Deuteronômio 32
Nepali Bible (GL_NEPALI) vs VC
1 321”हे आकाश! सुन, म बोल्नेछु, हे पृथ्वी! मेरो मुखको वचनहरू सुन।
1 Estai atentos, ó céus, eu vou falar. E a terra ouça as palavras de minha boca.
2 मेरा शिक्षाहरू झरी झैं पर्नेछन्। भूइँमा खस्ने तुषारो जस्तै झर्नेछन् नरम घाँसमा पर्ने पानी जस्तै झर्नेछन् हरिया बोटहरूमा पानी झैं पर्नेछन्।
2 Derrame-se como chuva a minha doutrina, espalhe-se como orvalho a minha palavra, como aguaceiro sobre os campos verdejantes, como chuvarada sobre a relva.
3 किनभने म परमप्रभुको नाउँ घोषणा गर्छ, हाम्रा परमेश्वरको महानताको प्रशंसा गर।
3 Porque vou proclamar o nome do Senhor, dar glória ao nosso Deus!
4 “उहाँ चट्टान हुनुहुन्छ कारण उहाँका बाटाहरू सही छन्, परमेश्वर सत्य र विश्वास योग्य हुनुहुन्छ। उहाँ असल र इमानदार हुनुहुन्छ।
4 Ele é o rochedo, perfeita é a sua obra, justos, todos os seus caminhos; é Deus de lealdade, não de iniqüidade, ele é justo, ele é reto.
5 अनि तिमीहरू उहाँका असली बाल-बच्चाहरू होइनौ, तिमीहरूको पापले उहाँलाई धमिल्याउनेछ, कारण तिमीहरू धूर्त झूटा छौ।
5 Pecaram contra ele; já não são seus filhos, mas raça degenerada, geração perversa, depravada.
6 के परमप्रभुले तिमीहरूको निम्ति गरेकोमा कृतज्ञता त्यसरी व्यक्त गर्नु पर्छ? होइन, तिमीहरू मूर्ख र बुद्धिहीन हौ। परमप्रभु तिमीहरूका पिता हुनुहुन्छ। उहाँले तिमीहरूको सृष्टि गर्नुभयो। उहाँ तिमीहरूका सृष्टिकर्ता हुनुहुन्छ। उहाँले तिमीलाई समर्थन गर्नुहुन्छ।
6 E assim que agradeceis ao Senhor, povo frívolo e insensato? Não é ele teu Pai, teu Criador, que te fez e te estabeleceu?
7 उहिले नै के भएको थियो सम्झना गर, धेरै-धेरै वर्षअघि भएका कुराहरू सम्झना गर। तिमीहरूका पितालाई सोध तिमीहरूको अगुवाहरूलाई सोध, तिनीहरूले भन्नेछन्।
7 Lembra-te dos dias antigos, considera os anos das gerações passadas. Interroga teu pai e ele te contará; teus anciãos e eles te dirão.
8 सर्वोच्च परमेश्वरले पृथ्वीमा मानिसहरूलाई विभाजन गरी प्रत्येक जातिलाई आफ्नो आफ्नो भूमि दिनु भयो। परमेश्वरले ती मानिसहरूको निम्ति सीमाना छुट्याउनु भयो, जति स्वर्गदूतहरू थिए उहाँले त्यति जातिको सृष्टि गर्नु भयो।
8 Quando o Altíssimo dividia os povos e dispersava os filhos dos homens, fixou limites aos povos, segundo o número dos filhos de Deus.
9 परमप्रभुको निज हिस्सा उहाँका मानिसहरू हुन् याकूब परमप्रभुका हुन्।
9 Entretanto, a parte do Senhor era o seu povo, Jacó, a porção de sua herança.
10 परमप्रभुले याकूबलाई बीरानो अनि बतासले भरिएको मरूभूमिमा भेटूनुभयो। परमप्रभुले हेर्नको निम्ति याकूबलाई घेर्नु भयो। उहाँले उसलाई आफ्नो आँखाको नानीलाई झैं जोगाउनु भयो।
10 Em solitude desértica o encontrou, entre bramidos de regiões desoladas, e o cercou de cuidados, e o acalentou, e o guardou como a menina dos olhos!
