गराउनेछौ।
31 E colocarei os teus limites desde o mar Vermelho até o mar dos filisteus, e do deserto até o rio; porque entregarei os habitantes da terra em tua mão, e tu os expulsarás de diante de ti.
32 तिमीले ती मानिसहरू अथवा तिनीहरूका देवी-देवताहरूसित कुनै करार गर्नु हुँदैन।
32 Não farás pacto com eles, nem com os seus deuses.
33 तिनीहरूलाई तिम्रो भूमिमा बस्नै नदेऊ। यदि तिमीले तिनीहरूलाई त्यहाँ बस्न दियौ भने तिनीहरूले तिमीहरूलाई जालोभारी गरी मेरो विरोधमा पाप गर्न लगाउने छन। अनि तिमीहरू तिनीहरूका देवी-देवताहरू पूज्न लाग्नेछौ।”
33 Eles não habitarão na tua terra, para que não te façam pecar contra mim, pois se servires aos seus deuses, isso certamente te será por armadilha.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Êxodo 23, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.