Atos 26

Nepali Bible (GL_NEPALI) vs ARC

Sair da comparação
ARC Almeida Revista e Corrigida 2009
1 अग्रिपाले पावललाई भने, “तिमी आफ्नो सुरक्षाको लागि बोल्न सक्नेछौ।”यसर्थ पावलले आफ्नो हात उठाए अनि यसो भन्दै बोल्न थाले।
1 Depois, Agripa disse a Paulo: Permite-se-te que te defendas. Então, Paulo, estendendo a mão em sua defesa, respondeu:
2 “राजा अग्रिपा, तपाईंहरू अघि उभिन पाउनु मेरो भाग्य हो, यहूदीहरूले ममाथि थोपरेको दोषहरूको म जम्मै उत्तर दिनेछु।
2 Tenho-me por venturoso, ó rei Agripa, de que perante ti me haja, hoje, de defender de todas as coisas de que sou acusado pelos judeus,
3 म अत्यन्तै खुशी छु कि म तपाईंहरूको सामुन्ने बोल्न योग्यको छु किनभने तपाईंहरू यहूदी रीतिहरू र प्रश्नहरू जुन विषयमा तिनीहरूले र्तक गर्छन सो जान्नु हुन्छ। कृपाया धैर्यसाथ मेरो कुरा सुनिदिनु होस्।
3 mormente sabendo eu que tens conhecimento de todos os costumes e questões que há entre os judeus; pelo que te rogo que me ouças com paciência.
4 “सबै यहूदीहरूले मेरो सम्पूर्ण जीवनको विषयमा जान्दछन्। मेरो देशमा अनि यरूशलेममा पनि मेरो जीवन शैलीको विषयमा तिनीहरू जान्दछन्।
4 A minha vida, pois, desde a mocidade, qual haja sido, desde o princípio, em Jerusalém, entre os da minha nação, todos os judeus a sabem.
5 यी यहूदीहरूले धेरै समयदेखि मलाई चिन्छन्। यदि तिनीहरूले इच्छा गरे मलाई एक असल फरिसी मान्न सक्छन्। अनि फरिसीहरूले यहूदी धर्मको व्यवस्थाहरू अन्य कुनै यहूदी समुदायले भन्दा अझ कट्टर प्रकारले मान्दछन।
5 Sabendo de mim, desde o princípio (se o quiserem testificar), que, conforme a mais severa seita da nossa religião, vivi fariseu.
6 परमेश्वरले हाम्रा पिता-पुर्खाहरूलाई दिनुभएको प्रतिज्ञाको भरोसामा म यस परीक्षामा अहिले खडा छु।
6 E, agora, pela esperança da promessa que por Deus foi feita a nossos pais, estou aqui e sou julgado,
7 यो प्रतिज्ञा प्राप्त गर्ने आशामा हाम्रा बाह्र जातिहरू निमग्न रात-दिन परमेश्वरको आराधना गरिरहेका छन्। हे राजान्, यही आशाको निम्ति म यी यहूदीहरूद्वारा दोषिएको हुँ।
7 à qual as nossas doze tribos esperam chegar, servindo a Deus continuamente, noite e dia. Por esta esperança, ó rei Agripa, eu sou acusado pelos judeus.
8 तपाईंहरूलाई परमेश्वरले मरेको मानिसहरू बौराँउनु हुन्छ भन्ने कुरा ग्रहण गर्न किन अप्ठेरो परेको?
8 Pois quê? Julga-se coisa incrível entre vós que Deus ressuscite os mortos?
9 “जब म फरिसी थिएँ, मैले यस्तो पनि सोचे कि नासरतका येशूको नाउँ विरुद्ध धेरै कुराहरू मैले गर्नुपर्छ।
9 Bem tinha eu imaginado que contra o nome de Jesus, o Nazareno, devia eu praticar muitos atos,
10 अनि यरूशलेममा मैले विश्वासीहरूका विरुद्ध धेरै कामहरू गरें। मुख्य पूजाहारीहरूले ती विश्वासीहरूलाई जेलमा थुन्ने अधिकार दिएका थिए। जब येशूका विश्वासीहरू मारिए मैले यो राम्रो कुरा भयो भनेर सहमत दिएँ।
10 o que também fiz em Jerusalém. E, havendo recebido poder dos principais dos sacerdotes, encerrei muitos dos santos nas prisões; e, quando os matavam, eu dava o meu voto contra eles.