11 इस्राएलको निम्ति परमप्रभु गरूड झैं हुनु हुन्थ्यो। गरूड्ले उड्न सिकाउनको निम्ति गुँडबाट बच्चाहरूलाई घँचेटेर निकाल्छ, सुरक्षाको निम्ति ऊ आफ्ना बच्चाहरू सँगै उडछे। उसले बच्चाहरूलाई खस्नुबाट जोगाउन आफ्नो पंखेटा फिंजाउँछे। अनि उसले रक्षागर्न को निम्ति सुरक्षित ठाउँमा लिएर जान्छे। परमप्रभु त्यस्तै हुनुहुन्छ।
11 Tal qual águia vigilante sobre o ninho, adejando sobre os filhotes, ele estendeu as asas e o tomou, o transportou sobre sua plumagem.
12 कुनै अरू विदेशी देवताहरूले उसलाई सहायता गरेनन् परमप्रभु एएलैले याकूबको नेतृत्व गर्नु भयो।
12 Só o Senhor foi o seu guia; nenhum outro deus estava com ele.
13 परमप्रभुले याकूबलाई पहाडी देशलाई कब्जा गर्न लानु भयो अनि याकूबले खेतको उब्जनी लगे। परमप्रभुले उसलाई पहराको मह दिनुभयो, अनि भद्राक्षको तेल चट्टानबाट निकालेर बनाउनु भयो।
13 Fê-lo galgar às alturas da terra, alimentou-o com os frutos do campo, deu-lhe a beber mel da rocha, óleo da pedra duríssima.
14 परमप्रभुले इस्राएललाई गाई-गोरूको बथानबाट र भेडाहरूको बगालबाट घीऊ र दूध दिनु भयो; उहाँले इस्राएललाई मोटा-मोटा थुमाहरू र बाख्राहरू बथानका असल भेडाहरू र अति असल गहुँ दिनुभयो। इस्राएली तिमीहरूले दाखको रातो रस पियौ।
14 A manteiga das vacas, o leite das ovelhas, a carne gorda dos cordeiros, dos carneiros de Basã e dos cabritos, com a fina flor do trigo. E bebeste como vinho puro o sangue das uvas.
15 तर यशूरून मोटाए अनि गोरूले झैं लात हाने। हो, तिमीहरूलाई प्रशस्त खुवाइयो र मोटा र पुष्ट भयौ, तब उसले आफ्नै सृष्टि कर्तालाई त्यागे, अनि ऊ त्यस चट्टानबाट भागे जसले उसलाई बचाएको थियो।
15 Todavia, Jesurum engordou e recalcitrou. Estás tronchudo, taludo, rechonchudo! E abandonou Deus que o criou, e desprezou o rochedo de sua salvação.
16 परमप्रभुको मानिसहरूले उहाँलाई ईर्ष्यालु बनाए तिनीहरूले अरू देवताहरूको पूजा गरे। तिनीहरूले ती भयानक मूर्तिहरू पूजेर परमेश्वरलाई रीस उठाए।
16 Provocaram-lhe o ciúme com deuses estranhos, irritaram-no com abominações.
17 तिनीहरूले भूतहरूलाई बलिदानहरू चढाए जो सत्य देवताहरू थिएनन् तिनीहरू नयाँ देवताहरू थिए। त्यो तिनीहरूले जान्दैन थिए, ती नयाँ देवताहरू तिमीहरूको पिता-पुर्खाहरूले जान्दैन थिए।
17 Sacrificaram a gênios que não são Deus, a divindades desconhecidas, novas, recém-chegadas, que vossos pais nunca, jamais veneraram.
18 जसले तिमीलाई बनायो, त्यस चट्टानलाई तिमीले छोडयौ तिमीले ती परमेश्वरलाई बिर्सियौ जसले तिमीलाई जन्म दिनु भयो।
18 Abandonaste o rochedo que te gerou e esqueceste Deus que te formou!
19 परमप्रभुले यो देखेर तिनीहरूसित निराश हुनु भयो। उहाँका आफ्नै छोरा-छोरीहरूले उहाँलाई रीस उठाए।
19 Ao ver tais coisas, o Senhor indignou-se com seus filhos e suas filhas,
20 यसकारण परमप्रभुले भन्नुभयो, ‘म तिनीहरूलाई त्याग गर्नेछु तब हेरौं के हुन्छ! तिनीहरू विद्रोही मानिसहरू हुन्। तिनीहरू नानीहरू जस्तै छन् जसले आफ्नो पाठ सिकदैन।
20 e disse: vou ocultar-lhes o meu rosto e ver o que lhes sucederá...Pois são uma geração perversa, filhos sem lealdade.
