Deuteronômio 27
Nepali Bible (GL_NEPALI) vs ARIB
1 मोशा र इस्राएलका बूढा-प्रधानहरूले मानिसहरूसँग बात गरे। मोशाले भने, “आज मैले तिमीहरूलाई दिएका सबै आदेशहरू पालन गर।
1 Moisés, com os anciãos de Israel, deu ordem ao povo, dizendo: Guardai todos estes mandamentos que eu hoje vos ordeno.
2 तिमीहरू चाँडै परमप्रभु तिमीहरूका परमेश्वरले दिन लाग्नु भएको भूमि पुग्न यर्दन नदी पार गर्नेछौ। त्यसदिन ठूला-ठूला ढुङ्गाहरू खडा गरेर त्यसलाई लिपी देऊ।
2 E no dia em que passares o Jordão para a terra que o Senhor teu Deus te dá, levantarás umas pedras grandes e as caiarás.
3 त्यसपछि यी सबै आज्ञाहरू र शिक्षाहरू लेख। यो काम तिमीहरूले जब यर्दन नदी पार गरेपछि गर्नु पर्छ। तब तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले दिन लाग्नु भएको दूध र महले परिपूर्ण भएको भूमिमा प्रवेश गर्न सक्छौ। परमप्रभु तिमीहरूको पिता-पुर्खाहरूका परमेश्वरले त्यो भूमि तिमीहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नु भएको थियो।
3 E escreverás nelas todas as palavras desta lei, quando tiveres passado para entrar na terra que o Senhor teu Deus te dá, terra que mana leite e mel, como o Senhor, o Deus de teus pais, te prometeu.
4 यर्दन नदी पार गरेपछि आज म तिमीहरूलाई जुन आज्ञा दिन्छु तिमीहरूले अवश्य पालन गर्नु पर्छ। एबाल डाँडामा तिनीहरूले ढुङ्गाहरू खडा गर्नु पर्छ र ती ढुङ्गाहरूलाई लिपेर छोप्नु पर्छ।
4 Quando, pois, houverdes passado o Jordão, levantareis no monte Ebal estas pedras, como eu hoje vos ordeno, e as caiareis.
5 केही ढुङ्गाहरू राखेर परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति वेदी निर्माण गर। तर ती ढुङ्गाहरू काट्न फलामको हतियार प्रयोग नगर।
5 Também ali edificarás um altar ao Senhor teu Deus, um altar de pedras; não alçarás ferramenta sobre elas.
6 परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति वेदी बनाउनका लागि तिमीहरूले काटेका ढुङ्गाहरू प्रयोग गर्नु हुँदैन। अनि तिमीहरू यसमाथि परमप्रभु तिमीहरूको परमेश्वरको निम्ति होमबलि चढाउनु पर्छ।
6 De pedras brutas edificarás o altar do Senhor teu Deus, e sobre ele oferecerás holocaustos ao Senhor teu Deus.
7 तिमीहरूले त्यहाँ मेलबलि चढाऊनु पर्छ अनि परमप्रभु तिमीहरूका परमेश्वरअघि खाऊ अनि आनन्द मनाऊ।
7 Também sacrificarás ofertas pacíficas, e ali comerás, e te alegrarás perante o Senhor teu Deus.
8 तिमीहरूले खडा गरेको ढुङ्गाहरूमा तिमीहरूले व्यवस्थाका यी सबै कुराहरू लेख्नु पर्छ। स्पष्ट लेख जसले गर्दा ती सजिलै पढ्न सकियोस्।
8 Naquelas pedras escreverás todas as palavras desta lei, gravando-as bem nitidamente.
9 “मोशा र लेवीका पूजाहारीहरूले इस्राएलीहरूलाई सम्बोधन गरे। मोशाले भने, “हे इस्राएलीहरू हो, चुप लागेर सुन, आज तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरका मानिसहरू भएका छौ।
9 Falou mais Moisés, e os levitas sacerdotes, a todo o Israel, dizendo: Guarda silêncio, e ouve, ó Israel! hoje vieste a ser o povo do Senhor teu Deus.
10 यसकारण परमप्रभु तिमीहरूका परमेश्वरले जे गर्नु भन्नु भएको छ प्रत्येक काम गर। तिमीहरूले उहाँको आज्ञाहरू र नियमहरू अनुशरण अनि पालन गर्नु पर्छ जुन आज मैले तिमीहरूलाई आदेश दिएको छु।”
10 Portanto obedecerás à voz do Senhor teu Deus, e cumprirás os seus mandamentos e os seus estatutos, que eu hoje te ordeno.
11 त्यही दिन मोशाले पनि मानिसहरूलाई यो भने,
11 Nesse mesmo dia Moisés deu ordem ao povo, dizendo:
12 “तिमीहरू यर्दन नदी पार गरे पछि मानिसहरूलाई आशीर्वाद दिनको निम्ति शिमोन, लेवी, यहूदा, इस्साकार, युसूफ र बिन्यामीन कुल समूह गीरीज्जीम डाँडामा हुनेछन्।
12 Quando houverdes passado o Jordão, estes estarão sobre o monte Gerizim, para abençoarem o povo: Simeão, Levi, Judá, Issacar, José e Benjamim;
13 अनि यी कुल समूह-रूबेन, गाद, आशेर जबुलुन, दान र नप्ताली चाँहि सराप सुन्नु एबाल डाँडामा हुनेछन्।
13 e estes estarão sobre o monte Ebal para pronunciarem a maldição: Rúben, Gade, Aser, Zebulom, Dã e Naftali.