11 जम्मै सभाघरहरूमा मैले तिनीहरूलाई धेरै पल्ट येशूको विषयमा जबरजस्ती नराम्रो कुरो भनाएर दण्ड दिएँ। म यति क्रोधित थिएँ कि म विदेशका शहरहरूमा पनि तिनीहरूको खेदो लाउनु गएँ।
11 E, castigando-os muitas vezes por todas as sinagogas, os obriguei a blasfemar. E, enfurecido demasiadamente contra eles, até nas cidades estranhas os persegui.
12 एक समयमा, मुख्य पूजाहारीहरूले मलाई दमीशक शहर जाने अनुमति अनि अधिकार दिए।
12 Sobre o que, indo, então, a Damasco, com poder e comissão dos principais dos sacerdotes,
13 हे राजन! दमीशक जाने बाटोमा मैले एउटा ज्योति आकाशबाट आइरहेको देखें। यो मध्यान्हको समय थियो। त्यसको प्रकाश सूर्यको भन्दा ज्यादा चिम्किलो थियो। त्यो प्रकाश म र मसंग जाने मानिसहरूका वरिपरि चम्कियो।
13 ao meio-dia, ó rei, vi no caminho uma luz do céu, que excedia o esplendor do sol, cuja claridade me envolveu a mim e aos que iam comigo.
14 हामी सबै जना भूइँमा लड्यौ। त्यसपछि मैले यहूदी भाषामा एक आवाज सुनें। त्यो आवाजले मलाई भन्यो, ‘शावल, शावल किन मलाई सताइरहेका छौ? तिमी मसंग लडेर केवल आफैलाई चोट पुर्याइरहेका छौ।’
14 E, caindo nós todos por terra, ouvi uma voz que me falava e, em língua hebraica, dizia: Saulo, Saulo, por que me persegues? Dura
15 मैले भने, ‘तिमी को हौ प्रभु?’ प्रभुले भन्नुभयो, ‘म येशू हुँ। म त्यही हुँ जसलाई तिमी सताइरहेछौ।
15 E disse eu: Quem és, Senhor? E ele respondeu: Eu sou Jesus, a quem tu persegues.
16 उठ अनि उभ! मैले तिमीलाई मेरो सेवक चुनेको छु। तिमी मेरो गवाही भएर मानिसहरूलाई मेरो विषयमा तिमीले के देख्यौ अनि मैले के प्रकट गर्छु सबै बातउनेछौ। यसैकारण म आज तिमीकहाँ आएँ।
16 Mas levanta-te e põe-te sobre teus pés, porque te apareci por isto, para te pôr por ministro e testemunha tanto das
17 म तिम्रो आफ्नै मानिसहरूलाई तिमीमाथी घात पार्न दिने छैन। अनि म तिमीलाई गैर-यहूदीहरूबाट पनि जोगाउने छु। म तिमीलाई ती मानिसहरू कहाँ पठाउँदैछु।
17 livrando-te deste povo e
18 तिमीले मानिसहरूलाई सत्य देखाउनेछौ। मानिसहरू अन्ध्यारोबाट उज्यालोमा र्फकनेछन्, बद्लिनेछन् अनि शैतानको शक्तिबाट परमेश्वरमा ढल्किनेछ। त्यसपछि तिनीहरूको पापहरू क्षमा गरिनेछ अनि मेरो विश्वासले जो मानिसहरू पवित्र पारिएकोछन् तिनीहरूसंग एक बनाइनेछ।”‘
18 para lhes abrires os olhos e das trevas e
19 पावल लगातार बोलिरहेः “राजा अग्रिपा, स्वर्गबाट यो दर्शन मैले पाए पछि यसलाई पालन गर्न मैले अश्वीकार गरिन।
19 Pelo que, ó rei Agripa, não fui desobediente à visão celestial.
20 मैले मानिसहरूलाई आफ्ना हृदय र जीवन शैली परिवर्तन गर भन्न थाले। उनीहरूलाई परमेश्वर प्रति र्फक र यस्तो कार्य गर जसद्वारा तिमीहरूको हृदय अनि जीवन शैली वास्तवमा परिवर्तन भएको चाल पाईनेछ भनें यी कुरा सर्वप्रथम मैले दमीशकमा भनें। त्यसपछि म यरूशलेम गएँ अनि यहूदीयाको प्रत्येक ठाउँमा गएर यी कुरा भनें। म यी कुराहरू भन्न गैर-यहूदीहरूकोमा पनि गएँ।
20 Antes, anunciei primeiramente aos que estão em Damasco e em Jerusalém, e por toda a terra da Judeia, e aos gentios, que se emendassem e se convertessem a Deus, fazendo obras dignas de arrependimento.