21 तिनीहरूले मलाई मूर्तिहरूद्वारा ईर्ष्यालु बनाए जो ईश्वरहरू होइनन् तिनीहरूले मलाई मूल्यहीन मूर्तिहरूसित रिसाउने बनाए। म तिनीहरूलाई मानिसहरूसित रिसाउने बनाउनेछु जो साँचो राष्ट्र होइनन्। म तिनीहरूलाई मूर्ख जातिका मानिससित रिसाउने बनाउनेछु।
21 Excitaram o meu ciúme com coisas que não são Deus, magoaram-me com suas idolatrias; também eu excitarei o seu ciúme com gente que não constitui um povo; magoá-los-ei com uma nação insensata.
22 मेरो रीस आगो जस्तै बल्नेछ। चिहानको तल्लो सतहसम्म बलेर। पृथ्वी अनि यसका अरू चिज नष्ट गर्दै बलेर पहाडको तलसम्म जलाई दिन्छु।
22 Sim, acendeu-se o fogo da minha cólera, que arde até o mais profundo da habitação dos mortos; devora a terra e os seus produtos, e consome os fundamentos das montanhas.
23 ‘म इस्राएलीहरूमाथि विपत्ति ल्याउनेछु, म तिनीहरू माथि आफ्ना सबै वाण चलाउनेछु।
23 Acumularei desgraças sobre eles, contra eles esgotarei minhas flechas.
24 तिनीहरू भोकले, दुर्बल हुनेछन् अनि भयङ्कर रोगहरूले तिनीहरूलाई नष्ट पार्नेछन्। तिनीहरूको विरोधमा म जङ्गली जनावर पठाउनेछु। विषालु साँपहरू र छेपाराहरूले तिनीहरूलाई टोएने छन्।
24 Serão extenuados pela fome, devorados pela febre e pela peste mortal. Incitarei contra eles o dente das feras e o veneno dos animais que rastejam pelo chão.
25 बाटा-घाटामा सैनिकहरूले तिनीहरूलाई मार्नेछन्। तिनीहरूका घरहरूमा भयंकर घटनाहरू हुनेछन्। सैनिकहरूले युवा-युवतीहरूलाई मार्नेछन्। तिनीहरूले नानीहरू अनि बूढा-बूढीहरुलाई मार्नेछन्।
25 Fora, a espada a semear a orfandade; dentro, um pavor de estarrecer tanto o adolescente como a jovem, tanto o menino de peito como o ancião.
26 मैले इस्राएलीहरूलाई नाश गर्ने विषयमा सोचें। यस कारण म मानिसहरूको बीचबाट तिनीहरूको सम्झना मेटिदिनेछु।
26 Eu teria prometido reduzi-los a pó, apagar sua lembrança do meio dos homens,
27 तर म जान्दछु, तिनीहरूका शत्रुहरूले के भन्नेछन्। शत्रुहरूले बुझ्ने छैनन्। तिनीहरू सेखी गर्नेछन् अनि भन्नेछन्, “परमप्रभुले इस्राएललाई नष्ट गर्नुभएन हामीले हाम्रै शाक्तिले जित्यौं।”‘
27 caso não temesse {favorecer} os insultos do inimigo, e que seus adversários, iludindo-se, viessem a exclamar: poderosa é nossa mão; não foi o Senhor quem fez tudo isso!
28 इस्राएलका मनिसहरू मूर्ख छन्, तिनीहरूले केही बुझ्दैनन्।
28 Porque é uma nação insensata, desprovida de inteligência.
29 यदि तिनीहरू ज्ञानी भए तिनीहरूले बुझ्ने थिए, तिनीहरूले जान्ने थिए तिनीहरूलाई के हुनेछ।
29 Se fossem sábios, compreenderiam, e discerniriam aquilo que os espera.
30 के एकजना मानिसले 1,000 मानिसहरूलाई लखेटून सएछ? के दुईजना मानिसहरूले 10,000 मानिसहरूलाई लखेट्न सकछन्? यो तब मात्र हुनेछ यदि परमप्रभुले तिनीहरूलाई शत्रुको हातमा सुम्पिनु हुन्छ। यो तब मात्र हुनेछ यदि तिनीहरूको चट्टान (परमेश्वरले) तिनीहरूलाई कमारा जस्तै बेच्नु हुन्छ।
30 Como poderia um só homem perseguir mil, e dois pôr em fuga dois mil, se seu rochedo não estivesse vendido, se o Senhor não os tivesse entregado?