14 “लेवीहरूले उच्च स्वरमा सबै इस्राएलीहरूलाई भन्ने छन्;
14 E os levitas dirão em alta voz a todos os homens de Israel:
15 ‘कारीगरले झैं जसले खोपेर अथवा काटेर धातु अथवा केही अन्य चीजको मूर्ति बनाएर पूजा गर्न गुप्त स्थानमा राख्छ, त्यस मानिसलाई सराप लाग्छ। ती झूटा देवताहरू मूर्तिहरू मात्र हुन किनकि ती कुनै कारीगरले काठ, ढुङ्गा अथवा धातुबाट बनाएको हुन्। परमप्रभुले त्यस्ता कुराहरूलाई घृणा गर्नुहुन्छ।’“तब सबै मानिसहरूले उत्तर दिनेछन् ‘आमेन!’
15 Maldito o homem que fizer imagem esculpida, ou fundida, abominação ao Senhor, obra da mão do artífice, e a puser em um lugar escondido. E todo o povo, respondendo, dirá: Amém.
16 “लेवीहरूले भन्नेछन्, ‘त्यस मानिसलाई सराप लागोस् जसले आमा-बुबालाई अनादर अनि अपमान गर्छ।तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’
16 Maldito aquele que desprezar a seu pai ou a sua mãe. E todo o povo dirá: Amém.
17 “लेवीहरूले भन्नेछन्, ‘आफ्नो छिमेकीको साँध सीमान मिच्ने मानिसलाई सराप लागोस्।’“तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’
17 Maldito aquele que remover os marcos do seu próximo. E todo o povo dirá: Amém.
18 “लेवीहरूले भन्नेछन्, ‘अन्धा मानिसलाई उल्टा बाटो देखाउने मानिसलाई सराप परोस्।’“तब सबै मानिसहरूले भन्नेछन् ‘आमेन।’
18 Maldito aquele que fizer que o cego erre do caminho. E todo o povo dirá: Amém.
19 “लेवीहरूले भन्नेछन्, ‘विदेशी, टुहुरा-टुहुरी र विधवाले पाउनु पर्ने न्याय नदिने मानिसलाई सराप परोस्।’“तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’
19 Maldito aquele que perverter o direito do estrangeiro, do órfão e da viúva. E todo o povo dirá: Amém,
20 “लवीहरूले भन्नेछन्, ‘आफ्नी सौतेनी आमासित सहवास गर्ने मानिसलाई सराप परोस्।’“तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’
20 Maldito aquele que se deitar com a mulher de seu pai, porquanto levantou a cobertura de seu pai. E todo o povo dirá: Amém.
21 “लेवीहरूले भन्नेछन् ‘कुनै प्रकारको पशुसित सम्भोग गर्ने मानिसलाई सराप लागोस्।’“तब सबै मानिसहरूले भन्नेछन्, ‘आमोन।’
21 Maldito aquele que se deitar com algum animal. E todo o povo dirá: Amem.
22 “लेवीहरूले भन्नेछन्, ‘उसलाई सराप लागोस् जसले आफ्नी बहिनी अथवा सौतेनी बहिनीसित लैंगिक सर्म्पक राख्छ।’“तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’
22 Maldito aquele que se deitar com sua irmã, filha de seu pai, ou filha de sua mãe. E todo o povo dirá: Amém.
23 “लेवीहरूले भन्नेछन्, ‘उसलाई सराप लागोस् जसले सासूसित लैंगिक सर्म्पक राख्छ।’“तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’
23 Maldito aquele que se deitar com sua sogra. E todo o povo dirá: Amém.
24 “लेवीहरूले भन्नेछन्, ‘उसलाई सराप लाग्छ जसले आफ्नो छिमेकीलाई लुकेर हिर्काउँछ।’“तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’
24 Maldito aquele que ferir ao seu próximo em oculto. E todo o povo dirá: Amém.
25 “लेवीहरूले भन्नेछन्, ‘जो मानिसले पैसा लिएर निर्दोष मानिसको हत्या गर्छ भने त्यसलाई सराप परोस्।’“तब सबै मानिसले भन्नेछन्, ‘आमेन।’
25 Maldito aquele que receber peita para matar uma pessoa inocente. E todo o povo dirá: Amém.
26 लेवीहरूले भन्नेछन्, ‘जो मानिसले यस व्यवस्थालाई समर्थन गर्दैन र पालन गर्नु राजी हुदैनँ त्यसलाई सराप परोस्।’“तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’
26 Maldito aquele que não confirmar as palavras desta lei, para as cumprir. E todo o povo dirá: Amém.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Deuteronômio 27, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.