21 यही कारणले यहूदीहरूले म मन्दिरमा भएको समय पक्रे अनि मलाई मार्न चेष्टा गरे।
21 Por causa disto, os judeus lançaram mão de mim no templo e procuraram matar- me.
22 आज सम्म पनि मैले परमेश्वरको सहायता पाइरहेकोछु अनि यसर्थ म यहाँ उभिरहेको छु अनि जे देखे भनिरहेको छु। तर मैले नयाँ कुरा भनिरहेको छैन। मोशा र अगमवक्ताहरूले जे हुन्छ भनेका छन् म त्यही भनिरहेको छु।
22 Mas, alcançando socorro de Deus, ainda até ao dia de hoje permaneço, dando testemunho, tanto a pequenos como a grandes, não dizendo nada mais do que o que os profetas e Moisés disseram que devia acontecer,
23 तिनीहरूले भने कि ख्रीष्ट मर्नेछ र मृत्युबाट बौरी उठने प्रथम मानसि उही हुनेछ। मोशा र अगमवक्ताहरूले भनेका थिए कि ख्रीष्टले यहूदी र गैर-यहूदीहरूमा प्रकाश ल्याउने छ।”
23 isto é, que o Cristo devia padecer e, sendo o primeiro da ressurreição dos mortos, devia anunciar a luz a este povo e aos gentios.
24 पावलले आफ्नो बचाऊको लागि ती कुराहरू भनिरहेको बेला, फेस्तस चिच्यायो, “पावल तिमी पागल हौ। तिम्रो अधिक बिद्याले तिमीलाई पागल बनायो।”
24 E, dizendo ele isto em sua defesa, disse Festo em alta voz: Estás louco, Paulo! As muitas letras te fazem delirar!
25 पावलले भने, “महामहिम फेस्तम, म पागल होइन। जे कुराहरू मैले भने ती सत्य हुन्। मेरो शब्दहरू गम्भीर छन्।
25 Mas ele disse: Não deliro, ó potentíssimo Festo! Antes, digo palavras de verdade e de um são juízo.
26 राजा अग्रिपाले यी कुराहरूको विषयमा जान्नु हुन्छ। म उहाँसंग स्वतन्त्र रूपमा कुरा गर्न सक्छु। म निश्चित छु कि उहाँ कुनै पनि कुरामा अपरिचित हुनुहुन्न। किभने यी कुराहरू कुनै गुप्ती जग्गामा घटेन।
26 Porque o rei, diante de quem falo com ousadia, sabe estas coisas, pois não creio que nada disto lhe é oculto; porque isto não se fez em qualquer canto.
27 राजा अग्रिपा! के तपाईं अगमवक्ताहरूले लेखेको कुरामा विश्वास गर्नु हुन्छ? म जान्दछु तपाईं निश्वास गर्नु हुन्छ।
27 Crês tu nos profetas, ó rei Agripa? Bem sei que crês.
28 राजा अग्रिपाले पावललाई भने, “के तिमी मलाई यति सहजै ख्रीष्टयन बनाउन सक्छौ?”
28 E disse Agripa a Paulo: Por pouco me queres persuadir a que me faça cristão!
29 पावलले भने, “यो सजिलो अथवा अप्ठेरो मेरो निम्ति मुख्य होइन। म परमेश्वरसित प्रार्थना गर्दछु कि तपाईं मात्र किन, मलाई बाँधिएको साङलो बाहेक आजका जम्मै मेरा श्रोताहरू म जस्तै हुनेछन्।”
29 E disse Paulo: Prouvera a Deus que, ou por pouco ou por muito, não somente tu, mas também todos quantos hoje me estão ouvindo se tornassem tais qual eu sou, exceto estas cadeias.
30 राजा अग्रिपा, राज्यपाल फेस्तस, र्बणिस अनि तिनीहरूसंगै बसिरहेका अन्य मानिसहरू सबै जराक-जरूक उठे।
30 Dizendo ele isto, se levantou o rei, e o governador, e Berenice, e os que com eles estavam assentados.
31 सभाघर छाडेर गए अनि आपसमा यसो भन्दै बात गर्न लागे, “यो मानिसलाई मार्नु हुँदैन, जेलमा पनि राख्नु हुँदैन, साँचि नै उसले त्यस्तो नराम्रो काम गरेको छैन जसमा कि उसलाई मृत्यु दण्ड अथवा कारावास होस्।”
31 E, apartando-se dali, falavam uns com os outros, dizendo: Este homem nada fez digno de morte ou de prisões.
32 अनि अग्रिपाले फेस्तसलाई भने, “यदि यस मानिसले सिजरलाई अपील नगरेको भए ऊ छोडिन सक्थ्यो।”
32 E Agripa disse a Festo: Bem podia soltar-se este homem, se não houvera apelado para César.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Atos 26, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.