31 हाम्रा शत्रुहरूको ‘चट्टान’ हाम्रो चट्टान (परमप्रभु) जस्तो शक्तिशाली छैन शत्रुहरूलाई पनि यो थाहा छ।
31 Porque o rochedo deles não é como o nosso rochedo; disso os nossos inimigos são testemunhas.
32 सदोम र गमोरा जस्तै तिनीहरूको अङ्गुरको लहरा र खेती नष्ट हुनेछ। तिनीहरूको अङ्गुर विष जस्तै तीतो हुनेछ।
32 Suas videiras são das plantações de Sodoma e dos terrenos de Gomorra; suas uvas são venenosas, seus cachos, amargosos.
33 तिनीहरूको दाखरस साँपको विष झैं छ।
33 o seu vinho é veneno de serpente, o mais terrível veneno de cobra!
34 परमप्रभु भन्नुहुन्छ, ‘म त्यस दण्डलाई साँच्दैछु। मैले यसलाई मेरो भण्डारमा जम्मा गरेको छु।
34 Eis uma coisa que está guardada comigo, consignada nos meus segredos:
35 तिनीहरूले गरेको नराम्रा कार्यहरूको निम्ति, म नै तिनीहरूलाई दण्ड दिन्छु। तर त्यो दण्ड त्यस समयको निम्ति जोगाई राखेकोछु जब तिनीहरू चिप्लन्छन् र नराम्रो कार्यहरू गर्छन्। तिनीहरूको निम्ति कष्टको समय नजिकै छ। तिनीहरूको दण्ड चाँडै आउनेछ।’
35 a mim me pertencem a vingança e as represálias, para o instante em que o seu pé resvalar. Porque está próximo o dia da sua ruína e o seu destino se precipita.
36 परमप्रभुले आफ्नो मानिसहरूको न्याय गर्नुहुनेछ। तिनीहरू उहाँका सेवकहरू हुन् अनि उहाँ तिनीहरू प्रति दया देखाउनु हुन्छ। उहाँले तिनीहरू शाक्तिहीन भएको थाहा पाउनु हुनेछ। कमारा-कमारीहरू र मुक्त मानिसहरू पनि असाहाय भएको उहाँले थाहा पाउनु हुनेछ।
36 o Senhor fará justiça ao seu povo e terá compaixão dos seus servos, vê-los extenuados, desfeitos tanto ó escravo como o homem livre.
37 तब परमप्रभुले भन्नु हुनेछ, ‘झूटा देवताहरू कहाँ छन्? त्यो ‘चट्टान’ कहाँ छ शरण गर्न तिमीहरू दगुरेका थियौ?
37 Dirá: onde estão os seus deuses _ o rochedo em que confiavam _,
38 ती झूटा देवताहरूले तिमीहरूको बलिको बोसो खाए अनि तिनीहरूले चढाएको अर्घका दाखरस पिए। यसकारण तिनीहरू उठ्न तिमीहरूको सहायता गरून् तब तिमीहरूको रक्षा गरून्।
38 que comiam a gordura dos seus sacrifícios e bebiam, o vinho das suas libações? Levantem-se para vos socorrer; sejam eles vosso abrigo!
39 ‘अब हेर, म एक मात्र म नै परमेश्वर हुँ! कतै अरू ईश्वर छैन। म नै मानिसलाई मार्दछु अनि मानिसहरूलाई जीवित पार्दछु म मानिसहरूलाई चोट पुर्याउन सकछु अनि तिनीहरूलाई निको पार्न सकछु। कसैले मानिसलाई मेरा शक्तिबाट बचाउँनु सकदैन।
39 Reconhecei agora: eu só, somente eu sou Deus, e não há outro além de mim. Eu extermino e chamo à vida, eu firo e curo, e não há quem o arranque da minha mão.
40 म स्वर्गतिर हात उठाउँछु अनि यो कसम खान्छु। म सधैं निश्चित हुन्छु यी कुराहरू हुनेछन्।
40 Levanto para o céu a minha mão e digo: tão certo como eu vivo eternamente,
41 म प्रतिज्ञा गर्छु, म मेरो चम्किने तरवार उधाउँनेछु, मेरा शत्रुहरूलाई दण्ड दिन यसको प्रयोग गर्नेछु। म तिनीहरूलाई तिनीहरूको कर्म अनुसार दण्ड दिनेछु।
41 quando afiar a minha espada reluzente e tomar a minha aljava, vingar-me-ei dos meus inimigos e darei a paga aos que me odeiam;
42 मेरा शत्रुहरू मारिनेछन् अनि बन्दी हुन्छन्। मेरो काँडहरू तिनीहरूको रगतले रंगिने छन्। मेरो तरवारले तिनीहरूका सैनिकहरूका शिर काटूनेछ।
42 embriagarei de sangue as minhas flechas, minha espada se saciará de carne, do sangue das vítimas e dos prisioneiros, das cabeças dos chefes inimigos.
43 सारा संसार मानिसहरूका परमेश्वरको निम्ति खुशी हुनुपर्छ। किन? किनभने उहाँले तिनीहरूलाई सहायता गर्नुहुन्छ, उहाँले मानिसहरूलाई दण्ड दिनु हुनेछ जसले आफ्ना सेवकहरूलाई मार्छन्। उहाँले शत्रुहरूको अपराध अनुसार दण्ड दिनुहुन्छ। अनि उहाँले आफ्नो भूमि र मानिसहरूलाई शुद्ध बनाउनु हुनेछ।”
43 Louvai, ó nações, o seu povo, porque vingará o sangue dos seus servos; tomará vingança dos seus adversários e purificará a sua terra e o seu povo.
44 मोशा र नूनको छोरो यहोशू आए अनि इस्राएलका मानिसहरूले सुनून् भनी यस गीतका शब्दहरू गाए।
44 Moisés, juntamente com Josué, filho de Nun, veio e proferiu todas as palavras deste cântico aos ouvidos do povo.
45 जब मोशाले मानिसहरूलाई यो वचनहरू दिई सके,
45 Quando acabou de proferir todas as palavras a todo o Israel,
46 तब उनले भने, “तिमीहरूले निश्चय गर्नु पर्छ आज मैले बताएका सबै आज्ञाहरू तिमीहरू सम्झना राख्छौ र यस व्यवस्थामा रहेका आज्ञाहरू तिनीहरूले पालन गर्नै पर्छ भनी आफ्ना छोरा-छोरीहरूलाई बताउँनेछौ।
46 disse-lhes: Aplicai os vossos corações a todos os preceitos que hoje vos dou, prescrevei-os a vossos filhos, a fim de que pratiquem cuidadosamente todas as palavras desta lei.
47 नसोच यी उपदेशहरू महत्वहीन छन् ती तिमीहरूको जीवन हुन्। यी शिक्षाहरूद्वारा तिमीहरू यर्दन नदी पारिको देश जुन देशमा तिमीहरू बस्न जान तयार छौ त्यहाँ धेरै समयसम्म बस्न सएछौ।”
47 Ela não é para vós coisa de somenos importância, mas é vossa própria vida. E por ela que prolongareis os vossos dias na terra que ides possuir, depois de passardes o Jordão.
48 त्यही दिन परमप्रभुले मोशासित बोल्नु भयो। परमप्रभुले भन्नुभयो,
48 Nesse mesmo dia, o Senhor disse, a Moisés:
49 “अबारिम पहाडमा जाऊ। मोआब देशमा नबो पर्वतमा जाऊ जो यर्दन नदीपारि यरीहो शहर छ। तब तिमीले त्यो कनान देशलाई देख्न सएछौ जुन देश म इस्राएलीहरूलाई बस्न दिंदैछु।
49 Sobe à montanha de Abarim o monte Nebo, que está na terra de Moab, defronte de Jericó, e contempla a terra de Canaã, cuja posse dou aos filhos de Israel.
50 तिमी त्यही पर्वतमाथि मर्नेछौ। तिमी पनि त्यसरी नै आफ्नो मानिसहरूसित मिल्नेछौ जसरी तिम्रा दाज्यू हारून होर पर्वतमा मरेर आफ्नो मानिसहरूसित मिले।
50 Morrerás sobre essa montanha em que vais subir, e serás reunido aos teus, como o teu irmão Aarão morreu sobre o monte Hor e foi reunido aos seus,
51 किन? किनभने जब तिमी सीनको मरूभूमिमा कादेशको नजिक मरीबा पानीमा थियौ तब तिमी दुवैले मेरो विरूद्ध इस्राएलीहरूको अघि पाप गरेको थियौ। तिमीले मेरो सम्मान गरेनौ अनि ‘म पवित्र हुँ, भनी मानिसहरूलाई बुझाएनौ।
51 porque pecastes contra mim no meio dos israelitas, nas águas de Meribá, em Cades, no deserto de Sin, e não me santificasses no meio dos filhos de Israel.
52 यस कारण अब मैले इस्राएलका मानिसहरूलाई दिंदै गरेको भूमि तिमीले हेर्न सएछौ तर त्यहाँ पस्न सएदैनौ।”
52 Verás, pois, defronte de ti a terra que darei aos israelitas, mas não entrarás nela.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Deuteronômio 32, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.